Monday, October 5

स्वास्थ्य

कांग्रेस सभापति देउवा अस्वस्थ
समाचार, समाज, स्वास्थ्य

कांग्रेस सभापति देउवा अस्वस्थ

नेपालअखबार,  काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्यमा समस्या देखिएको छ । देउवा तीन दिनदेखि अस्वस्थ रहेको कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । उनले भने, ‘तीन दिनदेखि सभापतिज्यू अस्वस्थ हुनुहुन्छ । राजनीतिक भेटघाट बन्द गर्नु भएको छ ।’  विश्वकर्माका अनुसार देउवालाई सुरुमा रुघाखोकी लागेको थियो । ‘सुरुमा रुघाखोकी लागेको थियो। टन्सिल बढ्यो । हल्लाका ज्वरो पनि आयो । अहिले उहाँ आराम गरिरहनु भएको छ,’ उनले भने । देउवाले आफ्नो निवास धुम्बाराहीमै स्वास्थ्य परीक्षण गरेका थिए । ‘टन्सिल हुँदा बोल्न गाह्रो हुँदा भेटघाट बन्द गर्नु भएको हो । स्वास्थ्य अवस्था सामान्य नै छ ।’...
विश्व दृष्टि दिवसका अवसरमा टिकटक प्रतियोगिता गर्दै नेत्रज्योति संघ, उत्कृष्टलाई ५० हजार पुरस्कार
समाचार, समाज, स्वास्थ्य

विश्व दृष्टि दिवसका अवसरमा टिकटक प्रतियोगिता गर्दै नेत्रज्योति संघ, उत्कृष्टलाई ५० हजार पुरस्कार

नेपालअखबार,  काठमाडाैं। नेपाल नेत्रज्योति संघले आँखा स्वास्थ्य सम्बन्धी जनचेतना बढाउने उद्देश्यले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । यहि असोज २५ गते अर्थात अक्टोबर १२ तारिखमा परेको विश्व दृष्टि दिवसको अवसरमा संघले उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो । उक्त प्रतियोगितामा सहभागी भई उत्कृष्ट हुने टिकटक भिडियोलाई नगद रु ५० हजार सहित संघले सम्मान गर्नेछ । प्रतियोगिले आँखा स्वास्थमा केन्द्रित भई जनचेतनामुलक भिडियो निर्माण गर्नुपर्नेछ । पछिल्लो समय युवा देखि बृद्धसम्म सबै उमेर समूहका व्यक्तिहरुमाझ लोकप्रिय भइरहेको टिकटक मार्फत आम नागरिकलाई आँखाको महत्व र आँखा स्वास्थ्यका बिषयमा जनचेतना जगाउने उद्देश्य यो प्रतियोगिता आयोजना गरिएको बताउछन् नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक डा।शैलेशकुमार मिश्र । त्यस्तै संघका महासचिव भरत बहादुर चन्दका अनुसार सन् २०२१ मा भएको च्ब्ब्द्य सर्वे...
आइसियू सेवा सञ्चालनमा नआउँदा ताप्लेजुङ जिल्ला अस्पतालमा उपकरण प्रयोगविहीन
समाचार, समाज, स्वास्थ्य

आइसियू सेवा सञ्चालनमा नआउँदा ताप्लेजुङ जिल्ला अस्पतालमा उपकरण प्रयोगविहीन

नेपालअखबार, ताप्लेजुङ । ताप्लेजुङ जिल्ला अस्पतालमा व्यवस्थापन गरिएको सघन उपचार सेवा (आइसीयू)का लागि जडान गरिएको उपकरण प्रयोगविहीन बनेका छन्। प्राविधिक जनशक्तिको अभावमा हालसम्म आइसीयू सञ्चालनमा नआउँदा उपकरण प्रयोगविहीन बनेको हो। आइसीयू सेवा सञ्चालनका लागि आवश्यक संरचना तयार भए पनि प्राविधिक जनशक्ति नहुँदा करिब तीन वर्षदेखि उपकरण प्रयोगविहीन बनेको हो। कोभिड महामारीका बेला करोडौँ खर्चिएर उपकरण व्यवस्थापन गरिएको थियो। फुङ्लिङ नगरपालिका–५ का विक्रम लिम्बूले जिल्लामै आइसीयूका लागि उपकरण उपलब्ध भएर पनि सञ्चालनमा नआउँदा सेवाग्राहीलाई समस्या परेको बताए। २०७८ साल कात्तिकमा अस्पतालमा ७१ लाख ५० रुपैयाँ हजारको लागतमा अक्सिजन प्लान्ट जडान र पाँच करोड रुपैयाँमा सघन उपचारकक्ष शय्या (बेड) स्थापना भएको जिल्ला अस्पताल ताप्लेजुङले जनाएको छ। जिल्ला अस्पतालमा आइसीयू सञ्चालनमा रहेको भए महामारीमात्र नभई अन्...
हरिवनमा १२१ क्षयरोगका नयाँ बिरामी भेटिए
समाचार, समाज, स्वास्थ्य

हरिवनमा १२१ क्षयरोगका नयाँ बिरामी भेटिए

नेपालअखबार, सर्लाही । सर्लाहीको हरिवन नगरपालिकामा गत आर्थिक वर्षमा एक सय २१ जना नयाँ क्षयरोगी फेला परेका छन् । विसं २०७८ बाट हरिवन नगरपालिकाले क्षयरोग मुक्त नगरपालिका बनाउने उद्घोष गरेको भए पनि गत आव २०७९–८० मा मात्रै एक सय २१ जना नयाँ क्षयरोगी फेला परेका नगर स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले जानकारी दिए । उनका अनुसार फेला परेका नयाँ क्षयरोगीमध्ये एक सय १९ जनाको उपचार सफल भएको छ । आव २०७८–७९ मा एक सय १० जना क्षयरोगी फेला परेका थिए । क्षयरोगका नयाँनयाँ बिरामी फेला परे पनि पुराना बिरामीमा रोग निर्मुल गर्नका लागि चुनौती रहेको र नगरका स्वाथ्यकर्मीको एकल प्रयासले मात्रै सो सम्भव नरहेको नगर स्वास्थ्य शाखाले जनाएको छ । शाखाले क्षयरोग निर्मुल गर्नका लागि जनप्रतिनिधि, सामुदायिक तथा निजी स्वास्थ्य संस्था, समाजसेवी, राजनीतिक दलका नेतालगायत मिडियाकर्मीको पनि साथ र सहयोग आवश्यक रह...
गण्डकी प्रदेशको संक्रामक तथा सरुवा रोग अस्पतालले पायो सर्पदंश उपचार गर्ने अनुमति
समाचार, स्वास्थ्य

गण्डकी प्रदेशको संक्रामक तथा सरुवा रोग अस्पतालले पायो सर्पदंश उपचार गर्ने अनुमति

नेपालअखबार, पोखरा । गण्डकी प्रदेशको मातहतमा रहेको संक्रामक तथा सरुवा रोग अस्पतालले सर्पदंश उपचार गर्ने अनुमति पाएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मंगलबारदेखि अस्पताललाई सर्पदंशको उपचार गर्न अनुमति दिएको हो । ‘पहिले पनि छिटफुट उपचार त गरिन्थ्यो । तर, संघीय सरकारले नै आधिकारिक रुपमा अनुमति दिइसकेपछि अब यहींबाट सर्पदंशको उपचार हुने भयो,’ अस्पताल प्रमुख डा‍. विकास गौचनले भने, ‘आगामी दिनमा सर्पदंशको उपचार थप सहज बनाउँदै लगिनेछ ।’ सर्पदंश उपचारका लागि हाललाई अस्पतालमै कार्यरत जनशक्ति प्रयोग गरिने डा. गौचनले जानकारी दिए । अस्पतालमा सर्पदंश उपचारसम्बन्धी नै तालिम लिएका एकजना विशेषज्ञ चिकित्सक नै भएकाले सहज हुने उनको दाबी छ । ‘अरुबेला इमर्जेन्सीमा खटिने जनशक्तिले नै हेर्नुहुनेछ,’ उनले भने । अस्पतालले सर्पदंशसम्बन्धी अनुमतिका ला...
२१ हजार नाघ्यो डेंगी संक्रमितको संख्या
समाचार, समाज, स्वास्थ्य

२१ हजार नाघ्यो डेंगी संक्रमितको संख्या

नेपालअखबार, काठमाडाैं।  नेपालमा डेंगी संक्रमण बढिरहेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म डेंगी संक्रमण २१ हजार दुई सय ६ जनामा पुष्टि भएको छ। महाशाखाले भदौ र असोजमा डेंगी संक्रमण उच्च हुने प्रक्षेपण गरेको थियो। संक्रमणबाट १३ जनाको निधन भएको छ। महाशाखाका निर्देशक डा. रूद्रप्रसाद मरासनीले पानी परिरहेकाले डेंगी संक्रमण दैनिक रूपमा बढेको बताए। नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेंगी देखिएको थियो। सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा संक्रमण र ८८ जनाको मृत्यु भएको थियो। सुनसरीमा मात्र ११ हजार बिरामी पुगे संक्रमण देखिएकामध्ये सबभन्दा बढी सुनसरी जिल्लामा छन्। महाशाखाका अनुसार सुनसरीमा ११ हजार छ सय ५९ जनामा डेंगी संक्रमण देखिएको छ। सुनसरीपछि मोरङमा दुई हजार दुई सय ४२, धादिङमा दुई हजार एक सय एक, झापामा एक हजार तीन सय २३, काठमाड...
दार्चुलाको ब्यासमा डेंगु सार्ने लामखुट्टे फेला
समाचार, समाज, स्वास्थ्य

दार्चुलाको ब्यासमा डेंगु सार्ने लामखुट्टे फेला

नेपालअखबार, दार्चुला। तराईका जिल्लामा बढी हुने डेंगु संक्रमण पछिल्लो समय पहाड र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ। तराईबाट लामखुट्टे पहाड उक्लिएकाले  ती क्षेत्रमा पनि जोखिम बढ्दै गएको छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका किटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले भने, ‘ दार्चुलाको ब्यासमा पनि डेंगु सार्ने लामखुट्टे फेला परेको छ। दार्चुलामा प्रदेशकै बढी सङ्क्रमित पनि भेटिएका छन्।’ पहाडमा पनि डेंगु संक्रमण बढ्दै गएको र सङ्क्रमितलाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।  ‘यहाँ पनि डेंगु संक्रमण बढेको छ। सबैले सचेत रहन आवश्यक छ,’ उनले भने। डेंगु भएका उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिडौलाको मासु दुख्ने आदि डेंगुका लक्षण हुन्। यसका साथै गम्भीर प्रकृतिको डें...
नेपाल नेत्रज्योति संघ र आईकेयर फाउन्डेशनबिच सम्झौता
प्रशासन, समाचार, समाज, स्वास्थ्य

नेपाल नेत्रज्योति संघ र आईकेयर फाउन्डेशनबिच सम्झौता

नेपालअखबार, मुगु। नेपाल नेत्रज्योति संघ अन्तरगत कर्णाली प्रदेशको मुगु र हुम्ला जिल्लामा सञ्चालित आँखा उपचार केन्द्रहरुको स्तरोन्नतीका लागि नेत्रज्योति संघ र आईकेयर फान्डेशनका बिचमा सम्झौता भएको छ । बुधबार नेत्रज्योति भवनमा भएको सम्झौतापत्रमा नेपाल नेत्रज्योति संघका तर्फबाट महासचिब भरतबहादुर चन्द र कार्यकारी निर्देशक डा। शैलेशकुमार मिश्र तथा आईकेयर फाउन्डेशनको तर्फबाट फाउन्डेशनका सिईओ वियोन स्टेनभर्स र नेपालका कन्ट्री डाइरेक्टर अनिल गोर्खालीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै नेत्रज्योति संघका उपाध्यक्ष एबं कर्णाली प्रदेशका सभापति तिलकबहादुर मल्लले भौगोलिक रुपमा पछाडि परेको कर्णाली प्रदेशका बिकट जिल्लाहरुमा आँखा उपचार सेवा विस्तारका लागि सहयोग गरेकोमा आईकेयर फाउन्डेशनलाई धन्यबाद दिए । नेपाल नेत्रज्योति संघ र आईकेयर फाउन्डेशनका बिचमा बिगत ३९ बर्षदेखि न...
चितवनमा एक जना डेङ्गुका बिरामीको मृत्यु
समाचार, समाज, स्वास्थ्य

चितवनमा एक जना डेङ्गुका बिरामीको मृत्यु

नेपालअखबार, चितवन । डेङ्गुको सङ्क्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ का एक पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उनी बिरामी भई यही साउन २३ गते अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो । चालु आर्थिक वर्ष २०८०/८१ मा यहाँ डेङ्गुको सङ्क्रमणका कारण मृत्यु भएको यो पहिलो घटना हो । जिल्लामा उपचारका लागि आएकामध्ये हालसम्म ५३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको सूचना अधिकारी केसीले बताए । ५३२ जनाको परीक्षणका क्रममा उनीहरूमा सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये ठेगना नखुलेका छ जना र जिल्ला बाहिरका १७ जना रहेको उनले जानकारी दिए । चितवनका ३० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । गत आर्थिक वर्षमा डेङ्गुका ...
पोखरामा आँखा पाक्ने रोगको प्रकोप, तीन दिन स्कुल बन्द
शिक्षा, समाचार, समाज, स्वास्थ्य

पोखरामा आँखा पाक्ने रोगको प्रकोप, तीन दिन स्कुल बन्द

नेपालअखबार, पाेखरा । पोखरामा आँखा पाक्ने रोगको प्रकोप देखिएपछि पोखराका स्कुलहरू तीन दिनका लागि बन्द गरिएको छ। आँखा पाक्ने रोग विशेषगरी बालबालिकामा धेरै देखिएकाले विद्यालय बन्द गर्ने निर्णय गरेको पोखरा महानगरका वरिष्ठ शिक्षा अधिकृत बद्रिनाथ सुवेदीले बताए। ‘आँखा पाक्ने रोगले विद्यालय आउने विद्यार्थीको संख्या घटिरहेको छ,’ उनले भने, ‘रोग नफैलियोस् भनेर हामीले सबै विद्यालय तीन दिन बन्द गर्ने निर्णय गरेका छौं।’ पोखराका मेयर धनराज आचार्यको संयोजकत्वमा सोमबार बसेको सरोकारवालाको बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको सुवेदीले बताए। गण्डकी प्रदेशमा आँखाको उपचार गर्ने एकमात्र अस्पताल हिमालय आँखा अस्पतालमा अहिले दैनिक १४ सय जनासम्म बिरामी आउने गरेका छन्। अस्पतालको क्षमता दैनिक ८ सय जनालाई सेवा दिने भए पनि अहिले कर्मचारीको अतिरिक्त समय घटाएर उपचार सेवा दिइरहेको अस्पतालका स्वास्थ्य निर्द...