Wednesday, May 6

समाज

पहिरोले दाङ-सल्यान सडक अवरूद्ध
समाचार, समाज

पहिरोले दाङ-सल्यान सडक अवरूद्ध

नेपालअखबार, दाङ। पहिरोले दाङ–सल्यान सडकखण्ड अवरुद्ध भएको छ। राप्ती राजमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ साततले नजिकै पहिरो झरेपछि सडकखण्ड अवरुद्ध भएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले आज बिहान ८ बजेतिर पहिरो झरेपछि सडकखण्ड अवरुद्ध भएको बताए। बर्षा कम हुनासाथ पहिरो हटाउन डोजर पठाउने उनले बताए। यस्तै तुलसीपुर–घोराही सडक खण्ड पनि स्थानीय खोलामा आएको बाढीले बिहान केहीबेर सवारी साधन चल्न सकेका थिएनन्। तुलसीपुर ७ स्थित काला खोलामा आएको बाढीले यातायात अवरुद्ध भएपनि अहिले पानीको सतह घटेको हुँदा ठूला सवारी साधन संचालनमा आइसकेका छन...
बन्दीपुरमा चितुवाको आक्रमणबाट बालक घाइते
समाचार, समाज

बन्दीपुरमा चितुवाको आक्रमणबाट बालक घाइते

नेपालअखबार, तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाँटारको तल्लोटारमा चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छन्। ५ वर्षीय बालक सुलभ परियार चितुवाको आक्रमणबाट घाइते भएका हुन्। घाइते बालकको डुम्रेस्थित मोती हेल्थ क्लिनिकमा सामान्य उपचारपश्चात् थप उपचारका लागि चितवन पठाइएको बन्दीपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले बताए। केही महिनाअघि सोही वडामा एक बालकको चितुवाको आक्रमणबाट निधन भएको थियो भने दुई जना घाइते भएका थिए। रासस...
पवन प्रजापती समुहको लामाचौर देखि प्रचार अभियान सुरु
समाचार, समाज

पवन प्रजापती समुहको लामाचौर देखि प्रचार अभियान सुरु

नेपालअखबार,पोखरा  । पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनमा अध्यक्षको प्रत्यासी अध्यक्ष तथा संघका वर्तमान वरिष्ठ उपाध्यक्ष पवन कुमार प्रजापतिको समुहले आज देखि चुनावी घरदैलो कार्यक्रम सुरु गरेको छ । अध्क्षय प्रजापति महासचिव वलराम आचार्य सहित अन्य सदस्यहरुले पोखराको लामाचौरबाट घर दैलौ सुरु गरेका हुन् । घर दैलो कार्यक्रममा मतदाताहरु सगँ वोल्दै अध्यक्ष प्रत्यासी प्रजापतिले व्यावसायिक वातावरण निर्माण र उद्योगी÷व्यवसायीहरुको सम्मान अभिवृद्धि आफ्नो पहिलो प्राथमिकता रहेको मतदाताहरुसगँ बताउनु भएको थियो । कोभिड १९ ले थला परेको व्यवसायलाई पुनर्रउत्थान गर्ने दोश्रो लक्ष्य रहेको भन्दै प्रजापतीले आफ्ना मतदाताहरुसगँ सधै सह कार्य गरेर अगाडी वढ्ने बताउनु भयो । प्रजापतीले आफ्नो प्यानलमा सबैखाले व्यवसाय अंगालेका महिला तथा पुरुष व्यवसायी रहेकाले आफ्नो प्यानल समावेशी रहेको दावी गर्नु भयो ।प्रजापतिले यही...
जेल गएको सात दिनमै कैदीको मृत्यु
समाचार, समाज

जेल गएको सात दिनमै कैदीको मृत्यु

नेपालअखबार, अछाम । बलात्कारको अभियोगमा जेल भुक्तान सुरु गरेको ७ दिन नपुग्दै एक कैदीको मृत्यु भएको छ । जिल्ला कारागार अछाममा कैद भुक्तान गरिरहेका मंगलसेन नगरपालिका– ५ का बेदराज भाटको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टका अनुसार शरीर चिथोर्ने, चिच्याउने, कराउने गर्न थाले पछि सेती प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएका भाटको उपचारको क्रममा मृत्यु भएको हो । जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालत अछामले भाटलाई १० वर्ष ३ महिना ८ दिनको कैद सजायको फैसला गरेको थियो । जसअनुसार २ भदौमा उनी जेल चलान भएका थिए ।...
कोभिड–१९ बाट थप १ जनाको मृत्यु, ६ सय ३४ जनामा सङ्क्रमण पुष्टि
समाज, स्वास्थ्य

कोभिड–१९ बाट थप १ जनाको मृत्यु, ६ सय ३४ जनामा सङ्क्रमण पुष्टि

नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट थप १ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म महामारीमा ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९९४ पुगेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर थप ६ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ९४९ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३४३ तथा एन्टीजेन विधिबाट २९१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा ४१७ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार २२१ पुगेको छ । त्यस्तै, १६ हजार ६५३ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।...
पोखरा २६ सुन्दरिबजारमा भेटियको संकास्पद बस्तु बम नभएको खुलासा
समाचार, समाज, सुरक्षा-अपराध, हाइलाइट-समाचार

पोखरा २६ सुन्दरिबजारमा भेटियको संकास्पद बस्तु बम नभएको खुलासा

कपिल पौडेल पोखरा । पोखरा २६ सुन्दरिबजारमा भेटियको संकास्प्द बस्तु बम नभएको खुलासा भएको छ । नेपालि सेनाको बम डिस्पोजल टोलिले उक्त संकास्पद वस्तु डिस्पोज गरेको ्हो । सर्वसाधरण लाई त्रसित बनाउन बन्दकर्ताले उक्त वस्तु राखेको हुनसक्ने इप्रका हंसपुर का डिएसपि प्रकास दाहालले जानकारि दियका छन् ।
युवा नेता भुजेलकाे नेतृत्वमा सडककाे पाेल हटाइदै
समाचार, समाज, हाइलाइट-समाचार

युवा नेता भुजेलकाे नेतृत्वमा सडककाे पाेल हटाइदै

नेपाल अखबार,पाेखरा । पाेखरा १८ अधेँरीकुनाकाे  सडककाे बिचमा तिन वटा  विजुलीकाे पाेलहरू रहेकाे छ । उत्त विषयमा जना चसाे बढ्दै गए पछि । नेकपा एकिकृत समाजवादीका प्रदेश कमेटि सदस्य  युवा नेता विवेक भुजेलकाे नेतृत्वमा सडक पाेल हटाइने भएकाे छ । सडक अनुगमान तना जनताकाे जनगुनासाे सुन्नका लागि  पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य  पुगेका थिए । पोखरा महानगरपालिकाका प्रमुख  आचार्यले   जनसरोकारका विषयमा चासाे देखाउदै  जनतासंग भेटघाट गरेका थिए । तत्काल सडकका विचमा रहेका विजुलीकाे पाेल हटाइने र थप सडक विस्तार गर्न  आगामि वर्ष  बजेट निकासा गर्ने बताए ।  ...
युवा नेता भुजेलकाे नेतृत्वमा सडक पाेल हटाइदै
समाचार, समाज, हाइलाइट-समाचार

युवा नेता भुजेलकाे नेतृत्वमा सडक पाेल हटाइदै

नेपाल अखबार,पाेखरा । पाेखरा १८ अधेँरीकुनाकाे  सडककाे बिचमा तिन वटा  विजुलीकाे पाेलहरू रहेकाे छ । उत्त विषयमा जना चसाे बढ्दै गए पछि । नेकपा एकिकृत समाजवादीका प्रदेश कमेटि सदस्य  युवा नेता विवेक भुजेलकाे नेतृत्वमा सडक पाेल हटाइने भएकाे छ । सडक अनुगमान तना जनताकाे जनगुनासाे सुन्नका लागि  पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य  पुगेका थिए । पोखरा महानगरपालिकाका प्रमुख  आचार्यले   जनसरोकारका विषयमा चासाे देखाउदै  जनतासंग भेटघाट गरेका थिए । तत्काल सडकका विचमा रहेका विजुलीकाे पाेल हटाइने र थप सडक विस्तार गर्न  आगामि वर्ष  बजेट निकासा गर्ने बताए ।    ...
कोटेश्वरमा दुईवटा सार्वजनिक गाडी तोडफोड
समाचार, समाज

कोटेश्वरमा दुईवटा सार्वजनिक गाडी तोडफोड

नेपालअखबार, काठमाडौं। काठमाडौंको कोटेश्वरमा बन्दकर्ताहरुले दुईवटा सार्वजनिक गाडीमा तोडफोड गरेका छन् । कोटेश्वरको आकाशे पुल नजिक बा‍. ४ ख ९३९४  नम्बरको बसमा तोडफोड गरिएको छ । ‘महासागर’ लेखिएको सो बसको अगाडीको भागमा क्षति पुगेको छ । त्यस्तै भाटभटेनी अगाडी बा.३ ख ७९०६ नम्बरको हाइस गाडी तोडफोड गरिएको छ । माइक्रोबसको अगाडीको भागको सिसा फुटेको छ । बन्द गराउँदै हिँडेका विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताले गाडी तोडफोड गरेको बताइएको छ । बस तोडफोड गर्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पठाओ चढेर आएका युवकले बस तोडफोड गरेका हुन् ।  ...
कर्णाली राजमार्गका दुई ठाउँमा ३६ घण्टा अवरूद्ध हुने
समाचार, समाज

कर्णाली राजमार्गका दुई ठाउँमा ३६ घण्टा अवरूद्ध हुने

नेपालअखबार । कर्णाली राजमार्गका दुई ठाउँमा ३६ घण्टा अवरूद्ध हुने भएको छ। कर्णाली राजमार्गमा बनेका पक्की पुलको भार क्षमता जाँच गर्नका लागि राजमार्ग अवरूद्ध गर्न लागिएको हो। कर्णाली राजमार्गअन्तर्गत दैलेख आठबिस नगरपालिका–५ घट्टेखोला पुल र कालीकोट नरहरिनाथ गाउँपालिका–८ को कर्णाली नदीमा बनेको पक्की पुलको भार क्षमता जाँच गर्नका लागि राजमार्ग अवरूद्ध हुने भएको छ। सडक डिभिजन कार्यालय जुम्लाको पत्रअनुसार घट्टेखोलामा बनेको पक्की पुल भार क्षमता जाँच गर्नका लागि भदौ ७ गते मङ्गलबार बिहान ६ बजेदेखि करिब ३६ घण्टा बन्द हुनेछ। सडक डिभिजन कार्यालय, जुम्लाले अनिवार्य पुलको टेष्टिङ गर्नुपर्ने भनेकाले कर्णाली राजमार्ग अवरूद्ध हुने भएको जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए। ‘प्राविधिक रूपले पुलका भार क्षमता जाँच गर्नुपर्ने रहेछ’, उनले भने, ‘भार क्षमता जाँच ...