Monday, August 3

समाज

चितवनमा फूल आयात रोक्न माग
समाचार, समाज

चितवनमा फूल आयात रोक्न माग

नेपालअखबार,चितवन ।  जिल्लामा फूल आयात रोक्न फ्लोरिकल्चर एसोसिएसन नेपाल चितवन शाखाले माग गरेको छ । शाखाले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई आज ज्ञापनपत्र बुझाउँदै जिल्लामा तिहारका लागि आवश्यक फूल तयार रहेकाले आयातित फूल र माला रोक्न माग गरेको हो । एसोसिएसनका सचिव सुलभ श्रेष्ठले जिल्लामा आयातित फूल मालासहित प्लाष्टिकजन्य मालामा रोक लगाउन माग गरे । उनका अनुसार जिल्लामा तिहारका लागि ४० बिघा क्षेत्रफलमा फूल उत्पादन तयार छ । उनले भने, “जिल्लामा तीन लाख माला आवश्यक पर्छ । त्यो पूर्ति यहीँको फूलले हुने भएकाले आयातित फूल र माला रोकियोस् ।” ज्ञापनपत्रमा भनिएको छ, “बजार अनुगमन गरी स्वादेशी उत्पादनलाई प्राथमिकता दिन हामी माग गर्छाैँ ।” एसोसिएसनले प्रत्येक मालाको रु एक सय मूल्य कायम गरेको छ । सो क्रममा एसोसिएसनका अध्यक्ष तेजेन्द्रप्रसाद सापकोटाले आयातित मालामा सुतरीको धागो प्रयोग गरिने र फू...
रेसुङ्गा र मदाने दुर्लभ चराको वासस्थान
समाचार, समाज

रेसुङ्गा र मदाने दुर्लभ चराको वासस्थान

नेपालअखबार,गुल्मी । गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षीत क्षेत्र दुर्लभ चराहरुको मुख्य आश्रयस्थल बन्दै गएको छ । विश्वमा पाइने दुर्लभ चराहरुमध्ये गुल्मीमा ६ प्रजातिका फेला परेका छन् । गुल्मी । गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षीत क्षेत्र दुर्लभ चराहरुको मुख्य आश्रयस्थल बन्दै गएको छ । विश्वमा पाइने दुर्लभ चराहरुमध्ये गुल्मीमा ६ प्रजातिका फेला परेका छन् । गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्र दुर्लभ चराहरुको मुख्य वासस्थान रहेको नेपाल पंक्षी संरक्षण सङ्घका परियोजना अधिकृत शम्भु भट्टराईले जानकारी दिए । दुर्लभ प्रजातिका चरामध्ये रेसुङ्गा वन संरक्षित क्षेत्रमा चिरकालीज, रणमत्त महाचिल, डङ्गर गिद्ध, सोतो गिद्ध, सुन गिद्ध र गोमायो माहाचिल रहेका छन् । रेसुङ्गा र मदाने वन क्षेत्रमा नेपालमा मात्र पाइने काँडे भ्याकुर पाइन्छ । नेपालमा पाइने ९०२ प्रजातिका चरामध्ये गुल्मीमा मात्र विभिन्न ...
फेरि अकबरे खुर्सानीमा भेटियो विषादी
समाचार, समाज

फेरि अकबरे खुर्सानीमा भेटियो विषादी

नेपालअखबार,काठमाडौं । पछिल्लो समय तरकारीमा अत्यधिक मात्रामा विषादी भेटिन थालेको छ । आज बिहीबार पनि मुलुककै सबैभन्दा ठूलो फलफूल तथा तरकारी बजार कालीमाटीमा भित्रिएको अकबरे खुर्सानीमा अत्यधिक मात्रामा विषदी भेटिएको छ । मकवानपुरका दुई किसानबाट कालीमाटी बजारमा बेच्न ल्याइएका अकबरे खुर्सानीमा अत्यधिक मात्रामा विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । बिहीबार कालीमाटी बजार भित्रिएको अकबरे खुर्सानीमा ४९.०३२ र ५१.४४६ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको हो । केन्द्रीय कृषि प्रयोगशालाले सोमबार कालीमाटी तरकारी बजारका १७ पसलको १७ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो । परीक्षण क्रममा अकबरे खुर्सानीमा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको उक्त अकबरे खुर्सानी उपभोग गर्न अयोग्य छ । यसअघि सोमबार मात्रै मकवानपुरबाटै ल्याइएको अकबरे...
तस्बिरमा हेर्नुहोस् युद्धविराम पछि गाजा पट्टीको अवस्था
विश्व, समाचार, समाज, हाइलाइट-समाचार

तस्बिरमा हेर्नुहोस् युद्धविराम पछि गाजा पट्टीको अवस्था

नेपालअखबार, रफाह । हमास र इजरायल बीचको युद्धविराम पछि, गाजाका मानिसहरू आफ्नो घर फर्किरहेका छन् र चाहिने सरसामानहरू जम्मा गर्न हतारिइरहेका छन् । सहायता सामग्री बोकेका ट्रकहरू गाजामा आइपुगेका छन् । सहायता एजेन्सीहरूले यस्ता ट्रकको संख्या बढाउन अनुरोध गरेका छन् । शान्ति सम्झौता पछि, हमासले दुई वर्ष अघि इजरायलबाट बन्धक बनाएर ल्याइएका २० जना जीवित बन्धकहरू इजरायललाई सुम्पिसकेको छ । मृत बन्धकहरूको सबै शव फिर्ता भइसकेको छैन । इजरायलले हमासलाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै बन्धकहरूको अवशेष फिर्ता गर्न ढिलाइ गरिरहेको बताएको छ । यद्यपि, वार्तामा संलग्न कूटनीतिक स्रोतहरूका अनुसार, हमासले बन्धकहरूको शव फिर्ता गर्न अवरोध गर्ने इजरायलको आरोपलाई अस्वीकार गरेको छ । बुधबार हमासले चार बन्धकहरूको शव फिर्ता ग‍रेको थियो । जसमध्ये एक शव बन्धकको नभएको इजरायलले भनेको छ । अवशेषहरूमध्ये एउटा...
चैतमा फुल्ने पलम यसपालि असोजमै फुल्यो
समाचार, समाज

चैतमा फुल्ने पलम यसपालि असोजमै फुल्यो

नेपालअखबार, दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको छ। स्थानीय पूर्णबहादुर पुनको घरमा लगाइएको पलम असोजको १५ गतेदेखि फुल्न थालेको हो। विगतमा फागुन/चैतमा फुल्ने गरेको भए पनि यसवर्ष भने असोजमै पलम फुल्न थालेकाले आफूहरू अच्चमित भएको स्थानीय प्रविर पुनले बताए। 'विगतमा फागुन/चैतमा फूल फुल्थ्यो। यसवर्ष भने असोजमै फुल्न थालेको छ,' उनले भने। यहाँ प्रायःसबै घरमा पलमका बोट छन्। तीमध्ये पुनले लगाएको फूल फुल्न थालेको हो। गएको वर्ष पनि छिल्लीकोटमा पुसमै काफल पाकेको थियो। वनस्पतिविज्ञ खेमराज शर्मा यसरी समयभन्दा अगाडि फुल्नु जलवायु परिवर्तनको असर रहेको बताउँछन्। 'तापक्रम उच्च हुँदा यसरी समयभन्दा अघि फुल्ने हुन्छ। हाल हरेक वनस्पतिमा यस्तै समस्या देखिएको छ,' उनले भने।...
बाढीले पाँच करोडको धान नष्ट
कृषि, समाचार, समाज

बाढीले पाँच करोडको धान नष्ट

नेपालअखबार,झापा । यही असोज १८ देखि २० गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले झापामा ४६३ दशमलव ४२ हेक्टर जमिनको धानबाली नष्ट गरेको छ । कृषि ज्ञान कार्यालयका प्रमुख सागर विष्टले ७०३ कृषकको रु पाँच करोड ७५ लाख २३ हजार बराबरको एक हजार ६४४ दशमलव ३३ मेट्रिक टन धान नष्ट गरेको जानकारी दिए । “बाढीले अन्य कृषिबालीमा पनि क्षति गरेको छ, तर धानमा जति अरुमा छैन”, उनले भने, “पाक्न लागेको धान बाढीले बगाउँदा किसानको बिचल्ली भएको छ ।” वर्षाका कारण कनकाई र विरिङ नदीमा आएको बाढीले सबैभन्दा बढी धान खेत बगाएको छ । बाढीले गौरीगञ्ज, झापा गाउँपालिका, भद्रपुर, कनकाई, शिवसताक्षी र गौरादह नगरपालिकाको पाँच हजार १२ दशमलव ६३ हेक्टर जमिनमा लगाएको कृषिजन्य वस्तु बगाएको प्रमुख विष्टले बताए । उनले अन्य पालिकाको तुलनामा झापा गाउँपालिकामा धेरै क्षति भएको जानकारी दिए । यो पालिकाको वडा नं १,२ र ३ का ४३१ किसानको रु पा...
सरकारी भत्ता पाउन ५० वर्षसम्म आँखा नदेखेको नाटक गरेपछि
विश्व, समाचार, समाज

सरकारी भत्ता पाउन ५० वर्षसम्म आँखा नदेखेको नाटक गरेपछि

नेपालअखबार,काठमाडौँ । इटालीका एक ७० वर्षीय पुरुषलाई आधा शताब्दीभन्दा बढी समयदेखि पूर्ण रूपमा दृष्टिविहीन भएको नाटक गरेको आरोपमा मुद्दा लगाइएको छ । यस समयमा उनले अपाङ्गता भत्ता भनेर दस लाख युरो भन्दा बढी पैसा लिए । यो घटना भिन्सेन्जाको हो । ५३ वर्षसम्म ती व्यक्तिले आँखा नदेख्ने व्यक्तिलाई दिइने राज्यले दिने दस लाख युरोभन्दा बढी रकम लिए । यस घटनाले एक पटक फेरि इटालीको अनुदान र अशक्तता भुक्तानीको प्रमाणीकरण संयन्त्रमाथि सारा विश्वको ध्यान खिचेको छ । ती व्यक्तिको नाम खुलाइएको छैन । तर पाँच दशक अघि कामसँग सम्बन्धित घटनाका कारण ती व्यक्तिलाई पूर्ण रूपमा दृष्टिविहीन घोषित गरिएको थियो । त्यसबेलादेखि उनले दस लाख युरोभन्दा बढी भत्ता लिए । भिन्सेन्जा प्रान्तीय कमाण्डको वित्त प्रहरीले क्रस–चेक गर्ने क्रममा उनमाथि शङ्का उत्पन्न भयो । वृद्धलाई पछ्याउने र भिडियो–रेकर्ड गर्ने क्रममा उनले खत...
राजस्थानमा बसमा अचानक आगो लाग्यो, २० जनाको मृत्यु
दुर्घटना, समाचार, समाज

राजस्थानमा बसमा अचानक आगो लाग्यो, २० जनाको मृत्यु

नेपालअखबार,नयाँ दिल्ली । राजस्थानको जैसलमेरबाट जोधपुर आउँदै गरेको एसी बसमा अचानक आगलागी हुँदा २० यात्रुको मृत्यु भएको छ । बसबाट १९ जनाको शव निकालिएको दुर्घटनापछि मुख्यमन्त्री भजनलाल शर्मासँगै घटनास्थल पुगेका विधायक प्रताप पुरीले सञ्चारमाध्यमलाई बताए । जोधपुर रिफर गरिएको एक घाइतेको पनि मृत्यु भएको खबर आएको छ । ‘राजस्थानको जैसलमेरमा भएको दुर्घटनामा भएको जनहानीबाट म दुखी छु । यस कठिन समयमा मेरो समवेदना प्रभावित व्यक्तिहरू र उनीहरूका परिवारसँग छ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्दछु,’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा लेखेका छन् । उनले प्रधानमन्त्री राहत कोषबाट प्रत्येक मृतकका परिवारलाई २ लाख भारु र घाइतेहरूलाई ५० हजार भारु क्षतिपूर्ति दिने घोषणा पनि गरेका छन् । मंगलबार दिउँसो जैसलमेरबाट जोधपुर जाँदै गरेको निजी एसी बसमा अचानक आगलागी हुँदा धेरै यात्रु गम्भ...
मुस्ताङमा फूलफूलखेती सिक्दै १४ जिल्लाका किसान
कृषि, समाचार, समाज

मुस्ताङमा फूलफूलखेती सिक्दै १४ जिल्लाका किसान

नेपालअखबार,मुस्ताङ । फूलफूलखेती गर्ने तरिका सिक्न १४ जिल्लाका किसान मुस्ताङ आएका छन् । यहाँ आयोजित शीतोष्ण बागवानी विकास केन्द्रले मङ्गलबारदेखि सञ्चालन गरेको ‘नर्सरी धनीहरूलाई गुणस्तरीय बिरुवा प्रसारण तथा नर्सरी व्यवस्थापन’सम्बन्धी तीनदिने सिकाइ कार्यक्रममा सहभागी हुन विभिन्न जिल्लाका १८ किसान यहाँ आएका हुन् । घरपझोङ–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र फलफूत तथा तरकारी उत्पादन तथा जिल्लाभित्र र बाहिरका किसानका लागि महत्त्वपूर्ण कृषि पाठशालाका रूपमा स्थापित हुँदै आएको छ । केन्द्रको आयोजनामा सहभागी किसानलाई कृषिसम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान दिन थालिएको हो । केन्द्रले बर्सेनि जिल्ला बाहिर र जिल्लाभित्रका किसानको प्रतिनिधित्व रहनेगरी यसप्रकारको फूलफूल तथा नर्सरी व्यवस्थापनसम्बन्धी अभ्यास तालिम सञ्चालन गर्ने गरेको केन्द्रका प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए । यस वर्...
छठपर्व नजिकिँदा बाँसका सामानको माग बढ्यो
समाचार, समाज

छठपर्व नजिकिँदा बाँसका सामानको माग बढ्यो

नेपालअखबार, महोत्तरी । तिहार र छठपर्व नजिकिँदै गर्दा मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रमा बाँसका चोया र कप्टेराले बुनिएका सामानको माग बढेको छ । पर्वमा चोखोनीतोसाथ पूजा सामग्री राखनधरन गरिन र विधिमै प्रयोग गर्न बाँसका चोया तथा कप्टेराले बनेका नयाँ छिटी, डाली, कनसुपा, नाङ्लो, चाल्नो, पङ्खालगायत सामान अपरिहार्य हुने मैथिल चलनले अहिले यहाँका सबैजसो हटिया ९बजार०मा यी सामग्रीको बजार जमेको हो । महोत्तरीका १५ स्थानीय तहका बस्तीपिच्छेका हटियामा अहिले यी सामग्रीका छुट्टै बजार जमेका छन् । सदरमुकाम जलेश्वर, मटिहानी, बर्दिबास, गौशाला, रामगोपालपुर, पिपरा, सीतापुर, औरही, बलवा, लोहारपट्टीसहितका बजारमा अचेल सधैँ यी सामान बिक्री भइरहेका छन् । मिथिलामा बिन र डोम जातिको बाँसको चोया तथा कप्टेरा काढेर छिटी, डाली, कनसुपा, नाङ्लो, चाल्नो र पङ्खा बनाउने पुख्र्यौली पेसा मानिन्छ । पर्वविशेषले यस्ता सामग्रीको...