Monday, April 27

समाज

लगातारको वर्षाले कर्णालीमा जलसतह बढेपछि बाढीको जोखिम
समाचार, समाज

लगातारको वर्षाले कर्णालीमा जलसतह बढेपछि बाढीको जोखिम

नेपाल अखबार,  सुर्खेत। कर्णाली नदी कटानका कारण बर्दियाका राजापुर र गेरुवा  बाढीको उच्च जोखिममा परेका छन् । लगातारको वर्षाले कर्णालीमा जलसतह बढेपछि राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका तटीय क्षेत्र बाढीको उच्च जोखिममा परेका हुन् । राजापुर– ३ को तिघ्रामा कर्णालीले तटबन्ध भत्काउन थालेपछि स्थानीयवासी त्रसित्र बनेको स्थानीय प्रशासनले जनाएको छ । नदीमा पानीको बहाब बढ्दै जाँदा करीब पाँच सय मिटर तटबन्ध भत्किने खतरा बढेको छ । बाँध कटान गरिरहेका कारण करीब ६५ घर परिवारलाई राजापुरस्थित नेपाल खाद्य संस्थानको गोदाम भवनमा सारिएको जिल्ला आपत्कालीन व्यवस्थापन कार्यालयका सूचना अधिकारी रुपन ज्ञवालीले जानकारी दिए । बाँध कटान भई नदीको पानी गाउँमा पसेमा तीन वटा वडाका झण्डै तीन हजार घरपरिवार डुबानमा पर्ने खतरा छ  । कर्णालीमा जलस्तर ११ मिटर पार गरेपछि बाढी पस्ने जोखिम हुन्छ । पहाडी भेगमा वर्षा नरोकिएकाले जलस्तर...
पहिरोको उच्च जोखिममा ३० घरपरिवार, ३ घर विस्थापित
समाचार, समाज

पहिरोको उच्च जोखिममा ३० घरपरिवार, ३ घर विस्थापित

नेपाल अखबार, सल्यान। लगातारको वर्षाले दार्मा गाउँपालिकामा करोडौँको क्षति पु¥याएको छ । यही साउन २५ गतेदेखि आएको अविरल वर्षाका कारण तीन घर परिवार विस्थापित भएका तथा ३० घर परिवार पहिरोको उच्च जोखिममा  छन् । वर्षासँंगै आएको पहिराले दार्मा ६ का टीके कामी र  विमला बुढाथोकी तथा वडा नं ४ का निराजन विकको घर पहिराले बगाउँदा परिवार विस्थापित भएका छन् । पहिराले घरसहित अन्नपात, लत्ताकपडा बगाएपछि परिवार आफन्तकहाँ आश्रय लिएर बसेका गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले जानकारी दिए । वर्षासँंगै आएको पहिराका कारण ग्रामीण सडक र  विद्यालयमा समेत क्षति पुगेको बताइएको छ । “अहिले पनि वर्षा भइरहेको छ,  गाउँपालिकाभित्र अझै पनि ३० घरपरिवार पहिरोको उच्च जोखिममा रहेका छन् उनीहरुलाई सतर्क गराइएको छ”, अध्यक्ष केसीले भने । पहिरोले दार्मा गाउँपालिकाका नौ  घर तथा तीन  विद्यालयमा समेत क्षति पु¥याएको केसीले जानकारी दिए । “प...
मुस्ताङमा एक बालक मृत्यु
समाचार, समाज

मुस्ताङमा एक बालक मृत्यु

नेपाल अखबार, मुस्ताङ । मुस्ताङमा १७ महिनाको  बालक मृत्यु भएकाे छ ।बुधबार बिहान करिब १० बजे धनुषा बतेश्वर गाउँपालिका-१ का किरण थापाको १७ महिने छोरा कृष्ण थापाको जोमसोम अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकलमा प्रयोग हुने कार्बुरेटर चुसेर बिरामी परेका बालकलाई जोमसोम जिल्ला अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको थियो । मुस्ताङ घरपझोङ गाउँपालिका-३ जोमसोम स्थित त्रिशुला मोटरसाईकल वर्कशप सञ्चालन गर्दै आएका थापाले आफ्नै वर्कशप सञ्चालन गर्दै अाएकाछन् । यस खबर प्राप्त भए लगतै घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
कोरोनाबाट नेपालमा थप ८ जनाको मृत्यु, मृतकको संख्या ९१ पुग्यो
समाचार, समाज, स्वास्थ्य

कोरोनाबाट नेपालमा थप ८ जनाको मृत्यु, मृतकको संख्या ९१ पुग्यो

नेपाल अखबार, पाेखरा।  नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाका कारण नेपालमा थप ८ जनाको मृत्यु भएको जानकारी दिएको छ। मन्त्रालयका अनुसार काठमाडौंमा १, धादिङमा १, धनुषामा २, सप्तरीमा १, मोरङमा १, कपिलवस्तुमा १ र बारामा १  गरी जम्मा ८ जनाको मृत्यु भएको हो। मन्त्रालयका अनुसार काठमाडौंका १, धादिङका १, धनुषाका २, सप्तरीका १, मोरङका १, कपिलवस्तुका १ र बाराका १ जना गरी जम्मा ८ जनाको मृत्यु भएको हो। मृतकमध्ये २ महिला र ६ पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिए। त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ४८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रवक्ता गौतमका अनुसार नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ७ हजार ६१३ रहेको छ। पछिल्लो २४ घण्टामा १० हजार ४८१ जनाको पीसीआर परीक्षण गरिएको थियो। त्यस्तै पछिल्ल...
चितुवाको छालासहित ७ पक्राउ
समाचार, समाज

चितुवाको छालासहित ७ पक्राउ

नेपाल अखबार , भक्तपुर। महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त अनुसन्धान टोलीले भक्तपुरबाट जङ्गली जनावर चितुवाको छालासहित सात जनालाई पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका सुडालबाट चार र सूर्यविनायकको दार्जलिङ हाइटबाट तीन गरी सात जनालाई प्रहरीले हिजो साँझ पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । उनका अनुसार चाँगुनारायण–८ सुडालस्थित सुरेश कार्कीको घरमा प्रहरीले छापा मार्दा कोठा भाडामा लिई बसेका चार जनालाई कालोमा खैरो र सेतो रङको पाटे चितुवाको सुक्खा छाला एक थान र चोरीकोे मोटरसाइकलसहित पक्राउ गरेको हो । उनीहरुकै बयानअनुसार यसमा संलग्न थप तीन जना सूर्यविनायक–८ दार्जलिङ हाइटबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा रामेछाप सुनापति गाउँपालिका–५ स्थायी घर भई हाल चाँगुनारायण–८ सुडाल बस्ने १९ वर्षीय कुमार लामा, १७ वर्ष...
पोखराका ४ जनामा सहित, गण्डकीमा ८ संक्रमित थपिए
प्रदेश ४, समाचार, समाज, स्वास्थ्य

पोखराका ४ जनामा सहित, गण्डकीमा ८ संक्रमित थपिए

नेपाल अखबार, पोखरा । पोखराका ४  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार बिहान  पोखरा – ५ का एक ११ वर्षीय बालकसहित ३८ वर्षीया महिला र पोखरा ३० का ३० वर्षीय पुरुष तथा पोखरा १७ का ४५ वर्षीया महिलामा  कोरोना भाइरस संक्रमण देखिएको जनाएको हो । यसैगरी  बिहान गण्डकी प्रदेशका बागलुङ जिल्ला  बागलुङ नगरपालिका- ३ का ३९ वर्षीय पुरुष र -४ की २२ वर्षीया महिला र तनहुँ बन्दीपुर -६ का १९ वर्षीय पुरुष तथा वडा -३ का २९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ३१ पुगेको छ ।...
सेतीमा पानीको बहाव उच्च, सचेत हुन आग्रह
समाचार, समाज

सेतीमा पानीको बहाव उच्च, सचेत हुन आग्रह

नेपाल अखबार, डोटी । लगातारको वर्षाका कारण डोटीको सेती नदीमा पानीको बहाव अत्यधिक बढेको छ । नदीमा पानीको बहाब बढेकाले नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले स्थानीयवासीलाई आग्रह गरेको छ । डोटीको गोपघाट र दिपायलमा रहेको बाढी मापन केन्द्रका अनुसार जलसतह मापनभन्दा अधिक बढेको छ । सेती नदीमा गरिएको पानीको बहाव मापनअनुसार ८.४ क्युसेक रहेको छ । यो ‘वार्निङ प्वाइन्ट’ भन्दा माथि हो । केन्द्रका अनुसार ३।५ क्युसेक बाढीको बहाव हुँदा नदीमा बाढीको बढी खतरा हुने गर्दछ । नदीले यहाँका धान रोपेका खेत पनि कटान गरी बगाउन थालेको छ । सेती नदी आसपासका बस्तीहरु बानीडुग्रीसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, रामपुर, दिपायल, घोल्तडा तथा नारीदाङका स्थानीयवासीलाई विशेषगरी रातिको समयमा सचेत रहन यहाँको प्रहरी प्रशासनले आग्रह गरेको छ । त्यसैगरी नदीमा पानीको बहाव बढ्न थालेसँगै इलाका प...
कर्णालीमा पानीको सतहले नाघ्यो चेतावनी तह
समाचार, समाज

कर्णालीमा पानीको सतहले नाघ्यो चेतावनी तह

नेपाल अखबार, कैलाली। कर्णाली नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रमा त्रास शुरु भएको छ । सोमबार दिउँसो १ः३० बजेकोे रेकर्डअनुसार कर्णाली नदीमा पानीको सतह १० मिटर १६ सेन्टिमिटर पुगेको छ । कर्णाली चिसापानीका गेजरिडर पार्वती गुरुङका अनुसार बिहान ८ बजेको रेकर्डमा आठ मिटर ८० सेन्टिमिटर रहेको थियो । कर्णालीको ठूलीगाड, सेती र भेरी नदीमा पनि पानी बढिरहेकाले अझै पानीको सतह बढ्नसक्ने उनले बताए । उनले पहाडतिर भारी वर्षा भएको र नदीमा पानीको सतह बढिरहेकाले तटीय क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सतर्क रहन आग्रह गरेका छन् । “नदी उर्लिएर आएको छ, यसैगरी बढेमा तटीय क्षेत्र डुबान हुन्छ”, गेजरिडर गुरुङले भने, “मैले जोखिममा रहेका क्षेत्रमा सूचना गरिसकेकी छु, जोखिममा रहेका बस्ती सार्न आवश्यक छ ।” नदीमा पानीको बहाव बढेपछि नेपाल रेडक्रस सोसाइटी टीकापुर, भजनी नगरपालिका र टीकापुर नगरपालिकाले नागरिकलाई सुरक्षित स्था...
राति सुतिरहेको बेला अचानक घर भत्किँदा चारको मृत्यु, पाँच घाइते
समाचार, समाज

राति सुतिरहेको बेला अचानक घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

नेपालअखबार,डोटी । डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेका अनुसार घर भत्किएर मृत्यु हुनेमा ३५ वर्षीया विष्ना लुहार, निजका छोरा ११ वर्षीय पारस, छोरी सात वर्षीया सिरु, अर्की छोरी चार वर्षीया जेनिसा रहेका छन् । त्यसैगरी घाइते हुनेमा ३३ वर्षीय घर मालिक लोगे लुहार, निजकी आमा ५२ वर्षीया पाना, सासु ५६ वर्षीया घाङरी विक, सालो १३ वर्षीय इन्द्र विक तथा छोरी दुई वर्षीया अस्मिता लुहार रहेका छन् । घाइते लोगे, पाना, घाङरी तथा इन्द्रको अवस्था गम्भीर रहेको र अस्मिताको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घाइतेलाई उपचारका लागि डोटीको दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा ल्याइएको छ । सिलेटले छाएको तीनतले घरमा राति सुतिरह...
आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै
धर्म/संस्कृति, समाचार, समाज

आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै

नेपाल अखबार, पाेखरन। ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन विशेष गरी महिलाहरू ‘व्रत’ बसी रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन छ । कृष्ण जन्माष्टमीको दिन विभिन्न धार्मिक संघसंस्थाले झाँकीसहित शोभायात्रा निकाल्ने श्रीकृष्णको विभिन्न रूप दर्शाएको सचित्र झुला झुलाउने चलन छ । विगतका वर्षहरुमा मुलुकभरका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्ने र मेला लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण कृष्ण मन्दिरमा खासै चहल पहल छैन । शोभायात्रा निकाल्ने र झुला झुलाउने काम पनि नगर्न स्थानीय प्रशासनले आग्रह गरेका छ...