Wednesday, July 15

स्वास्थ्य

बढ्न थाले कोरोना संक्रमण
समाचार, स्वास्थ्य

बढ्न थाले कोरोना संक्रमण

नेपालअखबार, काठमाडौं। कोरोना संक्रमण फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८५८ जनाको नमुना परीक्षणमध्‍ये ३१९ जनाको पीसीआर परीक्षण गर्दा १४ जनामा संक्रमण देखाएको हो । यस्तै बिहीबार २७ जना कोरोनाका संक्रिय संक्रमित पुगेका छन् । यसअघि मंगलबार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १६ जना कोरोनाका संक्रिय संक्रमित थिए । यस्तै सोमबार १ जनामा कोरोना संक्रमित थिए भने १० जना कोरोनाका सक्रिय संक्रमित थिए ।बिहीबार १३ हजार ३३८ जनाले खोप लगाइसकेको मन्त्रालयले जनाएको छ ।...
जापानमा दैनिक दुई लाख बढीमा कोरोना संक्रमण
विश्व, समाचार, स्वास्थ्य

जापानमा दैनिक दुई लाख बढीमा कोरोना संक्रमण

नेपालअखबार, एजेन्सि। जापानमा पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा बढेको छ। जापानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा दुई लाख भन्दा बढी सक्रमित फेला परेका छन्। यो संख्या अगष्ट पछिकै सबैभन्दा धेरै हो। अगष्ट १९ मा जापानमा दुई लाख ६१ हजार २५२ जनामा सङ्क्रमण देखिएको थियो। पछिल्लो २४ घन्टामा २ लाख २ हजार ८५३ संक्रमित फेला पर्दा २७१ जनाको ज्यान गएको छ। यहाँ पछिल्लो समयमा गम्भीर प्रकृतिका सङ्क्रमितको सङ्ख्या पनि बढ्न थालेको जापान टाइम्सले जनाएको छ । यसैबीच जापानले चीनबाट आउने यात्रुहरूका लागि आफ्नो सीमा नियन्त्रणमा कडाई गर्न प्रधानमन्त्री फुमियो किशिदाले निर्देशनसमेत दिएका छन्। अक्टोबरमा विदेशी पर्यटकका लागि सिमा प्रतिबन्ध खुलाएपछि जापानले आफ्नो सिमाना कडा गरेको पहिलो पटक हो। यस्तै एसियाली  मुलुकमध्ये दक्षिण कोरियामा ८७ हजार ५९६ जनामा संक्रमण देखिनुका साथै ...
चीनमा अब विदेशबाट आउने यात्रुले क्वारेन्टाइन बस्नु नपर्ने
विश्व, समाचार, स्वास्थ्य

चीनमा अब विदेशबाट आउने यात्रुले क्वारेन्टाइन बस्नु नपर्ने

नेपालअखबार, एजेन्सि। चीनले आगामी पुस २४ ( जनवरी ८ ) बाट अन्तर्राष्ट्रिय यात्रीका लागि अनिवार्य गरेको क्वारेन्टाइन हटाउने भएको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै नयाँ वर्षको पहिलो सातादेखि चीन आउने कुनै पनि अन्तर्राष्ट्रिय पर्यटकले क्वारेन्टाइन बस्नु नपर्ने घोषणा गरेको हो। यो सँगै चीनले करिब ३ वर्षपछि आफ्नो अन्तर्राष्ट्रिय सीमाहरू फेरि खोल्न लागेको हो। चीन सरकारले लिएको निर्णय अनुसार अब यात्रुलाई चीन जान ४८ घण्टा पुरानो कोभिड रिपोर्ट भए पुग्नेछ। डिसेम्बरको सुरूमा भएको सरकार विरोधी प्रदर्शनपछि सी जिनपिङ प्रशासनले शून्य कोभिड नीतिलाई केही खुकुलो बनाएको थियो। पछिल्लो समय क्वारेन्टिनमा बस्नु पर्ने अवधि भने निकै कम गरिएको थियो। शुरूमा तीन साताको अनिवार्य क्वारेन्टिन तोकिएकोमा हाल पाँच दिनमात्र क्वारेन्टिनमा बस्नु पर्ने नियम रहेको छ। प्रतिबन्धहरु खुक...
चीनको स्वास्थ्य आयोगले अबदेखि दैनिक कोभिड तथ्याङ्क सार्वजनिक नगर्ने
विश्व, समाचार, स्वास्थ्य

चीनको स्वास्थ्य आयोगले अबदेखि दैनिक कोभिड तथ्याङ्क सार्वजनिक नगर्ने

नेपालअखबार, काठमाडाैं। विगत तीन वर्षदेखि देशमा दैनिक कोभिड १९ को तथ्याङ्क सार्वजनिक गर्दै आएको चीनको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)ले आइतबारदेखि यस्तो तथ्याङ्क जारी नगर्ने जनाएको छ । ‘सन्दर्भ र अनुसन्धानको लागि चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले सान्दर्भिक कोभिड जानकारी मात्र प्रकाशित गर्नेछ’, एनएचसीले एक विज्ञप्तिमा भनेको छ । परिवर्तनको कारण र  सीडीसीले कोभिड जानकारी कति पटक अपडेट गर्नेछ भन्ने बारेमा भने केही उल्लेख गरेको छैन । चीनमा लगभग ३ करोड ७० लाख मानिस यस हप्ता एकै दिन कोभिड–१९ बाट संक्रमित भएको हुन सक्ने सरकारको शीर्ष स्वास्थ्य निकायले अनुमान गरेको छ । डिसेम्बरको पहिलो २० दिनमा करिब २४ करोड ८० लाख मानिस वा जनसंख्याको झण्डै १८ प्रतिशतमा यो भाइरसको संक्रमण भएको हुनसक्ने चीनको राष्ट्रिय स्वास्थ्य आयोगको बैठकको छलफलमा संलग्न व्यक्तिहरूले पुष्टि गरेका थिए ।...
पोखरा –१५ ले आयोजना गरेको १ दिने निःशुल्क स्वास्थ्य शिविरमा २६६ जनाले सेवा लिए
समाचार, स्वास्थ्य

पोखरा –१५ ले आयोजना गरेको १ दिने निःशुल्क स्वास्थ्य शिविरमा २६६ जनाले सेवा लिए

नेपालअखबार, पोखरा । पोखरा महानगरपालिका वडा नं १५ को आयोजना तथा आई एन.एफ नेपालको सहकार्यमा १ दिने निःशुल्क स्वास्थ्य शिविरमा २६६ जनाले सेवा लिएका छन् । अस्पतालको पहुँचबाट टाढा रहेका अति विपन्न तथा गरिब व्यक्तिहरूलाई मध्यनजर गर्दै आयोजना गरिएको १ दिने निःशुल्क स्वास्थ्य शिविरमा उक्त सङ्ख्याका नागरिकले स्वास्थ्य सेवा लिएका हुन् । शिविरमा हाड जोर्नी तथा नशा, छाला र अन्य जनरल रोगका बिरामीहरूको स्वास्थ्य चेक जाँच पश्चात् औषधि वितरण गरिएको थियो। चिकित्सकहरू सन्दीप बराल, प्रकाश कार्की र सुरक्षा बरालले बिरामीको चेक जाँच गरेका थिए। शिविरमा ६ वर्षदेखि देखि ९० वर्ष सम्मका महिला पुरुषहरूले सेवा लिएका थिए । शिविरको समापन गर्दै वडा अध्यक्ष तोरण बहादुर बानियाँले आई.एन.एफ नेपालले १ दिने शिविर राखेर वडावासी २६६ जना नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरेकोमा शिविरमा खटिएका चिकित्सक लगायतको टोली प्र...
छिमेकमा कोरोना भाइरस देखिएको छ, बुस्टर डोज लगाइहाल्नू : स्वास्थ्य मन्त्रालय
प्रशासन, समाचार, स्वास्थ्य

छिमेकमा कोरोना भाइरस देखिएको छ, बुस्टर डोज लगाइहाल्नू : स्वास्थ्य मन्त्रालय

नेपालअखबार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले कोरोना भाइरसको नयाँ भेरियन्ट बीएफ. ७ नेपालमा पनि फैलिने जोखिम रहेकाले सतर्क रहन आग्रह गरेको छ । छिमेकी मुलुकहरुमा देखिएको यो भाइरस हालसम्म नेपालमा पुष्टि नभएको बताउँदै मन्त्रालयले खुला सीमाना र मानिसहरुको आवतजावतका कारणले नेपालमा फैलिन सक्ने जोखिम रहेकाले रोकथाम र नियन्त्रणका उपाय अपनाउनुपर्ने उल्लेख गरेको छ । मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले एक विज्ञप्ति जारी गरी इसाइ धर्माबलम्बीहरुके चाड क्रिसमस र इस्वी संवतको नयाँ वर्ष २०२३ नजिकिएको अवस्थामा भिडभाड नगर्न र जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरेको छ । मन्त्रालयले कोभिड–१९ को बुस्टर डोज लगाउन बाँकीहरुलाई पनि छिटो खोप लगाउन आग्रह गरेको छ ।...
चीनमा कोरोना : शवदाहगृह बाहिर लामो लाइन
विश्व, समाचार, स्वास्थ्य

चीनमा कोरोना : शवदाहगृह बाहिर लामो लाइन

नेपालअखबार, काठमाडाैं । विश्वमा फेरि एक पटक कोरोना भाइरसको संक्रमण तिब्र गतिमा बढिरहेको छ । विशेषगरी चीनमा जुन गतिमा यो नयाँ भाइरस फैलिरहेको छ, त्यस प्रकारको संक्रमण त्यहाँ पहिले देखिएको थिएन । मिडिया रिपोर्टका अनुसार ओमिक्रोनको सब– भेरियन्ट द्यँ।ठ  को तीनवटा नयाँ केसहरू भारतमा फेला परेका छन् । यो त्यहि भेरियन्ट हो जसको संक्रमण चीनमा अहिलेसम्मकै तीव्र गतिमा बढिरहेको छ । चीन, अमेरिका, जापान, दक्षिण कोरिया र पेरिसमा कोरोना संक्रमित बढ्दै गएपछि बुधबार भारतको स्वास्थ्यमन्त्रीले पनि उच्चस्तरीय समीक्षा बैठक गरेका छन् । भारतका स्वास्थ्य मन्त्री मनसुख मण्डावियाले भनेका छन्, ‘कोविड अझै समाप्त भएको छैन । हामीले सबै अधिकारीहरूलाई सतर्क रहन र निगरानीलाई बलियो बनाउन आग्रह गरेका छौँ ।’ यससँगै स्वास्थ्य मन्त्रालयको बैठकपछि विमानस्थलमा चीनलगायत विदेशबाट आएका यात्रुको आकस्मिक परीक्षण सुरु गरिएक...
जापानद्वारा अल्जाइमरको रगत परीक्षण किट स्वीकृत
समाचार, स्वास्थ्य

जापानद्वारा अल्जाइमरको रगत परीक्षण किट स्वीकृत

नेपालअखबार । जापानले अल्जाइमर रोगको निदानका लागि रगत परीक्षण किटलाई स्वीकृति दिएको किट निर्माण कम्पनी, सिस्मेक्स कर्पोरेसनले बिहीबार बताएको छ । कम्पनीले यो रोगको कारक प्रोटिनको संचय मापन गर्ने किटलाई जतिसक्दो चाँडो बजारमा ल्याउन काम गरिरहेको जनाएको छ । अल्जाइमर खास गरी पाको उमेरका व्यक्तिमा देखिने स्वास्थ्य समस्या हो र यसका कारण विरामीको स्मरण शक्ति हराउने गर्छ । अल्जाइमरको निदानको मौजूदा विधिहरु महङ्गा र चिकित्सकीय हस्तक्षेप रहेको छ । अक्सर मस्तिष्कको स्क्यान वा स्पाइनल ट्यापको सहयोग रोगको निदान हुनेगरेका छन् । “सिस्मेक्सले अल्जाइमर रोगको निदानमा समस्याहरू समाधान गर्न मस्तिष्कमा (अमाइलोइड बीटा) को सञ्चयलाई छिटो र सजिलै पहिचान गर्ने प्रविधिको विकास गरिरहेको छ,” कम्पनीले जनाएको छ । “परम्परागत परीक्षण विधिहरूभन्दा भिन्न तरिकाले किटले रगतको परीक्षण गर्छ, जसले गर्दा बिरामीहरूको शारीरिक, ...
चीनमा कोरोनाको नयाँ लहर फैलिंदो, डब्ल्यूएचओबाट चिन्ता व्यक्त
विश्व, समाचार, स्वास्थ्य

चीनमा कोरोनाको नयाँ लहर फैलिंदो, डब्ल्यूएचओबाट चिन्ता व्यक्त

नेपालअखबार, काठमाडौं । चीनमा कोरोना संक्रमणको नयाँ लहर फैलिंदै गएपछि विश्वभरबाट चिन्ता व्यक्त हुन थालेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चीनको कोरोना लहरप्रति चासो व्यक्त गरेको छ । डब्ल्यूएचओका इमरजेन्सी चिफ डाक्टर माइकल रायनले चिनियाँ अधिकारीहरुले बिरामीहरुको संख्या कम भने पनि अस्पतालका आईसीयू बेड भरिंदै जानु चिन्ताको विषय भएको बताएका छन् । जेनेभाको एक कार्यक्रममा उनले भनेका छन्, ‘निकै संक्रामक कोरोना भाइरसलाई सार्वजनिक स्वास्थ्य र सामाजिक नियमहरुबाट मात्रै रोक्न निकै मुस्किल छ । खोप अभियान यसबाट जोगिने उपाय हुनसक्छ ।’ चिनियाँ अधिकारीहरुले कोरोनाको पछिल्लो लहरका कारण मंगलबार ५ जना र सोमबार दुई जनाको मृत्यु भएको बताएका छन् । तर अहिलेको संक्रमणको प्रभावलाई हेर्दा यति थोरै संख्यामा शंका गर्न सकिने बीबीसीले जनाएको छ । बीबीसीका अनुसार चीनमा कोरोना महामारी बढेपछि राजधानी बेइजि...
एकीकृत समाजवादीका अध्यक्ष नेपाल अस्पताल भर्ना
समाचार, स्वास्थ्य

एकीकृत समाजवादीका अध्यक्ष नेपाल अस्पताल भर्ना

नेपालअखबार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना हुनु भएको छ । उहाँलाई  रुघा खोकी, ज्वरो र छातिमा सामान्य संक्रमण देखिएकोले उपचारार्थ आज त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको उहाँको निजी सचिवालयले जनाएको छ । उहाँको उपचारमा त्रि.वि ( शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको चिकित्सकको टोली संलग्न रहेको बताईएको छ  । संक्रमण फैलिन सक्ने जोखिमलाई दृष्टिगत गरी चिकित्सकको सुझाव अनुसार अस्पतालमा सबै भेटघाटहरू बन्द गरिएको अध्यक्ष नेपालको निजी सचिवालयले जनाएको छ  ।...