Thursday, April 30

समाज

नारायणी नदीमा डुङ्गा पल्टिँदा एकजना बेपत्ता
समाचार, समाज

नारायणी नदीमा डुङ्गा पल्टिँदा एकजना बेपत्ता

नेपाल अखबार, परासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)स्थित नारायणी नदीमा डुङ्गा पल्टिँदा एक व्यक्ति बेपत्ता भएका छन् । अन्य छ जना भने पौडी खेलेर बाँच्न सफल भएका छन् । सुस्ता गाउँपालिका–५ स्थित अनोमाघाटदेखि इँटा लोड गरी सुस्ता गाउँतर्फ जाँदै गरेको सात जना सवार डुङ्गा बुधबार बिहान सुस्ता पुग्नै लाग्दा अचानक पल्टिएको हो । बेपत्ताको प्रहरी र स्थानीयवासीले खोजी गरिरहेका छन् । बेपत्ता हुनेमा भारतको महाराजगञ्जका २८ वर्षीय पतरु मुसहर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए । रासस...
चट्याङ लागेर एक बालिकाको मृत्यु
समाचार, समाज

चट्याङ लागेर एक बालिकाको मृत्यु

नेपाल अखबार, इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–६ मा चट्याङ लागेर मङ्गलबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १३ वर्षीया बालिका सुष्मा पासवान रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।खेतमा माछा मार्न गएको बेला पानीसँगै एक्कासि परेको चट्याङले सुष्मा गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।...
बिहानै ६ रेक्टरको भूकम्पकाे धक्का
समाचार, समाज

बिहानै ६ रेक्टरको भूकम्पकाे धक्का

नेपाल अखबार, काठमाडौं । बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ५ः१९ बजे आएको भूकम्प काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा महसुस गरिएको थियो । भूकम्प सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जिल्लामा हालसम्म कुनै क्षतिको विवरण नआएको अनलाइनखबरलाई बताए । आफ्नो संयन्त्रमार्फत जिल्लाका हरेक वडासँग सम्पर्क भइसकेको बताउँदै हालसम्म केन्द्रविन्दु रहेको जिल्लामा कुनै अप्रिय घटना नभएको अधिकारीले जनाए ।...
न्याय नपाएपछि बलात्कृत किशोरीले गरिन् आत्महत्या
समाचार, समाज, हाइलाइट-समाचार

न्याय नपाएपछि बलात्कृत किशोरीले गरिन् आत्महत्या

नेपाल अखबार,सप्तरी । सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ । सोमबार बिहान धानखेतमा पानीको अवस्था हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार भएको पीडितकी आमाले बताइन् । उनका अनुसार आरोपित चार जनाविरुद्ध प्रहरी कार्यालय जान खोज्दा केही गाउँलेले भेला बसी उनीहरुलाई रोकेपछि छोरी निकै तनावमा परेकी थिइन् । घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खडकाका अनुसार पञ्चहरूको निर्णयबाट चित्त नबुझेपछि किशोरीले पीडा सहन नसकी आत्महत्या गरेकी हुन् । मण्डल समुदायका ८/१० जनाको छलफलले पीडित र उनकी आमालाई प्रहरी कार्यालय जान रोक लगाउँदै आरोपितहरूबाट रु ५५ हजार क्षतिपूर...
अज्ञात रोगले बिरामीको सङ्ख्या बढ्यो, स्वास्थ्य संस्थामा औषधि अभाव
समाचार, समाज, स्वास्थ्य

अज्ञात रोगले बिरामीको सङ्ख्या बढ्यो, स्वास्थ्य संस्थामा औषधि अभाव

नेपाल अखबार, सिमकोट । जिल्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाको उनापानी गाउँमा अज्ञात रोगले बिरामीको सङ्ख्या बढ्दै गएको छ । विगत केही दिनयता ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षणका बिरामीको सङ्ख्या बढ्दै गएको स्थानीय पुसे कार्कीले जानकारी दिए । गाउँमा हरेक दिन बिरामीको सङ्ख्या बढ्दै गएपछि अहिले १५ देखि २० जनामा त्यस्ता रोगाको लक्षणका बिरामी परेको छ । बिरामीको सङ्ख्या बढ्दै गएपछि उपचारका लागि स्थानीय आधारभूत स्वास्थ्य केन्द्रमा जाँदा औषधिको पनि अभाव भएपछि बिरामीलाई थप समस्या भएको कार्कीले गुनासो गरे । गाउँपालिका र जिल्ला स्वास्थ्य कार्यालयबाट औषधि नगएपछि बिरामीलाई थप समस्या भएको हो । थप उपचारका लागि एक बिरामीलाई गएको साता जिल्ला अस्पताल सिमकोट ल्याइएको भए पनि उनको ज्यान गएपछि त्रसित भएका स्थानीयवासीले स्वास्थ्यकर्मीको टोली खटाइ दिन आग्रह गरेका छन् । ग्र...
काठमाडौँका ५५५ सहित उपत्यकामा थपिए ६७६ जना कोरोना संक्रमित
समाचार, समाज

काठमाडौँका ५५५ सहित उपत्यकामा थपिए ६७६ जना कोरोना संक्रमित

नेपाल अखबार, काठमाडाैं। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।...
तनहुँको देवघाटमा शालिग्राम संकलन गरिदै
धर्म/संस्कृति, समाचार, समाज

तनहुँको देवघाटमा शालिग्राम संकलन गरिदै

नेपाल अखबार, दमौली । प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटमा शालिग्राम सङ्ग्रहालयमा राख्नका लागि शालिग्राम ढुङ्गाको सङ्कलन र संरक्षण शुरु गरिएको छ । निकट भविष्यमा निर्माण गरिने शालिग्राम सङ्ग्रहालय (सिसमहल) मा राख्नका लागि देवघाट क्षेत्र विकास समितिले शालिग्राम ढुङ्गाको सङ्कलन र संरक्षण शुरु गरेको हो । क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले हिन्दूले शालिग्रामको दर्शन र अवलोकन गर्न सकून् भन्ने उद्देश्यले सङ्ग्रहालय बनाउन लागिएको जानकारी दिनुभयो । कालीगण्डकी नदीमा मात्र पाइने तथा हिन्दू धर्मावलम्बीले पवित्र मान्ने शालिग्रामको संरक्षणका लागि समितिले पहल शुरु गरेको उहाँले जानकारी दिनुभयो । “वेदशास्त्रमा पनि गण्डकी र शालिग्रामको विशेष महिमा रहेको बताइन्छ, दामोदर कुण्डबाट मुक्तिनाथ हुँदै देवघाट क्षेत्रसम्म आएको तटीय क्षेत्रमा पाइने शालिग्राम महत्वपूर्ण सम्पदा हुन्”, उहाँले भन्नुभयो, “कतिपयले श...
विद्युत्को खम्बाबाट खसेर इलेक्ट्रिसियनको मृत्यु
समाचार, समाज

विद्युत्को खम्बाबाट खसेर इलेक्ट्रिसियनको मृत्यु

नेपाल अखबार,बाग्लुङ । नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको विद्युत्को खम्बाबाट खसेर सोमबार साँझ मृत्यु भएको छ ।  कुश्मा नगरपालिका–७ खरेहामा विद्युत् मर्मतका लागि खम्बा चढेका ३५ वर्षीय भोलाराम शर्माको  खसेर मृत्यु भएको हो । बाग्लुङ नगरपालिका–१ रामरेखा घर भएका शर्माको पोलबाट खसेपछि उपचारका लागि पर्वत अस्पतालमा पुर्याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए । अवरुद्ध  विद्युत् लाइन मर्मतका लागि शर्मा साँझ साढे ७ बजे पोलमा चढेका थिए । उनलाई करेन्ट भने नलागेको वितरण कन्द्रले जनाएको छ ।  शर्मा नेपाल विद्युत् प्राधिकरणमा तेस्रो तहको इलेक्ट्रिसियन पदमा कार्यरत थिए । शव परीक्षणका लागि पर्वत अस्पतालको शवगृहमा राखिएको छ । आज परीक्षण गरेर परिवारलाई बुझाइने प्रहरीले जनाएको छ । रासस...
आजको मौसम मेघगर्जन र चट्याङ्गसहित वर्षा
समाचार, समाज

आजको मौसम मेघगर्जन र चट्याङ्गसहित वर्षा

नेपाल अखबार, पाेखरा। हाल  मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिण तर्फ अवस्थित छ। जसले देशभर सामान्य बदली रही प्रदेश १, बागमति प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरु र अन्य प्रदेशका एक–दुई  स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ को झापा आसपासका स्थानहरूमा भारी वर्षा पनि भइरहेको छ। मंगलबार दिउँसो देशभर  सामान्यतया  बदली   रही  केही   स्थानहरूमा  मेघगर्जन र चट्याङ्गसहित  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  छ । प्रदेश १ , प्रदेश २ ,  वाग्मती प्रदेश र  गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको  सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २,  वाग्मती प्रदेश र  गण्डकी प्रदेशका  एक वा दुई स्थानहरुमा भारी वर्षाको  सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने...
बाढीपहिरोको कहर : सिन्धुपाल्चोकमा मात्रै पहिरोबाट ७४ को मृत्यु, ४१ अझै बेपत्ता
समाचार, समाज

बाढीपहिरोको कहर : सिन्धुपाल्चोकमा मात्रै पहिरोबाट ७४ को मृत्यु, ४१ अझै बेपत्ता

नेपाल अखबार, सिन्धुपाल्चोक। निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले मात्र ठूलो धनजनको क्षति पुर्याएको छ । यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४१ बेपत्ता छन् । आइतबार बाह्रबिसे नगरपालिका–७ मा गएको पहिरोमा मात्रै १४ जनाको मृत्यु भएको छ भने १७ हालसम्म पनि बेपत्ता नै छन् । असार २२ गते चौतारा साँगाचोकगढी नगरपालिका वडा नं। १२ र ९ मा गएको बाढीपहिरोले दुई जनालाई बगाएको थियो भने एक जना अहिलेसम्म बेपत्ता छन् । यस्तै असार २४ गतेको पहिरोले बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा ठूलो क्षति पुर्यायो । बाह्रबिसे नगरपालिका–५ जम्बुमा बजार नै बगाउने गरी गएको पहिरोले दुई जनाको मृत्यु भयो भने १७ हालसम्म पनि हराइरहेका छन् । त्यस्तै सोही दिन भोटेकोशी गाउँपालिका–४ बुलकुटेमा एक जनाको बाढीले बगाएर ज्यान गयो । यसैगरी साउन...