Monday, August 3

समाज

आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदै
धर्म/संस्कृति, समाचार, समाज

आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदै

नेपालअखबार,काठमाडौं । तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराई नरक चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउँछन् । कात्तिक  कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले राससलाई जानकारी दिए । वैवस्वतः मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत स...
तिहारका लागि मुस्ताङमा भेडाच्याङ्ग्रा बिक्री
समाचार, समाज

तिहारका लागि मुस्ताङमा भेडाच्याङ्ग्रा बिक्री

नेपालअखबार,मुस्ताङ । मुस्ताङमा तिहार पर्वका लागि भेडाच्याङ्ग्रा बिक्री गर्न थालिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका अनुसार तिहारका लागि मुस्ताङ र डोल्पाबाट झण्डै एक हजार भेडाच्याङ्ग्रा बिक्री गरिएको छ । यसअघि दसैँमा मुस्ताङसहित डोल्पा, मुगु, जुम्लालगायत स्थानबाट १६ हजार भेडाच्याङ्ग्रा बेनी–जोमसोम सडक मार्ग हुँदै बिक्रीका लागि अन्यत्र लगिएको पशु चिकित्सक लालमणि अर्यालले जानकारी दिए । दसैँ तथा तिहारमा भेडाच्याङ्ग्राको माग अत्यधिक हुने गरेको उनले बताए । घरपझोङ–४ जोमसोमका व्यापारी पेम्बाछिरिङ रोकायाले ८० च्याङ्ग्रा तिहारका लागि बजारमा पुर्‍याएका छन् ।उनले दसैँमा ३०० च्याङ्ग्रा बिक्रीका लागि पोखरा पुर्‍याएका थिए । मुस्ताङबाट खेदाएर बेँसी झार्दै गरेका व्यापारी रोकायले म्याग्दीको तातोपानीबाट ट्रकमा ढुवानी गरी पोखरा पुर्‍याएका हुन् । दसैँमा प्रतिच्याङ्ग्राम...
श्रमदानबाट काठको पुल निर्माण
समाचार, समाज

श्रमदानबाट काठको पुल निर्माण

नेपालअखबार,खोटाङ। बाढीले तापखोलास्थित शनिबारेको ढलान बगाएपछि अवरुद्ध बनेको यातायात सेवा पुनः सञ्चालनमा ल्याउन स्थानीयले श्रमदानमार्फत काठको पुल निर्माण गरेका छन् । गत भदौ १७ गते आएको भीषण बाढीले ढलान बगाएपछि अवरुद्ध बनेको यातायात सेवा पुनः सञ्चालनमा ल्याउन केपिलासगढी गाउँपालिका–१ फेदी, सोही गाउँपालिकाको वडा नं २ खार्ताम्छा र वडा नं ३ बास्पानीका स्थानीयले दुई दिन लगाएर करिब १५ मिटर लामो काठको पुल निर्माण गरेका हुन् । पक्की पुलको विकल्पमा यातायात सञ्चालन गर्न ढलान सडकसमेत बाढीले बगाएपछि अवरुद्ध बनेको यातायात सेवा पुनः सञ्चालनमा ल्याउन वडा नं २ खार्ताम्छाका वडाध्यक्ष मिलनकुमार राईको नेतृत्वमा श्रमदान गरिएको स्थानीय तिलक साम्पाङ किरातीले जानकारी दिए । “बाढीले ढलान बगाएपछि यातायात सेवा पूर्ण रूपमा अवरुद्ध छ । खोलामा पानीको बहाव घटेको छैन”, उनले भने, “तत्कालका लागि मोटरसाइकल आवतजावत गराउन ...
कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै
धर्म/संस्कृति, समाचार, समाज

कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

नेपालअखबार,काठमाडौं ।  प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मिठोमीठो चिजबिज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए। यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान रहेको छ। कागले यमराजसमक्ष राम्रो खबर लगिदिओस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठोमीठो खान दिई खुसी पार्ने गरिएको हो। लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ । ‘काकेन दधि भक्षितम्’ अर्थात् कागल...
आजदेखि सुरु भयो तिहार
धर्म/संस्कृति, समाचार, समाज

आजदेखि सुरु भयो तिहार

नेपालअखबार,काठमाडौं । उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु भएको हो । दिउँसो १ः२३ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ । यमदीपदान पनि आजैदेखि सुरु हुने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए । काग तिहार भने आइतबार परेको उनले बताए । बेलुकी त्रयोदशी तिथि परेका दिन धनत्रयोदशी एवं यमदीपदान पर्व मनाउने शास्त्रीय मान्यता छ । सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः अर्...
गत वर्षको तुलनामा विद्युतीय सामग्रीको व्यापार घट्यो
अर्थ, समाचार, समाज

गत वर्षको तुलनामा विद्युतीय सामग्रीको व्यापार घट्यो

नेपालअखबार,चितवन । नारायणगढको लायन्सचोकमा रहेको लामिछाने बिजुली पसलका सञ्चालक अशोक लामिछाने गत वर्षको तुलनामा यस वर्षको तिहारमा प्रयोग हुने झिलीमिली बत्ती (विद्युतीय सामग्री)को व्यापार आधा घटेको बताउछन्। पछिल्लो समय घर निर्माणमा सुस्तता आउँदा व्यापार घटेको उनको बुझाइ छ । लामिछाने भन्छन्, “गत वर्ष यतिबेला व्यापार भ्याइनभ्याइ हुने गरेको थियो, वर्ष त्यस्तो हुन सकेको छैन । नयाँ घर बनेनन्, पुराना घर भएकाले अघिल्ला वर्षका झालरहरूबाट काम चलाउन थालेका छन् ।” पहिलेपहिले भारतबाट आउने झालर दोस्रो वर्ष प्रयोग गर्दा आधाभन्दा बढी बिग्रिने गरेको भए पनि पछिल्ला वर्षमा चीनबाट आउने झालर दोस्रो वर्ष प्रयोग गर्दा १० प्रतिशत हाराहारी मात्रै बिग्रिने भएकाले पनि नयाँ किन्नेहरू कम भएको उनको भनाइ छ । विद्युत् व्यावसायिक सङ्घ चितवनका अध्यक्ष विष्णुप्रसाद चालिसेले हाल आउनुपर्ने पर्याप्त सामान बजारमा आउन नसक...
कक्षा ११ को आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक
शिक्षा, समाचार, समाज

कक्षा ११ को आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक

नेपालअखबार,काठमाडौँ । कक्षा ११ को पुराना आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार गोरखापत्रमार्फत सूचना जारी गर्दै नतिजा सार्वजनिक भएको जानकारी दिएको हो। बोर्डका अनुसार पुराना आंशिकतर्फका ९ हजार ९३४ विद्यार्थीमध्ये ५ हजार ९१६ जना उत्तीर्ण भएका छन्। त्यस्तै ग्रेड वृद्धितर्फ ४ हजार ९७६ जनाले परीक्षा दिएकामा३ हजार ५४० जना उत्तीर्ण भएका छन्। यसरी कुल १३ हजार ९१० विद्यार्थी परीक्षामा सहभागी भएकामा ९ हजार ४५६ जना उत्तीर्ण भएका छन्। २ जनाको परीक्षा भने रद्द गरिएको बोर्डले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइटमार्फत नतिजा हेर्न सकिनेछ। त्यस्तै ठूलो अक्षरमा नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिनेछ। त्यसका लागि ठूलो अक्षरमा एनइबी टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखेर एसएमएस ...
सिमाना कुर्न बसेको ‘चिमाङ’ गाउँ
समाचार, समाज, हाइलाइट-समाचार

सिमाना कुर्न बसेको ‘चिमाङ’ गाउँ

नेपालअखबार, मुस्ताङ । झण्डै पाँच सय वर्षअघि यहाँको घरपझोङ–५ ठिनीमा राजा थर्कोचेनले शासन चलाएका थिए । मुस्ताङको पान्डाखोलादेखि तल्लो भूभाग चिमाङ र चोखोपानी खोलासम्म राजा थर्कोचेनको राज्य थियो । राजा थर्कोचेनको राज्य सुरक्षाका लागि बसाइलिएको बस्ती हो मुस्ताङको घरपझोङ–१ चिमाङ गाउँ । राजा थर्कोचेनले त्यस समय ठिनी गाउँमा रहेको तीन गाउँले थकाली समुदायमध्येको एक ध्याकल फोपे समूहलाई आफ्नो राज्यको सिमाना कुर्न र त्यहाँको रेखदेखका लागि बस्ती बसालेका थिए भन्ने भनाइ छ । समुद्री सतहको करिब तीन हजार मिटरभन्दा माथि उचाइको भिरालो स्थान चाखोपानी खोलाको भिरको थुम्कोमा सिमाना कुर्न बस्ती बसालेको चिमाङ गाउँका अगुवा इन्द्रप्रसाद थकाली बताउँछन् । सुरुआती चरणमा यहाँ सिमाना रक्षाका लागि ठिनी गाउँबाट ध्याकल फोपे समूहलाई बस्ती बसालेर स्थानान्तरण गरेको अगुवा उनको भनाइ छ । त्यस समय यहाँ बस्ती बसालेर सिमान...
पुष्प व्यवसाय : आठ अर्ब ८३ करोड लगानी, ५३ हजारलाई रोजगारी
समाचार, समाज

पुष्प व्यवसाय : आठ अर्ब ८३ करोड लगानी, ५३ हजारलाई रोजगारी

नेपालअखबार,काठमाडौँ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सुरु भएसँगै फूल किनबेचसमेत बढेको छ । फूल र रङको पर्वको रुपमा रहेको तिहार सुरु भएसँगै फूलको किनबेच बढेको हो । पूजाआजादेखि विवाह, स्वागत, बिदाइदेखि मृत्युपछि समेत प्रयोग हुने फूलखेतीमा पछिल्लो समय नेपाल आत्मनिर्भर हुँदै गएको छ । नेपालमा २०११ सालदेखि सामान्य रुपमा फूलखेती हुँदै आए पनि २०५० सालको दशकपछि भने यसले व्यावसायिक रुप धारणा गरेको हो । पछिल्लो एक दशकयता नेपालमा फूलको व्यावसायिक खेती गर्नेको सङ्ख्या बढ्दो छ । पुष्प व्यवसायबाट मनग्य आम्दानी हुने भएपछि कृषिका अन्य क्षेत्रसँगै पुष्पखेती गर्नेको सङ्ख्या बढ्न थालेको हो । यस्तै, पूmलको प्रयोग धेरै हुने भएकाले तिहारलक्षित फूलखेती गर्नेको सङ्ख्या बढ्दै गएको छ । छोटो समयमा पर्याप्त आम्दानी हुने भएकाले तिहारमा प्रयोग हुने सयपत्री र मखमलीको  व्यावसायिक खेती हुने गरेको छ । विशेषगरी ति...
चितवनमा फूल आयात रोक्न माग
समाचार, समाज

चितवनमा फूल आयात रोक्न माग

नेपालअखबार,चितवन ।  जिल्लामा फूल आयात रोक्न फ्लोरिकल्चर एसोसिएसन नेपाल चितवन शाखाले माग गरेको छ । शाखाले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई आज ज्ञापनपत्र बुझाउँदै जिल्लामा तिहारका लागि आवश्यक फूल तयार रहेकाले आयातित फूल र माला रोक्न माग गरेको हो । एसोसिएसनका सचिव सुलभ श्रेष्ठले जिल्लामा आयातित फूल मालासहित प्लाष्टिकजन्य मालामा रोक लगाउन माग गरे । उनका अनुसार जिल्लामा तिहारका लागि ४० बिघा क्षेत्रफलमा फूल उत्पादन तयार छ । उनले भने, “जिल्लामा तीन लाख माला आवश्यक पर्छ । त्यो पूर्ति यहीँको फूलले हुने भएकाले आयातित फूल र माला रोकियोस् ।” ज्ञापनपत्रमा भनिएको छ, “बजार अनुगमन गरी स्वादेशी उत्पादनलाई प्राथमिकता दिन हामी माग गर्छाैँ ।” एसोसिएसनले प्रत्येक मालाको रु एक सय मूल्य कायम गरेको छ । सो क्रममा एसोसिएसनका अध्यक्ष तेजेन्द्रप्रसाद सापकोटाले आयातित मालामा सुतरीको धागो प्रयोग गरिने र फू...