Thursday, April 30

समाज

धादिङ केन्द्रबिन्दु भएर ४ रिक्टरस्केलको भूकम्प
समाचार, समाज

धादिङ केन्द्रबिन्दु भएर ४ रिक्टरस्केलको भूकम्प

नेपाल अखबार, काठमाडौं । बुधबार धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार दिउँसो ३ बजेर ४८ मिनेट जाँदा ४ रिक्टरस्केलको भूकम्पको धक्का गएको हो । यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ  ।
इलाममा आफ्नै ६३ वर्षीया आमालाई बलात्कार गरेको आरोपमा छोरा पक्राउ
समाचार, समाज

इलाममा आफ्नै ६३ वर्षीया आमालाई बलात्कार गरेको आरोपमा छोरा पक्राउ

नेपाल अखबार, इलाम। आफ्नै वृद्ध आमालाई बलात्कार गरी फरार भएका एक युवालाई प्रहरीले पक्राउ गरेको छ। इलामका एक २३ वर्षीय युवाले आफ्नै ६३ वर्षीय आमालाई यही भदौ ७ गते राति बलात्कार फरार भएका थिए। फरार युवाविरुद्ध जिल्ला प्रहरी कार्यालय, इलाममा परेको जाहेरीका आधारमा प्रहरीले मंगलबार राति ती युवालाई इलाम नगरपालिका–५, तोरीबारीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीले जानकारी दिए उनले परिवारभित्रको घटना भएको र परिचय खुल्दा थप समस्या हुने भएका कारण पीडक र पीडितको नाम ठेगना गोप्य राखेर अनुसन्धान अगाडि बढाएका बताए। ‘परिवारभित्रको घटना भएका कारण पीडक र पीडित नाम र ठेगना गोप्य राखेर अनुसन्धान अगाडि बढाएका छौँ’, डीएसपी सुवेदीले  भने। पक्राउ परेका ती युवालाई जिल्ला प्रहरी कार्यालय ल्याइएको र अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाउने उनले बताए । ती युवाविर...
आजदेखि मिथिलाञ्चलमा जितिया पर्व शुरु
धर्म/संस्कृति, समाचार, समाज, हाइलाइट-समाचार

आजदेखि मिथिलाञ्चलमा जितिया पर्व शुरु

नेपाल अखबार, जनकपुर। सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ । व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादका रूपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् । त्यसैगरी भोलि (बिहीबार) बिहान चार बजेदेखि उपवास बसी निराहार एवं निर्जला व्रत बसी पर्सि (शुक्रबार) बिहान व्रत सम्पन्न गर्नेछन् । सयौँ बर्तालुले जिल्लाको विग्ही, रातो जङ्गहा, अङ्कुशी नदी तथा पवित्र पोखरीहरु लक्ष्मी सागर, वरुणसागर, भार्गवसागरलगायतका पवित्र सरोवर र नदीमा स्नान गरेर जिमुतवाहनको कथा सुन्ने गर्दछन् ।  यस्तोमा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन छ । व्रत बस्...
१७ वर्षीया किशोरी बलात्कारको आरोपमा शिक्षकसहित तीन जना पक्राउ
प्रशासन, समाचार, समाज

१७ वर्षीया किशोरी बलात्कारको आरोपमा शिक्षकसहित तीन जना पक्राउ

नेपाल अखबार,बैतडी । बैतडी जिल्लाको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले तीनजनालाई मङ्गलबार अपराह्न नियन्त्रणमा लिएको छ । किशोरीमाथि शिक्षक खडकबहादुर बोहरा, गाउँपालिकामा कार्यरत केशव बोहरा र स्थानीय रामसिंह बोहराले पटकपटक बलात्कार गरेको आरोप लागेको छ । आरोपित सबैलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । किशोरीलाई ललाइफकाई गरेर करणी भएको भए पनि कानूनअनुसार कारवाही हुने जनाइएको छ । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा १८ वर्षभन्दा कम उमेरका महिलालाई ललाइफकाई वा महिलाको मञ्जुरी लिएर करणी गरेमा समेत कानूनी कारवाही हुने उल्लेख छ । कानूनअनुसार १६ वर्ष वा सोभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलामाथि करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ । बलात्कृत किशोरीलाई प्रहरीले उद्धार गरेको छ । ती कि...
कोरोनाको त्रासमा मनोवैज्ञानिक असरबाट बच्न विज्ञको सुझाव
समाचार, समाज, स्वास्थ्य

कोरोनाको त्रासमा मनोवैज्ञानिक असरबाट बच्न विज्ञको सुझाव

नेपाल अखबार, चितवन। कोरोनाको  सङ्क्रमण बढ्दै गर्दा सङ्क्रमित, तिनका आफन्त र सर्वसाधारणमा मनोवैज्ञानिक असर पर्न सक्दछ । समयमै सचेत हुनसके यसको असर रोक्न सकिने विज्ञहरु बताउँछन् । कोरोना सङ्क्रमणका कारण मन आत्तिने, डिप्रेसन (अवसाद) जस्ता समस्या देखिने गरेको चिकित्सकले जनाएका छन् । चितवन मेडिकल कलेजका मनोरोग विशेषज्ञ प्रा डा सिपी सेढाइँका अनुसार कोरोना सङ्क्रमण बढ्दै गएपछि मुटु ढुकढुक गर्ने, डर लाग्ने, निसास्सिएको महसुस हुने, बढी पिसाब फेर्न मन लाग्ने, मनमा अनावश्यक चिन्ता लाग्ने, एक्लै बस्न मन लाग्ने, भित्री मन खुसी नरहने, निन्द्रा नपर्ने, हरेक कुरालाई नकारात्मक दृष्टिबाट हेर्ने जस्ता समस्या आएका छन् । यस्तै शरीर झमझमाउने, टाउको दुख्ने, घाँटीमा अड्किए जस्तो हुने, शरीर अप्ठ्यारो महसुस हुने, कोरोना भाइरस लागे जस्तो भान हुनेलगायतका समस्या लिएर मानिसहरु उपचारका लागि आउन थालेको उनले जनाकारी दिए ।...
पैसा सापटी माग्दा नदिएपछि दाजुबहिनीको हत्या भएको खुलासा
समाचार, समाज, हाइलाइट-समाचार

पैसा सापटी माग्दा नदिएपछि दाजुबहिनीको हत्या भएको खुलासा

नेपाल अखबार, खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयका दुई वृद्धवृद्धाको विभत्स हत्या गरेको अभियोगमा पक्राउ परेका एक अभियुक्तलाई सार्वजनिक गरेको छ । जङ्गल नजिकै एकान्तमा घर भएका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उनकी बहिनी ६७ वर्षीया गोपीमाया श्रेष्ठको हत्या अभियोगमा पक्राउ परेका सोही ठाउँका ३३ वर्षीय दुर्गा भनेर चिनिने दुर्गाबहादुर राईलाई प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । श्रेष्ठ दाजुबहिनीको हत्या भएको तीन दिनपछि स्थानीय बासिन्दाले थाहा पाएर प्रहरीलाई जानकारी दिएको आधारमा खोटाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाको टोलीले अभियुक्त राईलाई भदौ २० गते पक्राउ गरेको थियो । घटनालगत्तै भागेर सोही गाउँपालिका–२ बोपुङ पुगेको अवस्थामा पक्राउ परेका राईलाई भदौ २१ गते जिल्ला प्रहरी कार्यालय खोटाङ ल्याएलगत्तै कर्तव्य ज्य...
नेपाली कांग्रेसका महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टि
समाचार, समाज, स्वास्थ्य

नेपाली कांग्रेसका महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार नै स्वाब दिएका कोइरालाको रिपोर्ट पोजेटिभ आएको उनको सचिवालयले जनाएको छ । कोरोना संक्रमण भए पनि कोइरालामा कुनै लक्षण देखिएको छैन । उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।...
कास्कीमा पहिराले घर भत्किदा एकको मृत्यु
समाचार, समाज

कास्कीमा पहिराले घर भत्किदा एकको मृत्यु

नेपाल अखबार, पाेखरा। कास्कीको रुपा गाउँपालिकामा अविरल वर्षासँगै आएको पहिराले घर भत्किदा एक जनाको मृत्यु भएको छ भने परिवारका अन्य सदस्यले भागेर ज्यान जोगाएका छन् । रुपा गाउँपालिका–६ बराहथोकका काजीबहादुर विकको घरमाथिबाट विहान अन्दाजी ४ः२५ बजेको समयमा आएको पहिराले ढुँगा माटोले बनेको घर पुरिदा विकका २० वर्षीया छोरी सिर्जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । घर भन्दा अन्दाजी ५० मिटर माथिबाट आएको पहिराले घर पुरेको थियो । परिवारका अन्य सदस्य भने भाग्न सफल भएकाले सुरक्षित रहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी भिरचोक तथा इलाका प्रहरी कार्यालय शिशुवाबाट गएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा शव बाहिर निकालिएको थियो । शव परीक्षणका लागि अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको छ । पहि...
कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु
समाचार, समाज, स्वास्थ्य

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

नेपाल अखबार, पाेखरा। नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको बताए। मृत्यु हुनेमा १ महिला र ५ जना पुरुष रहेका छन्। मृत्यु हुनेमा काठमाडौँकी ८० वर्षीया महिला, सुनसरीका ७०, पर्साका ५४ र ६० र कपिलवस्तुका ६२ वर्षीय पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३०६ पुगेको छ। यो जम्मा संक्रमितहरुबाट मृतयु हुने ० दशमलव ६३ प्रतिशत हो।...
ढोरपाटन बाढीः शवहरु क्षतविक्षत अवस्थामा, आफ्नो छोराको शव अर्कैले दाहसंस्कार गरे
समाचार, समाज, हाइलाइट-समाचार

ढोरपाटन बाढीः शवहरु क्षतविक्षत अवस्थामा, आफ्नो छोराको शव अर्कैले दाहसंस्कार गरे

नेपाल अखबार, बाग्लुङ। जिल्लाको ढोरपाटन नगरपालिका–९ मा यही भदौ १७ गते आएको बाढीले ठूलोमात्रामा जनधनको क्षति पुर्याएको छ । रातको समयमा बाढी आउँदा सुतेका स्थानीयवासीसँगै ढोरपाटनका आधा दर्जन गाउँ बगरमा परिणत भए । बाढीमा हालसम्म १७ जनाको मृत्यु भइसकेको छ भने अझै २१ बेपत्ता छन् । हालसम्म फेला परेका शवमध्ये १५ जनाको मात्र सनाखत भइसकेको छ । बाढी प्रभावित क्षेत्रमा १८ गते बिहानैदेखि खोज तथा उद्धारको काम हालसम्म भइरहेको छ तर बाढीको वितण्डा यतिसम्म देखियो कि मृतावस्थामा भेटिएका शव क्षतविक्षत अवस्थामा भेटिए । फलस्वरुप परिवारले आफ्नै गुमाएका सन्तानको शवसमेत जलाउन पाएनन् । अर्कैले जलाइदिए । जीवनभर आफ्नो सन्तानको माया नहुने बाबुआमा सायदै होलान् । आफूलाई बुढेसकालमा हेरविचार गरुन् भन्ने सोच्छन् र त्यो जिम्मेवारी पनि हुन्छ तर विधिको विडम्बना आफ्ना नौजवान छोरासहित परिवारका चार सदस्यसम्म बाढीको विपत्मा सदाका ...