Thursday, August 6

समाज

जेनजी समूहको आन्दोलका शहिद ओबजा बुढाका परिवारलाई  डा. अन्सारीद्धाराआर्थिक सहयोग
समाचार, समाज

जेनजी समूहको आन्दोलका शहिद ओबजा बुढाका परिवारलाई डा. अन्सारीद्धाराआर्थिक सहयोग

नेपालअखबार,काठमाडौं । जेनजी समूहको आन्दोलका शहिद ओबजा बुढाका परिवारलाई डा. अन्सारीद्धाराआर्थिक सहयोग गरिएको छ । जेनजी समूहको आन्दोलका क्रममा प्रहरीको गोली लागि बाजुरा, स्वामिकार्तिक खापर गाउँपालिका वडा नं.३ निवासी उमेर २३ वर्षीय ओबजा बुढा शहिद भएका थिए । आज शहिद ओबजा बुढाको पशुपति आर्यघाटमा युवा नेता डाक्टर अबुल हुसेन अन्सारीले पार्थिव शरीरमा नेपाली राष्ट्र झन्डा उडाएर भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे पछि अन्त्यष्ठिमा गरिएको छ । युवा नेता डाक्टर अन्सारी समाज सेवी साथै महाधिवेशन प्रतिनिधि, नेविसंघका पुर्व केन्द्रिय सदस्य हुन । युवा नेता डा.अबुल हुसैन अन्सारीले जेनजी आन्दोलनमा शहिद भएका अन्जन बुढाको आमा र दाईसँग आज पशुपति आर्यघाट भेटघाट गरि दाहासंस्कार गर्नको लागि रू १५,००० आर्थिक सहयोग गर्नु भएको छ । डा. अन्सारीले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण हार्द...
गुरुङले उत्तेजित हुँदै पत्रकारमाथि नै धम्कीपूर्ण भाषा प्रयोग गरेपछि पत्रकार सम्मेलनमा भाँडभैलो
समाचार, समाज

गुरुङले उत्तेजित हुँदै पत्रकारमाथि नै धम्कीपूर्ण भाषा प्रयोग गरेपछि पत्रकार सम्मेलनमा भाँडभैलो

नेपालअखबार,काठमाडौं । आफूलाई जेनजी समूहको अगुवा बताउँदै आएका ‘हामी नेपाल’ नामक संस्थाका सञ्चालक सुदन गुरुङले आयोजना गरेको पत्रकार सम्मेलन भाँडभैलो भएको छ । आइतबार रिपोर्टर्सक क्लबमा आयोजित पत्रकार सम्मेलनमा गुरुङमाथि पत्रकारहरूले प्रश्न गरेका थिए । सो क्रममा गुरुङले उत्तेजित हुँदै पत्रकारमाथि नै धम्कीपूर्ण भाषा प्रयोग गरेपछि पत्रकार सम्मेलनमा भाँडभैलो भएको हो ।गुरुङले राष्ट्रपति कार्यालयमा भएको वार्ताबारे वृतान्त सुनाउने क्रममा पत्रकारहरूले केही जिज्ञास राखेका थिए ।...
८ जना  ७३० राउण्ड ‍गोलीसहित पक्राउ
प्रशासन, समाचार, समाज

८ जना ७३० राउण्ड ‍गोलीसहित पक्राउ

नेपालअखबार,काठमाडौं । बनेपा नगरपालिका-९ बाट ७३० राउण्ड गोलीसहित ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बनेपा नगरपालिका-९ बस्ने २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ वर्षीय किशोर, १५ वर्षीय बालक, बारा घर भएका २० वर्षीय महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका-६ घर भएका २४ वर्षीय सुशान्त लो, तेमाल गाउँपालिका-२ घर भएका २१ वर्षीय तिमोथी तामाङ र पनौती नगरपालिका-१० बस्ने ३४ वर्षीय अछुत खड्का रहेका छन् ।जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गोली सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।...
जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो
समाचार, समाज

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

नेपालअखबार,काठमाडौं । जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ । प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले सो जानकारी दिएका हुन् । आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको मुख्य सचिव अर्यालले बताए । उनका अनुसार १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् । भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध भदौ २३ गते युवाहरु आन्दोलनमा उत्रिएका बेला प्रहरीसँग झडप भएको थियो । त्यसक्रममा विभिन्न ठाउँमा आगजनी हुँदा पनि विभिन्न व्यक्तिहरुको मृत्यु भएको छ ।मृतक सबैको सनाखत हुन सकेको छैन । जलेका ठाउँहरु सफा गर्ने क्रममा शव भेटिने क्रम जारी छ । आज बिहान मात्रै चाबहिल चुच्चेपाटीको भाटभटेनीमा ६ जनाको शव भेटिएको छ ।...
गिद्धको सङ्ख्या बढ्दै, संरक्षणकर्मी उत्साहित
समाचार, समाज

गिद्धको सङ्ख्या बढ्दै, संरक्षणकर्मी उत्साहित

नेपालअखबार,कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा गिद्धको सङ्ख्या विगतको तुलनामा क्रमशः बढ्दै गएको पाइएको छ । गिद्धको सङ्ख्या बढ्नुमा वातावरणीय सन्तुलन, स्वच्छता र खाद्य शृङ्खला कायम राख्नका लागि उत्साहजनक सङ्केतका रूपमा लिइएको छ । नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन) ले हरेक वर्ष सञ्चालन गर्ने गिद्ध गुँड अनुगमनअनुसार यस वर्ष सक्रिय गुँडको सङ्ख्या एक सय ५५ पुगेको छ, जुन गत वर्षको तुलनामा वृद्धि हो । बिसिएनका अनुसार गत वर्ष एक सय ४३ वटा सक्रिय गुँड भेटिएका थिए भने यस वर्ष बढेर एक सय ५५ पुगेका छन् । कञ्चनपुरमा सबैभन्दा बढी एक सय २६ गुँड फेला परेका छन् । त्यस्तै बैतडीमा १२, डडेलधुरामा १० र कैलालीमा सात गुँड भेटिएका छन् । यस वर्ष कञ्चनपुर र डडेल्धुरामा गुँड सङ्ख्या बढेको भए पनि कैलाली र बैतडीमा भने केही घटेको देखिन्छ । सुदूरपश्चिम प्रदेशमा नौ प्रजातिका गिद्ध पाइन्छन् । तीमध्ये अति सङ्कटापन्नमा पर्...
मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
कृषि, समाचार, समाज

मरिचका बिरुवा बेचेर मनग्य आम्दानी

नेपालअखबार,गण्डकी । पोखरा महानगरपालिका–२८ स्याङखुदी टारीका किसान सूर्यमोहन बाँस्तोलाले यस वर्ष मरिचका बिरुवा बिक्रीबाट रु दुई लाख ७५ हजार आम्दानी गरेका छन् । अमृतकुञ्ज पर्माकल्चर अग्र्यानिक फार्ममा उत्पादित एक हजार एक सय बिरुवा बिक्री गरेर उनले उक्त आम्दानी गरेका हुन् । फार्ममा उत्पादन भएका बिरुवा पोखरा महानगरपालिका, पोखरा–१९ पुरन्चोरस्थित ठुलढुङ्गा सामुदायिक वन उपभोक्ता समूह, माछापुच्छ्रे गाउँपालिकाका किसान तथा अन्य व्यक्तिले खरिद गरेका बाँस्तोलाले जानकारी दिए । रोग कीराको प्रकोप नहुने, बाँदर र असिनापानीले पनि खासै असर नगर्ने मरिचखेतीबाट मनग्य आम्दानी हुनुका साथै वन तथा वातावरण संरक्षणमा पनि महत्त्वपूर्ण सहयोग पुग्ने उनको भनाइ छ । महानगरले खरिद गरेका बिरुवा यसै वडाका किसानलाई वितरण गरिएको छ । साढे तीन दशकअघि भण्डार ढिक्काका आत्रय गुरुसँग दुई बिरुवा खरिद गरेर ल्याएर मरिचखेती गरेको उनले ...
पश्चिम बागलुङका किसानलाई आलु भित्र्याउने चटाराे
कृषि, समाचार, समाज

पश्चिम बागलुङका किसानलाई आलु भित्र्याउने चटाराे

नेपालअखबार, बागलुङ । बागलुङको पश्चिम क्षेत्रका किसान यतिबेला आलु भित्र्याउने चटारोमा छन् । जिल्लाको निसीखोला, तामाखोला गाउँपालिका सहित ढोरपाटन र गलकोट नगरपालिकाको केही स्थानका किसानलाई आलु भित्र्याउन भ्याइनभ्याइ छ । अहिले बर्खे आलु भित्र्याउने याम रहेको हुँदा अधिकांश किसान बारीमा भेटिन्छन् । एउटै किसानले धेरै क्षेत्रमा आलुखेती गर्दै आएका छन् । आलु उत्पादनका हिसाबले प्रसिद्ध मानिने ढोरपाटन उपत्यका, निसीखोलाको भल्कोट, सीप, लुप्राबाङ, निसेलढोर, गलकोटको पाण्डवखानी, रमुवालगायत स्थानका किसान बारीमै भेटिने गरेका छन् । हरेक वर्ष बागलुङमा रु एक अर्ब बढीको आलु उत्पादन हुँदै आएको छ । यहाँका किसानले चैतमा आलु लगाउने र असोज पहिलो सातासम्म भित्र्याउने गर्छन् । यतिबेला ढोरपाटनका अधिकांश किसान आलु भित्र्याउनमा व्यस्त गरेको स्थानीय झकेन्द्र सुनारले बताए । एक साता अगाडिसम्म भारी वर्षा भइरहेको हुँदा बा...
गाजा शहरमा इजरायलको आक्रमण तीव्र, साढे दुई लाख मानिस विस्थापित
राजनीति, विश्व, समाचार, समाज

गाजा शहरमा इजरायलको आक्रमण तीव्र, साढे दुई लाख मानिस विस्थापित

नेपालअखबार,काठमाडौं । इजरायलले गाजा शहरमा आक्रमण तीव्र पारेको छ । एकपछि अर्को हमलाका कारण ठूला बिल्डिङ, अपार्टमेन्ट भग्नावशेषमा परिणत भएको छ । यो ताजा आक्रमणले आम नागरिक विस्थापित हुने क्रम झन् बढेको छ । यसअघि इजरायलले गाजा शहर क्षेत्रमा बसोबास गरिरहेकाहरुलाई शहर तत्काल छाड्न चेतावनी दिएको थियो । किनकी उसले आक्रमण गर्ने तयारीबारे पहिल्यै जानकारी दिएको थियो । यो चेतावनीपछि साढे दुई लाख मानिसहरुले गाजा शहर छाडेर दक्षिणतर्फ गएको इजरायल डिफेन्स फोर्स अर्थात् आईडीएफले शनिबार जानकारी दिएको थियो । त्यसपछि आफूले आक्रमण थालेको आईडीएफले दाबी गरेको छ । इजरायल डिफेन्स फोर्सले के पनि दाबी गरेको छ भने आतंकवादीहरुले प्रयोग गर्दै आएको एक अग्लो भवन पनि ध्वस्त पारेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा शहर हमासको अन्तिम अखाडा भएकाले आक्रमण गरेको बताएका छन् । इजरायलले गरेको यो आक्रमणको...
कास्की प्रहरी कार्यालय जलाउँदा घाइते भएका लामाको मृत्यु
प्रशासन, समाचार, समाज

कास्की प्रहरी कार्यालय जलाउँदा घाइते भएका लामाको मृत्यु

नेपालअखबार,पोखरा। जेनजी आन्दोलनमा क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीको भवन जलाउँदै गर्दा घाइते भएका एक जनाको मृत्यु भएको छ । प्रहरी कार्यालय तोडफोड तथा आगजनीका क्रममा जलेर घाइते भएका तनहुँको भररपुर–१० का ४३ वर्षीय विजय लामाको मृत्यु भएको हो । उनी पोखरा–१६ बस्ने गरेको र कतिपयलाई शुक्लागण्डकी–११ पनि ठेगाना बताउने गरेका थिए । प्रहरी कार्यालयमा आगोको मुस्लो परेका उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सूचना अधिकारी सुशीलकुमार अर्यालका अनुसार लामाको बिहान १२ बजे उपचारको क्रममा मृत्यु भएको हो । उनी ७० प्रतिशत जलेको अवस्थामा अस्पताल ल्याइपुर्‍याइएको अस्पतालका निर्देशक प्राडा प्रेमराज पंगेनीले जानकारी दिए । कास्कीका अधिकांश सरकारी कार्यालयहरु तेडफोड र आगजनी गरिसकेपछि आन्दोलनकर...
कैदीबन्दीहरूलाई कारागार फर्कन र हतियार फिर्ता गर्न आयोगको अपिल
समाचार, समाज

कैदीबन्दीहरूलाई कारागार फर्कन र हतियार फिर्ता गर्न आयोगको अपिल

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले हालै भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दीहरूलाई तत्काल सम्बन्धित कारागारमा फर्कन आग्रह गरेको छ। आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै कारागारबाट भागेका कैदीबन्दीहरूका कारण समाजमा त्रास र असुरक्षा बढेको भन्दै यस विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको हो। आयोगका अनुसार, भागेका कैदीबन्दीहरूले अपराध पीडितको हकमाथि असर पारेको र विशेषगरी महिला, बालबालिका तथा अपराध पीडित परिवारमा मनोवैज्ञानिक त्रास सिर्जना भएको पाइएको छ। विज्ञप्तिमा सुरक्षा निकायलाई कैदीबन्दीहरूको खोजी कार्यलाई तीव्रता दिन र उनीहरूलाई पनि कानुनी शासनको सम्मान गर्न आह्वान गरिएको छ। यसैगरी, आयोगले आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले नियन्त्रणमा लिएका नेपाल प्रहरीका हतियार र पोशाक फिर्ता गर्नसमेत आग्रह गरेको छ। यी हतियारको दुरुपयोग भएर हिंसात्मक गतिविधि हुन सक्ने...