Wednesday, July 15

स्वास्थ्य

कोरोना विरुद्धको खोप अब करिब ५० लाख मात्रा मौज्दात
समाचार, स्वास्थ्य

कोरोना विरुद्धको खोप अब करिब ५० लाख मात्रा मौज्दात

नेपालअखबार, काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप करिब ५० लाख मात्रा मौज्दात रहेको छ । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि खोपको माग पनि कम भएकाले मौज्दात रहन गएको हो । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा.सुरेन्द्र चौरसियाका अनुसार हाल ४९ लाख २१ हजार छ सय ३२ मात्रा खोप मौज्दात छ । उनले अहिले सङ्क्रमण घटिरहेकोले माग नहुँदा खोपको मौज्दात रहेको जानकारी दिए । सबैभन्दा बढी भेरोसेल खोप मौज्दात छ । भेरोसेल ४३ लाख ६६ हजार एक सय ६६ मात्रा मौज्दात छ भने फाइजर ६० हजार सात सय ५६, र फाइजर (बालबालिका)लाई लगाउने चार लाख ९४ हजार सात सय १० मात्रा मौज्दात छ । सबैभन्दा बढी केन्द्रीय भण्डारण केन्द्र टेकुमा ४० लाख मात्रा भेरोसेल मौज्दात छ । प्रदेश नं १ मा पाँच हजार तीन सय ७३, मधेश प्रदेशमा ४७ हजार आठ सय ९०, बाग्मती प्रदेशमामा पाँच लाख ५४ हजार नौ सय ६९, हेटौँडामा एक लाख ३५ हजार तीन स...
चितवन गार्डेन रिसोर्टमा बिहे भोज खाएका ३०० जना बिरामी
समाचार, समाज, स्वास्थ्य

चितवन गार्डेन रिसोर्टमा बिहे भोज खाएका ३०० जना बिरामी

नेपालअखबार, चितवन । चितवनको चितवन गार्डेन रिसोर्टमा बिहे भोज खाएका ३०० जना बिरामी भएका छन् । बिहे भोज खाएकाहरुलाई पखाला लाग्ने, बान्ता हुने, ज्वरो आउने जस्ता समस्या देखिएको छ । कतिपय बिरामी भरतपुरको नेशनल सिटी अस्पताल भर्ना नै भएका छन् । एउटै भोजमा सहभागी भएर पखाला, वान्ता, ज्वरो आएका बिरामीहरु अस्पतालमा भर्ना भएको अस्पतालका फिजिसियन डा. गौरीराम महतोले जानकारी दिए । उनका अनुसार अहिलेसम्म अस्पतालमा ७० जनाभन्दा बढी बिरामीको उपचार भैसकेको छ । अहिले ३५ जना बिरामी अस्पतालमा भर्ना भएको डा. महतोले जानकारी दिए । ‘उनीहरु सबैको अवस्था अहिले स्टेबल छ, सबैको लक्षण उस्तै देखिन्छ, हेर्दा होटलको खानाबाट फुड पोइजन भएको जस्तो देखिन्छ,’ डा. महतोले भने । बिरामी परेकाहरु नवलपुरको गैंडाकोट–१ का गणेश ढकाल र भरतपुर–१० की करिश्मा अधिकारीको मंसिर २३ गतेको विवाह समारोहमा सहभागी भएका थिए । बिहे भोज खाएका दु...
ल्वाङको चिया रुघाखोकी र फ्लूको औषधि
समाचार, स्वास्थ्य

ल्वाङको चिया रुघाखोकी र फ्लूको औषधि

नेपालअखबार । जाडोमा रुघाखोकीको समस्याले धेरैलाई सताउने गरेको छ । वास्तवमा जाडोमा शरीरको रोग प्रतिरोधी क्षमता कमजोर हुन्छ, जसका कारण रोगको जोखिम बढ्छ । यस्तो अवस्थामा जाडो मौसममा यस्ता चीजहरूको सेवन गर्नुपर्छ, जसले गर्दा शरीरलाई न्यानोपन मिल्छ । जाडो मौसममा धेरैजसो मानिसले चिया पिउने गर्छन् । अदुवा र अलैंची हालेको चिया  त खानु भएको होला । तर, के तपाईंले कहिल्यै ल्वाङको चिया पिउनुभएको छ ? हो, भान्सामा मसलाको रूपमा प्रयोग गरिने ल्वाङबाट ​​बनेको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । आयुर्वेदका अनुसार ल्वाङ धेरै रोगको उपचारमा फाइदाजनक हुन्छ । ल्वाङमा मिनरल्स, एन्टिअक्सिडेन्ट, एन्टी माइक्रोबियल, एन्टि भाइरल र एनाल्जेसिक गुण पाइन्छ, जुन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । ल्वाङको चिया पिउनाले रुघाखोकी, कफ, ज्वरो र संक्रमणको समस्या हट्छ । दैनिक ल्वाङको चिया पिउनाले स्वास्थ्यलाई अन्य धेरै ...
ताङतिङमा निशुल्क स्वास्थ्य शिविर, १ सय ७३ जनाले गरे परिक्षण
समाचार, स्वास्थ्य

ताङतिङमा निशुल्क स्वास्थ्य शिविर, १ सय ७३ जनाले गरे परिक्षण

नेपालअखबार, पोखरा । कास्कीको मादी गाउँपालिका २ ताङतिङमा स्थानीयलाई मध्यनजर गर्दै वडा कार्यालयको समन्वयमा निशुल्क स्वास्थ्य शिविरको सम्पन्न भएको छ । पोखरा रानीपौवास्थित आस्था किड्नी एण्ड स्पेशलाइज्ड हस्पिटल प्रा.लिको आयोजना र मादी गाउँपालिका २ को समन्वयमा हिमालय मिलनमा एक दिने निशुल्क स्वाथ्य शिविर सम्पन्न भएको हो । नागार्जुङ स्वास्थ्य चौकीका प्रमुख हरिबहादुर गुरुङले सो स्वास्थ्य शिविरमा १ सय ७३ जनाले निशुल्क स्वास्थ्य परिक्षण गरेको जानकारी दिए । उनका अनुसार शिविरमा ४७ जनाले सामान्य प्रयोगशाला परिक्षण, ६० जनाले भिडियो एक्सरे तथा इसिजी र बाँकी ४८ जनाले अन्य सेवा लिएका थिए । ‘आस्था किड्नी एण्ड स्पेशलाइज्ड हस्पिटल प्रा.लिको आयोजना र मादी २ वडा कार्यालयको समन्वयमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो, गुरुङले भने, ‘यसबाट स्थानीयहरु एकदमै लाभांवित हुनुभएको छ ।’ सो कार्यक्रममा बोल्दै मादी गाउँप...
चिसोका कारण बढ्न थाले बिरामी
समाचार, समाज, स्वास्थ्य

चिसोका कारण बढ्न थाले बिरामी

नेपालअखबार, महोत्तरी। विगत एक सातादेखि बढेको चिसोको कारण महोत्तरी जिल्ला अस्पतालमा बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । चिसो हावा, हुस्सु र बाक्लो कुहिरो लागेका कारण यहाँको मौसम असहज भएको छ । जिल्ला अस्पतालमा उपचारको लागि पहिलेभन्दा बढी बिरामी आउन थालेको मेडिकल सुपरिटेन्डेन्ट डा सतिश साहले बताए । उनका अनुसार चिसोकै कारण यहाँका स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा ज्वरो, रुघाखोकी, दम, कोल्ड डायरियाका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । सामान्य अवस्थामा औसतमा ४०/५० जना बिरामी उपचारका लागि आउने गरेकोमा पछिल्लो समय दैनिक एक सय ५० सम्म बिरामी उपचारको लागि आउने गरेको डा साहले बताए । लगातार बढ्दै गएको जाडोबाट सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिला बढी प्रभावित भएका छन् । साथै आर्थिकरुपले कमजोर व्यक्तिसमेत बढ्दै गएको जाडोको प्रत्यक्ष मारमा परेका छन् । बालबालिका, वृद्धवृद्धा ...
संसारकै सबैभन्दा महंगो औषधि : एक डोजको पर्छ ४५ करोड बढी
विश्व, समाचार, स्वास्थ्य

संसारकै सबैभन्दा महंगो औषधि : एक डोजको पर्छ ४५ करोड बढी

नेपालअखबार, एजेन्सि। अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले हालै विश्वको सबैभन्दा महंगो औषधिलाई स्वीकृत गरेको छ । ‘हेमजेनिक्स’ नामको यो औषधिको एक डोजको मूल्य ३५ लाख डलर अर्थात ४५ करोड नेरुभन्दा बढी रूपैयाँ पर्छ । यो हेमोफिलिया–बीका बिरामीहरूको उपचारमा प्रयोग हुनेछ । हेमोफिलिया रोग के हो ? हेमोफिलिया एक आनुवंशिक रोग हो, जसका विभिन्न प्रकारहरू पाइएका छन्, तर यीमध्ये हेमोफिलिया बी एकदम दुर्लभ हुन्छ । यसमा व्यक्तिको रगत जमाउने प्रोटिनको कमी हुन्छ । ‘क्लोटिंग फ्याक्टर’ पनि भनिने यो प्रोटिनको कमी हुने यसका रोगीलाई सानो चोट लागेमा रगत निरन्तर बगिरहन्छ । अत्याधिक रक्तस्रावका कारण मानिसको ज्यान समेत जान सक्छ । हेमोफिलिया भएपछि मुख्य समस्या नै रगत नजम्ने हुन्छ । नयाँ औषधिको एक डोजले दिन्छ राहत  एफडीएका अनुसार हेम्जेनिक्स औषधि हेमोफिलिया–बीका बिरामीका लागि निकै प्रभावकारी सा...
रुघाखोकी लाग्दा दही खान मिल्छ ?
समाचार, समाज, स्वास्थ्य

रुघाखोकी लाग्दा दही खान मिल्छ ?

नेपालअखबार, पाेखरा । धेरैजसो मानिसहरु रुघाखोकी लाग्दा दही खान छोड्छन् । कतिपय मानिसहरु रुघाखोकीमा दही खाँदा समस्या झनै बढ्ने विश्वास गर्छन् । के यो साँच्चै हाने ? रुघाखोकी लागेको बेला दही खानु हुँदैन ? चिसो लागेमा दही खानु पर्छ कि पर्दैन जान्नुहोस् । यो ठ्याक्कै यस्तै हो भनेर भन्न सकिँदैन, किनकि कसैलाई दही खाँदा कुनै समस्या हुँदैन, तर कसैको रुघाखोकी धेरै बढ्छ । हुन त दही एक यस्तो खाद्य पदार्थ हो, जुन धेरै सजिलै पच्छ । यसमा धेरै राम्रो ब्याक्टेरिया हुन्छ, जुन पेटका लागि स्वस्थकर हुन्छ । मानिसहरुलाई यो पनि थाहा थियो कि यी राम्रा ब्याक्टेरियाले थप कफ निम्त्याउँछ, जसको कारण अवस्था सुधार हुनुको सट्टा बिग्रन्छ । यदि तपाईंलाई कुनै प्रकारको समस्या हुने डर छ भने दहीको सेवन नगर्नु नै राम्रो हुन्छ, विशेषगरी रातिको समयमा यसको सेवन गर्नु हुँदैन । के दहीमा पाइने पोषक तत्वले रुघाखोकी र फ्लूसँग ...
डेंगुले महोत्तरीका अस्पताल भरिभराउ
समाचार, स्वास्थ्य

डेंगुले महोत्तरीका अस्पताल भरिभराउ

नेपालअखबार, महोत्तरी। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७९ को रापताप उत्कर्षमा पुग्दै गर्दा महोत्तरीको बर्दिबास क्षेत्र भने डेङ्गु महामारीको चपेटामा छ । अहिले डेङ्गु जाँच गराउने र सङ्क्रमण पुष्टिपछिको उपचारको सेवा लिनेहरूले बर्दिबास अस्पताल भरिभराउ छ । कात्तिक महिनामा मात्रै हालसम्म (कात्तिक २५ गते मध्याह्नसम्म) १२६ जनामा डेङ्गु सङ्क्रमणको पुष्टि भएको अस्पतालले जनाएको छ । “दैनिक डेङ्गु जाँच गर्न आउनेको चाप छ, सङ्क्रमण पुष्टि भएका पनि बाक्लै भेटिएका छन्”, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णा महर्जनले भने, “हामीलाई जाँच गर्न र उपचार दिन भ्याइनभ्याइ छ ।” गत साउनदेखि नै बर्दिबास नगरक्षेत्रमा डेङ्गुको सङ्क्रमण भेटिएको हो । गत साउनमा जाँच गर्न आएका २७ जनामध्ये दुई जनामा सङ्क्रमण पुष्टि भएको थियो । त्यसैगरी भदौमा जाँच गरिएका १२४ मध्ये २४ जना, असोजमा जाँच गरिएका २३९ मध्ये ९४ जना र जारी...
देशभर थपिए २८ जना कोरोना संक्रमित
समाचार, स्वास्थ्य

देशभर थपिए २८ जना कोरोना संक्रमित

नेपालअखबार, काठमाडाैं । पछिल्लो २४ घन्टामा देशभर २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २८ जनामा संक्रमण पुष्टि भएको हो। एक हजार ८७९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। एक हजार २१९ जनाको पिसिआर र ६६० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ५७० जना सक्रिय संक्रमित छन् १८ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।...
प्रसूति सेवा हुनु त यस्तो!
समाचार, समाज, स्वास्थ्य

प्रसूति सेवा हुनु त यस्तो!

नेपालअखबार, चितवन। आफू अन्यत्र अस्पतालमा कार्यरत रहेका यहाँका चिकित्सकले श्रीमती र आफन्तका लागि प्रसूति सेवा लिन भरतपुर अस्पताल रोज्ने गर्दछन्। सर्वसाधारणको पहिलो रोजाइ त छँदैछ, धनाढ्य पनि यहीको प्रसूति सेवा लिन रुचाउँछन्। बिरामीको उच्च चाप भएकाले शय्या अभाव हुँदा भुईंमै बसेर भए पनि यही अस्पतालको प्रसूति सेवा लिने धेरैको चाहना हुन्छ। प्रसूति गृहपछि सबैभन्दा धेरैले प्रसूति सेवा लिने अस्पतालको रुपमा भरतपुर अस्पताल परिचित छ। प्रसूति सेवा मात्रै होइन, नवजात शिशुका लागि आवश्यक पर्ने सम्पूर्ण उपचार सेवा रहेका कारण धेरैको रोजाइ यो अस्पताल पर्ने गर्दछ। अस्पतालको तथ्याङ्कलाई हेर्दा गत आर्थिक वर्षमा यहाँ ११ हजार नौ सय ६१ ले प्रसूति सेवा लिएका छन्। तीमध्ये सामान्य प्रसूति गराउने सात हजार चार सय ५८, शल्यक्रिया गरेर प्रसूति गराउने चार हजार एक सय ६८ र जटिल अवस्थामा शल्यक्रिया गराएका तीन सय ३५ र...