Saturday, August 29

स्वास्थ्य

काकरभिट्टाका १५ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

काकरभिट्टाका १५ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडौं । झापामा १५ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल भारत सीमा क्षेत्र काकरभिट्टामा कार्यरत १५ सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो । काकरभिट्टा क्षेत्रमा क्रियाशील १५ सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वाथ्य कार्यालय झापाका जीवन चौंलागाईले पुष्टि गरे ।...
वीरगञ्जमा कोरोना संक्रमित ८५ वर्षीया वृद्धाको मृत्यु
समाचार, स्वास्थ्य

वीरगञ्जमा कोरोना संक्रमित ८५ वर्षीया वृद्धाको मृत्यु

नेपाल अखबार, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ । गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा वीरगञ्ज महानगरपालिका-११ की ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान मृत्यु भएको अस्पतालका कोओर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए । डा. सिंहका अनुसार उनी मुटुका रोगी थिइन् । केही दिनअघि निमोनिया भएर उनी वीरगञ्जमा रहेको एडभान्स अस्पतालमा भर्ना भएकी थिइन् । साउन ७ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई बिहीबार गण्डक अस्पतालमा ल्याइएको थियो ।...
पछिल्लो २४ घण्टामा थप १३३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप १३३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडाैं। नेपालमा पछिल्लो २४ घण्टामा थप १३३ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् ।  यसमध्ये धनकुटाका १, सुनसरी ४, झापा २५, मोराङ २, सप्तरी ७, सुनसरी १, बारा १, सर्लाही २, पर्सा ३१, धुनषा १, काठमाडौँ १०, चितवन २, उदयपुर १, कास्की ५, लमजुङ ३, बागलुङ १, तनहुँ १, बाँके २, बर्दिया २, दाङ ४, नवलपरासी पूर्व ४, रुपन्देही ४, जाजरकोट १, कालिकोट २, दैलेख ८ र कैलालीका ८ जना रहेका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ३८३ रहेको छ । यसमध्ये प्रदेश १ मा १४६, प्रदेश २ मा १९०१, बागमतीमा ४३९, गण्डकी प्रदेशमा ३३१, प्रदेश ५ मा ३५४, कर्णालीमा  ३१५ र सुदूरपश्चिम १८९७ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १०७ जना डिस्चार्ज भएका छन् । योसँग डिस्चार्ज हुनेको कूल संख्या १२ हजार ९४७ जना रहेको छ । नेपालमा ७०.४६ प्रतिशत संक्रमित निको भएका छन् । रौतहट कैलाली र बाजुरा जिल्लामा ५ सयभन्द बढी स...
भाेलिदेखि वीरगञ्जमा अनिश्चितकालका लागि निषेधाज्ञा
प्रदेश २, प्रशासन, समाचार, स्वास्थ्य

भाेलिदेखि वीरगञ्जमा अनिश्चितकालका लागि निषेधाज्ञा

नेपाल अखबार, वीरगञ्ज । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । भोलि शनिबारदेखि अर्को आदेश नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । संक्रमितको संख्या बढ्दै गएपछि वीरगञ्जमा निषेधाज्ञाको माग चौतर्फी रुपमा आइरहेको थियो । प्रशासनले शुक्रबार राजनीतिक दलसँग छलफल गरेपछि निषेधाज्ञा लगाउने निर्णयमा पुगेको हो । वीरगञ्ज महानगरपालिका क्षेत्रमा अत्यावश्यक स्वास्थ्य उपचार बाहेक अन्य काममा सर्वसाधरणलाई घर बाहिर निस्कन प्रतिवबन्ध लगाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । निषेधाज्ञा लगाइएको समयमा मास टेस्टिङको काम पनि अघि बढाउने निर्णय भएको छ । सहायक प्रजिअ बस्नेतका अनुसार सुरुमा संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरिनेछ । उनीहरुको पीसीआर परीक्षणपछि जोखिमपूर्ण स्थानमा चेकजाँच गर्ने...
गण्डकीमा १० नयाँ संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकीमा १० नयाँ संक्रमित थपिए

नेपाल अखबार, पोखरा ।  गण्डकी प्रदेशमा कोरोनाका १० नयाँ संक्रमित थपिएका छन् । प्रदेशका ४ जिल्लामा गरि १० संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयका अनुसार कास्की, लमजुङ, बागलुङ र तनहूँका १० जनामा संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये कास्कीको अन्नपूर्ण गाउँपालिकामा एक जना पुरुष र एक जना महिला छन् । यसैगरी, पोखरा महानगरपालिकामा ३ पुरुष रहेका छन् । लमजुङको क्होलासोथर, मध्यनेपाल र बेशिँसहरमा एक, एक गरि ३ जना संक्रमित थपिएका छन् । बागलुङको तमानखोला र तनहूँको शुक्लागण्डकीमा एक एक जना पुरुष संक्रमित थपिएका छन् । संक्रमित व्यक्तिलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए । प्रदेशको कुल संक्रमित संख्या १३६० पुगेको छ ।...
एकपटक मात्र बिना मास्क घरबाट निस्किएकी थिइन्, नायिकालाई कोरोनाले गाँज्यो
विश्व, स्वास्थ्य

एकपटक मात्र बिना मास्क घरबाट निस्किएकी थिइन्, नायिकालाई कोरोनाले गाँज्यो

नेपाल अखबार, एजेन्सि। सानो एउटा गल्तीले पनि कोरोनाको संक्रमणले गाँज्न सक्छ । यसको एउटा उदाहरण हालै सार्वजनिक भएको छ । हलिउड नायिका एना क्याम्पका लागि एकपटक मात्रै बिना मास्क घरबाट निस्कनु भारी परेको छ । उनी कोरोनाद्वारा संक्रमित भएकी छिन् । उनले सोसल मिडियामा यसबारे आफ्नो अनुभव साझा गरेकी छिन् र मानिसहरुलाई मास्क लगाउन अपिलसमेत गरेकी छिन् । उनले लेखेकी छिन्, ‘मलाई कोरोना भएको छ भन्ने जानकारी दिनु मेरो जिम्मेवारीजस्तो लाग्यो । अहिले मेरो मेरो कोभिडपरीक्षण नेगेटिभ आएको छ तर म लगभग तीन हप्तासम्म असाध्यै बिरामी भएँ, मेरो स्वास्थ्यमा अहिले पनि समस्या देखिएको छ । म बिरामीजस्तो महसुस गरिरहेकी छु र अहिले पनि शरीर सुस्त नै रहन्छ । म असाध्यै सुरक्षित थिएँ । मैले मास्क लगाएकी थिएँ । ह्यान्ड स्यानिटाइजर प्रयोग गरेकी थिएँ । एकपटक जब संसार पुरानै गतीमा चल्न सुरु भयो तब मैले सार्वजनिक स्थानमा मास्क बिना ...
वीरगञ्जमा ३२ जनामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

वीरगञ्जमा ३२ जनामा कोरोना संक्रमण पुष्टि

इफानअलि,  वीरगञ्ज। वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ५ जना थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पर्साका निरीक्षक जयमोद ठाकुरकाअनुसार संक्रमित हुनेहरुमा २५ जना पुरूष र ७ जना महिला रहेका छन् । संक्रमित हुनेमा ९ महिनाका बालकदेखि ६० वर्षकी बृद्ध महिला समेत रहेकी छिन । वडा प्रहरी कार्यलय श्रीपुर वीरगञ्जको थुनुवा कक्षमा रहेका ५ जना थुनुवा पनि संक्रमित भएको निरीक्षक ठाकुरले जानकारी दिए । उनका अनुसार २६ जना पर्सा, १ जना बारा  र ५ जना भारतीयहरू रहेको ठाकुरले जानकारी दिए । मंगलबार र बुधबार स्वाब संकलन गरी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा.उदयनारायण सिंहले रातोपाटीलाई जानकारी दिए । संक्रमितहरुलाई नारायणी अस्पताल अस्थायी विषेश कोरोना अस्पताल गण्डकको आइसोलेसन वार्डमा ल्याउने तयारी भइरहेको छ ।...
नेपालमा पछिल्लो २४ घन्टामा थपिए १ सय ४७ कोरोना संक्रमित, १ को मृत्यु
समाचार, स्वास्थ्य

नेपालमा पछिल्लो २४ घन्टामा थपिए १ सय ४७ कोरोना संक्रमित, १ को मृत्यु

नेपाल अखबार, पोखरा । नेपालमा पछिल्लो २४ घन्टामा थप १ सय ४७ जनामा कोरोना पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा बिहीबार १ सय ४७ जना संक्रमित भेटिएको जानकारी दिएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ । त्यस्तै कोरोनाका कारण नेपालमा थप १ जनाको मृत्यु भएको छ । वीरगञ्जस्थित गण्डक अस्पतालमा वीरगञ्ज निवासी ७० वर्षीय वृद्धको मृत्यु भए संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ । नेपालमा संक्रमित मध्ये १२ हजार ८ सय ४० जना निको भएर घर फर्किसकेका छन् । जसमध्ये पछिल्लो २४ घन्टामा १ सय ५६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।...
गण्डकी प्रदेशमा ५ जना कोरोना संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा ५ जना कोरोना संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा पाँच जना कोरोना संक्रमित थपिएका छन् । पर्वतमा दुई, कास्कीमा दुई र स्याङ्जामा एक जना कोरोना संक्रमित थपिएका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या १ हजार ३ सय ५० पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयले बिहीबार बिहान जारी गरेको प्रेस विज्ञप्तिअनुसार पर्वतको मोदी गाउँपालिकामा एक जना पुरुष र एक जना महिलामा कोरोना संक्रमण देखिएको छ । उनीहरु २५ र ३१ वर्ष उमेर समूहका छन् । यसैगरी कास्कीको पोखरा उपमहानगरपालिकामा २५ र ३८ वर्षका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जाको चापाकोट नगरपालिकाका २८ वर्षीय एक जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।...
पर्सामा थप १७ जनामा कोरोना संक्रमण
प्रदेश २, समाचार, स्वास्थ्य

पर्सामा थप १७ जनामा कोरोना संक्रमण

इफान अलि, बीरगन्ज । पर्सामा पुण्ह १७ जना मानिसमा काेराेनाकाे संक्रमण पुष्टि भएकाे छ । चिकित्सक , अस्पतालमा उपचाररत बिरामी लगायत पर्सा जिल्लामा गए राति मात्र १७ जनामा काेराेना पुष्टि भएकाे पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले फेसबुक पेज मार्फत जानकारी दिनुभएकाे छ । उनका अनुसार कतिपय संक्रमित लक्षण सहित समेत देखिएकाेले निकै गम्भिर अवस्था सृजना भएकाे उनले बताए। फेसबुक पेजमा लेख्दै सहायक प्रमुख बस्नेतले वास्तवमा देशभरी काेराेना संक्रमण घटेकाे हाेइन, परीक्षणकाे दायरा घटेकाेले संक्रमितकाे संख्या घटेकाे जस्ताे देखिएकाे उनको बुझाइ रहेकाे छ। बस्नेतले आफ्नो फेसबुक पोष्टमा लेखेका छन्, ‘पेड टेस्ट शुरू नगरूञ्जेल पर्सामापनि संक्रमित सबै निकाे हुँदै २ जना मात्र बाँकी रहेकाे अवस्था थियाे तर पर्सामा पेड टेस्टसँगै विभिन्न व्यक्तिहरूले स्वेच्छाले जाँच गर्न थालेपछि र्‍यान्डम टेस्ट जस...