Tuesday, May 5

समाज

रङ्गेली–विराटनगर सडकको कल्भर्ट बाढीमा बग्यो
समाचार, समाज

रङ्गेली–विराटनगर सडकको कल्भर्ट बाढीमा बग्यो

नेपालअखबार, विराटनगर। निरन्तरको वर्षासँगै आएको बाढीले हुलाकी मार्गको रंगेली-विराटनगर सडकखण्डमा कल्भट बगाएको छ । मोरङको रङ्गेली नगरपालिका-२ मङ्गलबारे खण्डको कल्भर्ट बगाएको हो । मंगलबार साँझ ७ बजेतिर नहरमा आएको बाढीले कल्भर्ट बगाएको प्रहरीले बताएको छ । सिँचाइका लागि बौनी खोलाबाट ल्याइएको नहरमा आएको बाढीले कल्भर्ट बगाउँदा अवरुद्ध  यातायात खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ ।...
आज विभिन्न ठाउमा वर्षा हुदै सतर्कता अपाउन आग्रह
समाचार, समाज

आज विभिन्न ठाउमा वर्षा हुदै सतर्कता अपाउन आग्रह

नेपालअखबार, काठमाडाैं । पछिल्लो ३ घण्टा कास्की, स्याङ्जा, पाल्पा, कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, नवलपरासी, प्युठान, दाङ, बाँके, कैलाली कञ्चनपुर, रुकुम, जाजरकोट, सुर्खेत बारा, रौतहट, महोत्तरी, सर्लाही, काठमाडौँ र आसपास धेरै स्थानमा ठुलो वर्षा भइरहेको छ । यी स्थानमा थप वर्षा हुने भएकाले उक्त जिल्ला भएर बहने साना नदीमा आकस्मिक बहावको उच्च सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तटीय क्षेत्रमा अर्को ६ घण्टा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ । यता पछिल्लो ३ घण्टा कैलाली, कन्चनपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको छ । कान्द्रा, मोहना, खुटीया लगायत साना नदीमा एक्कासी बाढी आउन सक्ने सम्भावना रहेको छ । कान्द्रा नदी बाढी मापन केन्द्र कैलालीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेको महाशाखाले जनाएकाे छ । नदीतटीय क्षेत्र र होचा डुबान भइरहने क्षेत्रमा विहा...
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध
समाचार, समाज

पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध

नेपालअखबार, ,बुटवल ।  पहिरो झरेपछि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ ड्यामसाइड नजिकै सडक माथिबाट पहिरो खस्दा मंगलबार बिहानदेखि सडक अवरुद्ध भएको हो । ठूला ढुंगासहित पहिरो खसेको र पहिरो झर्न नरोकिएकाले सडक सञ्चालन हुन केही घण्टा लाग्ने लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । यसैगरी पूर्व–पश्चिम राजमार्गअन्तरगत नवलपरासीको अरुणखोलामा बाढी आएपछि सडक अवरुद्ध भएको छ ।...
पहिराले डुम्रे-बेँसीशहर सडक अवरुद्ध
समाचार, समाज

पहिराले डुम्रे-बेँसीशहर सडक अवरुद्ध

नेपालअखबार । गए रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिराले डुम्रे–बेँसीसहर सडक र बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ । डुम्रे बेँसीशहर सडक खण्डअन्तर्गत बेँसीशहर नगरपालिका–१ उदिपुर नजिकै पहिराले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए। उनका अनुसार गत वर्ष र केही दिनअघि गएको पहिराले अवरुद्ध बनाएको सडकका कारण वैकल्पिक रुपमा आर्मी ब्यारेक, रिट्ठेबगर हुँदै उदिपुर जोडिने सडकमा सोही पहिराले ढुङ्गा माटासहित अवरुद्ध बनाएपछि सवारी साधन सञ्चालन ठप्प छ । सडक अवरुद्ध भएपछि बेँसीशहरबाट काठमाडौँ, पोखरा, चितवनलगायत ठाउँमा जान र सो स्थानबाट बेँसीशहर आउने सवारी साधन चल्न सकेका छैनन् । त्यस्तै, लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकखण्ड स्थित बेँसीशहर नगरपालिका–६ खरखरे भिरमा समेत बाढी पहिराले सडक अवरुद्ध भएको छ । करिब ३० मिटर सडक नै अवरुद्ध बनाएपछि सवारी ...
चट्याङ लागेर कञ्चनपुरमा दुई जनाको मृत्यु
समाचार, समाज

चट्याङ लागेर कञ्चनपुरमा दुई जनाको मृत्यु

नेपालअखबार, महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा आज बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। वर्षासँगै चट्याङ पर्दा पुनर्वास नगरपालिका–६ टाउन बजारका ४० वर्षीय देवेन्द्र श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक रमेशराज मल्लले बताए। ‘चट्याङ पर्दा खेतमा काम गरिरहेका श्रेष्ठको घटनास्थलमै मृत्यु भयो। शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल लगिरहेका छौँ,’ उनले भने। त्यसैगरी चट्याङ लागेर पुनर्वास नगरपालिका–८ की २५ वर्षीया शारदा थापाको पनि घटनास्थलमै मृत्यु भएको छ। प्रहरी निरीक्षक मल्लका अनुसार थापाको खेतमा काम गर्दै गर्दा चट्याङ लागेर मृत्यु भएको हो। थापासँगै रहेका अर्का एक व्यक्ति सामान्य घाइते भएका छन्। ‘त्यहाँ पनि घटनास्थलमा प्रहरी पुगेर मुचुल्का उठाउने काम भइरहेको छ। घटनाबारे विस्तृतमा आउन बाँकी छ,’ उनले भने।...
आजबाट तीन दिन मनसुन थप सक्रिय हुने
समाचार, समाज

आजबाट तीन दिन मनसुन थप सक्रिय हुने

नेपालअखबार, काठमाडाै. । आजबाट तीन दिन मनसुन थप सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ । आज प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । पूर्वी नेपालका केही स्थानमा गए रातिदेखि भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण राति १२ बजेदेखि झापाको भद्रपुर, विर्तामोड,  शनिश्चचरे, दोमुखा– कन्काई र आसपास भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । भारी वर्षाका कारण पहिरो, भू–क्षय तथा उच्च बहावको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले यसअघि नै विशेष बुलेटिन जारी गर्दै जनाइसकेको छ ।...
जाजरकोटमा एक सुत्केरी महिलाको मृत्यु
समाचार, समाज

जाजरकोटमा एक सुत्केरी महिलाको मृत्यु

नेपालअखबार,जाजरकोट  । जाजरकोट कुशे गाउँपालिका–५ जरगाउँकी ३० वर्षीया नारायणकली रोकायको सुत्केरी हुँदा मृत्यु भएको छ । घरमै सुत्केरी भएकी रोकायाले चौथो सन्तानलाई जन्म दिएपछि ज्यान गएको स्थानीय तारा खड्काले जानकारी दिइन् । समयमै साल नखसेर नारायणकलीको मृत्यु भएको खड्काको भनाइ रहेको छ । सुत्केरी भएको ५ घण्टापछि मृत्यु भएकी नारायणकलीको ४ घण्टासम्म साल खसेको थिएन । स्थानीय मेडिकलमा कार्यरत स्वास्थ्यकर्मीको सहयोगमा साल खसेको भएता पनि नारायणकलीको ज्यान गएको प्रहरीले जनाएको छ । उनका दुई छोरी र एक छोरा थिए । चौथो सन्तान छोरा जन्म दिएपछि नारायणकलीको ज्यान गएको हो । नवजात शिशुको स्वास्थ्य अवस्था भने सामान्य रहेको तारा खड्काले बताएकी छन् ।...
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु
समाचार, समाज

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

नेपालअखबार,  तनहुँ । मोबाइल चार्ज गर्ने क्रममा सोमबार करेन्ट लागेर तनहुँमा एक महिलाको मृत्यु भएको छ। भानु नगरपालिका–९ निवासी ४५ वर्षीय तारा थापाको करेन्ट लागी मृत्यु भएको हो। मोबाइल चार्ज गर्ने क्रममा प्लगबाट करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। करेन्ट लागेर सख्त घाइते भएकी थापाको उपचारका लागि दमौली अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए। मृतक थापाको शव अहिले दमौली अस्पतालको शवगृहमा राखिएको छ। रासस...
घरको छतबाट खसेर महोत्तरीमा महिलाको मृत्यु
समाचार, समाज

घरको छतबाट खसेर महोत्तरीमा महिलाको मृत्यु

नेपालअखबार, महोत्तरी। महोत्तरीको गौशाला नगरपालिका–५ मा दुई तले घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ। जलेश्वर नगरपालिका–४ सुगागाउँ घर भई हाल गौशाला–५ स्थित दिनेश यादवको घरमा डेरा लिई बस्दै आएकी २६ वर्षीया पुनम महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए। छतमा सुकाएका कपडा लिन गएकी महतोको गए राति लडेर मृत्यु भएको हो। रासस...
सिक्लेस-पोखरा सडकमा आधा दर्जन पहिरो
समाचार, समाज

सिक्लेस-पोखरा सडकमा आधा दर्जन पहिरो

नेपालअखबार, पोखरा । लगातारको भारी वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो जाँदा पोखरा–सिक्लेस सडक ३ दिनदेखि अवरुद्ध भएको छ । गाउँपालिकाका अनुसार विभिन्न वडाका ५ ठाउँमा पहिरो गएकाले तत्काल सडक सञ्जाल सञ्चालनमा आउने सम्भावना कम छ । मादी गाउँपालिका १ का वडाध्यक्ष देवीजंग गुरुङले पोखरा–सिक्लेसका ठाउँठाउँमा ५ भन्दा बढी ठाउँमा पहिरो गएको जानकारी दिए । उनका अनुसार, मादी वडा नम्बर ७, वडा नम्बर ६ चिप्ली र तप्राङको बीचमा, मादी १ को क्वोंदो खोलाको वारि र पारि दुवै भागमा पहिरोले बाटो पूर्ण रुपमा क्षति पुर्याएको छ । ‘अहिले सिक्लेस आउने पूर्णरुपमा ठप्पै भएको छ । विकल्पमा पारिको ताङतिङको बाटो प्रयोग गरिरहेका छौं । तर, त्यहाँ पनि मादी नदीसम्म हिँडेर आउनुपर्छ,’ वडाध्यक्ष गुरुङले भने, ‘गाउँ आउने अरु सबै बाटा बन्द छन् ।’ सिक्लेस कास्कीको चर्चित पर्यटकीय गुरुङ गाउँमध्ये पर्छ । पहिरोले बाटो बन्द हुँदा अत्यावश्यक ...