Friday, June 19

स्वास्थ्य

बिएण्डसीमा एमबिबिएस पठनपाठनको तयारी
शिक्षा, समाचार, स्वास्थ्य

बिएण्डसीमा एमबिबिएस पठनपाठनको तयारी

नेपालअखबार,काठमाडौँ ।राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त झापाको बीएण्डसी मेडिकल कलेजले चिकित्सा शास्त्रअन्तर्गत एमबिबिएस (स्नातक तह)को पठनपाठनको तयारी पूरा गरेको छ। सर्वोच्च अदालतले २०८० चैत १३ गते बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन परमादेश जारी गरेको थियो। सोही परमादेशका आधारमा काठमाडौँ विश्वविद्यालयले सम्बन्धन प्रदान गरेको हो। चिकित्सा शिक्षा आयोगले चालु शैक्षिकसत्रका लागि बीएण्डसीलाई ५० विद्यार्थी पढाउन पाउने सिट निर्धारण गरेको थियो। हाल नियमानुसार नै विद्यार्थी भर्ना चलिरहेको कलेजका जनसम्पर्क अधिकृत प्रमेश गिरीले बताए। पहिलो वर्षमा ५० विद्यार्थीलाई अध्यापन गराउन कलेजले आवश्यक जनशक्ति, भौतिक पूर्वाधार र शैक्षिक सामग्रीको व्यवस्था गरिसकेको उनले बताए। कलेजले मेचीनगर नगरपालिका–१२ धाइजनमा विद्यार्थीलाई पठनपाठन गराउन पाँचतले ‘बेसिक साइन्स ब्लक’ तयार गरेको छ भन...
प्रधानमन्त्री ओलीका बुवा मोहनप्रसाद शर्मा अस्पताल भर्ना
समाचार, समाज, स्वास्थ्य

प्रधानमन्त्री ओलीका बुवा मोहनप्रसाद शर्मा अस्पताल भर्ना

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसाद शर्मा अस्वस्थ भएका छन् । उनको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा उपचाररत बुवाको स्वास्थ्यावस्थाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी लिएका छन् । ओलीले बुवालाई फोक्सोसम्बन्धी समस्या भएर अस्पतालमा उपचार गर्नुपरेको सामाजिक सञ्जालमा खुलाएका छन् ।उनले अहिले बुवा मोहनप्रसाद शर्माको स्वास्थ्य स्थिति सामान्य रहेको पनि जानकारी दिएका छन् ।...
गोरखाको धार्चेमा बन्यो पाँच शय्याको आधारभूत अस्पताल
समाचार, समाज, स्वास्थ्य

गोरखाको धार्चेमा बन्यो पाँच शय्याको आधारभूत अस्पताल

नेपालअखबार,गोरखा ।  उत्तरी गोरखाको धार्चे गाउँपालिकामा पाँच शय्याको धार्चे आधारभूत अस्पताल भवन निर्माण सम्पन्न भएको छ। देशभरका सबै पालिकाहरुमा आधारभूत अस्पताल निर्माण गर्ने संघीय सरकारको योजनाअनुसार उक्त अस्पताल भवन निर्माण भएको हो। धार्चे गाउँपालिकाको वडा नम्बर ३, स्थित खोर्लाबेँसी गाउँपालिका र स्विटरल्याण्डको अर्थ सी एयर नामक संस्थाको आर्थिक सहयोग तथा छाया नेपालको समन्वयमा भवन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताए। कुल दुई करोड २८ लाखको लागतमा अस्पतालको भवन निर्माण भएको हो । भवन निर्माणका लागि गाउँपालिकाको ४० प्रतिशत र अर्थ सी एयरको ६० प्रतिशत लागत साझेदारी छ । नवनिर्मित अस्पताल भवनको बुधबार एक कार्यक्रम आयोजना गरी पालिकालाई हस्तान्तरण भएको छ। अस्पताल सञ्चालनमा आएपछि धार्चे र चुमनुब्री गाउँपालिकाका सर्वसाधारणलाई आधारभूत स्वास्थ्योपचार सेवा उपलब्ध हुने गाउँप...
कर्णाली स्वास्थ्य विज्ञानको प्रथम दीक्षान्त समारोहमा ५८ जना दीक्षित हुने
शिक्षा, समाचार, स्वास्थ्य

कर्णाली स्वास्थ्य विज्ञानको प्रथम दीक्षान्त समारोहमा ५८ जना दीक्षित हुने

नेपालअखबार,जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थी दीक्षित हुने भएका छन् । दीक्षान्त कार्यक्रम यही कात्तिक २८ गते हुने भएको छ । यसअघि गत भदौ २३ गते तय गरिएको थियो । दीक्षान्त समारोह कार्यक्रम तयारी पूरा भएको प्रतिष्ठानले जनाएको  छ । दीक्षान्त समारोहमा कुलपति तथा प्रधानमन्त्री केपी शर्मा  ओलीसहित स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा अञ्जनीकुमार झा, अमेरिकास्थित हार्डवेयर मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक क्रिस्टिन मसेङ्गर पनि समारोहमा सहभागी हुने प्रतिष्ठानका शिक्षाध्यक्ष डा डबलबहादुर धामीले बताए । उनले भने, “स्नातकतर्फ बिपीएचमा ३८, एमबिबिएस १३ र स्नातकोत्तरतर्फ एमडि...
देशभर २७ हजारभन्दा बढी डेंगु सङ्क्रमित, आधा गण्डकी प्रदेशमा
समाचार, समाज, स्वास्थ्य

देशभर २७ हजारभन्दा बढी डेंगु सङ्क्रमित, आधा गण्डकी प्रदेशमा

नेपालअखबार,काठमाडौँ । देशभरका २७ हजारभन्दा बढी डेंगु सङ्क्रमितमध्ये आधा बिरामी गण्डकी प्रदेशमा देखा परेका छन् । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्याङ्क अनुसार देशभर डेंगु सङ्क्रमितको सङ्ख्या २७ हजार १५३ जनामध्ये गण्डकीमा प्रदेशका १३ हजार ६९८ जनामा डेंगु सङ्क्रमण देखा परेको हो । देशभर माघ यता डेंगु पुष्टि भएको सङ्ख्यामध्ये ५० प्रतिशत बिरामी यही प्रदेशमा छन् । यस्तै, बाग्मती प्रदेशका ८ हजार ४६१ जनालाई, कोशीका १ हजार ७०९ जनालाई, लुम्बिनीका १ हजार ४ सय, सुदूरपश्चिमका १ हजार ११८ जनालाई, मधेसमा ४६० जनालाई र कर्णालीका ३ सय ७ जनालाई डेंगु सङ्क्रमण भएको छ । यस्तै, जिल्लागत रूपमा सबैभन्दा बढी कास्कीमा ७ हजार ८० जनामा डेंगु सङ्क्रमण भएको छ । काठमाडौँमा ४ हजार ६० जनालाई, तनहुँका २ हजार १९९ जनालाई र ललितपुरमा १ हजार ६० जनालाई डेंगु सङ्क्रमण भएको छ । यस्तै, चितवनका...
जंगली च्याउको तरकारी खाँदा एकै घरका ५ जना बिरामी
समाचार, समाज, स्वास्थ्य

जंगली च्याउको तरकारी खाँदा एकै घरका ५ जना बिरामी

नेपालअखबार,नवलपुर । नवलपुरको देवचुली नगरपालिका २ दुम्कौलीका एकै घरका पाँच जना जंगली च्याउको तरकारी खाँदा बिरामी परेका छन् । च्याउ खाँदा ४८ वर्षीय बाबुलाल राजवंशी, ४६ वर्षीया रनमाया राजवंशी, २८ वर्षीया धनमाया राजवंशी, २६ वर्षका मदन राजवंशी र ९ वर्षीया रिदिमा राजवंशी बिरामी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । धनमाया राजवंशीले जंगलबाट टिपेर ल्याएको च्याउको तरकारी गएराति पकाएर खाएका उनीहरुमा बान्ता हुने, रिंगाटा लाग्ने जस्ता लक्षण देखिएको थियो । बिरामी परेका सबैलाई चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । उनीहरु सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।...
बङ्गलादेशमा डेंगुका बिरामीको संख्या ५० हजार नाघ्यो, २६४ जनाको मृत्यु
विदेश, समाचार, समाज, स्वास्थ्य

बङ्गलादेशमा डेंगुका बिरामीको संख्या ५० हजार नाघ्यो, २६४ जनाको मृत्यु

नेपालअखबार,काठमाडौँ । बङ्गलादेशी स्वास्थ्य प्राधिकरणले बङ्गलादेशमा डेंगुका कारण हालसम्म २६४ जनाको मृत्यु भएको छ । यस वर्ष देशमा डेंगु पुष्टि भएको कुल सङ्ख्या ५३ हजार १९६ पुगेको छ । लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोगले टाउको दुख्ने, उच्च ज्वरो आउने, थकान महसुस हुने, मांसपेशी र जोर्नी दुख्ने, ग्रन्थिहरू सुन्निने, बान्ता हुनेजस्ता लक्षणसहितको गम्भीर समस्या निम्त्याउँछ ।...
देशभर १९ हजार जना डेङ्गीबाट सङ्क्रमित
समाचार, समाज, स्वास्थ्य

देशभर १९ हजार जना डेङ्गीबाट सङ्क्रमित

नेपालअखबार,काठमाडौँ  । देशभर डेङ्गी सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेङ्गी सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ । डेङ्गी सङ्क्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् । डेङ्गी सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । डेङ्गी सङ्क्रमण सबैभन्दा बढी काठमाडौँमा फैलिएको छ । काठमाडौँमा डेङ्गी सङ्क्रमणबाट हालसम्म तीन हजार एक सय तीन जना प्रभावित बनेका छन् । यस्तै कास्कीमा दुई हजार आठ सय ४७ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । यस्तै तनहुँमा दुई हजार एक सय सात, पर्वतमा एक हजार पाँच सय ६२, चितवनमा नौ सय ७१, ललितपुरमा आठ सय २७, गोरखामा ५ सय ८८, बाग्लुङमा छ सय १०, भक्तपुरमा तीन सय ५५ तथा स्याङ्जामा तीन सय ३५ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको महाशाखाले जनाएको छ । शुक्रराज ट्रपिकल तथा सरु...
डेंगुका बिरामीले अस्पताल भरियो, भुइँमा राखेर उपचार
समाचार, समाज, स्वास्थ्य

डेंगुका बिरामीले अस्पताल भरियो, भुइँमा राखेर उपचार

नेपालअखबार,तनहुँ। तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेंगुका विरामी बढेका छन् । अस्पतालको भुइँमा राखेर विरामीको उपचार भइरहेको छ । विरामीको चाप बढ्दा जिल्ला अस्पतालमा शय्याको अभाव भएको छ । पन्ध्र शय्या क्षमताको यस अस्पतालमा दैनिक करिब चार सयको हाराहारीमा ज्वरोका विरामी उपचारका लागि आउने गरेका छन् । पर्याप्त शय्या अभावमा उपचारमा कठिनाई भएको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समवन्य समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए । ‘विरामीलाई भुइँमा राखेर उपचार गर्नुपरेको छ, ठाउँ अभावले बरामीलाई भर्ना गरेर राख्न सकिएको छैन । विशेष गरेर डेंगुका विरामीको चाप अनपेक्षितरूपमा बढेको छ’, उनले भने । अस्पतालको स्तरोउन्नतिका लागि गण्डकी प्रदेश सरकारसँग पटक पटक माग गरिए पनि सुनुवाई नहुँदा समस्या भोग्नुपरेको अध्यक्ष वाग्लेले बताए । शय्याको अभावले डायलायसिस ...
देशभर १४ हजार ९७५ जनामा डेंगु सङ्क्रमण
समाचार, समाज, स्वास्थ्य

देशभर १४ हजार ९७५ जनामा डेंगु सङ्क्रमण

नेपालअखबार,काठमाडौँ । देशभर १४ हजार ९७५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्याङ्क अनुसार ७७ जिल्लामध्ये जुम्लामा बाहेक सबै जिल्लाका १४ हजार ९७५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । ईडीसीडीको तथ्यांकअनुसार सबैभन्दा बढी कास्की जिल्लामा दुई हजार २२१ जनामा डेंगु सङ्क्रमण देखिएको छ । यस्तै, तनहुँमा एक हजार ७२६, काठमाडौँमा एक हजार ९८६ जना डेंगु फैलिएको छ । यस्तै, पर्वतका एक हजार २८३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको ईडीसीडीको तथ्याङ्क छ । यस्तै, चितवनमा ८२९, गोरखामा ५५२ ,ललितपुरमा ४४८, बागलुङमा ३३९, स्याङ्जामा २६४, कैलालीमा २३९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । यी दश जिल्ला सबैभन्दा बढी डेंगु सङ्क्रमण भएका जिल्ला हुन् । कुन प्रदेशमा कति डेंगु सङ्क्रमित ? देशभरका सातवटा प्रदेशमध्ये सबैभन्दा बढी गण्डकी प्रदेशमा डेंगु सङ्क्रमण ...