Sunday, August 30

समाज

तनहुँमा चितुवाको आक्रमणबाट १८ महिने बालकको मृत्यु
समाचार, समाज

तनहुँमा चितुवाको आक्रमणबाट १८ महिने बालकको मृत्यु

नेपाल अखबार, तनहुँ । चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारमा बुधबार राति डेढ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका विष्णुकुमार रानाका छोरा रोहन राना रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । घरको पिढीमा बसिरहेको बेला चितुवाको आक्रमणमा परेर बालकको मृत्यु भएको कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए। मृत्यु भएका बालकको शव घरभन्दा केही पर भेटिएको थियो । जिल्लामा पछिल्लो समय बालबालिका चितुवाको निशानामा पर्ने गरेका छन् । गत असार १७ गते राति आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा चितुवाको आक्रमणबाट १० वर्षीया अमिषा थापा घाइते भएकी थिइन् । विसं २०७४ फागुन यता चितुवाको आक्रमणबाट १० बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, वन कुखुरा आदि वनमा लोप हुँदै गएपछि चितुवा बस्तीमा प्रवेश गरी बालबालिकामाथि आक्रमण गर्न थ...
तनहुँमा अपाङ्ग महिलालाई जबर्जस्ती करणी गर्ने अभियुक्तलाई जन्मकैद
प्रशासन, समाज

तनहुँमा अपाङ्ग महिलालाई जबर्जस्ती करणी गर्ने अभियुक्तलाई जन्मकैद

नेपाल अखबार, तनहुँ । जबर्जस्ती करणी मुद्दामा जिल्ला कारागारको थुनामा रहेका एक अभियुक्तलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश वासुदेव पौडेलको बुधबारको इजलासले भीमाद नगरपालिका–९ का शङ्कर परियारलाई जन्मकैदको फैसला सुनाएको हो । साथै पीडितलाई क्षतिपूर्तिबापत रु ५० हजार पीडकबाट दिलाउने फैसला भएको अदालतका निमित्त श्रेस्तेदार जीवन पौडेलले जानकारी दिए । पूर्ण अपाङ्ग महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा विसं २०७६ मङ्सिर २ गते परियारविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । यसैगरी न्यायाधीश पौडेलको इजलासले जबर्जस्ती करणी मुद्दामा थुनामा रहेका घिरिङ गाउँपालिका–५ का प्रेमबहादुर रानालाई कसुर ठहर गरी सजाय निर्धारणको लागि पेश गर्न आदेश दिएको छ । सजाय निर्धारणको लागि यही साउन २९ गते पेशी तोकिएको अदालतले जनाएको छ । घिरिङ –५ स्थित एक महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा रान...
मध्यरातमा पानीसँगै आएको हावाहुरीले केराखेतीमा लाखौँको क्षति
समाचार, समाज

मध्यरातमा पानीसँगै आएको हावाहुरीले केराखेतीमा लाखौँको क्षति

नेपाल अखबार,नवलपरासी । मङ्गलबार मध्यरातमा पानीसँगै आएको हावाहुरीले यहाँको केराखेतीमा लाखौँको क्षति पु¥याएको छ । हावाहुरीको कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा रु ७० लाख भन्दा बढीको केराखेतीमा क्षति पुगेको हो । मङ्गलबार राति आएको हावाहुरीले यहाँको ३० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको केराखेतीमा क्षति पु¥याएको कावासोती नगरपालिका उपप्रमुख प्रेम शङ्कर मर्दनियाले जानकारी दिए । कावासोतीको वडा नम्बर २, ३ र १६ मा गरी रु ७० लाखभन्दा बढीको क्षति भएको मर्दनियाको भनाइ छ । आगामी दशैँका लागि लक्षित गर्दै किसानले केरा उत्पादनको तयारी गरेको तीनवटै वडामा लगाइएको खेराखेतीमा पूर्ण क्षति पुगेको उनले बताए । हावाहुरीले केराखेतीमा पु¥याएको क्षतिको बारेमा स्थलगत अध्ययन गरी यकिन तथ्याङ्क लिने काम भइरहेको समेत उनले जानकारी दिए । नगरपालिकामा केरा किसानहरुले दिएको क्षतिको प्रारम्भिक तथ्याङ्कअनुसार रु ७० ...
बिहानैदेखि वर्षा, बाढी/पहिरोबाट जाेगिन भन्दै ‘अलर्ट’ जारी
समाचार, समाज

बिहानैदेखि वर्षा, बाढी/पहिरोबाट जाेगिन भन्दै ‘अलर्ट’ जारी

नेपाल अखबार, काठमाडाैं। पछिल्लो तीन घण्टायता पश्चिमका ६ जिल्लाका केही स्थानमा मध्यमदेखि भारीसम्म वर्षा भइरहेकाले स्थानीय बासिन्दालाई सतर्क रहन जल तथा मौसम विज्ञान विभागले सुझाव दिएको छ। विभागका अनुसार कालीकोट, दैलेख, जाजरकोट, अछाम, डोटी र कैलालीका केही स्थानमा पछिल्लो तीन घण्टा मध्यमदेखि भारीसम्म वर्षा भइरहेको हो। जसका कारण स्थानीय नदी तथा खोलामा बाढी आउने तथा भिरालो जमिनमा पहिरो जाने जोखिम देखिएको भन्दै विभागले ‘अलर्ट’ जारी गरेको छ। अहिले बिहान १० बजेसम्मै सतर्क रहन आग्रह गरिएको छ। यस्तै यसअघि (बिहान २ः३० बजे) जारी सूचनामा लमजुङ, गोरखा, कास्की, स्याङ्जा, तनहुँ, म्याग्दी र धादिङ आसपासका जिल्लामा पछिल्लो ३ घण्टा भारी वर्षा भएकाले उक्त क्षेत्र भएर बहने नदी, साना खोलामा बाढी आउन सक्ने र भिरालो तथा कमजोर जमिनमा पहिरो जान सक्ने भएकाले बिहान १० बजेसम्मै सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्...
कैलालीमा बलात्कारको आरोपमा वडा सचिव पक्राउ
समाचार, समाज

कैलालीमा बलात्कारको आरोपमा वडा सचिव पक्राउ

नेपाल अखबार, कैलाली । कैलालीमा बलात्कारको आरोपमा एकजना वडा सचिव पक्राउ परेका छन् । भजनी नगरपालिका- ४ का वडा सचिव सुमनकुमार चौधरीलाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको हो । प्रहरीका अनुसार वडा सचिव चौधरीबाट आफू बलात्कृत भएको भन्दै एक महिलाले १८ साउनमा जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता गराएकी थिइन् । महिलाको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए । ‘चौधरी उपर जबरजस्ती करणीको उजुरी आएको छ,’ उनले भने, ‘आरोपित व्यक्तिलाई नियन्त्रणमा लिएका छौँ थप कुरा अनुसन्धान पछि खुल्ने छ ।’ जिल्ला प्रहरी कार्यालय कैलालीको आदेशमा वडा सचिव चौधरीलाई इलाका प्रहरी कार्यालय भजनीले पक्राउ गरेको हो ।...
प्रेमीसँग नुहाउन गएकी किशोरी बलात्कार भए पछि……….
समाचार, समाज

प्रेमीसँग नुहाउन गएकी किशोरी बलात्कार भए पछि……….

नेपाल अखबार, दाङ। दाङको देउखुरीमा १७ वर्षीया किशोरीलाई चार जना मिलेर सामूहिक बलात्कार गरेका छन्। पीडित किशोरीले दिएको उजुरीका आधारमा आरोपितमध्ये दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। दाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुमित खड्काले साउन १८ गते पीडितबाट उजुरी आएको र त्यस आधारमा मंगलबार राप्ती गाउँपालिका–४ का २३ वर्षका इसब जिसी र १९ वर्षका भुपाल थापामगरलाई पक्राउ गरिएको जानकारी दिए। ‘अरू २ जना फरार छन्,’ डीएसपी खड्काले बुधबार बिहान भने, ‘उनीहरूको खोजी गरिरहेका छौं।’ प्रहरीका अनुसार फरार हुनेमा राप्ती गाउँपालिका–४ कै २५ वर्षका अर्जुन विक र २७ वर्षका प्रकाश नेपाली छन्। पीडित पनि राप्ती गाउँपालिकाकै वडा नम्बर ३ की हुन्। डीएसपी खड्का अनुसार घटना यही साउन १६ गते दिउँसो भएको हो। त्यस दिन आफ्ना प्रेमीसँग घरदेखि केही पर सामुदायिक वन नजिकैको खोलामा नुहाउन गएको र त्यही बेला ती चार जना आएर...
सन्तानलाई संसार देखाउँदै गर्दा आफू ज्यान गुमाउँदै
समाचार, समाज

सन्तानलाई संसार देखाउँदै गर्दा आफू ज्यान गुमाउँदै

नेपाल अखबार, जाजरकोट । महिना दिन नपुग्दै जाजरकोटमा तीन सुत्केरी, च्याउ खाएर पाँच र पहिरोमा परी १४ जनाको मृत्यु भयो । उनीहरुको मृत्यु पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुँदा नै भएको देखिन्छ । अधिकांशको मृत्यु स्वास्थ्य संस्थाभन्दा औषधि पसलमा उपचारका लागि लैजाने क्रममा भएको देखिन्छ । वर्षायामको हिलो र भत्किएका बाटोमा असहजताको बीचमा ज्यान बचाउने अनेक जुक्ति निकाल्दा पनि उनीहरु मृत्युको मुखमा परेका हुन् । मानिसको जीवनमा जन्म हुँदा जती खुशियाली छाउँछ, उत्तिकै पीडा मृत्युमा हुन्छ । बच्चा जन्माएर परिवारमा खुशी दिने, बूढेसकालको सहारादेखि नयाँ सदस्यले कूल चलाउने महान सपना बोकेर प्रसव पीडाको बीचबाट जन्मिएको खुशी जुनीचाँदे गाउँपालिका–२ सिंहपुरी र बारेकोट गाउँपालिका–७ की २१ वर्षीया मनकुमारी परियारको ज्यान गयो । त्यस्तै आज कुशे गाउँपालिका–५ बाटुलेकी २७ वर्षीया पशुपति पुनको उपचार नै नपाएर ज्यान गएको छ...
जिउँदो हुने विश्वासमा पाँच दिनसम्म घरमै लास
समाज, हाइलाइट-समाचार

जिउँदो हुने विश्वासमा पाँच दिनसम्म घरमै लास

नेपाल अखबार, कैलाली। कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म लास घरमै राखिएको छ । स्थानीय दीपक चौधरीको घरभित्र शव गन्हाउन लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा लास रहेको रहस्य खुलेको हो । बस्ती सुरक्षा समितिका संयोजक बुद्धि दमाईले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी घटनास्थल पुगेको थियो । शक्तिनगर शिविरका अगुवा मोतीराम डगौरा मुटुको बिरामी थिए । कोहलपुरमा उपचारपछि घर फर्केका मोतीरामको मृत्यु भएको थियो । मृत्युपछि पाँच दिनअघि थप उपचारका लागि पाष्टरको घर ल्याइएको मोतीरामका २१ वर्षका छोरा ईश्वर डगौराले जानकारी दिए । पाष्टर र धर्मप्रति विश्वासमा परेका ईश्वर सात दिनपछि बाबु उठ्ने विश्वासमा थिए। पाष्टर चौधरी पनि लासमा पसिना आएर गन्ध आएको र लास उठ्ने विश्वासमै थिए तर मङ्गलबार बिहान गन्धले खाना खान नसकी छिमेकीको घरमा गएको बताउँछ...
पाँचपोखरी थाङ्पालका ३० घरपरिवारलाई सुरक्षित स्थानमा सारियो
समाचार, समाज

पाँचपोखरी थाङ्पालका ३० घरपरिवारलाई सुरक्षित स्थानमा सारियो

नेपाल अखबार,  सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिका–८ तिपेनीमा पहिरोको उच्च जोखिममा परेको ३० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । गत आइतबारदेखि मुसलधारे वर्षासँगै खसेको पहिरो नरोकिएपछि स्थानीय सरकार र स्थानीय बासिन्दाको सहकार्यमा बस्ती स्थानान्तरण गरिएको हो । तिपेनी पुलबारीको अधिकांश भूभाग भूक्षय भइसकेको कारण उच्च जोखिममा परेको ३० घरपरिवारलाई थप चुनौती नहोस् भन्ने मनसायले बस्ती स्थानान्तरण गरिएको पाँचपोखरी थाङपाल गाँउपालिका अध्यक्ष टासी लामाले बताए । पर्यटकीयस्थल पाँचपोखरी थाङपाल गाउँपालिकामा आपत्कालीन एम्बुलेन्स सेवा, सवारी साधनलगायत पर्यटक आवतजावतमा सास्ती हुन नदिन पालिकाभित्र स्काभेटर खटाई बाटो खुलाइएको अध्यक्ष लामाले बताए । पहिरोको उच्च जोखिममा रहेका स्थानीयवासी अहिले कोही सुरक्षित स्थानमा बसेका छन् र कोही आफन्तको घरमा छन् ।...
छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ
समाचार, समाज

छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

नेपाल अखबार, पाेखरा। आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा कास्कीमा ४१ वर्षीय पुरुष पक्राउ परेका छन्। पोखरा महानगरपालिका–२६ बस्ने ती व्यक्तिले छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यता, कैलालीमा पनि बालिका माथि जवर्जस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। कैलारी गाउँपालिका–९ बस्ने २२ वर्षीय विकास भन्ने निरज चौधरीलाई १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार प्रहरीले पक्राउ गरेको हो। ती बालिकालाई साउन १६ गते जबरजस्ती करणी गरी फरार भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा धनगढी उपमहानगरपालिका–७ मनहरास्थित आफन्तको घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी चौधरीलाई पक्राउ गरेको हो। यस सम्बन्धमा स्थानीय ...