Tuesday, May 5

समाज

अविरल वर्षाले पोखरा हेम्जाका ३०० घर डुबानमा
समाचार, समाज

अविरल वर्षाले पोखरा हेम्जाका ३०० घर डुबानमा

नेपालअखबार, पाेखरा । गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका-२५ हेम्जाका ३०० भन्दा बढी घर डुबानमा परेका छन्। वर्षापछि हेम्जाको सुइखेतस्थित चौरासी नहर फुटेर पानी बस्तीमा पस्दा सुन्दरी चोक र म्याग्दी चोकका घर डुबानमा परेको वडाध्यक्ष मोतिराज तिमिल्सिनाले बताए। यसैगरी पहिराले स्थानीय लक्ष्मी विक र रविना परियारको घर पूर्णरुपमा क्षति गरेको र थप १५ घर उच्च जोखिममा छ। डुबान र पहिराका कारण ५०० हाराहारीमा मानिस विस्थापित भएको तिमिल्सिनाले बताए। बस्तीमा बाढी पस्न थालेपछि राति नै स्थानीय सुरक्षित स्थानतर्फ लागेकाले मानवीय क्षति हुन पाएको थिएन। ‘भारी वर्षापछि नहर फुटेर बस्तीमा पस्दा र खहरे खोला उर्लिएर आउँदा घर डुबानमा परेका छन्। पहिराले दुई घर र कृषि र पशुपक्षीतर्फ धेरै क्षति पुर्‍याए पनि मानवीय क्षति भएको छैन,’ उनले भने। घर डुबानमा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा लगिए...
पोखरामा पहिरोले खोला थुनिँदा डेढ सय घर डुबे
समाचार, समाज

पोखरामा पहिरोले खोला थुनिँदा डेढ सय घर डुबे

नेपालअखबार, पाेखरा । अविरल वर्षासँगै पोखराका ठाउँठाउँमा पहिरो र बाढीले बस्ती डुबानमा परेको छ । शनिवार बिहानै पोखरा २५ सुईखेतमा डेढ सय घर डुबेको छ । पहिरो खसेर खोला थुनिएपछि निकास रोकिएको छ । त्यहाँका डेढ सय घरका प्रभावितलाई सुरक्षित ठाउँमा सारिएको वडाध्यक्ष मोतीराज तिमिल्सिनाले जानकारी दिए । वस्तीसँगै व्यावसायिक फार्महरूमा पूर्ण क्षति भएको उनको भनाई छ । यस्तै, पोखरा महानगरपालिका वडा नम्बर १६ अर्मलास्थित खोलाखेतमा रहेको एक घर पहिरोले बगाएको छ । मानवीय क्षति भने भएको छैन । अन्य क्षेत्रका पनि सडक बगाएको छ । यातायात अवरुद्द भएको प्रहरीले जनाएको छ ।...
बाढीले मेलम्चीस्थित फट्टेको पुलमा क्षति
समाचार, समाज

बाढीले मेलम्चीस्थित फट्टेको पुलमा क्षति

नेपालअखबार,  सिन्धुपाल्चोक। गएराति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ। बाढीको त्रासले  मध्यरातमा  हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी घर छोडेर सुरक्षित स्थानमा गएका थिए। हेलम्बु–२ का प्रभा भण्डारीले राति १२ बजे घर छोडेर अग्लो स्थानमा गएर बसेको बताइन्। गत वर्ष असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो। स्थानीय दशरथ दनुवारले अस्थायी पुलमा क्षति पुगेसँगै सडक बन्द भएको बताए। यसबाट  ६ वडाका बासिन्दा प्रभावित भएका छन् । रासस...
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार, समाज

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

नेपालअखबार, काठमाडौं । देशका विभिन्न भू–भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने भएको छ ।  प्रदेश–१ को एकदुई स्थानमा भारी  वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । राति  देशभरका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१ र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।...
म्याग्दीको रघुगङ्गा गाउँपालिकामा २१६ पहिरा
समाचार, समाज

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा २१६ पहिरा

नेपालअखबार,  गलेश्वर । म्याग्दीको एउटै गाउँपालिकामा रहेका २१६ पहिराका कारण बस्ती जोखिममा परेका छन् । स्थानीयवासीले पहिराका कारण असुरक्षित भएको गुनासो गर्दैआएका छन् । उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाका आठ वडामा साना ठूला गरी २१६ पहिरा रहेका र ती पहिराका कारण बस्ती नै जोखिममा छन् । पहिरा रोकथाम तथा नियन्त्रणका लागि पहिराको डिपिआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । पहिराको डिपिआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाएका छौं’, उनले भने । कुइनेमङ्गले–८ चौरखानी, चिमखोला–७ मालाङ, पाखापानी–६ रायखोर र दग्नाम–४ को पहिरो रोकथामलाई मुख्य प्राथमिकतामा राखिएको भण्डारीको भनाइ छ । यसैगरी रघुघाट गलेश्वर, तिलकेनी, कुइने, चौरखानी, धुपीचौर, अर्कला, बेग, दुलेपानी, सतिपोखरी, ख...
६० वर्षको उमेरमा वडाध्यक्षकी श्रीमती कक्षा १ मा भर्ना
शिक्षा, समाचार, समाज

६० वर्षको उमेरमा वडाध्यक्षकी श्रीमती कक्षा १ मा भर्ना

नेपालअखबार, पर्वत । पढ्नका लागि उमेरले छेक्दैन भन्ने गतिलो उदाहरण यहाँकी एक महिला बनेकी छिन् । जिल्लाको मोदी गाउँपालिका–८ चित्रेकी विष्णु गुरुङ ६० वर्षको उमेरमा विद्यालय जान थालेकी छिन् । स्थानीय जनसिद्ध माध्यमिक विद्यालयको कक्षा १ मा अध्ययनरत गुरुङ साक्षर हुन नसकेकै कारण विभिन्न समस्या भोगेपछि बुढेसकालमै भए पनि पढ्ने रहर पूरा गर्न विद्यालय जान थालेकी हुन् । ‘त्यो बेला पढ्ने उमेरमा विभिन्न कारणले पढ्न पाइएन, अहिले ढिलो भए पनि पढ्न रमाइलो भइरहेको छ’, उनले भने । उनका श्रीमान् सुकबहादुर गुरुङ मोदी-८ चित्रेकै वडाध्यक्ष हुन् । श्रीमती विद्यालयमा भर्ना हुनेबारे उनीहरूबीच सल्लाह भएको थिएन । आफू कार्यालयबाट फर्किएर घरमा पुग्दा पढेर आएको सुनाउँदा अचम्ममा परेको उनको भनाइ छ । शिक्षा आर्जन गर्नका लागि उमेरले केही गर्दैन भन्ने कुरा देखाउन पनि अरुलाई प्रेरणा मिल्ने सुकबहादुरले बताए । ‘स्कु...
कास्की जिल्लामा भूकम्पको धक्का
समाचार, समाज

कास्की जिल्लामा भूकम्पको धक्का

नेपालअखबार, पाेखरा । कास्कीमा भूकम्प गएको छ । आज बिहान कास्कीको लुम्ले र धम्पुको बीचमा केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान तीन बजेर ५६ मिनेट जाँदा ४.९ म्याग्नेच्युटको भूकम्प गएको हो  । कास्की र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।...
रोल्पामा १७ वर्षीया किशोरी मृत भेटिइन्
समाचार, समाज

रोल्पामा १७ वर्षीया किशोरी मृत भेटिइन्

नेपालअखबार,  रोल्पा । रोल्पामा एक महिला मृत फेला परेकी छिन् । मृतक महिला रुन्टीगढी गाउँपालिका-५ छिन्नेटाकी १७ वर्षीया कृष्णी विक भएको प्रहरीले जनाएको छ । मृतक विक घरेलु तथा साना उद्योग विकास कार्यालय रोल्पाले सदरमुकाम लिवाङमा संचालन गरेको ब्युटी पार्लर तालिममा सहभागी हुन केही समय अघि सदरमुकाम लिवाङ आएकी थिइन् । उनी घरेलु तथा साना उद्योग कार्यालय रोल्पाको होस्टेलमा बसेकी थिइन् । मृतक सुतेको कोठामा सर्पसमेत देखिएको र सर्पले टोकेको जस्तो घाउ देखिएकाले सर्पले टोकेको हुन सक्ने आशंका प्रहरीको छ । मृतक किशोरीको पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।...
अनुसन्धान तथा विकासका लागि सहकार्य दुई दिने तालिम
समाचार, समाज

अनुसन्धान तथा विकासका लागि सहकार्य दुई दिने तालिम

सपना क्षेत्री,  पर्वत। अनुसन्धान तथा विकासका लागि सहकार्य  गर्दै  दुई दिने  तालिम सम्पन्न भएकाे छ ।   कुश्मा नगरपालिकाको होटल फ्रेन्ड्ली होटलमा दुई दिने अनुसन्धान तथा विकासका लागि सहकार्य भन्ने बिषयमा  प्रमुख कृष्ण बहादुर खड्का र  नरेन्द्र रोकाया  तालिमलाई सहजिकरण गरेका थिए ।  तालिममा  ९जनालाई  सहाभागिता गराएकाे  थियो  । मोदी गाउँ पालिकाबाट १ जना ,कुश्मा नगरपालिकाको वाट २ जना ,फलेबास नगरपालिका बाट २ जना ,पौयु गाउँ पालिका बाट २ जना र यादी व्यादी गाउँ पालिका बाट २जना गरी जम्मा ९ जना सहभागी छन् ।   सहकारीको बारेमा प्लान इन्टरनेशनल नेपाल र एनप्रेड नेपाल युवा महिला सशक्तिकरण परियोजना मार्फत सन्चालन भएको हो।   प्लान इन्टरनेशनल नेपाल इनप्रेड् नेपाल दुवर यस समुदायमा महिला सशक्तिकरणको लागि सहकारीमार्फत गरिब निवारण गर्न र महिला लाई लगानि संगै उधमि भन्ने कुरा जोड दिएको छ ।  यो परियोजना २२ महिनाका ...
मिलन बिक ‘मिने’को उपचारमा समस्या, आर्थिक सहयोगको अपिल
समाचार, समाज

मिलन बिक ‘मिने’को उपचारमा समस्या, आर्थिक सहयोगको अपिल

नेपालअखबार, पोखरा  । मध्यनेपाल नगरपालिका वडा नं. ७ सालघारी निवासी ४३ वर्षिय मिलन बिक (मिने) को उपचारमा समस्या भएको छ । ब्रेन ट्युमर भएर पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहनुभएका बिकको आर्थिक अवस्था कमजोर रहेकाले सहयोग गर्न अपिल गरिएको छ । मध्यनेपाल नगरपालिका वडा नं. ७ का अध्यक्ष हिरा बहादुर गुरुङले बिकको आर्थिक अवस्था कमजोर रहेकोले उपचारमा समस्या भएको बताउनुभयो । उहाँले मिलन विकको उपचारका लागि आर्थिक सहयोग आवश्यक रहेकाले देश तथा विदेशमा रहनुभएका नेपालीहरुलाई सहयोगको लागि अपिल गर्नुभयो । मिलन बिक अरुको घरमा काम गरेर दैनिकी चलाउदै आउनुभएको थियो । हात पाखुरा चल्दा अरुकोमा हलि बाउसे गरेर दैनिकी चलाएको थियो, अब विरामी परेपछि समस्या भयो इशानेश्वर पोखरा सम्पर्क समाजका अध्यक्ष बलराम घिमिरेले भन्नुभयो – देश विदेशबाट उसको उपचारको लागि आर्थिक सहयोग संकलनको क्रम सुरु भएको छ । म...