Wednesday, August 5

समाज

दशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा
धर्म/संस्कृति, समाचार, समाज

दशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा

नेपालअखबार, काठमाडौं । यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विजया दशमीका दिन बिहान ९ः२३ बजे देवी विसर्जनको साइत छ । टीका लगाउँदा लगाइमाग्ने पूर्व दिशा फर्किनुपर्ने जनाइएको छ । २०८२ सालको दशैं असोज ६ गतेदेखि सुरु हुन्छ । ६ गते घटस्थापना हो । बिहान ९ बजेर १३  मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज जारी गरेको सूचनामा उल्लेख छ । असोज ७ गते मंगलबार बिहान ९ः५३ बजे झण्डा फेर्ने साइत पर्छ भने असोज ११ गते शनिबार श्रीपचलीभैरव यात्रा हुनेछ ।असोज १३ गते सोमबार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७ः१७ बजे र स्थिरासन बिहान ९ः२३ बजे तोकिएको छ ।...
घटस्थापनादेखि २२ असोजसम्म नेपालभर रुट परमिट खुला
समाचार, समाज

घटस्थापनादेखि २२ असोजसम्म नेपालभर रुट परमिट खुला

नेपालअखबार,काठमाडौं । सरकारले दशैंलाई लक्षित गरी घटस्थापनादेखि २२ असोज (पूर्णिमाको पर्सिपल्ट) सम्म नेपालभर लागु हुने गरी रुट परमिट खुला गरेको छ । यातायात व्यवस्था विभागका अनुसार मंगलबार बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो । कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार प्रकारका सार्वजनिक सवारी साधनका लागि भने बन्देज कायमै रहने भएको छ । बैठकले मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङको व्यवस्थालाई निरन्तरता दिने निर्णय समेत गरेको विभागले जनाएको छ । यातायात आवागमन सहज बनाउन खाद्यान्न लगायत अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायत ठूला सवारी साधन ६ असोज घटस्थापनादेखि २० असोज पूर्णिमासम्म नारायणघाट–काठमाडौैं रुटमा चलाउन नपाउनेगरी निर्णय भएको छ ।आयात निर्यातका सवारी साधन भने भन्सार कार्यालय बन्द रहने अवधि बाहेकका दिन यो रुटमा चल्...
चितुवाले आक्रमण गर्दा बाँकेमा एकजनाको मृत्यु
समाचार, समाज

चितुवाले आक्रमण गर्दा बाँकेमा एकजनाको मृत्यु

नेपालअखबार,नेपालगञ्ज । नेपालगञ्जको राप्तीसोनारी गाउँपालिका–३ सिनावासमा चितुवाले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । आइतबारदेखि हराइरहेकी सोही वडाकी ४५ बर्षीया लक्ष्मी थारु जनमुखी सामुदायिक वनको पुरानो पानी ट्याङ्की नजिकै सोमबार मृत फेला परेको डिभिजन वन कार्यालय, बाँकेका प्रमुख शङ्कर गुप्ताले जानकारी दिए। गुप्ताका अनुसार थारुको शव आसपासमा चितुवाको पाइला देखिएपछि क्यामेरा जडान गरी हेर्दा एउटा भाले चितुवा हिँडडुल गरेको देखिएको बताए । सो घटनापछि स्थानीय आतङ्कित भएकाले भाले चितुवालाई समाउन आजै प्राविधिक टोली पठाउन लागेको उनले बताए। “हामीले त्यहाँ तीन थान क्यामेरा जडान गरेका थियौँ, त्यसबाट चितुवा हिँडेको देखिएको छ, अब प्राविधिक टोली त्यहाँ जाँदैछ”, उनले भने । मृतक थारुको शव पोष्टमार्टम पश्चात वडाको सिफारिसमा परिवारलाई रु। १० लाख क्षतिपूर्ति प्रदान गरिने डिभिजन वन प्रमुख गुप्ताले बताए।...
मन्त्री बन्ने चर्चाकाबिच सन्दुक रुइतले भने– मेरो साधना अन्धोपन निवारण हो
समाचार, समाज

मन्त्री बन्ने चर्चाकाबिच सन्दुक रुइतले भने– मेरो साधना अन्धोपन निवारण हो

नेपालअखबार,काठमाडौँ । बरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतले आफ्नो साधना नै अन्धोपन निवारण रहेको बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम सरकारमा मन्त्री बन्ने चर्चाबिच साेमबार रुइतको यस्तो भनाई आएको हो । उनले भने,'मेरो साधना नै अन्धोपन निवारण हो । मलाई हरेक राजनीतिक उथलपुथलपछि कुनै न कुनै पदमा बसेर नेतृत्व गरिदिनका लागि अनुरोध आउने गरेको छ । तर, म प्रष्ट छु मेरो कर्म भनेको नेपाली र संसारभरका बिरामीको सेवामा आफ्नो सीप, ज्ञान र समय दिनु हो ।नेपाल र नेपालीको नाम संसारभर पुऱ्याउनु हो ।' उनले सबै आफ्नो पेसा, कर्म र व्यवसायमा इमानदारी पूर्वक लागेमा देशको अवस्था परिवर्तन गर्न धेरै समय नलाग्ने उल्लेख गर्दै आफ्नो पेसा र कर्मबाट नेपाल र नेपालीको हितका लागि सदैव योगदान दिइरहने बताए । उनले सबै जुटेर देश बनाउनुपर्नेमा जोड दिए ।...
सरकारले जेनजी स्मारक पार्क बनाउने
राजनीति, समाचार, समाज

सरकारले जेनजी स्मारक पार्क बनाउने

नेपालअखबार, काठमाडौं। सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनमा मारिएकाहरूको सम्झनामा जेनजी स्मारक पार्क बनाउने भएको छ । जेनजी आन्दोलनका क्रममा मारिएका शहीदहरुको सम्झनामा उक्त पार्क बनाउने सैद्धान्तिक निर्णय भएको सरकारका गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले बताए । उनले सञ्‍चारकर्मीहरूसँग भने, ‘ जेनजी आन्दोलनमा मारिएकाहरूको सम्झनामा जेनजी स्मारक पार्क बनाउने सैद्धान्तिक निर्णय भउको छ। तर, ठाउँ अहिले यकिन भइसकेको छैन। ‘ हालसम्म जेनजी आन्दोलनको क्रममा  मृत्यु हुनेको संख्या ७२  पुगेको छ । आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको सरकारको तथ्याङ्कमा उल्लेख छ। उनका अनुसार १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् । भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध भदौ २३ गते युवाहरु आन्दोलनमा उत्रिएका ब...
एनसेलले प्रहरीमा दियो सीसीटीभी फुटेजसहित तोडफोड
अर्थ, समाचार, समाज

एनसेलले प्रहरीमा दियो सीसीटीभी फुटेजसहित तोडफोड

नेपालअखबार, काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलले जेनजी प्रदर्शन क्रममा आफ्नो कार्यालयमा भएको तोडफोड, आगजनी र डकैतीविरुद्ध प्रहरीमा उजुरी दिएको छ । लैनचौरस्थित एनसेलको मुख्य कार्यलय ‘एनसेल आइकन’ मा २४ भदौमा जेनजी प्रदर्शन र आन्दोलनका नाममा विभिन्न अपराधी समूहले मौका छोपी कार्यालयमा तोडफोड, आगजनी र डकैतीको घटना गराएको र कम्पनीको सम्पत्तिमा ठूलो क्षति पुगेको भन्दै एनसेलले सोमबार जिल्ला प्रहरी कार्यालय काठमाडौंमा उजुरी दर्ता गराएको हो । उजुरीमा यी घटनासँग संलग्न अपराधीलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरी कानुनको दायरामा ल्याई हदैसम्मको सजायको भागिदार बनाइ उनीहरूबाट डकैती गरी लगिएको सामान फिर्ता दिलाउन साथै आगजनीबाट क्षति भएको सम्पत्तिको क्षतिपूर्ति समेत दिलाइ भराइ पाऊँ भनी उल्लेख गरिएको छ । आन्दोलनका नाममा अपराधीले समूह बनाइ कम्पनीको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई ...
कारागारबाट भागेका ५२ कैदीबन्दी प्रहरीको नियन्त्रणमा
प्रशासन, समाचार, समाज

कारागारबाट भागेका ५२ कैदीबन्दी प्रहरीको नियन्त्रणमा

नेपालअखबार, म्याग्दी । म्याग्दीमा कारागारबाट भागेका ५२ कैदीबन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेनी नगरपालिका–२ खबरामा रहेको जिल्ला कारागारबाट यही भदौ २५ गते बिहान ताला तोडफोड गरेर ७६ कैदीबन्दी भागेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले आज बिहानसम्म ५२ कैदीबन्दीलाई नियन्त्रणमा लिएको जानकारी दिए । नियन्त्रणमा लिएका कैदीबन्दीलाई कारागार प्रशासनको जिम्मा लगाइएको उनले बताए । फरार भएका २४ कैदीबन्दीको खोजीमा प्रहरी टाली परिचालन भएको छ । काठमाडौँबाट भागेर आएका एक र कास्कीबाट आएका दुई जनालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक पौडेलका अनुसार कैदीबन्दी भगाउन सहयोग गर्ने पाँच जनालाई पनि पक्राउ गरेर कारागार ऐन २०७९ बमोजिम मुद्दा चलाइएको छ । कारागारमा भएका ८८ जनामध्ये महिला ब्लकमा रहेको छ, पुरुष ब्लकका छ जना बिरामी र हिँड्न नसक्नेबाहेक सबै ताला ...
मानव अधिकार आयोगका सदस्य ढुंगेलले राजीनामा दिए
समाचार, समाज

मानव अधिकार आयोगका सदस्य ढुंगेलले राजीनामा दिए

नेपालअखबार,काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. सूर्य प्रसाद ढुंगेलले पदबाट राजीनामा दिएका छन् । राज्यले भोग्न परेको संकटबाट मुक्त गरी लोकतन्त्र, मानव अधिकार तथा शान्ति पुनर्स्थापन ागर्न राष्ट्रले चयन गरेको नयाँ निकासको बाटोको स्वागत गर्दै आयोग बाहिरबाटै प्रभावकारी ढंगबाट सहयोग पुर्‍याउन सकियोस् भन्ने उद्देश्यले आफूले राजीनामा दिएको उनले बताएका छन् ।उनले आजकै मितिबाट लागू हुनेगरी मानव अधिकार आयोगका अध्यक्षमार्फत राजीनामा गरेको बताएका छन् ।...
लण्डनमा शनिबार एक लाखभन्दा बढी मानिसहरू सडकमा
विदेश, समाचार, समाज

लण्डनमा शनिबार एक लाखभन्दा बढी मानिसहरू सडकमा

नेपालअखबार,काठमाडौं ।  लण्डनमा शनिबार एक लाखभन्दा बढी मानिसहरू सडकमा निस्किए। कसैको हातमा संयुक्त अधिराज्यको झन्डा, कसैले इंग्ल्याण्डको रातो–सेतो झन्डा, कसैले अमेरिकी र इसराइली झन्डासमेत बोकेका थिए। कतिपयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको 'मेक अमेरिका ग्रेट अगेन (मागा)' समर्थक टोपी लगाएका थिए। उनीहरूले 'आप्रवासीलाई घर फर्काउ', 'अभिव्यक्ति स्वतन्त्र सुनिश्चित गर' जस्ता नारा लगाएका थिए। आप्रवासी विरोधी प्रदर्शनमा १ लाख ५ हजार भन्दा बढी मानिसहरू सहभागी थिए भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। उक्त प्रदर्शनमा सहभागी हुन विभिन्न सहरबाट मानिसहरू लन्डन पुगेका थिए। आप्रवासी विरोधी अभियानी टमी रबिन्सनले प्रदर्शनको आह्वान गरेका थिए। यसलाई लन्डनमा भएका ठूला ठूला प्रदर्शहरूमध्येको एउटा प्रदर्शन भनिएको छ। साउथवार्कबाट प्रदर्शनकारीहरूले ह्वाइट हलसम्म मार्चपा...
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
समाचार, समाज

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

नेपालअखबार,बागलुङ । अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको करिडोरको बागलुङ खण्डस्थित बागलुङ नगरपालिका–१३ कालाखोला बगर र जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी केशव थापाले जानकारी दिए । पहिरोका कारण उक्त खण्डमा यातायात सेवा ठप्प भएको छ । कालाखोला छेत्रमा यसअघि पनि पहिरो खसेको थियो । पहिरोका कारण खुलाउन समस्या भइरहेको छ । कालीगण्डकी करिडोर आयोजना, निर्माण व्यवसायी र बागलुङ नगरपालिकाले वर्षा रोकिएपछि सडक खुलाउन प्रयास गर्ने प्रहरीको भनाइ छ ।...