नवीकरण नहुँदा बागमती प्रदेशका स्वास्थ्य संस्था सुविधाबाट बञ्चित
नेपालअखबार,चितवन । बागमती प्रदेशअन्तर्गतका स्वास्थ्य संस्था नवीकरण नहुँदा स्वास्थ्य सेवा प्रभावित भएका छन् । ऐन, नियमावली र मापदण्ड निर्माणमा भएको ढिलाइले प्रदेश सरकार मातहत सञ्चालित अस्पताल तथा स्वास्थ्य संस्थाको दर्ता र नवीकरण ढप्प भएको हो ।
पुष्पाञ्जली अस्पताल भरतपुरका सञ्चालक डा.भोजराज अधिकारीले अस्पताल दर्ता नवीकरण नहुँदा उपकरण खरिदमा भन्सार छुट र मूल्य अभिबृद्धि कर (भ्याट) छुट सुविधाबाट बञ्चित हुनु परेको बताए । “एक वर्षदेखि भन्सारमा रोकिएको सिटी स्क्यान मेसिनमा छुट बिना नै ल्याउनुपर्यो”, उनले भने, “लिलाम हुने अवस्था आएपछि करिब रु ६० लाखभन्दा बढी खर्चेर उपकरण ल्याउन बाध्य भइयो ।”
भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष समेत रहेका डा.अधिकारीले अस्पताल नवीकरण नहुँदा एम्बुलेन्स, शववहानलगायतका सवारीसाधन र उपकरण खरिदमा समस्या भएको बताए । नवीकरण नहुँदा अस्पतालको स्तरोन्नति रोकिएक...










