Monday, June 29

समाज

अझै तीन दिन भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह
समाचार, समाज

अझै तीन दिन भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह

नेपाल अखबार, पाेखरा। देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै नेपालको तराई भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाइ यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । बुधबार देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्...
कालीकोटमा बाढी र पहिरोमा परी ६ जना बेपत्ता
समाचार, समाज

कालीकोटमा बाढी र पहिरोमा परी ६ जना बेपत्ता

नेपाल अखबार, सुर्खेत । कालीकोटको रास्कोट नगरपालिका-१, मा बाढी र पहिरोमा परी ६ जना बेपता भएका छन । रास्कोट-१, बडलतोलामा गंगे खहरे खोलामा सोमबार राति आएको बाढीले राजबहादुर शाहीको घर बगाउँदा उनीसहित पाँचजना बेपता भएका छन् । बेपत्ता हुनेमा राजबहादुरकी १५ वर्षीया छोरी संगीता शाही, १२ वर्षीया कौशा शाही, ८ वर्षीय छोरा नवीन शाही र १५ वर्षीया साली अस्मिता रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए । साथै, सोही वडाको चोक्टेबगरमा टेके टमाटाको घर पहिरोले पुरिँदा पाहुँना आएकी १४ वर्षीया बेलपुरा शाही बेपत्ता भएको प्रहरीले जनाएको छ । ‘प्रहरी र स्थानीयले खोजी कार्य गरिरहेका छन् । जिल्लाबाट थप प्रहरी घटनास्थलतर्फ गइरहेको छ,’ प्रहरी निरीक्षक जोशीले भने, ‘अहिले पनि पानी पर्ने र पहिरो जाने क्रम नरोकिएकाले खोजी कार्य गर्नसमेत असहज भैरहेको छ ।’...
आगामी तीन दिन बाढीको उच्च जोखिम
समाचार, समाज

आगामी तीन दिन बाढीको उच्च जोखिम

नेपाल अखबार, पाेखरा। वर्षा बढेसँगै देशभर बाढी र पहिरोको प्रकोप पनि बढेको छ। कतिपय स्थानमा जनधनको क्षति हुन सुरु भइसकेको छ। मौसमविद्ले आगामी शुक्रबारसम्म देशको धेरैजसो स्थानमा ठूलो वर्षा हुने अनुमान गर्दै सुरक्षित रहन सबैमा आग्रह गरेका छन्। यसै क्रममा बाढी पूर्वानुमान महाशाखाले आज (मंगलबार) बिहान जारी गरेको बुलेटिनअनुसार आगामी तीन दिन अर्थात् बिहीबारसम्म देशका प्रमुख नदीसहित विभिन्न खोलानालामा बाढीको उच्च जाेखिम छ। हेर्नुहोस्, विस्तृतमा यो सूचना :  ...
सर्तक रहन आग्रह ,मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना
समाचार, समाज

सर्तक रहन आग्रह ,मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना

नेपाल अखबार, पाेखरा। अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने नेपालको तराई भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५ कर्णाली र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको  सम्भावना रहेको छ। ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ । विभागका अनुसार मंगलबार देशभर अधिकांश बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १,...
आजदेखि भारी वर्षा सर्तकता अपनाउन अनुरोध, कास्की र स्याङ्जामा भारी वर्षा मापन
समाचार, समाज

आजदेखि भारी वर्षा सर्तकता अपनाउन अनुरोध, कास्की र स्याङ्जामा भारी वर्षा मापन

नेपाल अखबार, पाेखरा। जल तथा मौसम विज्ञान विभागले आजबाट शुक्रबारसम्म मनसुन सक्रिय हुने जनाएको छ । मनसुन सक्रिय हुँदा केही जिल्लाहरुमा ‘धेरै भारी’ वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूमा निरन्तर वर्षा भइरहेको छ । चितवन, धादिङ, तनहुँ, स्याङ्जा, कास्की, पाल्पा, गुल्मी, नवलपरासी, कपिलवस्तु, रूपन्देही लगायतका जिल्लामा र ती जिल्ला आसपासका क्षेत्रहरुमा भारी वर्षा भएको छ । हाल कास्कीको लुम्ले र स्याङ्जास्थित वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको छ र थप वर्षा हुने सम्भावना छ । त्यसैले लम्जुङ, पर्वत र आसपासको जिल्ला भई बहने मोदीखोला लगायत साना नदीमा आकस्मिक बहाब हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । भारी वर्षाका कारण बुटवलको तिनाउ नदीको बाढीले सोमबार बिहान ...
मनसुन फेरि सक्रिय, सोमबारबाट तीन दिनसम्म झरी हुने
समाचार, समाज

मनसुन फेरि सक्रिय, सोमबारबाट तीन दिनसम्म झरी हुने

नेपाल अखबार, काठमाडौं । सोमबारबाट फेरि मनसुन सक्रिय हुने भएको छ । मनसुन सक्रिय हुँदा तीन–चार दिनसम्म धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ । केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमबार रातिबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहने छ । साथै अरब सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा भित्रिने सम्भावना देखिएकाले फेरि झरी सुरु हुने विभागको पूर्वानुमान छ । विभागले जारी गरेको विशेष मौसमी बुलेटिनमा लेखिएको छ, ‘आउँदो सोमबार (साउन १२) रातिबाट ३–४ दिनसम्म नेपालमा मनसुन सक्रिय भै देशको धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र केही स्थानहरुमा भारी वर्षा हुन सम्भावना रहेको छ ।’ त्यसैले ती स्थानहरुका नदी र खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने छ । साथै ढल र पानीको र...
बागलुङको पहिरोमा पुरिएर टिपर र ट्याक्टर चालक बेपत्ता
समाचार, समाज

बागलुङको पहिरोमा पुरिएर टिपर र ट्याक्टर चालक बेपत्ता

नेपाल अखबार, बागलुङ । बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिरोले स्काभेटर, टिपर र ट्याक्टर पुरेको छ । गएराति साढे आठ बजे खसेको पहिरोमा परी टिपर चालक निर्मल पुन र ट्याक्टर चालक रोशन नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए । स्काभेटर चालक भने सम्पर्कमा आएको उनको भनाइ छ । ढुंगा, माटोसहितको गेग्रेटो उठाउने क्रममा एक्कासी खसेको पहिरोले ध १ च ४७ नम्बरको ट्याक्टर र ग १ ख ४६३७ नम्बरको टिपर र स्काभेटर पुरिएको हो । स्काभेटरको नम्बर खुलेको छैन । ‘पहिले पनि पहिरो खसेको रहेछ, त्यसैलाई पन्छाउने र सामग्री उठाउने क्रममा पहिरो खसेको पाइएको छ,’ प्रहरी निरीक्षक रिजालले भने । पहिरो गएको केहीबेरमै उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित भएको थियो । निरन्तर पहिरो खसिरहेको र जोखिमयुक्त भूगोल भएकाले मध्यरातसम्म उद्धारको प्रयास ग...
बाढी, पहिरो र चट्याङ : वैशाखयता १८१ को मृत्यु
समाचार, समाज

बाढी, पहिरो र चट्याङ : वैशाखयता १८१ को मृत्यु

नेपाल अखबार, पाेखरा। गत वैशाखयता बाढी, पहिरो र चट्याङले मुलुकलाई नराम्ररी प्रभावित बनाएको छ । यसपालि मुलुकले ठूलो जनधनको क्षति बेहोरेको छ । प्राप्त विवरणअनुसार वैशाखदेखि यही साउन ९ गतेसम्मका विपद्मा १८१ जनाले ज्यान गुमाएका छन् भने अझै ५१ बेपत्ता छन् । विपद्मा परेर २७८ घाइते भएका छन् । यसपालि सबैभन्दा बढी पहिराले क्षति गरेको छ । पहिराका कारण मात्रै १२८ जनाले ज्यान गुमाएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए। वैशाखयता पहिराबाट मात्रै १२८ को मृत्यु भएको छ, ४४ बेपत्ता छन् । यस्तै ११४ जना घाइते छन् । बाढीबाट छ को मृत्यु, सात बेपत्ता र तीन घाइते छन् । चट्याङ लागेर ४७ जनाको मृत्यु भएको र १६१ जना घाइते भएका प्राधिकरणले जनाएको छ । मनसुन शुरु भएको समय (जेठ ३१) पछि साउन ९ गतेसम्म भने पहिराले धेरै मानिसको ज्यान लियो । त्यसपछि चट्याङले बढी मानवीय ...
नुवाकोटमा घर भत्किँदा वृद्धको मृत्यु
समाचार, समाज

नुवाकोटमा घर भत्किँदा वृद्धको मृत्यु

नेपाल अखबार, नुवाकोट । अविरल वर्षाका कारण नुवाकोटको बेलकोटगढी नगरपालिकामा घर भत्किँदा एक वृद्धको मृत्यु भएको छ । बेलकोटगढी नपा–८ हर्रेमा बिहीबार राति घर भत्किँदा च्यापिएर ६८ वर्षीय अक्कलबहादुर तामाङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु फुयाँलले जानकारी दिए । ढुङ्गामाटोबाट बनाइएको कच्ची घर अविरल वर्षाको कारण भत्किँएको र घरमा सुतिरहेका तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै बेलकोटगढीको दुई पिपल डबली नजिकै लामाचौरमा शुक्रबार बिहान झरेको पहिरोले पाँच घर पुरेको छ । स्थानीय शिक्षक चिरञ्जीवी लामिछानेका अनुसार बेलकोटगढी नपा–५ लामाछौरमा पहिरोले पाँच घरसँगै दुई वटा भैँसी र २० वटाभन्दा बढी बाख्रा पुरिएका छन् । दिउँसोको समय भएकाले घरका रहेका मानिस भाग्न सफल भएको स्थानीयवासीले बताएका छन् । पहिरोका कारण बस्तीमा रहेको ४० घर जोखिममा परेको छ । प्रहरी र स्थानीयसीले बस्तीका बा...
शुक्रबारको मौसम पूर्वानुमान
समाचार, समाज

शुक्रबारको मौसम पूर्वानुमान

नेपाल अखबार, पाेखरा। जल तथा मौसम विज्ञान विभागले शुक्रबारको मौसम पूर्वानुमान जारी गरेको छ । शुक्रबार देशभर मनसुनी वायुको प्रभावका कारण वर्षा भइरहेको छ । साथै, मनसूनी न्युन चापीय रेखा पश्चिमी भूभागमा नेपालबाट दक्षिण सरेको छ भने पूर्वी  भूभागमा नेपाल नजिक रहेको  अवस्था छ। यसैगरी, देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा वर्षा भइरहेको छ। शुक्रबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । भने, प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का  एक वा दुई स्थानमा  भारी वर्षाको समेत सम्भावना रहेको छ। यस्तै, राति देशभर सामान्य बदली रही केही  स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १,  गण्डकी  प्रदेश, प्रदेश ५  र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा  भारी वर्षाको...