Sunday, July 12

स्वास्थ्य

कोरोनाबाट थप १७ को मृत्यु, कुल मृतकको संख्या ४ सय ५३ पुग्यो
समाचार, स्वास्थ्य

कोरोनाबाट थप १७ को मृत्यु, कुल मृतकको संख्या ४ सय ५३ पुग्यो

नेपाल अखबार, पाेखरा।  कोरोना भाइरस (कोभिड-१९) बाट थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ महिला र १२ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङका ५५ वर्षीया, सुनसरीका ८१ वर्षीया, धादिङका ३२ वर्षीया महिलाको मृत्यु भएको छ । यस्तै भक्तपुरमा ७३ वर्षीया महिला र ८४ वर्षीय पुरुष, काठमाडौंमा ८२ वर्षीया महिला र ७५, ७९ र ८० वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै झापामा ७८ वर्षीय, धनुषामा ६८ र ७० वर्षीय, रौतहटमा ६५ वर्षीय, तनहुँमा ३९ वर्षीय, दाङमा ३९ वर्षीय, कपिलवस्तुमा ५० वर्षीय र नवलपरासीमा ५५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ५३ पुगेको छ । आज १ हजार ४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । ११ हजार ४ सय ४९ पीसीआर परीक्षण भएकोमा आज ५ सय १३ महिला र  ९ सय ८४ पुरुषमा संक्रमण देखिएको छ । यस्तै काठमाड...
२४ घण्टामा नेपालमा एक हजार चार सय ९७ जना कोरोना संक्रमित
समाचार, स्वास्थ्य

२४ घण्टामा नेपालमा एक हजार चार सय ९७ जना कोरोना संक्रमित

नेपालअखबार, पाेखरा। वितेको २४ घण्टामा नेपालमा एक हजार चार सय ९७ जना कोरोना संक्रमित भएका छन्। ११ हजार चार सय ४९ जनाकाे पीसीआर परीक्षण गर्दा साे संख्यामा संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्राडा जागेश्वर गौतमले सो जानकारी दिएका हुन्। मन्त्रालयका अनुसार आज ४५७ जना काेराेना मुक्त भएर डिस्चार्ज भएका छन्। याे सँगै नेपालमा डिस्चार्ज हुनेकाे संख्या ५० हजार चार सय ११ पुगेकाे छ। आज १८ हजार चार सय ३७ जना सक्रिय संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ।...
चहलपहल ह्वात्तै बढेपछि ताप्लेजुङमा संक्रमणको जोखिम बढ्यो
प्रदेश १, समाचार, स्वास्थ्य

चहलपहल ह्वात्तै बढेपछि ताप्लेजुङमा संक्रमणको जोखिम बढ्यो

नेपाल अखबार, ताप्लेजुङ । हरेक दिन कोभिड–१९ अर्थात् कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । बुधबारसम्म मुलुकभर सक्रिय संक्रमितको संख्या १७ हजार नाघेको छ भने संक्रमणबाट निधन हुनेको संख्या ४३६ पुगेको छ । यसरी संक्रमितको संख्या बृद्धि हुँदै गए अझ खराब अवस्था आउन सक्ने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ । हालसम्म सुरक्षित मानिएको पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा केही दिनयता ह्वात्तै चहलपहल बढेको छ भने कोभिड १९ का सन्दर्भमा पालना गर्नुपर्ने जनस्वास्थ्यका अत्यावश्यक मापदण्ड पालना गरेको देखिँदैन । सदरमुकाम फुङलिङमा लामो तथा छोटो दूरीका यातायात खुलेसँगै चहलपहल बढेको छ भने बजार क्षेत्रमा हिँडडुल गर्ने अधिकांश मानिसले मास्कको प्रयोग गर्न छाडेका छन् । यस्तै सामाजिक दूरीसमेत कार्यान्वयन हुन सकेको छैन । ‘यातायात खुलेसँगै बजार क्षेत्रमा चहलपहल बढेको छ, अधिकांशले मास्क नलगाई हिड्न थाले, यसले थप जोखिम ब...
भारतबाट आएर अस्पताल भर्ना भएका एक सङ्क्रमितको मृत्यु
समाचार, स्वास्थ्य

भारतबाट आएर अस्पताल भर्ना भएका एक सङ्क्रमितको मृत्यु

नेपाल अखबार, डडेल्धुरा । जिल्लामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको गएराति डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । केही दिनअघि भारतबाट आएका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल ल्याइएको थियो । नवदुर्गा गाउँपालिकाको एम्बुलेन्समार्फत डडेल्धुरा अस्पताल पु¥याएका पुरुषलाई भारतमै कोरोना पुष्टि भएको र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पनि सङ्क्रमण पुष्टि भएको कोभिड १९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए । डडेल्धुरामा कोरोना सङ्क्रमणबाट यो पहिलो मृत्यु हो । बिरामीलाई अस्पताल ल्याएर उपचार गर्ने क्रममा श्वास प्रस्वासको गति बन्द भईसकेको र स्वाब परीक्षण गर्दा कोरना पोजेटिभ आएको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट जगदीश बिष्टले जानकारी दिए । शव व्यवस्थापनका लागि डडेल्धुरास्थित गरुड दह गण दह ब्यारेकमा सम्पर्क भइरहेको बिष्टल...
कोरोना सङ्क्रमित एक युवाको उपचारको क्रममा मृत्यु
समाचार, स्वास्थ्य

कोरोना सङ्क्रमित एक युवाको उपचारको क्रममा मृत्यु

नेपाल अखबार, चितवन। चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमणका कारण एक युवाको मृत्यु भएको छ । तनहुँको आँबुखैरहनी नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय युवाको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनको बुधबार राति १२ः५५ बजे मृत्यु भएको हो । डायलासिस गराउन भदौ २९ गते अस्पताल आएका उनमा गत भदौ ३१ गते कोरोना देखिएको थियो । कोरोना सङ्क्रमणसँगै अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भईरहेको थियो । उपचारका क्रममा राति उनको मृत्यु भएको  हाे । रासस...
काठमाडौँ उपत्यकामा ६३७ कोरोना संक्रमित थपिए
समाचार, स्वास्थ्य

काठमाडौँ उपत्यकामा ६३७ कोरोना संक्रमित थपिए

नेपाल अखबार, काठमाडौँ। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ४९२, भक्तपुरमा ९५ र ललितपुरमा ५० थप जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।...
कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ४३६ पुग्यो
समाचार, स्वास्थ्य

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ४३६ पुग्यो

नेपाल अखबार, पाेखरा। नेपालमा कोरोना संक्रमणबाट पछिल्ले २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा संक्रमणबाट पछिःल्लो २४ घण्टामा ७ जनाको. ज्यान गएको हो। मन्त्रालयका अनुसार मृत्यु हुनेमा १ महिला र ६ पुरुष रहेका छन् मृत्यु हुनेमा काठमाडौँ र बर्दियाका २÷२ जना रहेका छन् भने झापा, सिरहा र ललितपुरका १÷१ जना रहेका छन्। योसँगै नेपालमा कोरोना सक्रमणबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको छ। नेपालमा कुल संक्रमितमध्ये मृतयु हुनेको प्रतिशत ०.६४ रहेको छ।...
पछिल्लो २४ घण्टामा थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ९ हजार ४ सय ५९ जनाको नमूना परीक्षण गर्दा ११७२ जनामा संक्रमण पुष्टि भएको हो । आजै १८९३ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । नेपालको पछिल्लो संक्रमण मुक्त दर ७३.७ प्रतिशत रहेको समेत गौतमले जानकारी दिए ।...
पोखराका ११ जना सहित गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखराका ११ जना सहित गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पोखरा । स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार पोखराका ११ जना सहित गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । निर्देशनालयले पोखरा महानगरपालिका वडा नम्बर ३ का ३० र ४५ वर्षीय पुरुष तथा  ३० वर्षीया महिला ,पोखरा ७ का नेपाल प्रहरीमा कार्यरत २५, २८, ३३, ३५ र ४४  वर्षीय पुरुष , पोखरा १४  का ५८ वर्षीय पुरुष तथा २८ र ५० वर्षीय महिलामा कोरोना भाइरस देखिएको जानकारी दिएको हो । त्यसैगरी नवलपुर  बिनयत्रिबेणी ३ का ३० वर्षीय पुरुष , ४ का २४, २६, र २९ वर्षीय पुरुष तथा ४५ वर्षीया महिला, मध्यबिन्दु २ का ४० वर्षीय पुरुष, ६ का ६५ वर्षीय पुरुष तथा ८ का ३३ र ६५ वर्षीया महिलामा  कोरोना पुष्टि भएको  निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ३ हजार ५ सय २३ पुगेको छ ।...
रुसको कोरोनाविरुद्धको खोप आगामी केही हप्ताबाट भारतमा परीक्षण हुँदै
विश्व, समाचार, स्वास्थ्य

रुसको कोरोनाविरुद्धको खोप आगामी केही हप्ताबाट भारतमा परीक्षण हुँदै

नेपाल अखबार, एजेन्सि। रुसको कोरोनाविरुद्धको खोप ‘स्पुतनिक–भी’ आगामी केही हप्ताबाट भारतमा परीक्षण हुने भएको छ। हैदरावादस्थित औषधि निर्माता कम्पनी डाक्टर रेड्डीज ल्याबोरेटरीले रुसको खोपलाई भारतमा परीक्षण गर्न नेतृत्व गर्नेछ। रेड्डीज ल्याबोरेटरीका एक अधिकारी दिपक सप्राका अनुसार हजारदेखि २ हजार भारतीयमा रुसको खोप परीक्षण हुनेछ। यो परीक्षण भारतका विभिन्न राज्यमा हुनेछ। रुसमा गत अगष्ट ११ मा नै त्यहाँको सरकारले यस खोप प्रयोगका लागि अनुमति दिएको थियो। तर विभिन्न देश तथा अन्तर्राष्ट्रिय निकायले रुसले तेस्रो तथा मुख्य परीक्षण नगरेको भन्दै आलोचना गरेका थिए। हाल रुसका खोप विभिन्न देशमा परीक्षण भइरहेका छन्। यसबीचमा भारतमा पनि स्पुतनिक भ्याक्सिन मानिसमा परीक्षण हुन लागेको हो। भारतीय संचार माध्यमका अनुसार रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड आरडीआइएफले भारतको रेड्डीज कम्पनीलाई दश करोड डोज खोप उपलब्ध गराउन...