Tuesday, May 5

समाज

राष्ट्रको सम्पदा जोगाउन जेनजीलाई राजेश हमालको अपिल
समाचार, समाज

राष्ट्रको सम्पदा जोगाउन जेनजीलाई राजेश हमालको अपिल

नेपालअखबार,काठमाडौं। अभिनेता राजेश हमालले राष्ट्रको सम्पदा जोगाउन जेनजी पुस्तालाई आग्रह गरेका छन्। सोमबार प्रहरीको गोली लागेर मारिएकाहरूको सम्झनामा दीप प्रज्ज्वलन गर्न जेनजीद्वारा आयोजित कार्यक्रममा सहभागी हुँदै हमालले यस्तो बताएका हुन्। सोमबारको घटना नेपाली इतिहासको सबैभन्दा कालो दिन भएको उनले बताए। ‘नेपालमा जेनजीले जुन कदम उठाएको छ त्यसको समर्थन हामी सबैले गरेका छौं । साथसाथै आन्दोलनमा उत्रिएका जेनजीलाई म विनम्र अनुरोध गर्दछु राष्ट्रको सम्पदा, राष्ट्रको सम्पत्ति कुनै नेताको निजी सम्पत्ति होइन। ती हाम्रा हुन्। तिनको नाश नगरौं संरक्षण गरौं,’ उनले भने। हमालले भोलि देशको नेतृत् वगर्ने अवसर आउँदा नयाँ पुस्तालाई तिनै संरचना र सम्पदा आवश्यक पर्ने भन्दै संयमता अपनाउन अपिल गरे। उनले एक, दुई वा पाँच, ६ वर्षदेखिको आक्रोश नभई वर्षौंदेखि उम्लिएको असन्तोष अहिले विस्फोट भएको भन्दै उनले अब नेपालीले...
चितवनस्थित प्रचण्डको घरमा प्रदर्शनकारीको आगजनी
समाचार, समाज

चितवनस्थित प्रचण्डको घरमा प्रदर्शनकारीको आगजनी

नेपालअखबार,काठमाडौं। जेनजी प्रदर्शनकारीले चितवनस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा आगजनी गरेका छन् । उनीहरूले  चितवनमा रहेको  प्रचण्डको घरमा आगजनी गरेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द
समाचार, समाज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

नेपालअखबार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै विमानस्थल बन्द  गरिएको हो । आकासमा रहेका जहाजलाई अवतरण गरेपछि बाँकी उडान रद्द गरेर विमानस्थल बन्द गरिएको हो । विमानस्थललाईं नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।...
प्रदर्शनकारी संसद भवनभित्र छिरे
समाचार, समाज

प्रदर्शनकारी संसद भवनभित्र छिरे

नेपालअखबार, काठमाडौं । प्रदर्शनकारीहरू संघीय संसद भवनमा छिरेका छन् । जेनजीले सोमबार गरेको आन्दोलनमा प्रहरी दमन भएको विरोधमा उत्रिएका प्रदर्शनकारी संसद भवन प्रवेश गरेका हुन् ।सोमबार पनि संसद भवन प्रवेश गरेका थिए । त्यसपछि प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो । ४०० भन्दा बढी घाइते भएका छन् ।...
सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी
समाचार, समाज

सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी

नेपालअखबार,  काठमाडौं । जेनजी प्रदर्शनकारीहरू सिंहदरबारभित्रै प्रवेश गरेका छन् । मंगलबार बिहानैदेखि आक्रामक प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरू केहीबेरअघि सिंहदरबार छिरेका हुन् । उनीहरू गेट तोडेर प्रवेश गरेका हुन् ।
गौशालामा प्रहरीले चलायो गोली
समाचार, समाज

गौशालामा प्रहरीले चलायो गोली

नेपालअखबार, काठमाडौं। काठमाडौंको गौशालामा प्रहरीले गोली चलाएको छ। मंगलबार दिउँसो काठमाडौंको गौशाला प्रहरी वृत्त अगाडि प्रदर्शनको क्रममा गोली चलाएको हो। गौशाला प्रहरीका अनुसार वृत्तमा ढुंगामुढा तथा तोडफोड भएको छ। त्यसक्रममा प्रहरीले गोली चलाएको वृत्तले जनाएको छ। ‘यहाँ गोली नै चलेको छ। वृत्तमा तोडफोड तथा ढुंगामुढा भएपछि प्रहरीले गोली चलाएको छ,’ वृत्तकी एक प्रहरी अधिकारीले बताइन्।...
बालकोटमा गोली चल्यो, २ जना घाइते
समाचार, समाज

बालकोटमा गोली चल्यो, २ जना घाइते

नेपालअखबार, काठमाडौं । भक्तपुरको बालकोटमा गोली चलेको छ । गोली लागेर दुई जना घाइते छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ । प्रदर्शनकारी प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासतर्फ अघि बढेका थिए ।
सर्लाहीमा एमाले र कांग्रेस पार्टी कार्यालयमा आगजनी
प्रशासन, समाचार, समाज, हाइलाइट-समाचार

सर्लाहीमा एमाले र कांग्रेस पार्टी कार्यालयमा आगजनी

नेपालअखबार,काठमाडौं । प्रदर्शनकारीले सर्लाहीमा नेकपा एमाले र नेपाली कांग्रेसका पार्टी कार्यालयमा आगजनी गरेका छन् । सदरमुकाम मलंगवास्थित पार्टी कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका हुन् । सोमबार जेनजीको प्रदर्शनमा प्रहरी दमन भएको विरोधमा कार्यालयमा आगजनी गरिएको हो । सोमबारको आन्दोलनमा देशैभर १९ जनाको मृत्यु भएको छ भने ४०० बढी घाइते भएका छन् । त्यसको विरोधमा आज देशकै प्राय: सहरमा प्रदर्शन भएको छ ।...
पोखरामा लाग्यो अनिश्चितकालीन कर्फ्यू
प्रशासन, समाचार, समाज

पोखरामा लाग्यो अनिश्चितकालीन कर्फ्यू

नेपालअखबार,काठमाडौँ । कास्कीको पोखरामा मंगलबार बिहान १० बजेदेखि अनिश्चितकालीन कर्फ्यू लागेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पोखरा महानगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानमा चारकिल्ला तोकेर कर्फ्यू जारी गरेको छ ।
९ देशका दूतावासले भने- ‘परिस्थिति थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोजौं’
राजनीति, समाचार, समाज, हाइलाइट-समाचार

९ देशका दूतावासले भने- ‘परिस्थिति थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोजौं’

नेपालअखबार,काठमाडौँ । अमेरिकासहित ९ देशका दूतावासले नेपालमा  जेन–जी प्रदर्शनमा भएको घटनाबारे संयुक्त विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण तरिकाले समाधान खोज्न आग्रह गरेका छन् । सोमबारको जेन–जी प्रदर्शनका क्रममा १९ जनाको ज्यान गएको थियो । सोमबार साँझ ९ मुलुकका दूतवासले एकसाथ विज्ञप्ति जारी गरेका हुन् । विज्ञप्ति जारी गर्नेमा अस्ट्रेलिया, फिनल्यान्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत, नर्वे, जर्मनी र अमेरिकाका नेपालस्थित दूतावासहरू छन् । 'हामी शान्तिपूर्ण सभा र अभिव्यक्ति स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन पुनः व्यक्त गर्छौं । हामी सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थिति थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गर्छौं,' विज्ञप्तिमा भनिएको छ। दूतावासहरूले सोमबार भएको घटनाबारे दु:ख पनि व्यक्त ग...