Sunday, July 12

स्वास्थ्य

डेङ्गुका बिरामी समेत वढ्न थाले
समाचार, स्वास्थ्य

डेङ्गुका बिरामी समेत वढ्न थाले

नेपाल अखबार,चितवन । कोरोना सङ्क्रमणका बेला यहाँ स्क्रबटाइफस र डेङ्गुका बिरामी बढेका छन् । भरतपुर अस्पतालमा दुई महिनामा ६९ जनालाई स्क्रबटाइफस र २४ जनालाई डेङ्गु देखिएको छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार साउन र भदौमा परीक्षण गरिएका ३ सय ४५ जनाको नमूनामा ६९ जनामा स्क्रबटाइफस देखिएको हो । सोही अवधिमा ३ सय १५ जनाको परीक्षण गर्दा २४ जनामा डेङगु देखिएको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार सबै रोगको तथ्याङ्क सङ्कलन भईरहेको छ । मुसामा हुने एकप्रकारको माइट भन्ने सङ्क्रमित किर्नाको माध्यमबाट ओरियन्टिया सुत्सुगामुसी भन्ने व्याक्टेरियाको कारणले स्क्रब टाइफस हुने भरतपुर अस्पतालका डा. महेन्द्र अग्रहरीले जानकारी दिनुभयो । यो रोग वर्षाको समयमा देखिन्छ । उक्त किर्नाले टोकेको सामान्यतया ५ देखि २० दिनभित्र यो रोगको लक्षण देखिन थाल्छ । यसमा विशेषरी उच्च ज्वरो आउने, शरीरमा...
जनप्रतिनिधी र कर्मचारी समेत कन्ट्रयाक ट्रेसिङमा परेपछि पोखरा २० को कार्यालय सिल
समाचार, स्वास्थ्य

जनप्रतिनिधी र कर्मचारी समेत कन्ट्रयाक ट्रेसिङमा परेपछि पोखरा २० को कार्यालय सिल

नेपाल अखबार, , पोखरा  । वडा अध्यक्ष सहित कर्मचारीको पिसिआर रिपोर्ट नआउदा सम्मका लागी पोखरा महानगरपालिका वडा नम्बर २० को कार्यालय सिल गरिएको छ । गत असोज १ गते सोही वडाका एक महिलामा कोभिड १९ को रिपोर्ट पोजेटिभ देखिएपछि उनको कन्ट्रयाक ट्रेसिङमा परेका ४ मध्ये कोभिड १९ बाट २ जना पोजेटिभ देखिएको र उनीहरुको कन्ट्रयाक ट्रेसिङमा वडाका जनप्रतिनिधी र कर्मचारीहरु समेत परेकाले उनीहरुको आज पिसिआर टेष्टका लागि स्वाव संकलन गरिएको र रिपोर्ट नआउन्जेल सम्मको लागी वडा कार्यालय पूर्णरुपमा सिल गरिएको वडा अध्यक्ष सिम गुरुङले जानकारी दिए । वडाले नै एक विज्ञप्ती जारी गरी वडामा पहिलो संक्रमित संगको कन्ट्रयाक ट्रेसिङमा परेका थप दुइ जनामा कोरोना पुष्टि भएको र उनीहरुको कन्ट्रयाक ट्रेसिङमा वडाका अध्यक्ष सहित जनप्रतिनिधी र कर्मचारी हरु गरि २९ जनाको स्वाव संकलन भइसकेको र उनीहरुको पिसआिर रिपोर्ट नआउदा सम्म वडा पूर्ण रुपमा...
नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु
समाचार, स्वास्थ्य

नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

नेपाल अखबार, पाेखरा। नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको हो। मन्त्रालयका अनुसार मृत्यु हुनेमा ३ महिला र ३ पुरुष रहेका छन्। मृत्यु हुनेमा मोरङमा २, काठमाडाैँ, ललितपुर, कपिलवस्तु र सप्तरीका १÷१ जना रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको छ। यो कूल संक्रमितमध्यको ०.६५ प्रतिशत हो।...
काठमाडौँ उपत्यकामा आज थपिए ६४५ जना कोरोना संक्रमित
समाचार, स्वास्थ्य

काठमाडौँ उपत्यकामा आज थपिए ६४५ जना कोरोना संक्रमित

नेपाल अखबार, काठमाडौँ। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा ६४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार काठमाडौँमा ५०३, भक्तपुरमा, ५१ र ललितपुरमा ९१ जनामा कोरोना पुष्टि भएको हो...
नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार नाघ्यो, ५१ हजार बढी निको भए
समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार नाघ्यो, ५१ हजार बढी निको भए

नेपाल अखबार,पाेखरा। नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार नाघेको छ। पछिल्लो २४ घण्टामा थप १ हजार ३१३ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार ३१३ जनामा कोरोना पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ४५५ जना कोरोना संक्रमित निको भएसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ।...
थप १३ सय १३ जनामा कोरोना पुष्टि
समाचार, स्वास्थ्य

थप १३ सय १३ जनामा कोरोना पुष्टि

नेपाल अखबार, पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३१३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरमा १ हजार ३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या १८ हजार २८९ रहेको छ। पछिल्लो २४ घण्टामा थप १२ हजार २६२ पीसीआर परीक्षण भएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ४५५ जना कोरोना संक्रमित निको भएसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ। कोरोना निको हुनेको प्रतिशत ७३.४ रहेको छ।...
कोरोनाको कारण गायक एसपी बालासुब्रमण्यमको निधन
मनोरञ्जन, विदेश, समाचार, स्वास्थ्य

कोरोनाको कारण गायक एसपी बालासुब्रमण्यमको निधन

नेपाल अखबार, मुम्बई । दक्षिण भारतीय तथा हिन्दी फिल्मका चर्चित गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ । ७४ वर्षीय बालासुब्रमण्यमले चेन्नइको एक अस्पतालमा अन्तिम श्वास फेरेका हुन् । कोरोना संक्रमित बालासुब्रमण्यमलाई गत ५ अगस्टमा अस्पताल भर्ना गरिएको थियो । उनको शुक्रबार १ बजेर ४ मिनेटमा निधन भएको भारतीय संचार माध्यमले जनाएका छन् । दक्षिण भारतीय फिल्ममा पहिचान बनाएपछि बालासुब्रमण्यमले १९८१मा हिन्दी फिल्मका गीत गायन सुरु गरेका थिए । कमल हसन अभिनित ‘एक दुजेके लिए’   फिल्मको ‘तेरे मेरे बीचमे’ बोलको गीतबाट उनले बलिउड गायन करियर सुरु गरेका थिए । यो फिल्मको गीतबाट उनलाई नेशनल अवार्ड समेत मिलेको थियो । यसपछि उनले कयौ राम्रा गीतहरु हिन्दी फिल्मका लागि दिएका छन् । दक्षिण भारतमा जन्मिएका बालासुब्रमण्यम धेरै भाषामा समेत गीत गाउथे । तर गीत गाउने प्रेरणा आफुलाई हिन्दी गीतबाट मिलेको बताउदै आएका थिए । हिन्दी...
कोरोनाबाट बाँके र पर्सामा दुई जनाको मृत्यु
समाचार, स्वास्थ्य

कोरोनाबाट बाँके र पर्सामा दुई जनाको मृत्यु

नेपाल अखबार, बाठमाडाैं। कोरोना भाइरस संक्रमणबाट बाँके र पर्सामा एक–एक जनाको मृत्यु भएको छ । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत ५२ वर्षीय पुरुषको आज बिहान र पर्साको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचाररत ७७ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ एक्लैनी निवासी ५२ वर्षीय पुरुष श्वासप्रश्वासमा समस्या भएपछि असोज ६ गते राति ११ बजे कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका थिए । स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार ६ गते नै उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको दुवैतिरको फोक्सोमा निमोनिया र उच्च रक्तचापको समस्या थियो । रोगको प्रकृतिअनुसार गरिनुपर्ने सबै प्रकारको उपचार गर्दागर्दै ती पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।...
गण्डकीमा ४ जनामा रेम्डिसिभिर प्रयोग, २० जनालाई पुग्ने स्टक
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकीमा ४ जनामा रेम्डिसिभिर प्रयोग, २० जनालाई पुग्ने स्टक

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा कोभिड–१९ को गम्भीर अवस्थाका ४ संक्रमितलाई रेम्डिसिभिर औषधी चलाइएको छ । विशेषगरी कोभिडका कारण अक्सिजन कम भएका संक्रमितलाई रेम्डिसिभिर प्रयोग गर्दा सुधारसमेत देखिएको चिकित्सकले बताएका छन् । एरेम्डिसिभिरको प्रयोगबारे नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले अध्ययन गरिरहेकाले सीमित संख्यामा यो मुख्य अस्पतालहरुमा मात्र उपलब्ध छ । गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा गम्भीर प्रकारका संक्रमितको उपचार हुँदै आएको छ । प्रतिष्ठानलाई स्वास्थ्य विभागमार्फत सरकारले १ सय वटा उपलब्ध गराएको छ भने प्रतिष्ठान आफैंले ३० वटा खरिद गरेको छ । ‘बंगलादेशबाट आएको रेम्डिसिभिर स्वास्थ्य विभागमार्फत १ सय वटा प्रतिष्ठानमा आएको हो । प्रतिष्ठानले ३० आफैं खरिद गरेको थियो,’ कोभिड अस्पतालका फोकल पर्सन डा. वुद्धिसागर लामिछानेले भने, ‘प्रतिष्ठा...
उपत्यकामा थपिए ७५५ नयाँ संक्रमित
समाचार, स्वास्थ्य

उपत्यकामा थपिए ७५५ नयाँ संक्रमित

नेपाल अखबार, काठमाडाैं। आज काठमाडौं उपत्यकामा ७५५ नयाँ संक्रमित थपिएका छन्। काठमाडौंमा ६ सय ९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ जनामा संक्रमण देखिएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यी तीन जिल्लासहित चितवन, सिराह, मोरङ र रुपन्देहीमा पाँच सय बढी सक्रिय संक्रमित रहेका छन्। आज चितवनमा १ सय ३७, मोरङमा ७३, रुपन्देहीमा ८६ जनामा संक्रमण देखिएको छ। आज देशभरी सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ३७ रहेको छ।...