Monday, August 31

समाज

छोरी बलात्कार गर्ने बाबु पक्राउ
समाचार, समाज, हाइलाइट-समाचार

छोरी बलात्कार गर्ने बाबु पक्राउ

नेपाल अखबार, धादिङ । आफ्नै छोरीको बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । चौध वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३५ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । पीडितका आमा र भाइ घर नभएको बेलामा असोज ८ गते पछिल्लो पटक बलात्कार गरेको पीडितले प्रहरीलाई बताएकी छिन् । प्रहरीको सहयोगमा जिल्लामा सञ्चालित सुरक्षित आवास गृहमा राखिएकी बालिकाको स्वास्थ्यपरीक्षण गरिएको छ । घटना पटक–पटक भएको र आफ्नो आमाले घटना थाहा पाउँदासमेत आफूले न्याय नपाएपछि घर छाडेर भागेको बालिकाले बताएकी छिन् । आरोपित बाबुले आफूलाई पाँच वर्षको उमेरदेखि नै बलात्कार गर्दै आएकाले छिमेकीको घरमा काम गर्ने एक जनासँग भागेर काठमाडौँ जान लाग्दा पीडित बालिकाको उद्वार गरिएको थियो । रासस...
पाेखरामा प्याराग्लाइडिङबाट फेवातालमा खसेका युवकको उद्धार
समाचार, समाज

पाेखरामा प्याराग्लाइडिङबाट फेवातालमा खसेका युवकको उद्धार

नेपाल अखबार, पाेखरा । पोखरामा सोमबार प्याराग्लाइडिङबाट खसेका एकजना युवकको उद्धार गरिएको छ । उडिरहेको प्याराग्लाइडिङबाट फेवा तालमा खसेका १९ वर्षीय युवक अमन थापाको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो । प्याराग्लाइडिङमा उनी एक्लै भएको बुझिएको छ । प्याराग्लाइडिङ खस्नुको कारणबारे अनुसन्धान भइरहेको छ ।...
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु
समाचार, समाज, स्वास्थ्य

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु

नेपालअखबार, पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा २ महिला र २ पुरुष रहेका छन्। मृत्यु हुनेमा भक्तपुरकी ५१ वर्षीया महिला र सुनसरी, बाँके र गुल्मीका ३ पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृतयु हुनेको संख्या ४८१ पुगेको छ। यो कूल संक्रमितको ०.६५ प्रतिशत हो।...
डुबेर १३ वर्षीया बालिकाको मृत्यु
समाज

डुबेर १३ वर्षीया बालिकाको मृत्यु

नेपाल अखबार, बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–५ बस्ने १३ वर्षीया एक बालिकाको माछापोखरीमा डुबेर आज मृत्यु भएको छ । बढैयाताल गाउँपालिका–५ बस्ने पञ्चराम थारुकी १३ वर्षीया छोरी गरिमाको मृत्यु भएको हो । घरबाट एक किलोमिटर पूर्वतिर रहेको आफ्नै माछापोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए । रासस...
तनहुँको ब्यासमा फोहोर व्यवस्थापन सकस
समाचार, समाज

तनहुँको ब्यासमा फोहोर व्यवस्थापन सकस

नेपाल अखबार, तनहुँ । दैनिक ११ टन फोहोर संकलन गरी व्यवस्थापन गर्दै आएको तनहुँको व्यास नगरपालिकाले चार दिनदेखि फोहोर उठाउन सकेको छैन । नगरपालिका कार्यालयले वैकल्पिकरूपमा फोहोर व्यवस्थापन गर्दै आएको २ स्थान नदीले कटान गरी बगाएपछि फोहोर व्यवस्थापनमा समस्या आएको हो । नगरपालिकाले वडा नं ३ स्थित तल्लो मादी नदी किनारमा विगत वर्षदेखि फोहोर व्यवस्थापन गर्दै आएको थियो तर उक्त स्थान नदीले कटान गरेपछि समस्या उत्पन्न भएको हो । गत असार अन्तिम र साउन पहिलो साता परेको अविरल वर्षापछि मादी नदीमा आएको बाढीले उक्त स्थान नदीले कटान गरेपछि वैकल्पिकरूपमा माथिल्लो भतेरीमा फोहोर व्यवस्थापन सुरु गरिएको थियो । फोहोर फ्याँक्न थालेको १५ दिन पनि नबित्दै असोज पहिलो साता परेको अविरल वर्षासँगै आएको बाढीले पुनः माथिल्लो भतेरी कटान गरी बगाएपछि फोहोर व्यवस्थापनमा झनै समस्या आएको हो । नगरपालिकाको वडा नं २, ३ र ४ मा गरी दैनिक १...
कञ्चनपुरमा ठूलो परिमाणमा अवैध काठ बरामद
समाचार, समाज

कञ्चनपुरमा ठूलो परिमाणमा अवैध काठ बरामद

नेपाल अखबार, कञ्चनपुर । लालझाडी गाउँपालिका–४ देखतभुली पर्सियाका २७ वर्षीय प्रदीप रानाले सञ्चालन गरेको काठ चिरान गर्ने मिलबाट अवैधरूपमा लुकाईछिपाई राखेको ६० घनफिट काठ प्रहरीले आइतबार साँझ बरामद गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्र्तगतको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा काठ चिरान गर्ने मिलमा छापा मारी ठूलो परिमाणको अवैध काठ बरामद गरेको हो । सालको तयारी अवस्थाका झ्याल, ढोकाका चौखट, ढोका, गोलिया, भ्यान्टिलेसनसमेत गरी २३५ थान अवैध काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार अवैध बरामद काठसहित मिल सञ्चालक रानालाई आवश्यक कार्वाहीका लागि डिभिजन वन कार्यालय कञ्चनपुरमा बुझाइएको छ । यसैगरी प्रहरीले भीमदत्त नगरपालिका–४ बस्ने निरज गुप्ताले भन्सार छल...
दुर्गा घिमिरेलाई १ लाखको समाजसेवा पुरस्कार
समाचार, समाज

दुर्गा घिमिरेलाई १ लाखको समाजसेवा पुरस्कार

नेपालअखबार, पोखरा । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति तथा समाज सेवा पुरस्कार यस वर्ष महिला बेचबिखन बिरुद्ध तथा महिला सशक्तिकरणका क्षेत्रमा क्रियाशील दुर्गा घिमिरेलाई प्रदान गरिने भएको छ । समितिले प्रत्येक २ वर्षमा प्रदान गर्ने १ लाख १ हजार रुपैयाँ राशीको पुरस्कार यस वर्ष घिमिरेलाई प्रदान गर्ने निर्णय गरेको हो । महिला बेचबिखन बिरुद्ध तथा महिला सशक्तिकरणका क्षेत्रमा विगत ४ दशकदेखि घिमिरेको योगदानको कदर गर्दै पुरस्कार दिने निर्णय भएको समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए । यो पुरस्कार नेपालमा धर्म, संस्कृति र समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान दिने व्यक्ति वा संस्थालाई प्रदान गरिँदै आएको छ । प्रथम पटक २०७३ सालमा वरिष्ठ संस्कृतिविद शताब्दी पुरुष सत्यमोहन जोसी, दोस्रो पटक २०७५ मा गलेश्वर पीठाधीश स्वामी आत्मानन्द गिरीजी महाराजले यो पुरस्कार पा...
सौराहाका हात्तीको व्यवस्थापन अब एकै ठाउँबाट
समाचार, समाज

सौराहाका हात्तीको व्यवस्थापन अब एकै ठाउँबाट

नेपाल अखबार, चितवन। कोरोनासँगै लकडाउन र निषेधाज्ञाले हात्तीको पर्यटकीय गतिविधि ठप्प भएपछि व्यवसायीले हात्तीको व्यवस्थापन एकै ठाउँबाट गर्ने भएका छन्। सहकारीको अवधारणामा हात्ती व्यवस्थापन गर्न लागिएको हो। जिल्लाको सौराहासँगै पर्यटकीय क्षेत्रहरूमा होटल सञ्चालकहरूसँग हात्ती रहेका छन्। सौराहामा हात्तीको सङ्ख्या ७० हाराहारी छ। चितवन राष्ट्रिय निकुञ्ज आसपासका चितवन र नवलपरासीमा गरेर निजी हात्ती १०० हाराहारी रहेको व्यवसायी बताउँछन्। पछिल्लो समय हात्ती चढेर जङ्गल सफारी गर्ने पर्यटक नआएपछि हात्ती पाल्न समेत मुस्किल भएको छ। भारतबाट भाडामा ल्याइएका १० हात्ती फिर्ता गरिएको छ। हाल हात्तीको पर्यटकीय व्यवस्थापन गर्दै आएको युनाइटेड हात्ती सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीका अनुसार हाल व्यवसायीले आफैँले हात्ती पाल्दै आएका छन्। ती हात्तीको बुकिङ गरेर पर्यटकीय गतिविधिमा सहकारीले सहयोग गर्दै आएको छ। जसको हात्...
संयुक्त एम्बुलेन्स चालक संघ कास्कीमा पौडेल
समाचार, समाज

संयुक्त एम्बुलेन्स चालक संघ कास्कीमा पौडेल

नेपालअखबार, पोखरा । संयुक्त एम्बुलेन्स चालक संघ कास्कीको अध्यक्षमा होमनाथ पौडेल निर्विरोध निर्वाचित भएका छन् । संघको शनिबार सम्पन्न दोस्रो अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । संघको उपाध्यक्ष अम्जद मियाँ, सचिवमा कुशल कुँवर र कोषाध्यक्षमा चित्रबहादुर थापा चयन भएका छन् । यस्तै, समितिको सदस्यहरुमा बुद्धि पन्त, शिवकुमार श्रेष्ठ र कुलबहादुर गुरुङ्ग निर्वाचित भएका छन् । कार्यसमितिमा केही सदस्य आवश्यकता अनुसार थप गर्न सकिने बताएको छ । यसैगरी, केन्द्रीय प्रतिनिधिमा कास्कीबाट रामचन्द्र पहारीलाई छनोट गरिएको छ भने भेलाले केन्द्रीय सचिवालय सदस्यमा डिल्लीराम पौडेललाई मनोनीत गर्न केन्द्रीय अध्यक्षलाई आग्रह गर्ने निर्णय समेत गरेको नवनिर्वाचित अध्यक्ष पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा केन्द्रीय महासचिव मुक्ति काफ्लेले अब देशभरिका एम्बुलेन्स चालक एक भएर आफ्नो हक ...
आजको देशभरको मौसम पूर्वानुमान
समाचार, समाज

आजको देशभरको मौसम पूर्वानुमान

नेपाल अखबार, पाेखरा। मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका केही स्थानमा वर्षा हुने जनाएको छ । महाशाखाले आज भारतको बिहारमा न्यून चापीय क्षेत्र कमजोर हुने क्रममा रहेको जनाएको छ । महाशाखाले हाल प्रदेश न. १ मा पूर्णतया बदली रहेको र बाँकी प्रदेशमा सामान्य बदली रहेको महाशाखाले जनाएको छ । आइतबार दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरू तथा प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, प्रदेश नं १ का एक, दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।राति प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरू तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक, दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।...