छेकम्पारमा आगलागी हुँदा एकजना घाइते
नेपालअखबार,गोरखा। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित लेरु गाउँमा आज आगलागी हुँदा एक जना गम्भीर घाइते भएका छन्।
आगलागी हुँदा स्थानीय ५४ वर्षीय तेन्जिङवाङगेल लामा घाइते भएका स्थानीय अटु लामाले बताए।
आगलागीका कारण लामाको अनुहार, घाँटी र दुवै हात जलेको चुमनुब्री स्वास्थ्य केन्द्रका स्वास्थ्य संयोजक प्रेम गुरुङले जानकारी दिए।
'घाइतेको छेकम्पारमै प्राथमिक उपचार भइरहेको छ । आजै बोकेर सिर्दिबास लैजाने तयारी छ,' उनले भने।
छेकम्पारबाट सिर्दिबास पुग्न एक दिन पैदल हिँड्नुपर्छ। आगलागीबाट घाइते तेन्जिङको धन्सारभित्र रहेको लत्ताकपडा, अन्नपात, काठदाउरा, जस्तापातालगायत सामग्री पूर्ण रुपमा नष्ट भएको उनले जानकारी दिए।
चुल्होको आगो सल्केर आगलागी भएको बताइएको छ।...










