नेपालमा हरेक दिन १.७ जनामा एचआईभी संक्रमण पुष्टि
नेपालअखबार,काठमाडौँ । पछिल्लो एक तथ्याङ्कले नेपालमा अनुमानित कुल एचआइभी सङ्क्रमितमध्ये ७७ प्रतिशत मात्र एन्टिरेट्रोभाइरल (एआरभी) उपचारमा रहेको देखाएको छ ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा हरेक दिन एक दशमलव ७ जना व्यक्तिमा एचआइभी सङ्क्रमण पुष्टि भएको छ । यसैगरी, सन् २०२४ को अन्त्यसम्म नेपालमा ३४ हजार ३३७ व्यक्तिमा एचआइभी सङ्क्रमण भएको अनुमान छ । वयस्क जनसङ्ख्यामा शून्य दशमलव १३ प्रतिशत सङ्क्रमण (प्रिभ्यालेन्स दर) रहेको छ ।
केन्द्रले सार्वजनिक गरेको ‘एचआईभी फ्याक्ट सिट २०२५’का अनुसार सन् २०२४ को अन्त्यसम्ममा नेपालमा २६ हजार ३७२ सङ्क्रमितहरुले एन्टिरेट्रोभाइरल (एआरभी) उपचार लिइरहेका छन् र अनुमानित कुल एचआइभीको सङ्क्रमितमध्ये ७७ प्रतिशत एआरभी उपचारररत छन् ।
सन् २०२४ मा ६१४ व्यक्तिमा एचआईभीको नयाँ सङ्क्रमण भएको अनुमान गरि...










