Saturday, August 29

समाज

शुक्रबारको मौसम पुर्वानुमान, यी स्थानमा भारी वर्षाको सम्भावना
समाचार, समाज

शुक्रबारको मौसम पुर्वानुमान, यी स्थानमा भारी वर्षाको सम्भावना

नेपाल अखबार, पाेखरा। जल तथा मौसम विज्ञान विभागले आज देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । यसका साथै,  नेपालको पुर्वी तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ । मौसम पूर्वानुमानका अनुसार हाल देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा भइरहेको छ। यसैगरी, शुक्रबार दिउँसो देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ । साथै, प्रदेश १, बागमती प्रदेश ,गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै, राति  देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १ ,बागमती प्रदेश ,गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश, प्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी वर्षाको  सम्भावना रहेको छ।...
कालीकोटको सान्नी त्रिवेणिमा पहिरोमा परी दुईजनाको मृत्यु
समाचार, समाज

कालीकोटको सान्नी त्रिवेणिमा पहिरोमा परी दुईजनाको मृत्यु

नेपाल अखबार, सुर्खेत । कालीकोटको सान्नी त्रिवेणि गाउँपालिकामा पहिरो जाँदा दुईजनाको मृत्यु भएको छ । गाउँपालिकाको वडानम्बर-६ बुढागाउँका ६० वर्षीय पर्शुराम संज्याल र उनकी बुहारी नाता पर्ने २९ वर्षीया तारा संज्यालको मृत्यु भएको हो । बिहीबार बिहान खानेपानी लिन लालिखोला गएकोबेला पहिरोमा परी ससुरा बुहारीको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोलाले जानकारी दिए । एसएसपी बास्तोलाका अनुसार पर्शुराम संज्याल पहिरोमा परी गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रम्मा मृत्यु भएको थियो । पहिरोमा परी बेपत्ता भएकी तारा संज्यालको भने शव निकालिएको प्रहरीले जनाएको छ । बुधबार मात्रै कालीकोटकै नरहरिनाथ गाउँपालिकामा पहिरोमा परेर एकै  परिवारका ७ जनासहित ९ जनाकाे मृत्यु भएको थियो ।...
कैलालीमा बाढीले बगाउँदा ४ जना बेपत्ता, ६ हजार बढी घर डुबानमा
समाचार, समाज

कैलालीमा बाढीले बगाउँदा ४ जना बेपत्ता, ६ हजार बढी घर डुबानमा

नेपाल अखबार, कैलाली । कैलालीमा बाढीले बगाउँदा चार जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जानकी गाउँपालिका–२ का ५४ वर्षीय कोबी सुनार, भजनी नगरपालिका–८ का सोनाफाटाका ११ वर्षीय स्केल चौधरी, सोही ठाउँका ४० वर्षीय ईश्वर शाही र ३२ वर्षीय चक्र बिक बेपत्ता भएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिए । प्रहरी उपरीक्षक जबराका अनुसार काडा, पर्थैया, कान्द्रा र मोहोना नदीमा आएको बाढीको भेल बस्तीमा पस्दा उनीहरुलाई बगाएको हो । बुधबार अविरल वर्षासँगै आएको बाढी बस्तीमा पसेको थियो । बस्तीमा पसेको बाढीबाट सुरक्षित स्थानमा जान खोज्दा उनीहरु बेपत्ता भएका हुन,’ प्रहरी उपरीक्षक जबराले भने, ‘उनीहरुको खोजी कार्य जारी छ ।’ ७ जना बेपत्ता भएका मध्ये तीन जनाको भने बुधबार नै सकुशल उद्धार गरिएको उनले बताए । बेपत्ता रहेका चार जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा ख...
आज मौसम देशभर सामान्य बदली धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना
समाचार, समाज

आज मौसम देशभर सामान्य बदली धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना

नेपाल अखबार, पाेखरा ।  मनसुनी वायुको प्रभावका कारण देशभर सामान्य बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको छ । साथै,  नेपालको पुर्वि तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ । बिहीबार मौसम पूर्वानुमान महाशाखा, मौसम विज्ञान विभागले जारी गरेको पूर्वानुमानमा अनुसार अहिले देशभर नै सामान्य बदली भइरहेको छ । यसैगरी, आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ । यस्तै,  प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेशको एक÷दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमानमा उल्लेख छ । यस्तै, राति देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बागमती प्रदेश,गण्डकी प्रदेश र प्रदेश १ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भा...
बिरामी बोकेको एम्बुलेन्स खोलाले बगाएपछि
समाचार, समाज

बिरामी बोकेको एम्बुलेन्स खोलाले बगाएपछि

नेपाल अखबार, दाङ । दाङको एउटा खोलाले बिरामीसहित बगाएको एम्बुलेन्स डोजरले निकालेको छ।  घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत पर्ने हापुर खोलाले बुधबार बिहान बिरामी लिएर तुलसीपुरतिर जाँदै गरेको एम्बुलेन्स बगाएको थियो। घोराहीबाट बिरामी लिएर तुलसीपुर जाँदै गरेको रा. १ च ८९२ एम्बुलेन्सलाई बुधबार बिहान सवा ३ बजेतिर हापुर खोलाले बगाएको इलाका प्रहरी कार्यालय नारायणपुरका प्रमुख सई भीमबहादुर विकले जानकारी दिएका छन्।  खोलाले बगाएको एम्बुलेन्सलाई प्रहरीले बिहान साढे ५ बजेतिर उद्धार गरेको थियो। ‘खोलाले एम्बुलेन्स बगाएको खार पाएपछि २० मिनेटमै हामी घटनास्थल पुगेर एम्बुलेन्समा तीनजनालाई उद्धार गरेका थियौ,’ उनले भने, ‘बाँकी दुईजनालाई केही समय पछि उद्धार गरेका हौं।’  उद्धारमा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दसहितको २० जनाको टोली र नारायणपुर ७ जनाको प्रहरी टोलीले उनीहरुको उद्धार गरेको हो। ...
कैलालीका दर्जनौं गाउँ डुबानमा, कर्णाली नदीको तटबन्ध भत्किने जोखिम बढ्यो
समाचार, समाज

कैलालीका दर्जनौं गाउँ डुबानमा, कर्णाली नदीको तटबन्ध भत्किने जोखिम बढ्यो

नेपाल अखबार, कैलाली।  मंगलबार रातिदेखिको लगातारको वर्षाले कैलालीका अधिकांश क्षेत्र डुबानमा परेका छन्। अविरल वर्षाले सिँचाइ कुलो भरिएर बस्तीमा पस्दा कैलालीको जानकी गाउँपालिकाका अधिकांश ठाउँ जलमग्न भएका छन्। नदी तथा कुलाको पानी गाउँ पसेपछि सयौँ घर डुबानमा परेका छन्। घरमा पानी पस्दा खाद्यान्न, अन्नपात भिजेर नष्ट भएका स्थानीयवासी शुभम चौधरीले जानकारी दिए। जानकी-३, ७, ८, ९ का सयौँ घर डुबानमा परेको चौधरीले बताए। ‘कुलो फुटेर बस्तीमा पस्दा सयौं बिघा खेतीयोग्य जमिन पटानी भएको छ’, चौधरीले भने, ‘सयौँ घरमा अन्नपात र लुगाकपडा भिजेको छ । केही बस्ती सार्नुपर्ने अवस्था आएको छ । हामीले प्रहरीलाई खबर गरेका छौँ।’ टीकापुर नगरपालिका–५ शाहीपुर, सिम्रेनी, वडा नम्बर ६ को बेलुवा बस्ती पनि डुबानमा परेको छ । माथिल्लो तटको पानी बग्दै जाँदा यी क्षेत्रमा बाढीको खतरा बढेको छ । निरन्तर वर्षा भएपछि कर्णाली नदीमा निर्माण भ...
दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु
समाचार, समाज

दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु

नेपाल अखबार,  घोराही । दाङको बंगलाचुली गाउँपालिकामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिकाको वडा नं. ५ साकिनेमा देवीराम नेपालीको घर पुरिँदा २४ वर्षीया बाटुली नेपाली र उनको दुई वर्षीया छोरी आयुस्माको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्काले जानकारी दिए । बुधबार बिहानपख तीन बजेतिर आएको पहिरोमा उनीहरु पुरिएका थिए  ।...
अझै तीन दिन भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह
समाचार, समाज

अझै तीन दिन भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह

नेपाल अखबार, पाेखरा। देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै नेपालको तराई भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाइ यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । बुधबार देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्...
कालीकोटमा बाढी र पहिरोमा परी ६ जना बेपत्ता
समाचार, समाज

कालीकोटमा बाढी र पहिरोमा परी ६ जना बेपत्ता

नेपाल अखबार, सुर्खेत । कालीकोटको रास्कोट नगरपालिका-१, मा बाढी र पहिरोमा परी ६ जना बेपता भएका छन । रास्कोट-१, बडलतोलामा गंगे खहरे खोलामा सोमबार राति आएको बाढीले राजबहादुर शाहीको घर बगाउँदा उनीसहित पाँचजना बेपता भएका छन् । बेपत्ता हुनेमा राजबहादुरकी १५ वर्षीया छोरी संगीता शाही, १२ वर्षीया कौशा शाही, ८ वर्षीय छोरा नवीन शाही र १५ वर्षीया साली अस्मिता रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए । साथै, सोही वडाको चोक्टेबगरमा टेके टमाटाको घर पहिरोले पुरिँदा पाहुँना आएकी १४ वर्षीया बेलपुरा शाही बेपत्ता भएको प्रहरीले जनाएको छ । ‘प्रहरी र स्थानीयले खोजी कार्य गरिरहेका छन् । जिल्लाबाट थप प्रहरी घटनास्थलतर्फ गइरहेको छ,’ प्रहरी निरीक्षक जोशीले भने, ‘अहिले पनि पानी पर्ने र पहिरो जाने क्रम नरोकिएकाले खोजी कार्य गर्नसमेत असहज भैरहेको छ ।’...
आगामी तीन दिन बाढीको उच्च जोखिम
समाचार, समाज

आगामी तीन दिन बाढीको उच्च जोखिम

नेपाल अखबार, पाेखरा। वर्षा बढेसँगै देशभर बाढी र पहिरोको प्रकोप पनि बढेको छ। कतिपय स्थानमा जनधनको क्षति हुन सुरु भइसकेको छ। मौसमविद्ले आगामी शुक्रबारसम्म देशको धेरैजसो स्थानमा ठूलो वर्षा हुने अनुमान गर्दै सुरक्षित रहन सबैमा आग्रह गरेका छन्। यसै क्रममा बाढी पूर्वानुमान महाशाखाले आज (मंगलबार) बिहान जारी गरेको बुलेटिनअनुसार आगामी तीन दिन अर्थात् बिहीबारसम्म देशका प्रमुख नदीसहित विभिन्न खोलानालामा बाढीको उच्च जाेखिम छ। हेर्नुहोस्, विस्तृतमा यो सूचना :  ...