अस्पताल बिकास समितिको लापरवाहीले गौर प्रादेशिक अस्पताल लथालिङ्ग
मेवालाल यादव , रौतहट । गौर प्रादेशिक अस्पतालको ब्यवस्थापन समिति अध्यक्ष मो. अनवर हाशमीका लापरवाहीले सरकारी अस्पताल लथालिङ्ग अवस्था पुगेको छ ।सरकारी अस्पतालमा निःशुल्कमै औषधि, उपचार पाइन्छ भनेर सुनेको थिएँ, तर होइन रहेछ।’ अस्पतालमा हुने झन्झटिलो अवस्था देखाएर बिरामीलाई अस्पतालबाहिर रेफर गर्दा सरकारी अस्तालमाथि विश्वसनीयता घटदै गएको स्थानीयले बताएका छन ।
ब्यवस्थापन समितिको काम हो सर्वसाधारणलाई सेवा दिने , अस्पतालमा औषधि उपलब्ध गराउने तर यो प्रादेशिक अस्पतालमा ब्यवस्थापन समितिका अध्यक्ष हाशमीले राजनीतिकको पहुँचमा प्रादेशिक अस्पताललाई कमाउने भाडो बनाएको गौर वासीले बताए । मधेस प्रदेश सरकारले प्रदेश भरिका सबै प्रादेशिक अस्पतालमा बिशेश ब्यवस्थापनको लागी अस्पताल ब्यवस्थापन समिति गठन गर्ने मन्त्री परिषदको निर्णयबाट ब्यवस्थापन समिति गठन गरेको र सो उद्देश्यलाई गौर प्रादेशिक अस्पतालको ब्यवस्थापन स...










