हुलाकी मार्ग निर्माणमा ढिलाइ हुँदा जनप्रतिनिधिको आक्रोश
नेपालअखबार, विराटनगर । ग्रामीण हुलाकी मार्ग निर्माणमा ढिलाइ हुँदा जनप्रतिनिधिले आक्रोश पोखेका छन्।
नियम, कानुन र प्रक्रिया पूरा गरेर ठेक्कापट्टा लिएका निर्माण व्यवसायीले आफूले कबोल गरेको समयसीमाभित्र विकास निर्माणको काम नगर्दा जनप्रतिनिधि मात्र होइन मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पनि आक्रोश व्यक्त गरेका छन्।
हुलाकी राजमार्ग निर्देशनालयको इटहरीस्थित योजना कार्यालयद्वारा विराटनगरमा आज आयोजित योजनाको प्रगति विवरण तथा समस्याको पहिचान विषय छलफलमा सहभागी वक्ताहरूले यस्तो आक्रोश व्यक्त गरेका हुन्।
उक्त कार्यालयको मातहतमा सुनसरी, मोरङ, झापा र सप्तरी जिल्ला गरी कूल ३३५ किमी मिटर सडक बाटो निर्माण गर्नु पर्दछ। महेन्द्र राजमार्गदेखि हुलाकी राजमार्गसँग जोडिएको उत्तर दक्षिण बाटो १६८ किमी र झापादेखि सप्तरीसम्म पूर्व–पश्चिम १६७ किमी बाटो निर्माणका लागि उक्त कार्यालयले आव २०६६/६७ म...










