Thursday, August 6

समाज

अफगानिस्तानमा शक्तिशाली भूकम्प, कम्तीमा २० जनाको मृत्यु
विदेश, समाचार, समाज

अफगानिस्तानमा शक्तिशाली भूकम्प, कम्तीमा २० जनाको मृत्यु

नेपालअखबार, काबुल । अफगानिस्तानको पूर्वी क्षेत्रमा आइतबार राति ६.० म्याग्निच्यूडको भूकम्प गएको छ ।  भूकम्पको केन्द्रबिन्दु नाङ्गरहार प्रान्तको राजधानी र अफगानिस्तानको पाँचौँ ठूलो सहर जलालाबादबाट २७ किलोमिटर टाढा थियो।८ किलोमिटर गहिराइमा गएको भूकम्पमा कम्तीमा २० जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइतेको अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले बीबीसीलाई बताएका छन् । तालिबान सरकारका स्रोतहरूका अनुसार दर्जनौँ घरहरू भत्किएको र मृतक संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ । दूरदराजका हिमाली क्षेत्रमा पुगेका पहिरो र बाढीका कारण धेरै ठाउँमा भौतिक पहुँच अवरुद्ध भएकाले तालिबान सरकारले मानवतावादी संस्थाहरुलाई उद्धारमा सहयोग गर्न आग्रह गरेको छ । केही क्षेत्रहरूमा केवल हवाई मार्गबाट मात्र पुग्न सकिने बताइएको छ । भूकम्पको धक्का राजधानी काबुलदेखि करिब ३०० किलोमिटर टाढा रहेको पाकिस्तानको राजधानी इस्लामाबाद...
गौरा पर्वको उत्सव टुँडिखेलमा
समाचार, समाज

गौरा पर्वको उत्सव टुँडिखेलमा

नेपालअखबार,काठमाडौं। उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाएका छन् । काठमाडौंको टुँडिखेलमा आज विशेष समारोहको आयोजना गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाएका हुन् । उक्त पर्वमा टुँडिखेलमै देउडा गीत गाउँदै र नाच्‍दै रमाइलो गरेका छन् । साथै महिलाहरूले सुदूरपश्‍चिमको सांस्कृति रुपमा परम्परागत पोशाक लगाएर देउडा नाचेका छन् । यो पर्व चन्द्रमास अनुसार भाद्र महिनामा मनाइने भए पनि यस वर्ष भाद्र शुक्ल अष्टमी अघि नै अगस्त्य ऋषिको उदय हुने भएकाले श्रावण शुक्ल अष्टमीमै मनाउने गरिएको हो । चन्द्रमासअनुसार भाद्र महिनाअगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने श्रावण शुक्ल अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्रा. तोयराज नेपाल बताउँछन् । शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली ...
पहिराले कर्णाली राजमार्ग र देहिमाडौँ–गिरेगडा सडक अवरुद्ध
समाचार, समाज

पहिराले कर्णाली राजमार्ग र देहिमाडौँ–गिरेगडा सडक अवरुद्ध

नेपालअखबार,जुम्ला । कर्णाली राजमार्ग सडकअन्तर्गत कालीकोटको गगनेखोलामा गएरातिको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।  जुम्ला सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीले अविरल वर्षाको कारण यस डिभिजनको कार्यक्षेत्र कालीकोटको गगनेखोलामा पहिराले सडक अवरुद्ध भएको जानकारी दिए । वर्षायाममा यात्रा गर्दा सावधानी अपनाएर मात्र हिँड्न तथा रात्रिको समयमा यात्रा नगर्ने सबैलाई सार्वजनिक सूचनामार्फत जानकारी दिएको उनले बताए । त्यसैगरी, वर्षासँगै खसेको पहिरोका कारण बैतडीको देहिमाडौँ– गिरेगडा सडक अवरुद्ध भएको छ । उक्त सडकखण्डको दशरथचन्द नगरपालिका–२ सुन्दरखाली नजिक सडकमा पहिरोसँगै ढुङ्गा खसेर सडक अवरुद्ध भएको हो । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको  भए पनि ढुङ्गाका कारण समस्या भएको बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए ।  पहिरो पन्छाउन सडक डिभिजन कार्यालयको उपकरणले प्रयास गर...
लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन
समाचार, समाज

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन

नेपालअखबार,दाङ। लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन भएको छ। रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१० तकसेराकी सरिताको उपचारका क्रममा काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्ज, मनमोहन सेन्टरमा शनिबार बेलुकी ६ बजेतिर निधन भएको हो। उनी ३२ वर्षकी थिइन्। नेकपा एमाले रूकुम पूर्वका इन्चार्ज खेममान खड्काले सरिताको शव गृहजिल्ला लैजाने कि काठमाडौंमै अन्त्येष्टि गर्ने भन्नेबारे आफन्तबीच सल्लाह भइरहेको बताए। उनका अनुसार झन्डै २५ वर्ष पहिले सरिताको मुटुको भल्भ फेरिएको थियो। सानैदेखि मुटु रोग भएको र पछिल्लो समय स्वास्थ्यमा समस्या देखिएपछि उनी उपचाररत थिइन्। एक महिनाअघि उनी गर्भवती अवस्थामा अस्पताल पुगेकी थिइन्। चिकित्सकले फेरि भल्भ फेर्नुपर्ने भनेपछि प्रसूति मितिभन्दा करिब एक महिनाअघि नै शल्यक्रिया गरी उनको बच्चा निकालिएको थियो। उनले पहिलो सन्तानलाई जन्म दिएकी थिइन्। प्रसूति श...
भाद्र शुक्ल अष्टमीः उज्याली गौरा एवं दुर्वाष्टमी पर्व
धर्म/संस्कृति, समाचार, समाज

भाद्र शुक्ल अष्टमीः उज्याली गौरा एवं दुर्वाष्टमी पर्व

नेपालअखबार,काठमाडौँ । उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र कर्णाली प्रदेशवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन्। यो पर्व चान्द्रमासअनुसार भाद्र महिनामा मनाइन्छ। चान्द्रमासअनुसार भाद्र महिनाअगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने श्रावण शुक्ल अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् नेपाल पञ्चांग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए। शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ। यसैले यस वर्षको गौरालाई उज्याली भनिन्छ। पहिलोपटक व्रत बस्नेले भने शुक्ल पक्ष अर्थात् उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधान छ। जसअनुसार यस वर्ष नयाँ बर्तालुले व्रत गर्न सक्छन्। कन्या राशिमा सूर्य गएपछि अर्थात असोज लागेपछि पनि गौरा मनाउनु हुँदैन। सिंह राशिमा सूर्य भएका बेला अर्थात् भदौमा गौ...
दुध उत्पादक किसानले आज डीडीसी कार्यालयमा धर्ना दिने
समाचार, समाज

दुध उत्पादक किसानले आज डीडीसी कार्यालयमा धर्ना दिने

नेपालअखबार,काठमाडौँ । दुध उत्पादक किसानहरूले भुक्तानी नपाएको भन्दै आज काठमाडौँको लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी)को कार्यालयमा धर्ना दिने भएका छन् । अखिल नेपाल किसान महासंघका प्रचार तथा प्रकाशन विभाग प्रमुख डा भेषराज अधिकारीका अनुसार आज मध्याह्न १२ बजे दुग्ध विकास संस्थानको कार्यालयमा धर्ना दिने तयारी छ । दुधको मूल्य भुक्तानीका बारेमा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सम्बोधन नभएपछि किसानहरू आन्दोलनमा उत्रिने भएका हुन् ।  धर्ना कार्यक्रम करिब एक घण्टा चल्ने बताइएको छ ।...
सत्र बुँदे घोषणापत्र जारी गर्दै ‘नेपाल–भारत क्रस बोर्डर मिडिया कन्क्लेभ’ सम्पन्न
समाचार, समाज

सत्र बुँदे घोषणापत्र जारी गर्दै ‘नेपाल–भारत क्रस बोर्डर मिडिया कन्क्लेभ’ सम्पन्न

नेपालअखबार,पर्सा । मिडिया फर बोर्डर हार्माेनी, नेपालले आज आयोजना गरेको ‘नेपाल–भारत क्रस बोर्डर मिडिया कन्क्लेभ २०२५’ ले १७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । कन्क्लेभको घोषणापत्र जारी गर्दै पत्रकार क्रान्ति शाहले कन्क्लेभले दुवै मुलुकबीचको साझा मुद्दा खोजी गरेर सार्वजनिक गर्ने र ती मुद्दा दुवै मुलुकका सरकार र सम्बन्धित निकायबाट सम्बोधनका लागि पहल गर्ने निष्कर्ष रहेको बताए ।यस्तै, गलत सूचना र दुष्प्रचारको समस्याबाट मिडियालाई जोगाएर तथ्यपूर्ण ‘रिपोर्टिङ’का लागि सक्रिय हुने, दुवै देशका नागरिकका वास्तविक समस्यालाई उजागर गर्ने, समाजमा द्वन्द्व वा वैमनश्यता उत्पन्न हुनसक्ने विषयमा संवेदनशील बन्नेलगायत विषय घोषणापत्रमा समेटिएका छन् । कार्यक्रममा मधेस प्रदेश आमसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष श्यामसुन्दर यादवले यस्ता खालका रचनात्मक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनका लागि अनुरो...
सीप हस्तान्तरणद्वारा सशक्तीकरण (नेष्ट)मा न्यौपाने
समाचार, समाज

सीप हस्तान्तरणद्वारा सशक्तीकरण (नेष्ट)मा न्यौपाने

नेपालअखबार,पोखरा । सीप हस्तान्तरणद्वारा सशक्तीकरण (नेस्ट) पोखरा को २३ औं वार्षिक साधारण सभा तथा १० औँ अधिवेशन शनिबार सम्पन्न भएको छ । नेष्टको अधिवेशनले सूर्यप्रसाद न्यौपानेलाई अध्यक्षमा चुनेको छ । नेष्टको उपाध्यक्षमा कमला देवी श्रेष्ठ, सचिवमा कुमबहादुर गुरुङ, कोषाध्यक्षमा सन्देश सुवेदी, सहसचिवमा प्रभा आचार्य चयन भएको निर्वाचन समितिका संयोजक अधिवक्ता भुवन पराजुलीले जानकारी दिइन् । नेष्टको सदस्यहरुमा डा. पदम श्रेष्ठ, महेन्द्रप्रसाद लामिछाने, कृष्णबहादुर भण्डारी र हिराकुमारी गुरुङ निर्वाचित भएका छन् । स्वयंसेवा तथा संस्थाको पहिचानलाई अब्बल बनाउने अभियानमा रहेको नेष्टको १० औं अधिवेशनबाट लेखा समिति संयोजकमा मोना भण्डारी, सदस्यमा केदार धमला र गिरिधारी पोख्रेल सर्वसम्मत निर्वाचित भएको निर्वाचिन समितिका सदस्य हरिप्रसाद लुईटेलले जानकारी दिए । निर्वाचन समिति संयोजकमा अधिवक्ता भुवन पराजुली र सदस्य...
साना हिमतालका ठूला त्रास, जोखिम घटाउन लगानी अभाव
समाचार, समाज

साना हिमतालका ठूला त्रास, जोखिम घटाउन लगानी अभाव

नेपालअखबार,काठमाडौँ ।  गत असार २४ बिहान ३  बजेतिर गोसाइँकुण्ड गाउँपालिका–२ का वडासदस्य सोनामछिरिङ घलेले एक्कासि जमिन कम्पन भएको महसुस गरे। त्यो दिन विसं २०७२ वैशाख १२ गतेको भूकम्प बिर्साउने गरी त्यस क्षेत्रको जमिनमा कम्पन पैदा भएको थियो। उनले फेरि भूकम्प गयो भन्ने सोँचे। यी कुरा मनमा खेलाउन नपाउँदै खोला गडगडाएको सुनियो। 'बेस्सरी जमिन हल्लाइरहेको थियो, मैले त भुइँचालो गयो कि भन्ठाने। एक छिनपछि त खोला गडगडाएको सुनियो,' उनले त्यस दिनको अवस्था सुनाउँदै भने, 'पानी परेको छैन, कसरी बाढी आयो होला, माथि तिब्बततिर पानी परेछ कि क्या हो भनेर अनुमान लगाए। मानिसहरू भागदौड गर्न थाले, म पनि घरबाट निस्किएँ।' त्यसको भोलिपल्ट उनलाई थाहा भयो, नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा अचानक बाढी आएको रहेछ। बाढीले बाटो भत्काएछ। मितेरी पुल नै बगाएछ। बाढीका कारण चीन–नेपालका गरी अहिलेसम्म १९ जना बेपत्ता र...
गौरा पर्वको तेस्रो दिन, आज गौरादेवीलाई घरघरमा भित्र्याइँदै
समाचार, समाज

गौरा पर्वको तेस्रो दिन, आज गौरादेवीलाई घरघरमा भित्र्याइँदै

नेपालअखबार, काठमाडौँ ।  सुदूरपश्चिमेलीको मुख्य पर्व गौराअन्तर्गत आज तेस्रो दिन ब्रतालु महिलाहरूले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन्। स्थानीय भाषामा भितरीकी गौरा अर्थात् ‘ठूली गौरा’ भनिने आजको दिनलाई ब्रतालु महिलाहरूले विशेष दिनको रूपमा लिने गरेका छन्। ब्रतालु महिलाहरूले बिहानै नुवाईधुवाई गरेर साँझो समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन रही आएको स्थानीय संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताए। आज अमुक्ताभरण सप्तमी भएकाले ब्रतालु महिलाहरू एक ठाउँमा जम्मा भएर फाग गाएर गौरादेवीको पूजा गर्ने चलन रही आएको उनले बताए। ‘ठूली गौरा’ को दिन आज गौरा र महेश्वरको प्रतिमूर्ती स्थापना गरेर ब्रतालु महिलाहरूले फलफूल र बिरुडाले गौरादेवीको पूजा पनि गर्ने गर्दछन्। ब्रतालु महिलाहरूले धारण गर्ने विशेष प्रकारको धागो अर्थात् दुबधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ । साउ, अपामार्ग, ...