आज गाईजात्रा पर्व
नेपाल अखबार, पाेखरा। आज गाईजात्रा पर्व। काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा हर्षोल्लासकासाथ यो पर्व मनाइँदै छ।
गाईजात्रा पर्वको मुख्य दिन आज भए पनि भदौ कृष्ण प्रतिपदादेखि अष्टमीसम्म यो पर्व मनाउने प्रचलन छ। गाईजात्राका अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।
राजा प्रताप मल्लको पालादेखि गाईजात्रा पर्व सुरु भएको मानिन्छ। पुत्रशोकमा रहेकी आफ्नी रानीलाई सान्त्वना दिन उनले यो पर्वका थालनी गरेको किम्बदन्ती छ। गाईजात्रामा एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झना गरिन्छ। यस पर्वमा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर झाँकी र नाचगानसहित सहर परिक्रमा गराउने परंपरा छ।
यसरी नगर परिक्रमा गराउँदा मृतकको आत्मा गाईको पुच्छर समाएर वैतरणी पार हुन्छ भन्ने धार्मिक विश्वास छ।
विशेषगरी नेवार समुदायको बसोबास धेरै रहेका सहरमा गाईजात्रा पर्व विशेष रुपमा मनाइन्छ। तर, यस वर्ष कोरोना संक्रमण...
