Tuesday, August 18

समाज

नुनबाहेक यी चिजको सेवनले पनि बढ्न सक्छ ब्लड प्रेसर
समाचार, समाज, स्वास्थ्य

नुनबाहेक यी चिजको सेवनले पनि बढ्न सक्छ ब्लड प्रेसर

नेपालअखबार, काठमाडौँ । ब्लड प्रेसर बढ्नु स्वास्थ्यका लागि कयौँ प्रकारले हानिकारक छ । यसका कारण मुटुसम्बन्धी रोगको खतरा बढ्न सक्छ । नुनको अत्यधिक सेवनका कारण ब्लड प्रेसर बढ्छ भन्ने विश्वास छ । तर ब्लड प्रेसरमा नुन मात्रै हानिकारक हो भनेर सोच्नु हुन्छ भने तपाई गलत सोचिरहनु भएको छ । अधिक मात्रामा क्याफिन (कफी वा चिया)को सेवन गर्दा पनि ब्लड प्रेसर बढ्न सक्छ । तपाईँले रक्सी धेरै नै पिउने गर्नु भएको छ भने यसका कारण पनि ब्लड प्रेसर बढ्न सक्छ । उच्च रक्तचाप भएका बिरामीलाई डाक्टरहरुले पनि रक्सीको सेवन घटाउन भनिरहेका हुन्छन् । हाइपरटेन्सन नभएका व्यक्तिले रक्सीको सेवनलाई सीमित बनाउँदा उच्च रक्तचाप हुने जोखिम न्यूनीकरणमा मद्दत मिल्ने सन् २०१७  मा भएको एउटा अनुसन्धानले देखाएको थियो । अत्यधिक मात्रामा चिल्लो र तारेको भुटेको खानेकुराको सेवन गर्नेहरुमा हाई ब्लड प्रेसरको समस्या बढी हुन्छ । नुन मात...
बीमा र अनुदानले स्याउ किसान लाभान्वित
कृषि, समाचार, समाज

बीमा र अनुदानले स्याउ किसान लाभान्वित

नेपालअखबार, मुगु । सरकारले  बीमामा अनुदान दिन थालेपछि मुगुका स्याउ किसान लाभान्वित हुँदै आएका छन्  । स्याउ उत्पादनमा कमी आए पनि सरकारले किसानलाई दिएको अनुदान र बीमा रकम पाएपछि भने किसान हर्षित भएका हुन्  । समयमै वर्षा नभएको, वर्षा हुँदा पनि आवश्यकताभन्दा बढी असिना र पानी परेकाले यो वर्ष स्याउ उत्पादनमा ४० प्रतिशत गिरावट आएको थियो  । छायानाथ रारा नगरपालिका र मुगुम कार्मारोङ गाउँ पालिकामा कम्तीमा ३० बोटदेखि तीनसय बोट स्याउ लगाउनेसम्मका किसान छन् । स्याउ उत्पादनमा क्षति भए पनि किसानले बीमाबापतको रकम भुक्तानी पाएपछि राहत महसुस गरेका हुन्  । पछिल्लो समय स्याउ उत्पादन गर्नेदेखि अन्य किसानमा बीमाप्रति आकर्षण बढ्दै गएको छ । स्याउ फुल्ने समयमा छाँयानाथ रारा नगरपालिकाभित्रका ताल्च, कालापाल्त, पिना, बाम, तुम, शोभा, रोवा, घट्टलेख, छैला, चिमाथलगायत विभिन्न क्षेत्रका किसानले स्याउको बीमा गराइसके...
दुबईमा १५ नेपाली अलपत्र, नेपाल फर्काऊ भन्दा म्यानपावरको धम्की
समाचार, समाज

दुबईमा १५ नेपाली अलपत्र, नेपाल फर्काऊ भन्दा म्यानपावरको धम्की

नेपालअखबार, काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा परी दलालमार्फत् वैदेशिक रोजगारीका लागि करिब दुई महिनाअघि युनाइटेड अरब इमिरेट्स् (यूएई) पुगेका १५ नेपाली अहिले दुबईको मुस्तफा–२६ मा अलपत्र परेका छन् । पोखराको जब प्लेसमेन्ड सर्भिस प्रालिमार्फत दुबई पुगेका उनीहरू सम्झौताअनुसारको काम र पारिश्रमिक नपाएपछि अलपत्र परेका हुन् । ‘हामी एउटै कामका लागि म्यानपावर कम्पनीलाई प्रतिव्यक्ति १ लाख ५० हजारदेखि २ लाख ५० हजार रुपैयाँभन्दा बढी पैसा बुझाएर आयौं, तर यहाँ म्यानपावरले सम्झौता गरेअनुसारको काम र तलब पाएनौं,’ अलपत्र परेका १५ जनामध्येका एक चित्रमणि महतोले भने, ‘हामी यहाँ आएको दुई महिना भयो, कम्पनीले काम दिन्छु दिन्छु मात्र भन्छ, यति तारिख उति तारिख काम दिन्छु भनेको पनि दुई महिना भयो, हामी दुई महिनादेखि बन्द कोठामा कामको पर्खाइमा बसिरहेका छौं ।’ नेपालबाट पठाउने म्यानपावरले पनि फेब्रुअरी १८ तारिखभि...
जलावायु परिवर्तनको असर : माघमै फुल्यो लालीगुराँस
समाचार, समाज

जलावायु परिवर्तनको असर : माघमै फुल्यो लालीगुराँस

नेपालअखबार, लमजुङ । चैत–वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष माघ महिनामै फुलेको छ । बेँसीसहर नगरपालिका–७ स्थित डिभिजन वन कार्यालय लमजुङका प्रमुख डिभिजन वन अधिकृत दीपकप्रसाद पण्डितका अनुसार राइनास नगरपालिकाको राइनासकोट, क्व्होलासोथर गाउँपालिका वडा नं १ रापासिङ, वडा नं ६ पसगाउँ, मस्र्याङ्दी गाउँपालिका वडा नं ३ सिउरुङलगायत जिल्लाका अधिकांश स्थानमा समयअगावै लालीगुराँस फुल्न थालेको हो । जिल्लामा चैत–वैशाखतिर फुल्ने लालीगुराँस जलावायु परिवर्तनको मुख्य कारणले माघमै फुलेको उनको भनाइ छ । यस वर्ष माघको पहिलो हप्ताबाटै लालीगुराँस फुल्न थालेको बताइएको छ । राइनास नगरपालिकाका प्रमुख खड्गबहादुर गुरुङले राइनासकोटमा लालीगुराँस फुल्न थालेसँगै वन राताम्मे देखिन थालेको बताए । यसरी समयअगावै लालीगुराँस फुल्नु जलवायु परिवर्तनको असर देखिएको उनको भनाइ छ । यहाँ आउने पर्यटकको मुख्य आकर्षणको केन्द्र लालीगुराँस फूल...
विद्युतीय आरोले काटेर मृत्यु
दुर्घटना, समाचार, समाज

विद्युतीय आरोले काटेर मृत्यु

नेपालअखबार, मलेखु (धादिङ)। आफैंले चलाएको विद्युतीय आरोले काटेर नीलकण्ठ नगरपालिका–८ साघुटारका ३८ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको छ। अमरावती सामुदायिक वन काँटछाँट गर्ने क्रममा दाउरा काट्न प्रयोग गरिएको विद्युतीय आरो आफ्नै शरीरमा रेटिँदा घाइते भएका श्रेष्ठको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। रूख काट्दा चलाएको आरो उछिट्टिएर श्रेष्ठलाई लागेको प्रत्यक्षदर्शीले बताएका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार आराले पेट र छातीको बायाँ भागमा काटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
बागलुङको निसीखोला गाउँपालिकामा बजेट अभावले खानेपानी आयोजना भएन सुरू
समाचार, समाज

बागलुङको निसीखोला गाउँपालिकामा बजेट अभावले खानेपानी आयोजना भएन सुरू

नेपालअखबार, बागलुङ। बागलुङको निसीखोला गाउँपालिका–५ निसीमा बस्ती विस्तार हुँदै गएको छ। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने निसीगाउँ जनघनत्व बढ्न थालेसँगै खानेपानीको आपूर्तिमा समस्या हुन थालेको छ। अहिलेसम्म यहाँ एक घर एक धारा निर्माण हुनसकेको छैन। निसीमा घरघरमा धारा बने पनि करिब १५ घरपरिवारले एउटै धाराबाट पानी उपभोग गर्नुपर्ने अवस्था रहेको जनाइएको छ। संघीय सरकारले निसीमा एक घर एक धारा निर्माण गर्ने योजना लिए पनि बजेट अभावमा काम हुनसकेको छैन। खानेपानी आयोजना निर्माण सम्पन्नका लागि१२ करोड ९८ लाख रुपैयाँ लागत लाग्ने भए पनि दुई वर्षमा जम्मा २३ लाख रुपैयाँमात्रै बजेट विनियोजन भएको छ । गत वर्षदेखि सुरु भएको आयोजना यस वर्ष सकिनुपर्ने हो तर बजेट अभावका कारण सर्वेक्षण बाहेक अन्यकाम हुनसकेको छ। संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीबाट सञ्चालित आयोजनाका लागि संघीय सरकारल...
रूस-युक्रेन युद्धपीडित परिवारले ध्यानाकर्षण पत्र बुझाए अध्यक्ष नेपाललाई
राजनीति, समाचार, समाज

रूस-युक्रेन युद्धपीडित परिवारले ध्यानाकर्षण पत्र बुझाए अध्यक्ष नेपाललाई

नेपालअखबार, काठमाडौँ।नेकपा (एकीकृत समाजवादी) का पार्टी अध्यक्ष माधवकुमार नेपाललाई रुस-युक्रेन युद्धमा फसेका नेपालीहरूको उद्धारका निम्ति सहयोग गर्न पीडित परिवारले ध्यानाकर्ष पत्र बुझाएका छन्। बिहिबार पार्टीको केन्द्रीय कार्यालय पुगेर पीडित परिवारका सदस्यहरूले उक्त ज्ञापनपत्र बुझाउनु भएको हो। ‘पीडित परिवार तथा नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानको तर्फबाट अध्यक्ष नेपाललाई ध्यानाकर्षण पत्र बुझाउनु भएको हो। ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष नेपालले रुस र युक्रेन युद्धमा फसेका नेपालीहरूको उद्धारका निम्ति गम्भीर बन्न सरकारसँग कुराकानी गर्ने बताउनु भएको छ। उहाँले भन्नुभयो, ‘रुस र युक्रेनबीचको युद्धमा फसेका नेपालीहरुको तत्काल उद्धारका निम्ति म सरकारसँग कुरागर्छु। अर्को कुरा नेपालीहरू त्यहाँ कसरी पुगे? रहर हो कि बाध्यता ? परिवारलाई पनि थाहा होला। पहिलो कुरा भनेको युद्धमा रहेका नेपालीहरूला...
१ अर्बका दुग्ध पदार्थ गोदाममै थन्किएपछि मिल्क उद्योग बन्द
अर्थ, कृषि, समाचार, समाज

१ अर्बका दुग्ध पदार्थ गोदाममै थन्किएपछि मिल्क उद्योग बन्द

नेपालअखबार, चितवन । दूध प्रशोधन गरेर तयार पारिएका दुग्धजन्य पदार्थले कोल्डस्टोर र गोदाम भरिएपछि भरतपुरस्थित मिल्क उद्योग बन्द भएको छ । उत्पादन गरिएका पाउडर दूध र बटर बिक्री नभएर तयारी वस्तु राख्ने ठाउँ अभाव भएपछि उद्योग बन्द गरिएको हो । यही माघ २० गतेदेखि दूध सङ्कलन रोकिएको छ । भण्डारण गरिएको दूधको प्रशोधन गरेर २२ गतेदेखि उद्योग बन्द गरिएको उद्योगका प्रबन्धक दुर्गा पराजुलीले जानकारी दिए । ‘सहकारी र दुग्ध उद्योगले प्रशोधनका लागि ल्याएका दूध प्रशोधन गरेर पाउडर र बटर बनाउने गरिन्छ । उद्योगले प्रशोधन शुल्क लिएर दुग्धजन्य पदार्थ सम्बन्धित व्यक्तिलाई पठाउँछ’, उनले भने । उनका अनुसार सहकारी र दुग्ध उद्योगले बिक्री गर्न नसकेपछि दुग्धजन्य पदार्थले गोदाम र कोल्डस्टोर भरिएका हुन् । प्रबन्धक पराजुलीका अनुसार पाउण्डर दूधले गोदाम, चिनी भण्डारण गर्ने, कपडा फेर्ने ठाउँ, क्यान्टिन सबै भरिएको छ । बी...
छोरी–बुहारीलाई निःशुल्क स्नातक पढाएर रोजगारी दिँदै सूर्योदय नगरपालिका
प्रशासन, समाचार, समाज

छोरी–बुहारीलाई निःशुल्क स्नातक पढाएर रोजगारी दिँदै सूर्योदय नगरपालिका

नेपालअखबार, इलाम । सूर्योदय नगरपालिका–१ धजेकी सुजता बजगाईलाई २०७४ सालमा कक्षा १२ उत्तीर्ण गरेपछि कसरी स्नातक अध्ययन गर्ने भन्ने चिन्ता थियो । तर उनलाई नगरपालिकाले निःशुल्क पढायो । गाउँकै हिमालय माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण गरेकी उनी  ‘नगरको इच्छा छोरी–बुहारीलाई शिक्षा’ कार्यक्रमअन्तर्गत पालिकाको शत्प्रतिशत छात्रवृत्तिमा स्नातक उत्तीर्ण भइन् । हाल उनी स्नात्तकोत्तर अध्ययन गरिरेकी छिन्। “परिवारको सामान्य आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययनमा धेरैलाई समस्या छ,” सुजताका बुबा प्रेमले भने, “हाम्रो नगरपालिकाले छोरीबुहारीलाई स्नातक पढाइरहेको छ, पैसाको अभावमा पढाइ छोड्नुपर्ने, पढाइ छोडेकै कारण कम उमेरमा विवाह हुने जस्ता समस्या बाट मुक्त बनाउन पालिकाको यो काम उदाहरणीय लाग्छ ।” सूर्योदयले सो कार्यक्रम अन्तर्गत कर्फोक क्याम्पसमा शत्प्रतिशत छात्रवृत्ति दिएर छोरी–बुहारीलाई पढाउन थालेको ...
शब्दशक्ति उत्सवको एघारौं वर्ष, पोखरामा फागुन ३ देखि नेपाल लिटेचर फेस्टिभल
समाचार, समाज

शब्दशक्ति उत्सवको एघारौं वर्ष, पोखरामा फागुन ३ देखि नेपाल लिटेचर फेस्टिभल

नेपालअखबार, पोखरा। सूर्य नेपाल गाथा नेपाल लिटेचर फेस्टिभलको एघारौं संस्करण फागुन ३ देखि ७ गतेसम्म पोखरामा हुदैछ । बुकवर्म फाउन्डेसनको आयोजनामा पोखराको लेसाइडस्थित बाराहीघाट हुनेछ । फेस्टिभलका अघिल्ला संस्करण झैं यस वर्ष पनि देशविदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वको सहभागीता रहने आयोजक संस्थाले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । फेस्टिभलमा ५५ भन्दा बढी सेसन, साङ्गीतिक साँझ र थप रोचक सामग्री समावेश गरिनेछन् । फेस्टिभलमा दैनिक हजारौं साहित्यानुरागी भेला हुने आयोजकको आकलन छ । वात्स्यायन एन्ड बाब्र्स भोल्युम टू पुस्तक विमोचन एवम् कार्टुन प्रदर्शनी, गोर्खा वुमनः एन इको इन द स्टोरी प्रदर्शनी पनि फेस्टिभलका अवसरमा गरिने नेपाल लिटरेचर फेस्टिभलका निर्देशक नीरज भारीले बताए । यस वर्ष फेस्टिभलमा विश्वप्रसिद्ध पुस्तक ‘...