Sunday, October 25

समाज

सिरहामा लागूऔषध ब्राउन सुगर सहित २ जना पक्राउ
प्रशासन, समाचार, समाज

सिरहामा लागूऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

नेपालअखबार, जनकपुरधाम । सिरहा प्रहरीले लागुऔषध ब्राउन सुगर सहित दुई युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बुधबार राति  सिरहा नगरपालिका वडा नम्बर २१ पिपरा टोल स्थित प्रहरी चौकी लकडिगोठ सिरहाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लकडिगोठबाट माडर तर्फ जाँदै गरेको स ८ प ६२९६ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा उनीहरु लागुऔषध सहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मोटरसाईकल चालक जिल्ला सिरहा, सिरहा नगरपालिका वडा नम्बर १४ बस्ने वर्ष १९ को सतिस दास र सोह ठाँउ निवासी वर्ष ३५ काआईसोत मण्डल रहेका छन् । प्रहरी प्रवक्ता एवं डिएसपी रमेश बहादुर पालका अनुसार चेकजाँचको क्रममा दासले लगाएको ज्याकेटको गोजीबाट प्लाष्टिकको पोकामा रहेको अवस्थामा १५१.१० ग्राम लागुऔषध ब्राउन फेला परेको बताए । उनका अनुसार अभियुक्तहरुको साथबाट बरामद भएको स्क्रिन टच मोबाइल २ थान र मोट...
त्रिविमा यो वर्ष ९५ हजार ५४० विद्यार्थी दीक्षित हुने, सातै प्रदेशमा दीक्षान्त गर्ने तयारी
शिक्षा, समाचार, समाज

त्रिविमा यो वर्ष ९५ हजार ५४० विद्यार्थी दीक्षित हुने, सातै प्रदेशमा दीक्षान्त गर्ने तयारी

नेपालअखबार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट यस वर्ष ९५ हजार ५४० विद्यार्थी दीक्षित हुने भएका छन् । त्रिविको ६७औँ वार्षिक दिवस बैठकमा रजिस्ट्रार डा. रवीन्द्र अधिकारीले ६४औँ ग्रेसलिस्टसम्बन्धी तथ्यांक प्रस्तुत गर्दै १ असार २०८२ सालदेखि २०८३ साल असार मसान्तसम्म विभिन्न तह उत्तीर्ण गरेका कुल ९५ हजार ५४० विद्यार्थी दीक्षान्तका लागि योग्य रहेको जानकारी दिए । कुल विद्यार्थीमध्ये प्राविधिकतर्फ १५.१० प्रतिशत र साधारणतर्फ ८४.९० प्रतिशत रहेका छन् । यस्तै, एमफिलतर्फ २५३, पीजीडीतर्फ १८४ र विद्यावारिधितर्फ १६६ जना रहेका छन् । संकायगत रूपमा व्यवस्थापन संकायबाट सबैभन्दा धेरै ४३ हजार १४२ विद्यार्थी उत्पादन भएका छन् । शिक्षाशास्त्र संकायबाट १९ हजार ५३३, मानविकी तथा सामाजिकशास्त्र संकायबाट १५ हजार ४४१ र कानुन संकायबाट ३ हजार १ विद्यार्थी रहेका छन् । त्यस्तै, विज्ञान तथा प्रविधि अध्...
दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
प्रशासन, समाचार, समाज

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

नेपालअखबार,काठमाडौँ । चाडपर्व नजिकिँदै गर्दा सरकारले बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक मर्मत गरी दसैँअघि नै सञ्चालनमा ल्याउने तीव्र तयारी अगाडि बढाएको छ । सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले प्राकृतिक विपद्ले क्षति पुर्याएका राजमार्ग तथा सडक सुधारका काम तीव्र गतिमा भइरहेकाले दसैँअघि नै मुख्य राजमार्ग सञ्चालनमा ल्याइने जानकारी दिए । “भोटेकोशी बाढी प्रभावित रसुवासहित नुवाकोट, धादिङ, चितवन र गोरखा जिल्लाका सडक मर्मतको काम पनि अघि बढाइएको छ”, प्रवक्ता न्यौपानेले भने, “आगामी ४/५ दिनभित्र रसुवाको धुन्चेसम्म यातायात सञ्चालन गरिने र मुस्ताङतर्फको सडक पनि चाँडै सुचारु हुँदैछ । यात्रामा केही असजिलो भए पनि सडककै कारण उपत्यकाबाट घर जान नपाउने वा खाद्यान्न तथा अत्यावश्यक ढुवानी रोकिने अवस्था रहने छैन ।” नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार भदौ १० गतेको भोटेकोशी बाढीका क...
मालढुंगा पुल दसैंअघि नै सञ्चालनमा ल्याइने
समाचार, समाज

मालढुंगा पुल दसैंअघि नै सञ्चालनमा ल्याइने

नेपालअखबार,काठमाडौं । यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्‍याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल आगामी बडादसैँ अगाडि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। सडक डिभिजन कार्यालय पोखराले पुल दसैंअघि नै सञ्चालनमा ल्याउने तयारीका साथ मर्मतको काम दु्रतगतिमा गरिरहेको छ भने हाललाई बागलुङ बजार पुग्न वैकल्पिक मार्ग प्रयोगको व्यवस्था मिलाएको छ। चाडबाडअघिको आवागमनका साथै पर्यटकीय गतिविधिलाई लक्षित गरी मालढुङ्गा पुलको विकल्पमा मालढुङ्गा–बेनी हुँदै बागलुङ र पर्वतको फलेवास–जैमिनीघाट हुँदै बागलुुङ मार्ग प्रयोग भइरहेको छ। ११४ मिटर लामो पुलको पहुँचमार्गको झन्डै ३० मिटर सडकमा क्षति पुगेपछि १० दिनदेखि दुई जिल्लाबीचको सम्पर्क सहज बन्न सकेको छैन। सुरुमा सम्पर्कविच्छेद नै भए पनि अहिले भने वैकल्पिक मार्गबाट आवतजावत भइरहेको छ। यसबाट मध्यपहाडी लोकमार्ग हुँदै बागलुङ, रुकुम, रोल...
मध्यपहाडी लोकमार्ग : कास्की खण्डमा तीन पक्की पुल निर्माण सम्पन्न
समाचार, समाज

मध्यपहाडी लोकमार्ग : कास्की खण्डमा तीन पक्की पुल निर्माण सम्पन्न

नेपालअखबार,कास्की । राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा पक्की मोटरेबल पुल निर्माण सम्पन्न भएका छन् । पुल निर्माण सम्पन्न भएसँगै लामो समयदेखि फराकिलो सडक र साँघुरो पुलका कारण हुँदै आएको आवागमनको समस्या हटेको छ भने यात्रु तथा सवारीसाधनलाई आवतजावतमा सहज भएको छ । मध्यपहाडी लोकमार्गको पोखरा महानगरपालिका–१ याम्दी खोलामा दुईवटा र अन्नपूर्ण गाउँपालिकामा पर्ने घट्टेखोलानजिक पानीविहाडमा एउटा पक्की पुल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय पर्वतका सूचना अधिकारी इन्जिनियर उज्ज्वल शर्माले जानकारी दिए । याम्दीखोलामा रहेको पुरानो पुलको दायाँ र बायाँपट्टि थप एक–एकवटा नयाँ पुल निर्माण गरिएको हो । दुवै नयाँ पुलको लम्बाइ ५२–५२ मिटर रहेको छ । यसैगरी अन्नपूर्ण गाउँपालिकातर्फ निर्माण गरिएको पानीविहाड पुलको लम्बाइ ...
यमनमा हुथी विद्रोही र सेनाबीच झडप, २४ घण्टामा २७० भन्दा बढीको मृत्यु
विश्व, समाचार, समाज

यमनमा हुथी विद्रोही र सेनाबीच झडप, २४ घण्टामा २७० भन्दा बढीको मृत्यु

नेपालअखबार,काठमाडौं । यमनमा सरकारी सेना र इरान समर्थित हुथी विद्रोहीबीच झडप हुँदा २७० भन्दा बढीको मृत्यु भएको छ । साउदी अरबको समर्थन प्राप्त यमनी सरकारले गत महिना हुथी विद्रोहीले कब्जा गरेका क्षेत्र पुन: आफ्नो नियन्त्रणमा लिन प्रत्याक्रमण सुरु गरेपछि देशमा लडाइँ तीव्र बनेको हो । समाचार एजेन्सी एएफपीका अनुसार झडपमा परी २४ घण्टामै दुवै पक्षका २७० भन्दा बढीको मृत्यु भएको छ । हुथी विद्रोहीले गरेका क्षेप्यास्त्र र ड्रोन आक्रमणबाट सैनिक मात्र ११५ जना मारिएका छन् । दर्जनौँ सैनिक घाइते छन् । हिंसाको मुख्य केन्द्र यमनको दक्षिणपश्चिमी क्षेत्रमा रहेको छ । यो क्षेत्र विश्वव्यापी ऊर्जा आपूर्तिका लागि रणनीतिक रूपमा महत्वपूर्ण मानिने ‘बाब अल–मान्दब जलसन्धि’ आसपास पर्छ । यसैबीच, हुथी सैन्य स्रोतले एएफपीलाई बताएअनुसार पछिल्लो एक दिनमा उनीहरूका १६० लडाकु मारिएका छन् । स्रोतका अनुसार तीमध्ये अधिकांशको ...
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद
प्रशासन, समाचार, समाज

मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद

नेपालअखबार, विराटनगर । मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिकाबाट प्रहरीले २१० किलो गाँजा बरामद गरेको छ । सोमबार राति जहदा गाउँपालिका–१ नयाँ बस्ती नजिकै रहेको धानबारीमा कालो प्लास्टिकमा प्याक गरेर राखिएको अवस्थामा २१० किलो गाँजा बरामद भएको हो । सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गण हेडक्वार्टर कंकालिनी मोरङ र बीओपी जहदाबाट खटिएको संयुक्त टोलीले धानबारीमा लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा फेला पारेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीले जानकारी दिए । सीमावर्ती क्षेत्रमा बेवारिसे अवस्थामा रहेको गाँजा २१० किलो छ । गाँजा कसले लुकाएर राखेको थियो भन्ने यकिन नभएको प्रहरीले जनमाएको छ ।...
बाटो सहज भएपछि बढे घान्द्रुक जाने पर्यटक
पर्यटन, समाचार, समाज

बाटो सहज भएपछि बढे घान्द्रुक जाने पर्यटक

नेपालअखबार,पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ मा पर्ने पर्यटकीय गाउँ घान्द्रुक पुग्ने बाटो सहज भएसँगै पर्यटकको सङ्ख्या बढ्न थालेको छ। बाढीपहिरोका कारण अवरुद्ध भएको वीरेठाँटी–घान्द्रुक सडक सञ्चालनमा आएसँगै पर्यटक घान्द्रुक पुग्न थालेका हुन्। बाटो सहज भएसँगै गाउँमा पर्यटकको चहलपहल सुरु हुन थालेको घान्द्रुकस्थित निर्मल भिल्लाकी प्रबन्ध निर्देशक स्नेहा गुरुङले बताइन्। बाढीपहिरोले बाटो अवरुद्ध हुँदा शून्य अवस्थामा पुगेको घान्द्रुकको पर्यटन व्यवसाय अब चलायमान हुने आशा जागेको उनले बताइन्। ‘चाडपर्वसँगै पर्यटकको सिजन पनि सुरु भयो। बाटो पनि सहज भएको छ,’ उनले भनिन्, ‘असार, साउन र भदौमा पर्यटक शून्य नै थियो। अहिले विस्तारै आउन सुरु गरेका छन्। अब केही हुन्छ कि भन्ने आशा पलाएको छ।’ होटल रक एन्ड मुडका सञ्चालक तथा रोधी क्लब घान्द्रुकका अध्यक्ष लक्षिण गुरुङले घान्द्रुक पुग्ने बाटो सहज बनेक...
संविधान संशोधन गरी ब्रिटिस गोर्खाहरूलाई वंशजको नागरिकता दिन माग
समाचार, समाज

संविधान संशोधन गरी ब्रिटिस गोर्खाहरूलाई वंशजको नागरिकता दिन माग

नेपालअखबार,काठमाडौँ । ब्रिटिश गोर्खा सैनिक तथा तिनका सन्तानहरूले नेपाली वंशजको नागरिकता निरन्तरता हुनुपर्ने सरोकारवालाहरूले माग गरेका छन् । सोमबार काठमाडौंको संवाद डबलीमा आयोजित कार्यक्रममा उनीहरूले संविधान संशोधन गरी नागरिकतालाई निरन्तरता दिनसमेत आग्रह गरे । ब्रिटिश गोर्खा तथा तिनका सन्तानहरूको नेपाली वंशजको नागरिकता निरन्तरता अभियान (सीएनसी बिजी–यूके) उपाध्यक्ष दलबहादुर बुढाथोकीले नेपालको संविधानले नै आफूहरूको नागरिकता पाउने अधिकार छिनेको आरोप लगाए । 'नागरिकता ऐन २०६३ को दफा १० को १ मार्फत कुनै नेपाली नागरिकले कुनै विदेशी मुलुकको नागरिकता  प्राप्त गरेमा उसको नेपाली नागरिकता नहने भन्ने व्यवस्थाले हाम्रो अधिकार गुमेको छ' बुढाथोकीले भने । आफूहरूको अधिकारका लागि २०७२ को संविधान संशोधन गरी अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरे । भूतपूर्व सैनिक कल्याणकारी समिति, नेपालका अध्यक्ष हुमबह...
हिउँ छिचोल्दै डोल्पाबाट जोमसोम आइपुगे एक हजार भेडाच्याङ्ग्रा
समाचार, समाज

हिउँ छिचोल्दै डोल्पाबाट जोमसोम आइपुगे एक हजार भेडाच्याङ्ग्रा

नेपालअखबार, मुस्ताङ ।  दसैं नजिकिएसँगै मुस्ताङमा भेडाच्याङ्ग्राको व्यापारिक चहलपहल सुरु भएको छ। यसै क्रममा मुस्ताङको जोमसोममा माथिल्लो डोल्पाबाट भेडाच्याङ्ग्राका बथान आइपुगेका छन् । उपल्लो मुस्ताङबाट भने शनिबारसम्म भेडाच्याङ्ग्रा जोमसोम आइपुग्ने बताइएको छ। आफ्ना पाँच सहकर्मीसहित करिब एक हजारभन्दा बढी भेडाच्याङ्ग्रा लिएर डोल्पाका व्यापारी शेरबहादुर रोकाया शनिबार साँझ जोमसोम आइपुगेका छन्। डोल्पाबाट जोमसोम आइपुग्न एक साताभन्दा बढी समय लागेको उनले बताए। उनी विगत ३० वर्षदेखि च्याङ्ग्राको व्यापार गर्दै आएका छन्। यसपालि हिउँ छिचोल्दै जोखिमपूर्ण यात्रा गरेर च्याङ्ग्रा जोमसोम ल्याएको उनको भनाइ छ। डोल्पो बुद्ध गाउँपालिकाबाट यही असोज ९ गते जोमसोमतर्फ लागेका रोकाया यही असोज १७ गते साँझ जोमसोम आइपुगेका हुन्। हाल भेडाच्याङ्ग्रा जोमसोमको घरपझोङ गाउँपालिकास्थित सार्वजनिक मैदानमा राखिए...