Monday, October 5

स्वास्थ्य

महिलाहरुले सर्दीमा खानै पर्छ तिल
समाचार, समाज, स्वास्थ्य

महिलाहरुले सर्दीमा खानै पर्छ तिल

नेपालअखबार, काठमाडौँ ।  तिल स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ । कयौँ प्रकारका पोषक तत्त्व पाइने तिललाई सुपर फुड पनि मानिन्छ । नेपालमा तिललाई अचारमा छोपका रुपमा बढी प्रयोग गरिन्छ । जाडोयाममा विशेषगरी माघे संक्रान्तिमा यसको लड्डु बनाएर खाइन्छ । यसलाई सलाद वा स्मुदीमा छर्किएर पनि खान सकिन्छ । तिलमा क्याल्सियम, आइरन, पोटाशियम, प्रोटिन, भिटामिन ए, सी र सोडियम पाइन्छ । तिल विशेषगरी महिलाहरुले खानै पर्ने बताइन्छ । आजको यस लेखमा हामीहरु तिल खाँदाका फाइदाहरुबारे कुराकानी गर्नेछौं । हाडलाई मजबुत बनाउँछ तिलमा भरपुर मात्रामा क्याल्सियम हुन्छ । अझ सेतो तिल त क्याल्सियमको भन्डार नै हो । यसको सेवन गर्दा हाडसम्बन्धी सबै समस्याहरु हटेर जान्छ । यसले हाडलाई बलियो पनि बनाउँछ । यसको सेवनले शरीरको थकावट र कमजोरी पनि भाग्छ । महिनावारिमा अनियमितता कम हुन्छ धेरैजसो महिलाहरुमा महिनावारिमा अनियमि...
नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवा बारे स्थानीय जनप्रतिनिधिसँग छलफल
समाचार, समाज, स्वास्थ्य

नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवा बारे स्थानीय जनप्रतिनिधिसँग छलफल

नेपालअखबार, काठमाडौं । अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवालाई प्रभावकारी, गुणस्तरीय बनाउने सवालमा स्थानीय निकायका जनप्रतिनिधिसँग छलफल विमर्श गरिएको छ । कलेजका नवनियुक्त प्रबन्ध निर्देशक प्रा.डा. जैनुद्धिन अन्सारीले मंगलबार गोकर्णेश्वर नगरपालिकाका प्रमुख, उपप्रमुख लगायतसँग छलफल विमर्श गरेका हुन् । केही दिन अगाडीमात्रै कलेजको बोर्ड अफ डाइरेक्टरहरुको सामुहिक निर्णयबाट प्रबन्ध निर्देशक भएका प्रा.डा. अन्सारीले कलेजले स्थानीय तहका नागरिकहरुलाई प्रदान गर्दै आइरहेको स्वास्थ्य सेवालाई कसरी सुधार गर्ने, कस्ता सेवाहरु थप गर्ने, जनताका अपेक्षा कस्ता छन् भन्ने सवालमा छलफल गरेका हुन् । छलफलमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक कुमार रिसालले नेपाल मेडिकल कलेज गोकर्णेश्वर नगरपालिकाको गौरबको रुपमा रहेको बताउँदै कलेजले प्रदान गर्ने स्वास्थ्य सेवाहरुलाई समयानुकूल सुधार गर्न सल्लाह दिए । न...
मातृ तथा पेरिनेटल मृत्युु निगरानी र प्रतिकार्य समितिको बैठक सम्पन्न
समाचार, स्वास्थ्य

मातृ तथा पेरिनेटल मृत्युु निगरानी र प्रतिकार्य समितिको बैठक सम्पन्न

नेपालअखबार, पोखरा । पोखरा महानगरपालिकामा गत आर्थिक वर्ष २०७९÷८० मा ७ जना गर्भवती महिलाको मृत्यु भएको छ । विभिन्न कारणले गर्भवती महिलाको मृत्यु हुुने गरेको पोखरा महानरपालिका स्वास्थ्य महाशाखाका नर्सिङ निरिक्षक सविना श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार कास्की जिल्लामा १३ जना गर्भवती महिलाको मृत्यु भए र ती मध्य ७ जना पोखरा महानगरका भएको बताइन् ।उनका अनुुसार चालुु आर्थिक वर्ष २०८०÷८१ को साउन यता दुुई जना गर्भवती महिलाका मृत्यु भएको छ । उनले दिएको जानकारी अनुसार पोखरा –८ की रोशनी क्षेत्री र पोखरा २९ की सावित्री सुनारको मृत्यु भएको हो । रोशनीको आफैले पेट्रोल खन्याएर आगो लगाएको र सुनारले कुलोमा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । पोखरा महानगरमा यस वर्ष  ६ हजार महिला सुुत्केरी हुन्छन् भन्ने अनुमान गरिएको उनले बताइन् । गत आर्थिक वर्ष २०७९÷८० मा पोखरा सहित कास्की जिल्ला र अन्य जिल्...
ठेकेदारको लापरबाहीले तीन वर्षमा पनि बनेन अस्पताल
प्रशासन, समाचार, स्वास्थ्य

ठेकेदारको लापरबाहीले तीन वर्षमा पनि बनेन अस्पताल

नेपालअखबार, खोटाङ। ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलस्थित स्वास्थ्यचौकी भवन ठेकेदारको लापरबाहीले अलपत्र परेको छ। दुई वर्षअघि नै बनिसक्नुपर्ने उक्त भवन ठेकेदार कम्पनी गौरी पार्वती न्यु टेक्निकलको चरम ढिलासुस्ती तथा लापरबाहीका कारण अलपत्र परेको हो। भुइँतलाको पर्खालमा प्लाष्टर गरिसकिएको भवनको माथिल्लो तलामा भने पर्खाल नै निर्माण भएको छैन । गौरी पार्वती न्यू टेक्निकल जेभीले २०७८ फागुन–२७ गतेसम्ममा सम्पन्न गर्नेगरी २०७७ मङ्सिर–११ गते स्वास्थ्यचौकी भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो। पटकपटक थप भएको म्याद गुज्रिदा पनि निर्माण कम्पनीले स्वास्थ्यचौकीको भवनको बाँकी काम गरेको छैन। उक्त कम्पनीले काम पूरा नगरेकामा आक्रोशित शहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुङ्गाका  प्रमुख प्रभाकर कर्णले कम्पनीलाई कारबाही गर्नुको विकल्प नरहेको बताए। अब पनि काम भएन भने कारबाही गर्छौँ भनेर...
नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा प्रा.डा. जैनुद्धिन अन्सारी
समाचार, स्वास्थ्य

नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा प्रा.डा. जैनुद्धिन अन्सारी

नेपालअखबार, काठमाडौं । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको प्रबन्ध निर्देशकमा प्रा.डा. जैनुद्धिन अन्सारी नियुक्त भएका छन् । कलेजको बोर्ड अफ डाइरेक्टरहरुको सामुहिक निर्णय अनुसार प्रबन्ध निर्देशकमा प्रा.डा. अन्सारीलाई नियुक्त गरिएको हो । बिरगञ्जको नेशनल मेडिकल कलेजका अध्यक्ष समेत रहेका डा.अन्सारी नेपाल मेडिकल कलेजका समेत सञ्चालक सदस्य हुन् । नवनियुक्त प्रबन्ध निर्देशक डा. अन्सारीलाई शुक्रबार कलेजका अध्यक्ष डा. भोला रिजाल, बोर्ड अफ डाइरेक्टरहरू डा. आनन्दप्रसाद श्रेष्ठ, डा. साविहा यासमिन, सहजबाज अन्सारी, प्रिन्सिपल प्रा.डा. प्रमोदकुमार क्षेत्री, भाइस–प्रिन्सिपल डा. सृष्टि श्रेष्ठ, अस्पताल निर्देशकद्वय डा.राजेश किशोर श्रेष्ठ, प्रा.डा. मोदनाथ मरहट्ठा, प्रमुख प्रशासकीय अधिकृत ज्योति खड्का लगायतले स्वागत गरे । नवनियुक्त प्रबन्ध निर्देशक प्रा.डा. अन्सारीले पदभार ग्रहण गर्दै नेपाल मेडिकल कलेजला...
काँचुली फेर्दै इनरुवा अस्पताल, सेवा दिन गाउँ गाउँ पुग्दै मेसु पंगेनी
समाचार, समाज, स्वास्थ्य

काँचुली फेर्दै इनरुवा अस्पताल, सेवा दिन गाउँ गाउँ पुग्दै मेसु पंगेनी

नेपालअखबार, इनरुवा । सुनसरीको दर्जनबढी स्थानीय निकायका सर्वसाधारणलाई सेवा दिने उद्देश्यले स्थापीत इनरवा अस्पतालले पछिल्लो समय आफ्नो सेवालाई थप बिस्तार गर्दै सेवा ग्राहीलाई थप सहजताको व्यवस्थापन गरेको छ । अस्पतालकी मेसु डाक्टर श्रेया पंगेनीका अनुसार इनरुवा र आसपासका क्षेत्रहरूमा महिलामा देखिएका समस्याहरू समाधानका लागी गाउँ गाउँमा गइ सेवा दिने सुरुवात गरिएको हो । इनरुवा अस्पतालको सेवा विस्तारमा निरन्तर लागिरहेकी मेसु पंगेनीले विगतभन्दा थप सेवासुविधा सन्चालन गरिएको जानकारी दिइन । उनले इनरवा अस्पतालको सेवा अन्तर्गत पन्ने क्षेत्रहरूमा गाउँ गाउँ पुगी सेवाग्राहीहरुलाई सेवा दिने कार्य थालनी भएको जानकारी गराइन । सुनसरीको ग्रामिन क्षेत्रमा महिलाहरूमा देखिएका समस्याहरू समाधान का निम्ति अहिले एक फरक कार्यक्रम लिएर आफनो टोली गाउँ गाउँ पुगिरहेको उनले बताइन । एकदिन अघिमात्र सुनसरीको कोशी गाउँ...
चरक अस्पतालको सहयोगमा म्याग्दीमा निःशुल्क स्वास्थ्य शिविर ६५० जना लाभान्वित
समाचार, समाज, स्वास्थ्य

चरक अस्पतालको सहयोगमा म्याग्दीमा निःशुल्क स्वास्थ्य शिविर ६५० जना लाभान्वित

नेपालअखबार, पाेखरा। पोखरा नागढुंगा स्थित चरक अस्पतालको सम्पूर्ण चिकित्सकीय तथा प्राविधिक सहयोगमा लायन्स क्लब अफ पोखरा अभियानले म्याग्दीमा शनिबार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्यो । बेनी नगरपालिका वडा नं. घतान नेप्टेचौर स्थित राष्ट्रिय मावि प्राङ्गणमा भएको स्वास्थ्य शिविरबाट वरपरका ६५० जना बढी लाभान्वित भएका छन् । लायन ईन्टरनेशनल ३२५ आई नेपालका डिस्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीको प्रमुख आतिथ्यता एवं बेनी वडा नं. ९ का अध्यक्ष चक्रबहादुर केसीको आतिथ्यतामा भएको शिविरमा आवश्यकलाई औषधि वितरणसमेत गरिएको थियो । शिविरमा मुटु जाँच, मिर्गौला जाँच, उच्च रक्तचाप तथा मधुमेह जाँच, महिला सम्बन्धी रोगका जाँचहरु गरिएको चरकका पिआरओ सोबित सुवेदीले जानकारी दिए । शिविरमा जाँचका लागि डा. प्रदीप काफ्ले, डा. सस्मी मानन्धर, डा. सन्देशप्रकाश पराजुली, गोपाल खनाल लगायत स्वास्थ्य जाँचमा सहभागी थिए । ...
पोखरा १३ मा दन्त शिविर
समाचार, समाज, स्वास्थ्य

पोखरा १३ मा दन्त शिविर

नेपालअखबार, पोखरा । पोखरा १३ मा दन्त शिविरको आयोजना गरिएको छ । आइतबार वडाकार्यालयको प्राङगणमा गरिएको शिविरमा १५१ जनाले दन्त परिक्षण गरेको वडाध्यक्ष किरण बरालले जानकारी गराए । नागरिक डेन्टल क्लिनिक पोखरा ९ को प्राविधिक सहयोगमा उक्त शिविर भएको हो । दाँत निकाल्ने र औषधि वितरण देखि सम्पूर्ण सेवा वडा नागरिकका लागि वडाकार्यालयले उपलब्ध गराएको थियो । पोखरा १३ ले यसअघि पनि विभिन्न स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरिसकेको छ ।...
चितवन कारागारमा एक सय कैदीबन्दी बिरामी
समाचार, समाज, स्वास्थ्य

चितवन कारागारमा एक सय कैदीबन्दी बिरामी

नेपालअखबार, चितवन ।  जिल्ला कारागार कार्यालय चितवनमा रहेका एक सय ११ कैदीबन्दी बिरामी भएको पाइएको छ । उनीहरु विभिन्न रोगबाट पीडित छन्। १११ मध्ये आधाभन्दा बढी कैदीबन्दी उच्च रक्तचापबाट पीडित छन्। अन्य जिल्लाबाट उपचारका लागि कैदीबन्दी चितवन पठाउने गरिएको कार्यालय प्रमुख कमलप्रसाद आचार्यले जानकारी दिए। ‘कारागारमा बिरामी कैदीबन्दीको चाप बढ्दै गएको छ,’ उनले भने। कार्यालय प्रमुख आचार्यका अनुसार नवलपरासी, धादिङ, गोरखा, मकवानपुरलगायत जिल्लाबाट बिरामी कैदीबन्दी यहाँ उपचारका लागि ल्याउने गरिएको छ। अहिले कारागारमा मधुमेहका २६, थाइराइडका ३, मुटुरोगी ४, एचआइभी संक्रमित ४, छारेरोगबाट पीडित  ४, मानसिक रोगी ५, हेपाटाइटिसबाट पीडित ३ तथा अन्य रोगबाट पीडित कैदीबन्दी रहेका छन् । जिल्लामा केन्द्रीयस्तरको सरकारी अस्पताल, क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज र २४ भन्दा बढी निजी अस्पताल रहेका कारण...
कर्णाली प्रतिष्ठानमा स्नातकोत्तर तहको जनस्वास्थ्य पढाइ हुने
समाचार, समाज, स्वास्थ्य

कर्णाली प्रतिष्ठानमा स्नातकोत्तर तहको जनस्वास्थ्य पढाइ हुने

नेपालअखबार, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षा स्नातकोत्तर तहको जनस्वास्थ्य तथा फार्मेसी सङ्काय डाक्टरी पढाइ हुने भएको छ । चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष २०८०/८१ का लागि यही मङ्सिर १९ गते शैक्षिक कार्यक्रमको सिट बाँडफाँट गरेपछि प्रतिष्ठानमा पनि स्नातकोत्तर तहको जनस्वास्थ्य तथा फार्मेसीतर्फको चिकित्सा शिक्षाको अध्ययन–अध्यापन हुने भएको हो । यसका लागि चिकित्सा शिक्षा सेवा आयोगले ११ सिट निर्धारण गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले जानकारी दिए । उनका अनुसार बाँडफाँट गरिएका सिटमध्ये आठ खुला, दुई सरकारी र एक विदेशी गरी प्रतिष्ठानलाई ११ सिट निर्धारण गरिएको छ । प्रतिष्ठानले मास्टर अफ पब्लिक हेल्थ कार्यक्रमको पब्लिक हेल्थ ९जनस्वास्थ्य० विषयमा जनरल प्राटिक्स एण्ड इमर्जेन्सी मेडिसिन ९एमडीजिपी एण्ड इएम० र  अर्थोपेडिक ए...