पोखरा बसपार्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
नेपालअखबार, पोखरा । पोखरा बसपार्कको जग्गाभित्र बसोबास गरिरहेकामध्ये २ सय २० परिवारको अन्यत्रै घरजग्गा देखिएको छ भने २ सय ९९ परिवारमात्रै भूमिहीन सुकुम्वासी देखिएका छन् ।
पोखरा महानगरपालिकाले बसपार्कमा सुकुम्वासी, भूमिहीनका नाममा बसोबास गरिरहेकाहरुको अध्ययन तथा छानबिन गर्न बनेको समितिको प्रतिवेदनले यस्तो तथ्यांक निकालेको हो ।
२ सय ९९ जनाको अन्त कतै पनि घरजग्गा नदेखिएको र २३३ जनाको अन्यत्र देखिएको भनिएकोमा १३ जना परिवार सुकुम्वासी नै देखिएपछि २२० जना परिवार अन्यत्र घरजग्गा हुने देखिएको समिति संयोजक तथा पोखरा महानगरका सूचना अधिकारी कृष्ण तिवारीले जानकारी दिए ।
५५ जना परिवारको सुकुम्वासी, भूमिहीन तथा अव्यवस्थित बसोबासीका नाममा निवेदन दिएको तर बसपार्कमा जग्गा, पसल पनि देखिएको तिवारीले बताए ।
‘५५ जनाले निस्सा पेश गर्दै सुकुम्वासीका लागि निवेदन दिए तर फिल्डमा देखिएन,’ तिवारीले भने, ‘जम्मा ५ स...










