Thursday, April 23

समाज

आत्महत्या दुरूत्साहनको आरोपमा एक युवक पक्राउ
प्रशासन, समाचार, समाज

आत्महत्या दुरूत्साहनको आरोपमा एक युवक पक्राउ

नेपालअखबार, झापा। आत्महत्या दुरूत्साहनको आरोपमा सातदोबाटो प्रहरी वृत्तले एक युवकलाई पक्राउ गरेको छ। झापा मेचीनगर १० धाइजन निवासी २६ वर्षीय रविन प्रधानलाई प्रहरीले पक्राउ गरेको हो। प्रधान र कचनकवल गाउँपालिका–३ की २१ वर्षीया एक युवतीबीच अध्ययनकै क्रममा प्रेम सम्बन्ध भएको थियो। सम्बन्धमा धोका पाएपछि ती युवतीले आत्महत्या गरेको प्रहरीले बताएको छ। ललितपुर सातदोबाटोबाट पक्राउ गरी प्रधानलाई झापा पठाइएको डिएसपी पूर्णिमा चन्दले जानकारी दिइन। झापामा सहित ललितपुरमा पनि उनीविरूद्ध उजुरी परेको थियो। एक युवतीलाई उनले १ वर्षअघि माया गरी धोका दिएका थिए। ती युवती पनि बेपत्ता भई अहिलेसम्म सम्पर्कमा नआएको पीडित परिवारले बताएको छ। प्रहरीका अनुसार उनले युवतीलाई विवाह गर्छु भनेर मायाजालमा पार्ने, अश्लिल भिडिओ बनाउने र ब्याकमेलिङ गर्ने गरेका थिए।...
जंगलमा गोठालो जाँदा भीरबाट खसेको ढुंगाले लागेर मृत्यु
समाचार, समाज

जंगलमा गोठालो जाँदा भीरबाट खसेको ढुंगाले लागेर मृत्यु

नेपालअखबार, जाजरकोट ।  जाजरकोटको चुनिचाँदे गाउँपालिका–१० लमाराका नरबहादुर रोकायको ढुङ्गाले लागेर मृत्यु भएको छ। बाख्रा चराउन जङ्गल गएका रोकायको भिरमाथिबाट खसेको ढुङ्गा टाउकामा लाग्दा घाइते भएकामा उपचारका क्रममा आज नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए। स्थानीयवासी बेगवान बस्नेतले घाइते रोकायलाई तत्काल अस्पताल पुर्‍याए पनि ज्यान बचाउन नसकिएको बताए।...
कास्कीमा ५६ अति संवेदनशील ५४ संवेदनशील मतदानस्थल
समाचार, समाज

कास्कीमा ५६ अति संवेदनशील ५४ संवेदनशील मतदानस्थल

नेपालअखबार,कास्की । कास्की जिल्लामा आसन्न निर्वाचनमा ५६ अति संवेदनशील र ५४ संवेदनशील मतदानस्थल रहेका छन्। तीनवटा निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल १५३ मतदानस्थल मध्ये ४३ वटा सामान्य रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए। निर्वाचन क्षेत्र अन्तर्गत कास्की क्षेत्र नं १ मा अतिसंवेदनशील, संवेदशील र सामान्य गरी क्रमशः १९, २८ र १४ वटा मतदानस्थल छन् भने क्षेत्र नं २ मा अतिसंवेदनशील, संवेदशील र सामान्य गरी क्रमशः सात, आठ र १८ मतदानस्थल छन्। त्यस्तै क्षेत्र नं ३ मा अतिसंवेदनशील, संवेदशील र सामान्य गरी क्रमशः क्रमशः ३०, १८ र ११ मतदानस्थल रहेका छन्। सहायक प्रमुख जिल्ला अधिकारी लम्सालका अनुसार मतदानस्थलको भौगोलिक अवस्थिति, भौतिक पूर्वाधारको अवस्थालगायत विषयमा जानकारी लिन स्थलगत रूपमा अनुगमन भइरहेको छ। तीनवटै क्षेत्रमा गरी कूल ४९ जना उम्मेदवार चुनावी प्रतिस...
रौतहटमा नक्कली हजारका १४ थान नोटसहित दुई जना पक्राउ
अपराध, समाचार, समाज

रौतहटमा नक्कली हजारका १४ थान नोटसहित दुई जना पक्राउ

नेपालअखबार,रौतहट । रौतहटमा नक्कली नेपाली हजार दरका १४ थान नोटसहित दुईजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बिहीबार अपराह्न करिब ३ बजे वृन्दावन नगरपालिका–१ विश्रामपुर बजारस्थित विशाल किराना पसलमा पेट्रोल किन्न पुगेका दुई जनाले नक्कली नोट प्रयोग गर्न खोजेपछि घटना सार्वजनिक भएको हो। पक्राउ पर्नेमा वृन्दावन–२ विश्रामपुरका ३२ वर्षीय दिनेश पटेल र सर्लाही बरहथवा नगरपालिका–१ का ३० वर्षीय विवेक प्रसाद यादव रहेका छन्। उनीहरू बीआर ३० एआर ७७५५ नम्बरको मोटरसाइकलमा आएका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बिष्णु प्रदीप बस्यालका अनुसार पसल सञ्चालकले दिएको नोट शंकास्पद देखिएपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि खटिएको प्रहरी टोलीले जाँच गर्दा दिनेश पटेलको गोजीबाट हजार दरका १२ थान र विवेक प्रसाद यादवले मोबाइल कभरभित्र लुकाएर राखेको हजार दरका २ थान गरी जम्मा १४ थान...
निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार
समाचार, समाज

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार

नेपालअखबार,काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनको उजुरी परेका सञ्चारमाध्यम र पत्रकारबारे अध्ययन, अनुसन्धान गरी कानुनी कारबाही गर्न निर्वाचन आयोगले प्रेस काउन्सिलमा पत्रचार गरेको छ । काठमाडौँको तारकेश्वर नगरपालिका–१० स्थित शिवपुरी मिडिया नेटवर्क प्रालिबाट सञ्चालित सगरमाथा पोष्ट डटकमका अध्यक्ष/सम्पादक रबिनप्रसाद थपलिया र प्रबन्ध सम्पादक चित्रकुमार (सिके) चौलागाईंले आफ्ना व्यक्तिगत सामाजिक सञ्जालबाट उम्मेदवारका प्रचारप्रसारका सामग्री निरन्तर पोष्ट गरेको भनी आयोगमा उजुरी परेपछि प्रेस काउन्सिल नेपाललाई कानुनी कारबाहीका लेखी पठाएको हो । उजुरीअनुसार यसमा प्रचलित कानुनबमोजिम आवश्यक अनुसन्धान तथा कारबाही गर्न काउन्सिलमा पठाइएको आयोगले जनाएको छ । आफ्ना व्यक्तिगत सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता, २०८२ को दफा ७ को खण्ड ९क० र ९झ० को प्रतिकूल हुने गरी उम्मेदवारका प्रचारप्रसार सामग...
हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइँदै
समाचार, समाज

हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइँदै

नेपालअखबार,काठमाडौँ । आज हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तर्राष्ट्रिय दिवस हो । हिंसात्मक उग्रवादसँगवविरुद्ध चेतना विस्तार र अन्तरराष्ट्रिय सहकार्य सुदृढी बनाउने उद्देश्यका साथ यो दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन प्रारम्भ भएको आज चौथो वर्ष हो । राष्ट्रसङ्घको प्रधानकार्यालयका साथै विश्वका अन्य मुलुकस्थित राष्ट्रसङ्घीय कार्यालय, अन्तरसरकारी संस्था, नागरिक समाज, धार्मिक क्षेत्रका अगुवा, निजी क्षेत्र, शैक्षिक संस्था र सञ्चारमाध्यमका प्रतिनिधिसहित सरोकार भएका सबैले एकत्रित भएर हिंसात्मक उग्रवादको रोकथामका निम्ति ऐक्यबद्धता प्रकट गर्नेछन् । आतङ्कवाद र हिंसात्मक उग्रवादलाई कुनै धर्म, राष्ट्रियता, सभ्यता वा जातीय समूहसँग जोड्न नहुनेमा जोड दिँदै राष्ट्रसङ्घले हिंसात्मक उग्रवाद रोक्न विश्व समुदायबीच समन्वय बढाउन आग्रह गरेको छ । साथै उ...
पहाडसँग मधेश जोड्दै प्राध्यापक र पत्रकार
समाचार, समाज

पहाडसँग मधेश जोड्दै प्राध्यापक र पत्रकार

नेपालअखबार,ओखलढुंगा । रसायशास्त्रका प्राध्यापक चण्डेश्वर यादव सामाजिक ल्यावमा समाजको चिरफार गर्न पहाडका गाउँ आइपुगे । उनी पहाडी समाजमा मधेश बुझाउन पाँच दिनदेखि पहाडका गाउँमा छन् । जागिरभर कोठाको प्रयोशालामा अनुसन्धान गरेका यादवले अहिले पहाडका समाजतिर अनुसन्धानको सुई घुमाएका छन् । उनले मधेश र पहाडी समाजको सम्बन्ध जोड्ने अभियानमा पहाड चढेको बताए । उदयपुरबाट खोटाङ हुँदै मंगलबार ओखलढुंगा आइपुगेका यादव वरिष्ठ पत्रकार रामरिझन यादव र दिवाकर यादवसँग मधेश र पहाडको सम्बन्ध केलाउँदै थिए । उनले भने, ‘हामीले मधेश र पहाडको सम्बन्ध जोड्न चाहेका छौं, त्यो सामाजिक र राजनीतिक हिसाबले संभव छ ।’ यति कुरा गर्दा वरिष्ठ पत्रकार रामरिझन यादव भने ओखलढुंगाको गणेशस्थलमा माइकिङमा सुनिए । उनले ओखलढुंगाबासीलाई सम्बोधन गर्दै भने, ‘हामी मधेशबाट दुई मुद्दा लिएर पहाड आएका हौं, पहिलो भाषा आयोगले ६ वर्ष पहिले सिफारिस गरेको...
क्यानडामा विद्यालयभित्रै छिरेर एक महिलाले चलाइन् अन्धाधुन्ध गोली, १० जनाको मृत्यु
विश्व, समाचार, समाज

क्यानडामा विद्यालयभित्रै छिरेर एक महिलाले चलाइन् अन्धाधुन्ध गोली, १० जनाको मृत्यु

नेपालअखबार, काठमाडौं ।  क्यानडाको एक विद्यालयमा गोली चल्दा १० जनाको मृत्यु भएको छ। ब्रिटिस कोलम्बिया राज्यको टम्बलर रिजस्थित एउटा माध्यमिक विद्यालयभित्र अन्धाधुन्ध गोली चल्दा १० जनाको मृत्यु भएको हो। गोली चलेको विद्यालय रहेको टम्बलर रिज उत्तरी ब्रिटिस कोलम्बियाको दुर्गम नगरपालिका हो। यो रकी पर्वत शृंखलाको फेदीमा पर्ने भएकाले अहिले हिउँ परिरहेको छ। स्थानीय समयअनुसार घटना मंगलबार अपराह्नतिरको हो। खैरो कपाल भएकी एक महिला खैरै पहिरनमा आएकी र अन्धाधुन्ध गोली चलाएकी थिइन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ६ जनाको शव विद्यालयभित्रै भेटिएको थियो। एक जनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। विद्यालय नजिकैको एक भवनमा पनि दुई जना मृत भेटिएका छन्। घरमा मृत भेटिएकाहरू पनि विद्यालयमा भएको गोली काण्डको शिकार बनेको त्यहाँको प्रहरीले जनाएको छ। गोलीकाण्डमा कम्तिम...
नारायणी नदीमा हाम फालेकी महिलाको सकुशल उद्धार
समाचार, समाज

नारायणी नदीमा हाम फालेकी महिलाको सकुशल उद्धार

नेपालअखबार,चितवन । चितवन जिल्लाको भरतपुर महानगरपालिका–२ पुलचोकस्थित नारायणी नदीमा हाम फालेकी महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । सोही जिल्लाको भरतपुर महानगरपालिका–२० बस्ने २० वर्षीय सविना परियार नारायणी पुलबाट सो नदिनमा हाम फालेकी थिइन् । सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल आईआरटी पोस्ट पुलचोकबाट सशस्त्र प्रहरी सहायक निरीक्षक गंगाराज गोलेको कमान्डमा खटिएको सुरक्षा फौजले उनलाई सकुशल उद्धार गरेको हो । उद्धार पश्चात् उनलाई उपचारको लागि भरतपुर अस्पतालतर्फ पठाइएको छ ।...
हङकङका सञ्चार उद्यमी जिम्मी लाइलाई २० वर्षको जेल सजाय
विदेश, समाचार, समाज

हङकङका सञ्चार उद्यमी जिम्मी लाइलाई २० वर्षको जेल सजाय

नेपालअखबार,हङकङ । हङकङका चर्चित सञ्चार उद्यमी तथा बेइजिङका कडा आलोचक ७८ वर्षीय जिम्मी लाइलाई सोमबार २० वर्षको जेल सजाय सुनाइएको छ। सन् २०२० मा बेइजिङले हङकङमा लागू गरेको विवादास्पद राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत लाइलाई यो कठोर सजाय दिइएको हो। हङकङमा खुम्चिँदै गएको स्वतन्त्रताको पक्षमा र चिनियाँ सरकारको विरुद्धमा आवाज उठाउँदै आएका अर्बपति लाइलाई गत डिसेम्बरमा राष्ट्रिय सुरक्षासँग सम्बन्धित दुईवटा मुद्दा र एउटा राजद्रोहको मुद्दामा दोषी ठहर गरिएको थियो। अहिले बन्द भइसकेको लोकतन्त्र पक्षधर पत्रिका एप्पल डेलीका संस्थापक लाइ लामो समयदेखि बेइजिङका लागि टाउको दुखाइको विषय बनेका थिए। उनले हङकङको अवस्थाबारे अमेरिकी उच्च अधिकारीहरूसँग पनि संवाद गर्ने गरेका थिए। बेइजिङ र हङकङ सरकारले लाइको अभियोग र जेल सजायलाई लिएर भइरहेको अन्तर्राष्ट्रिय आलोचनालाई अस्वीकार गरेका छन्। यो मुद्दा राजनीतिक पूर...