Friday, June 19

स्वास्थ्य

चीनले बनायो एआई अस्पताल, रोबोटले गर्छन् विरामीको उपचार
प्रविधि, विदेश, समाचार, समाज, स्वास्थ्य

चीनले बनायो एआई अस्पताल, रोबोटले गर्छन् विरामीको उपचार

नेपालअखबार,काठमाडौं।आर्टिफिसियल इन्टेलिजेन्सले अर्थतन्त्र तथा जनजीवनका धेरै क्षेत्रहरुमा तरंग उत्पन्न गरिरहेको छ र त्यसमा स्वास्थ्यसेवाको क्षेत्र पनि अछुतो छैन । गतवर्ष स्टानफोर्डको एआई सहर भाइरल बन्यो, जहाँ २५ जना इन्टेलिजेन्स एजेन्टहरु बसोबास तथा सामाजिकीकरण गर्छन्। त्यसभन्दा एक कदम अघि बढ्दै चिनियाँ वैज्ञानिकहरुले एआई अस्पताल शहरको विकास गरेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ । उक्त एआई अस्पताल सहरमा भर्चुअल विरामीहरुलाई एआई डाक्टरले उपचार गर्दछन् । यो चिकित्सा क्षेत्रका पेशाकर्मी तथा आम सर्वसाधारणका लागि निकै महत्वपूर्ण रहेको बताइएको छ । यो एआई अस्पतालले ठ्याक्कै उस्तै वातावरण (सिमुलेसन)मा डाक्टरहरुलाई तालिम दिँदै रोगको उपचारमा आफ्नो क्षमतालाई स्वचालित रुपमा निरन्तर विकास तथा सुधार गर्ने लक्ष्य राखेको छ । सिंघुवा विश्वविद्यालयका शोधकर्ताहरुले विकास गरेको उक्त आर्टिफिसियल इन्...
बाढीपहिरोका घाइतेलाई नि:शुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
प्रशासन, समाचार, समाज, स्वास्थ्य

बाढीपहिरोका घाइतेलाई नि:शुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

नेपालअखबार,काठमाडौँ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर घाइते भएकाहरुको नि:शुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपत्काल तथा विपद् व्यवस्थापन युनिटका प्रमुख डा. प्रकाश बुढाथोकीले एक विज्ञप्ति जारी गर्दै घाइतेहरुको निशुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थालाई निर्देशन दिइएको बताए । विज्ञप्ति अनुसार सबै प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रहरूलाई आपतकालीन अवस्थामा स्वास्थ्य सम्बन्धी समस्याका बारेमा जानकारी प्रदान गर्नका लागि हटलाईन नम्बर सार्वजनिक गर्न पनि भनिएको छ । यस्तै प्रदेश, जिल्ला र स्थानीयतहका द्रूत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा रहन पनि भनिएको छ । केहि दिन देखि नेपालको अधिकांश क्षेत्रमा मौसममा बदलाव आई मेघ गर्जन/ चट्याङ्ग/ हावाहुरी सहितको वर्षाका कारणले निम्ताएको प...
हिमाली क्षेत्रमा स्वास्थ्य उपचारका लागि आम्ची कै भर
समाचार, समाज, स्वास्थ्य

हिमाली क्षेत्रमा स्वास्थ्य उपचारका लागि आम्ची कै भर

नेपालअखबार,म्याग्दी । पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षअन्तर्गत रहेको छेन्तुङ दुर्गम र विकट बस्ती हो। यहाँ करिब १५० परिवारको बसोबास छ तर उनीहरू गर्मी र बर्खायाममा मात्र यहाँ बसोबास गर्छन्। हिउँदमा चिसो बढेपछि म्याग्दी र बागलुङका विभिन्न ठाउँमा पशु लिएर झर्ने छेन्तुङबासीलाई आम्ची (हिमाली क्षेत्रमा परम्परागत उपचार गर्ने व्यक्ति) ले स्वास्थ्य सेवा दिँदै आएका छन्। छेन्तुङमा रहेको ‘पूर्वपरम्परागत चार चिकित्साशास्त्र विद्यालय’लाई स्थानीयवासी ‘अस्पताल’ भन्छन्। ३५ वर्षदेखि छेन्तुङमा बस्दै आएकी धवलागिरी गाउँपालिका-७ ताकमका ८३ वर्षीय विष्णुबहादुर थापाले आम्ची विद्यालयमै औषधि उपचार गर्दै आएको बताए। ‘यहाँ स्वास्थ्य चौकी छैन। नजिकको बुर्तीबाङ अस्पताल पुग्न पनि गाडीमा दुई घण्टा लाग्छ’, साविक ताकम गाउँ विकास समितिका पूर्वप्रधानपञ्च थापाले भने ‘गाउँमै आम्ची विद्यालय भए...
रौतहटको राजपुर नगरपालिकाको दुई वडामा फैलिएको  हैजा नियन्त्रण हुँदै
समाचार, समाज, स्वास्थ्य

रौतहटको राजपुर नगरपालिकाको दुई वडामा फैलिएको  हैजा नियन्त्रण हुँदै

नेपालअखबार,रौतहट । रौतहटको राजपुर नगरपालिकाको दुई वडामा फैलिएको  हैजा नियन्त्रण हुँदै गएको छ। स्थानीय प्रशासनबाट समयमै निषेधित क्षेत्र घोषणा र डाक्टरहरू अहोरात्र खटेर गरिरहेको उपचारले हैजाको कारण कसैले पनि ज्यान गुमाउनु परेन। हैजा अन्य समुदायमा फैलिन नदिन सिडियो हिरालाल रेग्मीले गत ६ गते एक सूचना जारी गर्दै वडा ४ लाई निषेधित क्षेत्र घोषणा गरेका थिए। वडा ४ स्थित जोबैर चौक देखी मदनी चौक, शेख अब्दुल्लाहको खलीहान देखि डाक्टर नुरुल होदाको घरसम्मको वरिपरि क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको थियो ।  अत्यावश्यक बाहेक सवारीसाधनमा रोकसँगै उक्त क्षेत्रमा माछा मासु ओसारपसार, बिक्री वितरण गर्न निषेध गरिएको थियो। सिडियो रेग्मी, नेपाल प्रहरीका एसपी दिलीप घिमिरे, सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईँ राष्ट्रिय अनुसन्धानका एसपी अभिनय कुमार सिंह सहित सुरक्षा अधिकारीको टोली हैजा प्रभावित क्षेत्र...
पोखरामा रोकिएन डेंगु सङ्क्रमण, एक महिनामा ६ गुणाले वृद्धि
समाचार, समाज, स्वास्थ्य

पोखरामा रोकिएन डेंगु सङ्क्रमण, एक महिनामा ६ गुणाले वृद्धि

नेपालअखबार,पोखरा । कास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेंगु सङ्क्रमण ६ गुणाले बढेको छ । भदौ पहिलो साता डेङ्गी सङ्क्रमितको सङ्ख्या सात सयको आसपास रहेकोमा महिनादिनमा बढेर चार हजार चार सय ३३ पुगेको हो । महानगरको स्वास्थ्य महाशाखाका अनुसार सङ्क्रमितको उक्त कुल सङ्ख्या गत पुसयताको हो । गतवर्ष पोखरा महानगरपालिकाका ती हजार तीन सय ७० जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको थियो । कात्तिक महिनासम्म सङ्क्रमणको जोखिम रहने भएकाले यो वर्ष सङ्क्रमितको सङ्ख्या अझै बढ्नसक्ने देखिएको जनस्वास्थ्य निरीक्षक रेग्मीले बताए । उनका अनुसार डेङ्गी सङ्क्रमणबाट पोखरामा तीन जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, १२ का ४० वर्षीय र १० का ८० वर्षीय पुरुषको डेंगुका कारण मृत्यु भएको उनले जानकारी दिए । पोखरा महानगरपालिका–नं ५, ८ लगायतका वडा डेंगुबाट बढी प्रभावित भएको स्वास्थ्य महाशाख...
बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव
समाचार, समाज, स्वास्थ्य

बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव

नेपालअखबार, बागलुङ । धौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ। धौलागिरि अस्पतालकी सूचना अधिकारी शान्ति शर्माका अनुसार दैनिक ५० देखि सय जनासम्म ज्वरोका बिरामी आइरहेको तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्न किट अभाव भएको छ। केही दिनदेखि किट अभावसँगै रक्त परीक्षणमा पनि समस्या भएको छ। अस्पतालले गण्डकी प्रदेश सरकारसँग किट उपलब्ध गराउन माग गरेको छ । स्वास्थ्य कार्यालयकी मलेरिया निरीक्षक कमला थापाले प्रादेशिक अस्पतालले प्रदेश सरकारबाटै माग्न सक्ने भएकोले ग्रामीण क्षेत्रका प्राथमिक स्वास्थ्य केन्द्र र नगर अस्पताललाई मात्र किट प्रदान गरिएको बताइन्। बुर्तिवाङ, बडिगाड र गलकोट क्षेत्रमा पनि डेङ्गीका बिरामी बढेका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताइन्। उनले खोज र नष्ट गर अभियान चलाएर सङ्क्रमण रोक्ने प्रयास जारी रहेको बताइन्।...
क्षयरोगले राउटे समुदायका वृषबहादुरको मृत्यु
समाचार, समाज, स्वास्थ्य

क्षयरोगले राउटे समुदायका वृषबहादुरको मृत्यु

नेपालअखबार, काठमाडौं । राउटे समुदायका २२ वर्षीय युवक वृषबहादुर शाहीको मृत्यु भएको छ। ६ महिना अघिदेखि बिरामी शाहीको बुधबार साँझ मृत्यु भएको हो। भदौ ३१ गते उनलाई उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल लगिएको थियो। अस्पतालमा जाँच गराउँदा क्षयरोग देखिएको थियो। वृषबहादुरको कलेजो, मुटुमा पनि बढी क्षति देखिएकोले अस्पतालले उपचार सम्भव नभएको भनेर डिस्चार्ज गरेको थियो। डिस्चार्जपछि बसोबास भएको स्थानमा लग्दै गर्दा उनको बाटोमा मृत्यु भएको गैरसरकारी संस्था सोसेकको राउटे परियोजनाका शिक्षक लालबहादुर खत्रीले बताए। ‘अस्पतालले नै उपचार हुन सक्दैन भनेको थियो, डिस्चार्ज गरेर घर फर्काउँदा राति ९ बजेतिर मृत्यु भएको हो,’ उनले भने। उनका अनुसार सुरूमा राउटे समुदायले नै वृषबहादुरलाई उपचार गर्न अस्पताल लैजान मानेका थिएनन्। यो समुदायले अस्पतालमा उपचार गराउन नहुने मान्यता राख्दछ। धेरै दिनसम्म ...
हुम्लाबाहेक सबै जिल्लामा फैलियो डेंगु
समाचार, समाज, स्वास्थ्य

हुम्लाबाहेक सबै जिल्लामा फैलियो डेंगु

नेपालअखबार, काठमाडौँ । हुम्लाबाहेक सबै जिल्लामा डेंगु फैलिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकअनुसार देशभर ७७ जिल्लामध्ये हुम्लाबाहेक ७६ जिल्लामा डेंगु फैलिएको हो । देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि भएका मध्ये ६ जनाको मृत्यु भएको छ । यो तथ्याङ्क माघ दोस्रो सातायताको हो । यस्तै, गण्डकी प्रदेशमा सबैभन्दा बढी ४ हजार ५३९ जना सङ्क्रमित छन् भने सबैभन्दा कम कोशीका १ हजार २७ जनामा डेंगु देखिएको हो । डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगु भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले सर्दछ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने चिकित्सक बताउँछन् । एडिस जातको लामखुट्टेले सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिमा डेंगु सार्ने गर्दछ ।  डेंगुबाट जोगिन लामखुट्टेको टोकाइबाट जोगिनु उत्तम हुने चिकित्सकले सुझाएका छन् ।...
दमौली अस्पताललाई उपकरण सहयोग
प्रशासन, समाचार, समाज, स्वास्थ्य

दमौली अस्पताललाई उपकरण सहयोग

नेपालअखबार, तनहुँ । दमौली अस्पतालमा शल्यक्रिया सुविधा थपिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक उपकरण प्रदान सेवा प्रारम्भ भएको हो । अस्पतालमा ‘एनेस्थेसिया वर्किङ स्टेसन’ नहुँदा मध्यमखालका शल्यक्रिया सेवा उपलव्ध थिएन । मन्त्री भएलगत्तै अस्पताल भ्रमणमा पुगेका बेला स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई जिल्ला समन्वय समितिका प्रमुखसमेत रहेका अस्पताल व्यवस्थापन समिति अध्यक्ष शान्तिरमण वाग्ले र अस्पताल प्रमुख डा परिवर्तन बरालले उपकरण सहयोगका लागि आग्रह गरेका थिए । मन्त्रीकै पहलमा उपकरणको प्रबन्ध भएको हो । अस्पताल प्रमुख बरालले एनेस्थेसिया वर्किङ स्टेसन निर्माणका लागि चाहिने उपकरण, बेहोस बनाउने उपकरण एक थान र मोनिटर एक थान मन्त्रालयबाट प्राप्त भएको जानकारी दिए । हाल दुई चिकित्सकको व्यवस्था गरेको अस्पतालले अब मध्यमखालका शल्यक्रिया गर्नसक्ने प्रमुख बरालले बताए । पित्तथैल...
आयातित बिरामीले औलो रोगको जोखिम बढ्दो
समाचार, समाज, स्वास्थ्य

आयातित बिरामीले औलो रोगको जोखिम बढ्दो

नेपालअखबार,बाँके । भारतीय सीमासँग जोडिएको बाँके जिल्लामा आयातित बिरामीको कारण औलो रोगको जोखिम बढ्दो रहेको छ । भारतलगायत तेस्रो मुलुकबाट आयातित औलो रोगका बिरामीको सङ्ख्या बाँकेमा केही वर्षयता बढ्दै गएको हो । पछिल्ला केही वर्षदेखि जिल्लाका विभिन्न पालिकामा औलो रोगका बिरामीहरू बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कीटजन्य रोग स्रोतव्यक्ति दुर्गा गौतमले जानकारी दिए । “स्थानीय समुदायका व्यक्तिभन्दा बाहिरबाट आएका आयातित व्यक्तिहरू सङ्क्रमित भएर समुदायमा आउँदा औलो रोगका बिरामीहरू बढी पाइएको छ”, उनले भने, “पछिल्ला केही वर्षदेखि जिल्लामा आयातित बिरामीहरूमा यो रोग बढी पाइएको छ ।” उनका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा बाँके जिल्लामा एक सय ६२ सर्वसाधारणमा औलो रोग पुष्टि भएको थियो । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा एक सय २२ सर्वसाधारणमा सङ्क्रमण देखिएको थियो ।  जिल्लामा सबैभन्दा धेरै नरैन...