कोरला नाका स्तरोन्नति गर्न महासंघ अध्यक्ष ढकालको आग्रह
नेपालअखबार,काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुस्ताङ जिल्लामा अवस्थित नेपाल, चीन सिमानाका कोरलाको थप स्तरोन्नति र व्यवस्थित सञ्चालन गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् ।
महासंघको गण्डकी प्रदेश समिति एवम यस अन्तर्गतका जिल्ला उद्योग वाणिज्य संघका नेतृत्वहरूसँग आज सो नाकाको निरिक्षणपछि उनले सो आग्रह गरेका हुन् ।
अध्यक्ष ढकालले भने, ‘कालीगण्डकी करिडोर बनेपछि यो नाका नेपाल, चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो मार्ग समेत बन्नेछ । यसलाई त्रिदेशीय व्यापार, पर्यटन र आर्थिक गतिविधिहरू प्रवर्द्धनका लागि प्रयो गर्न सकिने छ । यसतर्फ नेपाल सरकारले ध्यान दिनु जरुरी छ ।”
अध्यक्ष ढकालले उक्त नाकाका लागि आवश्यक पर्ने पूर्वाधार नेपालतर्फ अपर्याप्त रहेकाले आवश्यक पूर्वाधार निर्माण गर्न, भन्सार कार्यालयलाई व्यवस्थित र सहज बनाउन, र जतिसक्दो चाँडै अध्यागमन सेवा सुरु गर्न पनि ...










