Monday, August 31

स्वास्थ्य

चितवनमा होम क्वारेन्टिनमा बसेका एक पुरुषको मृत्यु
प्रदेश ३, समाचार, स्वास्थ्य

चितवनमा होम क्वारेन्टिनमा बसेका एक पुरुषको मृत्यु

नेपाल अखबार,  चितवन । पूर्वी चितवनको खैरहनीमा होम क्वारेन्टिनमा बसेका एक पुरुषको मृत्यु भएको छ । खैरहनी नगरपालिका–६ स्थित एक बोरा उद्योगमा काम गर्ने ३५ वर्षका एक पुरुषको गएराति मृत्यु भएको हो । बाराबाट १३ दिन अगाडि चितवन आएका ती पुरुषले साथीहरुलाई एक्कासी छाती दुखेको र त्यसपछि ढल्दा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएका पुरुष खैरहनी–६ पुरानो पर्सामा रहेको केसी बोरा उद्योगमा काम गर्ने मजदुर रहेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख ऋषिराम घर्तीमगरले जानकारी दिए । उनीसँगै बाराबाट आएर होम क्वारेन्टाइनमा बस्दै आएका अन्य ५ जनामा हालसम्म कुनै समस्या देखिएको छैन । मृतक पुरुषको स्वाब संकलन गरी पीसीआर बिधिबाट कोरोना टेष्टको तयारी गरिएको छ । मृतक कलैया नगरपालिकाका स्थायी बासिन्दा हुन् । उनको शव के गर्ने भन्ने विषयमा स्वास्थ्यकर्मीहरुसँग छलफल भइरहेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरी...
वीरगञ्जमा पत्रकार र थुनुवासहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश २, समाचार, स्वास्थ्य

वीरगञ्जमा पत्रकार र थुनुवासहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

इरफान अलि,  वीरगञ्ज  ।  वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, थुनुवा र पत्रकार सहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा २८ जना पुरूष र ६ जना महिला रहेका छन् । संक्रमित हुनेमा १४ वर्षका बालकदेखि ५६ वर्षका पुरुष रहेका छन् । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट उपाध्यायले जानकारी दिएअनुसार सोमबार अबेर राती संक्रमण पुष्टि भएका ३४ मा वीरगन्ज ब्यारेकका २८ देखि ३४ बर्षका ३ जना नेपाली सेना, पर्सा वीरगन्जका २२ बर्षका १ जना पत्रकार, वडा प्रहरी कार्यालय बिर्ताको थुनुवा कक्षमा रहेका २० बर्षका १ जना थुनुवा र ब्योध्या अस्पताल र नेशनल मेडिकल कलेजका १÷१ जना डाक्टर रहेको मेसु उपाध्यायले जानकारी दिए । त्यसैगरी वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका २१ बर्ष ५६ बर्षका १५ जन...
गण्डकी प्रदेशमा थप ६ मा कोरोना पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थप ६ मा कोरोना पुष्टि

नेपाल अखबार, पोखरा । कास्कीका १ जनासहित गण्डकी प्रदेशमा सोमबार साँझ थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार प्रदेशअन्तर्गत कास्कीकी १ महिला, स्याङ्जाका २ पुरुष र १ महिला तथा लमजुङ र पर्वतका १-१ पुरुष गरी जम्मा ६ जनामा कोरोना भाइरस देखिएको जनाएको हो । संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ३५ पुगेको छ । गण्डकी प्रदेशमा हालसम्म संक्रमित मध्ये १ हजार ३ सय ४८ जना निको भएर घर फर्किएका छन् ।...
काठमाडौंमा ४३ सहित उपत्यकामा थपिए ५१ कोरोना संक्रमित
समाचार, स्वास्थ्य

काठमाडौंमा ४३ सहित उपत्यकामा थपिए ५१ कोरोना संक्रमित

नेपाल अखबार, काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४३ सहित ललितपुरका ३ तथा भक्तपुरका ५ जनामा कोरोना संक्रमण भेटिएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भक्तपुरका १ जना, काठमाडौंका ८ जनामा कोरोना पुष्टि भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु प्रयोगशालामा काठमाडौंका १७ जनामा, पाटन अस्पताल प्रयोगशाला ललितपुरमा काठमाडौंका ५ जना, ललितपुरका २ जना, भक्तपुरका ४ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै वीर अस्पताल प्रयोगशाला काठमाडौंका २ जना, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज प्रयोगशालामा काठमाडौंका १ जना, नेपाल प्रहरी अस्पताल प्रयोगशालामा काठमाडौंका २ जना,  स्टार अस्पताल प्रयोगशाला सानेपामा काठमाडौंका ५ जना र ललितपुरका १ जन...
भारतमा कोरोना संक्रमितको संङ्ख्या १८ लाख नाघ्यो
विश्व, स्वास्थ्य

भारतमा कोरोना संक्रमितको संङ्ख्या १८ लाख नाघ्यो

नेपाल अखबार, एजेन्सि। भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या १८ लाख नाघेको सोमबार जनाइएको छ। गत २४ घण्टामा भारतका ५२ हजार ९७२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १८ लाख ३ हजार ६९६ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ। भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ७७१ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या ३८ हजार १३५ जना पुगेको छ। सरकारी अधिकारीका भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये एघार लाख ८६ हजार २०३ व्यक्ति निको भएर फर्किएका छन्। हाल भारतमा पाँच लाख ७९ हजार ३५७ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन्। भारत कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्रको तेस्रो स्थानमा छ। भारतका गृहमन्त्री अमित शाहलाई आइतबार मात्र कोरोना संक्रमण भएको थियो। रासस/एएनआई...
नेपालमा थप ४ सय १८ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितकाे संख्या ५ हजार ७ सय ३२
समाचार, स्वास्थ्य

नेपालमा थप ४ सय १८ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितकाे संख्या ५ हजार ७ सय ३२

नेपाल अखबार, काठमाडाैं। नेपालमा पछिल्लो २४ घण्टामा फेरि ४ सय १८ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गरी कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे जानकारी दिएको हो। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उक्त संक्रमितहरु थपिएको बताए। नेपालमा सक्रिय संक्रमित ५ हजार ७ सय ३२ (२७.६ प्रतिशत) जना रहेका छन्। त्यस्तै हालसम्म १४ हजार ९ सय ६१ जना डिस्चार्ज (७२.१ प्रतिशत) भएको गौतमले जानकारी दिए। नेपालमा हालसम्म ५७ जना (०.२८ प्रतिशत)को मृत्यु भइसकेको छ। त्यस्तै हालसम्म ३ लाख ९८ हजार ९ सय ७ (१.३ प्रतिशत) जनाको आरटी पीसीआर नमूना संकलन भएको छ। त्यसमध्ये कुल २० हजार ७ सय ५० जनामा कोरोना पोजिटिभ देखिएको छ।...
भारत कर्नाटकका मुख्यमन्त्रीपछि उनकी छोरीलाई पनि कोरोना संक्रमण, दुवै एउटै अस्पतालमा
विदेश, समाचार, स्वास्थ्य

भारत कर्नाटकका मुख्यमन्त्रीपछि उनकी छोरीलाई पनि कोरोना संक्रमण, दुवै एउटै अस्पतालमा

नेपाल अखबार, एजेन्सि। भारतको कर्नाटक राज्यका मुख्यमन्त्री बीएस येदियुरप्पापछि उनकी छोरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। बेंगलरुस्थित मणिपाल अस्पताल स्रोतलाई उधृत गर्दै समाचार एजेन्सी एएनआईले लेखेको खबरअनुसार उनलाई अस्पताल भर्ना गरिएको छ। ७७ वर्षीय मुख्यमन्त्रीय यसअघि नै त्यस अस्पतालमा भर्ना भइसकेका छन्। अस्पतालका अनुसार उनको अवस्था स्थिर छ।...
पर्सामा पत्रकार आजदेखि अनिश्चितकालीन कर्फ्यु
प्रदेश २, स्वास्थ्य, हाइलाइट-समाचार

पर्सामा पत्रकार आजदेखि अनिश्चितकालीन कर्फ्यु

इरफान अलि,पर्सा  । पर्सामा फेरि थप ७३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। पर्साको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालाबाट पछिल्लोपटक आइतबार राति १ बजे आएको रिपोर्टअनुसार ६१ पुरुष र १२ महिलामा कोरोना भाइरस रहेको पुष्टि भएको हो। ‘तीमध्ये भारतीय नागरिक १ र बारा जिल्लाका २ जना छन्, अरू सबै पर्सा नै घर भएका छन्,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले सोमबार बिहान भने,’ जसमा १० वर्षदेखि ७१ वर्षसम्मका छन्।’ उनका अनुसार ४९२ को नतिजा आउँदा उल्लिखित ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। अझै ९०० नमुना परीक्षणका क्रममा रहेको उनले जानकारी दिए। थपिएका संक्रमितमा नेपाल प्रहरीका २ जना, नेपाली सेनाका १ जना, पर्साका १ पत्रकार पनि छन्। आज बिहानैदेखि अनिश्चितकालीन निषेधाज्ञा यसरी ठूलो संख्यामा दैनिक संक्रमित थपिन थालेपछि पर्सा जिल्ला प्रशासन कार्यालयले आजदेखि जिल्लाभर अनिश्चित...
विराटनगरमा १५ जना कोरोना संक्रमित थपिए
समाचार, स्वास्थ्य

विराटनगरमा १५ जना कोरोना संक्रमित थपिए

नेपाल अखबार,  विराटनगर । विराटनगरमा सात प्रहरीसहित थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरमा परीक्षण गर्दा प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत सात प्रहरी कर्मचारीसहित १५ जना संक्रमित थपिएका विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । संक्रमित प्रहरीहरु ४१, ४२, ३७, २५, ३५, २४ र ३३ वर्षका छन् । संक्रमितहरु विराटनगर महानगरपालिका वडा नं. ६ र ७ का हुन् । वडा नम्बर ७ मा ३०, ३६, २५ र ४५ वर्ष उमेरका पुरुषहरुमा संक्रमण देखिएको छ । यसैगरी वडा नम्बर ६ काका २४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कोशी अस्पताल विराटनगरमा कार्यरत दुई जना र विराट मेडिकल कलेजमा कार्यरत एकजना पुरुष कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ ।...
ट्राफिक महशाखाका थप ३ प्रहरीलाई कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

ट्राफिक महशाखाका थप ३ प्रहरीलाई कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडाैं। ट्राफिक प्रहरी महाशाखामा कार्यरत थप ३ जना प्रहरीलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । गत साउन १६ मा  एक हवल्दार र एकजना जवानमा कोरोना देखिएको थियो । उनीहरुको कन्ट्याक्ट ट्रेसिङबाट पिसिआर जाँच गर्दा थप ३ जनामा संक्रमण पुष्टि भएको महाशाखामा कार्यरत एक अधिकृतले जानकारी दिए । कोरोना संक्रमण देखिएपछि महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) भीमप्रसाद ढकाल सहित २८१ प्रहरी क्वारेन्टाइनमा छन् । संक्रमणको जोखिम कम गर्न ३ सय ट्राफिकलाई महाशाखाले घर पायक स्थानमा ड्युटीको व्यवस्था मिलाएको छ । क्वारेन्टाइनमा बसेका ट्राफिकको ठाउँमा मातहतका युनिटबाट ड्युटी परिपुर्ति गरिएको एसएसपी भीम प्रसाद ढकालले जानकारी दिए । बिदा गएर फर्केका ६१ प्रहरीलाई रामशाहपथस्थित पार्टी प्यालेसको छुट्टै क्वारेन्टाइनमा राखिएको छ ।...