Sunday, July 12

स्वास्थ्य

थप १ हजार ४९ कोरोना संक्रमित थपिए
समाचार, स्वास्थ्य

थप १ हजार ४९ कोरोना संक्रमित थपिए

नेपाल अखबार, पाेखरा।  नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको छ। पछिल्लो २४ घण्टामा थप ९ हजार १६५ जनाको पीसीआर परीक्षण गरिएको भने अहिलेसम्म ८ लाख ४० हजार ५२७ पीसीआर परीक्षण गरिएको छ। त्यस्तै पछिल्लाे २४ घण्टामा थप १ हजार १७३ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ। कोरोना संक्रमण निको हुने प्रतिशत ७१.५ रहेको छ।...
गण्डकी प्रदेशमा आइतबार बिहान थप २९ जनामा कोरोना पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा आइतबार बिहान थप २९ जनामा कोरोना पुष्टि

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा आइतबार बिहान थप २९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार बिहान तेस्रो विज्ञप्ति जारी गर्दै  प्रदेशका विभिन्न  ५ जिल्लाका थप २९  जनामा कोरोना भाइरस देखिएको जनाएको हो । निर्देशनालयले गोरखाको गोरखा र भीमसेनथापा गरी २ पालिकाका  ४  महिला तथा ३  पुरुष,  स्याङजा गल्याङका २१ वर्षीय पुरुष , लमजुङ सुन्दरबजारका ८  पुरुष तथा २ महिला , तनहुँ ब्यास र म्याग्देका  ४ पुरुष तथा १ महिला  र नवलपुर बिनयत्रिबेणीका  ३ पुरुष तथा ३  महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले उल्लेख गरेको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय ६८ पुगेको छ ।...
गण्डकी प्रदेशमा थपिए ३२ संक्रमित
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थपिए ३२ संक्रमित

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार लम्जुङमा १७, पूर्वी नवलपरासीमा ८, स्याङ्जामा ४, कास्कीमा २ र तनहुँमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ हजार ९ सय ३५ पुगेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयले आइतबार बिहान ७ः५० बजे सार्वजनिक गरेको विवरणअनुसार लम्जुङको सुन्दरबजार–९ का १६ जना र बेंसिशहर–२ का एक जनामा कोरोना संक्रमण देखिएको छ । यसैगरी पूर्वी नवलपरासीको गैंडाकोटमा ६ जना तथा मध्यविन्दु र हुप्सेकोटका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जाको पुतलीबजारका ३ जना र बिरुवाका १ जनामा पनि संक्रमण पुष्टि भएको छ । कास्कीको पोखरा महानगरपालिका वडा नं. १६ की २० वर्षीया महिला र वडा नं. ९ की ७० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएक...
काठमाडौँमा पछिल्लो २४ घण्टामा थप ४३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

काठमाडौँमा पछिल्लो २४ घण्टामा थप ४३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपाल अखबार, ।काठमाडौँ काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जनसंख्या तथा मन्त्रालयका अनुसार शनिबार उपत्यकाका तीन जिल्लामा थप ४३१ जनामा कोरोना भाइरसको संक्रमण पष्टि भएको हो। मन्त्रालयका अनुसार उपत्यकाका काठमाडाैँमा ३७७, भक्तपुरमा १७ र ललितपुरमा ३७ जनामा कोरोना संक्रमण देखिएको हो। शुक्रबार उपत्यकामा ६९६ जनामा संक्रमण पुष्टि भएको थियो।...
कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु
समाचार, स्वास्थ्य

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु

नेपाल अखबार, पाेखरा। नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ। जनसंख्या तथा मन्त्रालयका अनुसार शनिबार देशभरमा १४ जना संक्रमितको मृत्यु भएको हो। मृत्यु हुनेमा तीन महिला र ११ पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृतयु हुनेको संख्या ३३६ पुगेको छ।
पोखरामा शनिबार थप ३४ जनामा कोरोना पुष्टि ,गण्डकीमा थप ८३ जनामा कोरोना पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखरामा शनिबार थप ३४ जनामा कोरोना पुष्टि ,गण्डकीमा थप ८३ जनामा कोरोना पुष्टि

नेपाल अखबार, पोखरा । पोखरामा शनिबार थप ३४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार  बिहान र दिउसो गरी  कास्कीको पोखरा महानगरका ११ वटा वडाका  १७ महिला र १७ पुरुषसहित गण्डकी प्रदेशमा थप ८३  जनामा कोरोना भाइरस देखिएको जनाएको हो । निर्देशनालयले पोखरा महानगरको वडा १ का १८ र ३७ वर्षीया महिला, ३ की ३० वर्षीया महिला , ५  की ४५ वर्षीया महिला, ७ का २७ र २८ वर्षका पुरुष, १० का २६, ३७, ३८ र ५८ वर्षीया महिला,  १२ का १५ र ३५ वर्षीय पुरुष तथा १०, २७, ३३, ३४, ४६, ४६, र ५१ वर्षीया महिला , १३ का २९ वर्षीय पुरुष, १६ का १६, १८, १८, २१ र ३४ वर्षका पुरुष, १८ का १७ वर्षीय पुरुष, २७ का १५, १६ र एक उमेर नखुलेका पुरुष तथा १४ र ३७ वर्षीया महिला,  २८ का ४८ वर्षीय पुरुष र ३७ वर्षीया महिला, एवम् वडा नखुलेका एक २५ वर्षीय पुरुषमा कोरोना देखिएको जनाएको हो  । त्यसैगरी गोरखा आरुघाट की ३१ वर्षीया मह...
२४ घण्टामा थपिए १२०१ कोरोना संक्रमित
समाचार, स्वास्थ्य

२४ घण्टामा थपिए १२०१ कोरोना संक्रमित

नेपाल अखबार, पाेखरा। पछिल्लो २४ घण्टामा नेपालमा १२०१ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै हालसम्म ५३ हजार १२० संक्रमितको संख्या पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबारको नियमित प्रेस व्रिफिङमा १२०१ संक्रमित थपिएको जानकारी दिएका हुन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ८५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३७ हजार ५२४ पुगेको छ । यसतै पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोनाले मृत्यु भएको छ । यो सँगै ज्यान गुमाउनेको संख्या ३३६ पुगेको छ ।...
कोरोनाका कारण विश्वभरि नौ लाख २० हजारभन्दा बढीको मृत्यु
विश्व, स्वास्थ्य

कोरोनाका कारण विश्वभरि नौ लाख २० हजारभन्दा बढीको मृत्यु

नेपाल अखबार, एजेन्सि। विश्वभरि कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म नौ लाख २० हजार १४४ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) लगायतका विभिन्न निकायहरुले सार्वजनिक गरेका विवरणहरुका अनुसार विश्वभरि अहिलेसम्म दुई करोड ८६ लाख ७९ हजार १९२ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । विश्वमा कोरोना भाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने दुई करोड पाँच लाख ९४ हजार ८८४ पुगेको छ । हाल विश्वमा ७१ लाख ६४ हजार १६४ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित अवस्थामै रहेका छन् । तीमध्ये ७१ लाख तीन हजार २७४ जनाको अवस्था सामान्य रहेको जनाएको छ । त्यसैगरी ६० हजार ८९० जनाको अवस्था भने गम्भीर रहेको पाइएको छ । अनुपातमा हेर्दा कूल सङ्क्रमितमध्ये झण्डै ९९ प्रतिशत सङ्क्रमितको अवस्था सामान्य रहेको छ भने एक प्रतिशतको अवस्था मात्रै गम्भीर रहेको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट ...
वडा प्रहरीका २६ जनामा कोरोना सङ्क्रमण
समाचार, स्वास्थ्य

वडा प्रहरीका २६ जनामा कोरोना सङ्क्रमण

नेपाल अखबार, चितवन । वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा शुक्रबार र आज मात्र २२ जनामा कोरोना सङ्क्रमण देखिएको हो । बिहान आएको नतिजामा वडा प्रहरी कार्यालयका १० सहित ११ जना प्रहरीमा कोरोना पुष्टि भएको छ । यस्तै शनिबार आएको नतिजामा वडाका १२ जना प्रहरीमा कोरोना सङ्क्रमण देखिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार वडा प्रहरी कार्यालयका प्रमुखसहित चार जनालाई गत साता कोरोना सङ्क्रमण पुष्टि भएको थियो । योसँगै जिल्लामा ३९ जना प्रहरीमा कोरोना सङ्क्रमण भएको छ । यसमध्ये पाँचजना निको भएर फर्किसकेका छन् भने अन्य ३४ जना आइसोलेसनमा छन् । वडा प्रहरी कार्यालयमा ९५ जनाको दरबन्दी भएको भए पनि हाल कार्यरत ४१ मध्ये २६ जनामा कोरोना सङ्क्रमण भएको हो । कार्यरत रहेकामध्ये अधिक...
भारतमा कोरोनाबाट एकै दिनमा ९७ हजार बढीमा कोरोना पुष्टिमा
विश्व, समाचार, स्वास्थ्य

भारतमा कोरोनाबाट एकै दिनमा ९७ हजार बढीमा कोरोना पुष्टिमा

नेपाल अखबार, एजेन्सि। भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्या दिनप्रतिदिन वृद्धि हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९७ हजार ५७० जना सङ्क्रमित भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । योसँगै भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ४६ लाखभन्दा बढी पुगेको देखिएको छ । संघीय (केन्द्रीय) स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको कुल सङ्या अहिलेसम्म ७७ हजार ४७२ पुगेको छ । कुल मृतकमध्ये एक हजार २०१ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको पनि मन्त्रालयले शनिबार जनाएको छ  । भारतमा कोरोनाका कारण अहिलेसम्म कुल ४६ लाख ५९ हजार ९८५ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । ती मध्ये ३६ लाख २४ हजार १९७ जना सङ्क्रमणमुक्त भइसकेका छन् । अधिकारीहरूका अनुसार अरु नौ लाख ५८ हजार ३१६ जना अझै पनि सङ्क्रमित अवस्...