Monday, August 31

समाज

बली दिन भारततर्फ लैजाँदै गरिएका दुई किशोरीको सीमा क्षेत्रबाट उद्धार
प्रशासन, समाचार, समाज, हाइलाइट-समाचार

बली दिन भारततर्फ लैजाँदै गरिएका दुई किशोरीको सीमा क्षेत्रबाट उद्धार

नेपाल अखबार, इनरुवा । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल-भारतको सीमाबाट दुई किशोरीलाई प्रहरीले उद्धार गरेको छ । बली दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी घर भएका ती दुई किशोरीलाई सुनसरीको भाण्टाबारी नाकाबाट बुधबार उद्धार गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । नेपाल र भारत तर्फका संयुक्त सुरक्षाकर्मीको टोलीले सीमा क्षेत्रबाट किशोरीको उद्धार गरेको नायव उपरीक्षक कार्कीले बताए । शङ्का लागेर सोधखोज गर्ने क्रममा किशोरीसँगै रहेका २ पुरुषलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उद्दार गरिएकामा १९ र २२ वर्षकी दुई किशोरी रहेका छन् । भारततर्फ लैजाने कार्यमा संलग्न रहेको सप्तरी कृष्ण सवरन गाउँपालिका–४ बनौलीका २९ वर्षीय महम्मद साहिल मन्सुरी र सिरहा लाहान नगरपालिका–१९ कटाहका २९ वर्षीय जीवछकुमार साहलाई नियन्त्रणमा लिएको नायव उपरीक्षक कार्कीले ...
श्रीमतीको हत्यागरी गाड्ने त्रममा  युवा  पक्राउ
समाचार, समाज

श्रीमतीको हत्यागरी गाड्ने त्रममा युवा पक्राउ

नेपाल अखबार,म्याग्दी । म्याग्दीमा श्रीमतीको हत्यागरी बारीमा लगेर गाड्ने त्रममा एक युवा प्रहरीद्वारा पक्राउ परेका छन् । म्याग्दी जिल्ला बेनी नगरपालिका–१ बेलबोट निवासी ४३ वर्षीया पत्नी माया बोहोरालाई हत्यागरी बारीमा लगेर गाड्ने ४० वर्षीय वीरबहादुर किसानलाई बुधबार प्रहरीले पक्राउ गरेको छ। किसानले पत्नीको हत्यागरी घरदेखि ७ मीटर पश्चिमपट्टी बारीमा लगेर गाडेको स्थानबाट बुधबार बिहान ९.०० बजे प्रहरीले उक्त लाश उत्खनन गरेको हो । बोहोराको शव शल्य परीक्षणको लागि म्याग्दी जिल्ला अस्पताल पठाइएको छ । बोहोराका पति वीरबहादुर किसानलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अगाडि वढाएको छ । घटनको प्रकृति हेर्दा हत्या गरेर गाडेको जस्तो देखिन्छ घटनाको बारेमा थप अनुसन्धान शुरु गरिउको जानकरी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।...
स्याङजामा महिला मृत अवस्थामा फेला
समाचार, समाज

स्याङजामा महिला मृत अवस्थामा फेला

नेपाल अखबार, स्याङजा । स्याङजामा महिला मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ । जिल्ला स्याङजा भिरकोट नगरपालिका-६ ठाडोहटिया स्थित फुटबल ग्राउण्ड नजिकै खाली जग्गामा वर्ष अन्दाजी ६५ की मन कुमारी माझी मृत अवस्थामा रहेको भन्ने जानकारी प्राप्त हुनासाथ उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको जिल्ला स्याङजा प्रहरीले जनाएकाे छ ।...
पहिरोले बासै उठेपछि विद्यालयमा काजक्रिया गर्दै
समाचार, समाज

पहिरोले बासै उठेपछि विद्यालयमा काजक्रिया गर्दै

नेपाल अखबार, स्याङ्जा । पहिरोले परिवारका नौ सदस्यसहित बासै उठेपछि भोजराज नेपालीले विद्यालयमा बसेर काजक्रिया गरेका छन् । स्याङ्जाको वालिङ–१४ तमादीमा गत बिहीबार माया नेपालीको घरमाथिबाट आएको पहिरामा पुरिँदा नौ जनाको ज्यान जानुका साथै घरबासै उठेको थियो । पहिराले परिवारका नौ सदस्यसहित बासै उठाएपछि विचल्लीमा परेको उक्त परिवारका बाँकी सदस्यले अहिले नजिकैको विद्यालयमा बसेर काजक्रिया गरिरहेका छन् । पहिरोमा परी ज्यान गुमाएकी माया नेपालीका माइला छोरा भोजराज नेपाली रोजगारीको सिलसिलामा भारतमा रहेको र घरमा घटना भएपछि आएर नजिकैको फूलबारी आधारभूत विद्यालय जिमिरेमा बसेर काजक्रिया गरिरहेका स्थानीयवासी टीकाराम लुइँटेलले बताए । माइला छोरा भोजराज पूरै क्रियामा सहभागी छन् भने जेठी छोरी शोभा नेपाली र कान्छी छोरी मनिषा नेपाली ठाडो क्रियामा बस्दै आएका छन् । “पहिरोले हामी बस्दै आएको बास त उठायो–उठायो सँगै परिवारका...
तनहुँको शुक्लागण्डकी नगरपालिकालाई सूर्य नेपालको एम्बुलेन्स सहयोग
समाचार, समाज

तनहुँको शुक्लागण्डकी नगरपालिकालाई सूर्य नेपालको एम्बुलेन्स सहयोग

नेपाल अखबार, तनहुँ । सूर्य नेपाल सेराटार तनहुँले शुक्लागण्डकी नगरपालिका सेराटार तनहुँले शुक्लागण्डकी नगरपालिका तनहुँलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । मंगलबार शुक्लागण्डकी नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच कम्पनीले उक्त एम्बुलेन्स हस्तान्तरण गरेको हो । कार्यक्रममा नगर प्रमुख किसन गुरुङ्ग उपप्रमुख सविता रसाइलीलगायत सूर्य नेपालका फ्याक्ट्री म्यानेजर बाबुराम कार्की, बाणिज्य प्रमुख गौतम यादव, एचआर म्यानेजर अञ्जन दुवाडी र सुरक्षा विभाग प्रमुख होमनाथ अर्यालको सहभागिता रहेको थियो । कार्यक्रममा नगर प्रमुख किसन गुरुङ्ग उपप्रमुख सबिता रसाइली लगायत सूर्य नेपालका फ्याक्ट्री म्यानेजर बाबुराम कार्कीले समेत मन्तव्य राखेका थिए । सूर्य नेपाल कम्पनीले विगत लामो सयदेखि विभिन्न सामाजिक क्षेत्रहरु जस्तै खेलकुद, शिक्षा, स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधार लगायतका क्षेत्रहरुमा सामाजिक उत्तरदायित्व अन्तर्गत ...
पोखराको सेदीबगरमा पहिरोको जोखिम
समाचार, समाज

पोखराको सेदीबगरमा पहिरोको जोखिम

नेपाल अखबार, पोखरा । पोखरा सराङकोट (सेदी) का स्थानीयले बस्ती सहित फेवाताल संरक्षण गर्न गण्डकी प्रदेश सांसद रामजी बराल (जीवन) समक्ष माग गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर १८ स्थित सेदी (कोत्रे) खोला भन्दा माथिल्लो दलदल भागमा धाँजा फाटेर बस्ती नै उच्च जोखिममा परेको र फेवाताल समेत पुरिने भएकोले यसको संरक्षणका लागि सांसद बराल समक्ष आफूहरुले माग राखेको स्थानीय भुपालबहादुर थापा क्षेत्रीले बताउनुभयो । सेदी कोत्रे खोला सहितको सराङकोट क्षेत्रमा धाँजा फाटेको बारेमा बुधबार अवलोकन गर्न पुगेका सांसद बराल समक्ष स्थानीयले प्रदेश र संघीय सरकारसम्म आवश्यक पहल गर्न माग गरेका हुन् । सांसद बरालले उक्त क्षेत्रको बस्ती उच्च जोखिम भएकोले विज्ञको टोलीसहित तत्काल अध्ययन प्रतिवेदन तयार पारी बस्ती संरक्षणम तर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । आफ्नो तर्फबाट उक्त स्थानको बस्ती र फेवाताल संरक्षणमा सबैको सहकार...
जङ्गली हात्ती छेक्न झापामा झट्का मेसिनको प्रयोग
समाचार, समाज

जङ्गली हात्ती छेक्न झापामा झट्का मेसिनको प्रयोग

नेपाल अखबार, झापा । भद्रपुर नगरपालिका–९ मा जङ्गली हात्तीलाई मानव बस्तीतिर प्रवेश गर्न नदिन पहिलोपल्ट झट्का मेसिनको प्रयोग गरिएको छ । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले साविकको सदरमुकाम चन्द्रगढी क्षेत्रका बासिन्दालाई जङ्गली हात्तीको क्षतिबाट जोगाउन स्थानीय निचाझोडा जङ्गलको वरिपरि छ किलोमिटरसम्म विद्युतीय तारले घेराबेरा गरेर झट्का मेसिन प्रयोग गरेको हो । भारतको गुजरातबाट खरिद गरेर ल्याइएको झट्का मेसिनले मुख्य प्रसारण लाइनबाट प्राप्त हुने विद्युत्को ‘एसी’ प्रवाहलाई ‘डिसी’मा परिवर्तन गरिदिन्छ । त्यही ‘डिसी’ विद्युत् तारको घेराबेरामार्फत प्रवाह गरी हात्तीलाई गाउँतिर पस्न रोक्ने गरिएको छ । सामुदायिक वनका अध्यक्ष हिरा पोखरेलका अनुसार हात्ती रोक्न यसअघि कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्र र लहानमा झट्का मेसिनको प्रयोग गरिँदै आएको छ । कुनैकुनै बेला घेराबेराको खम्बा कुल्चिएर र नाघेर हात्ती गाउ...
बाघको आक्रमणबाट रौतहटमा दुईजना घाइते, एक बेपता
समाचार, समाज

बाघको आक्रमणबाट रौतहटमा दुईजना घाइते, एक बेपता

नेपाल अखबार, रौतहट । बाघको आक्रमणबाट रौतहटको चन्द्रपुरमा दुई जना घाइते भएका छन् । चन्द्रपुर नगरपालिका–६ रंगपुर साझेदारी वन क्षेत्रमा बाघले दुुईजना माथि आक्रमण गरेको हो । चन्द्रपुर–६ का २७ वर्षीय संगम भण्डारी दिउँसो घाँस लिन जङ्गल गएको र अबेर सम्म फर्केर नआउपछि भण्डारीलाई खोज्न मङ्गलबार साँझ ७ बजेको समयमा जङ्गल गएका गाँउलेहरुलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । बाघको आक्रमणमा परेर चन्द्रपुर–६ का ३० वर्षका अशोक थापा र ३४ बर्षका प्रविण श्रेष्ठ घाईते भएको र उनीहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेम बहादुर शाहीले जानकारी दिएका छन् । घास लिन गएका भण्डारीको खोजीका लागि बुधबार बिहानै देखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरीएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन् ।...
कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै
अर्थ, समाचार, समाज

कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै

नेपाल अखबार, काठमाडाैं। रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत सन् २०२० का लागि दक्षिण कोरिया जान लिइने कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै हुने भएको छ । नियमित तालिकाअनुसार भाषा र सीप परीक्षा सम्पन्न भएर कोरिया जाने प्रक्रिया हुनुपर्नेमा कोभिड–१९ का कारण पछि सरेको हो । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले कोरोनाको जोखिम कायमै रहेकाले तत्काल परीक्षा नभए पनि आउँदो पुस र माघ महिनामा परीक्षा गर्नेगरी तयारी भइरहेको जानकारी दिए । उनले सन् २०२० का लागि दक्षिण कोरिया जान ९० हजार आवेदक परीक्षाको तयारी गरेर बसेकाले नियमित तालिकाभन्दा सात/आठ महिना ढिला भए पनि परीक्षा हुने जानकारी दिए । उनले कोरियाको मानव संसाधन विभाग (एचआरडी)ले कोरोनाको जोखिम अझै कायम रहेकाले कोरिया भाषा परीक्षा अझै तीन/चार महिना धकेलिन सक्ने सङ्केत गरेको बताए । उनले भने, “एचआरडीसँग हामी सम्पर्कमै छौँ । सहज हुनेबित्तिक...
पोखराका घरेलु श्रमिक बालबालिकालाई शैक्षिक सामाग्री
शिक्षा, समाचार, समाज

पोखराका घरेलु श्रमिक बालबालिकालाई शैक्षिक सामाग्री

नेपाल अखबार, पोखरा । पोखरा–१७ पार्दीस्थित ज्येष्ठ नागरिक बैदिक सनातन (वेदान्त दर्शन) सत्संग स्थलमा अध्ययनरत घरेलु श्रमिक बालबालिलाई लायन्स क्लब अफ पोखरा टुरिजमले शैक्षिक सामाग्री वितरण गरेको छ । साँझ विहान अर्काको घरमा काम गर्दै आएका तथा पोखराका विभिन्न वर्कसप कार्यरत श्रमिकलाई शिक्षा प्रदान गर्ने उद्देश्यका साथ सञ्चालित सो संस्थामा अध्ययनरत ३० जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको हो । लायन्स क्लबका डिष्ट्रिक गभर्नर मानबहादुर रोकाहाले श्रमिक बालकलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्दै लायन्सले विशेष गरी पछिल्लो समय बालबालिका र ज्येष्ठ नागरिकको क्षेत्रमा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । क्लबले कार्पेट, शैक्षिक सामाग्री र ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधि वितरणसंगै एक लाख रुपैयाँ भन्दा बढीको सहयोग गरेको हो ज्येष्ठ नागरिक बैदिक सनातन (वेद...