Sunday, July 12

स्वास्थ्य

पाेखरा हिजो मृत्यु भएकी महिलाको दाहसंस्कारपछि कोरोना पुष्टि
समाचार, स्वास्थ्य

पाेखरा हिजो मृत्यु भएकी महिलाको दाहसंस्कारपछि कोरोना पुष्टि

नेपाल अखबार, पाेखरा। पोखरामा बिहीबार राति मृत्यु भएकी एक महिलाको आज कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको छ । पोखराको फिस्टेल हस्पिटलको  सधन उपचार कक्षमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएकी पोखरा ५ मालेपाटनकी ४५ वर्षिया महिलाको अन्त्येष्टि पछि आएको स्वाब परीक्षणको नतिजामा  कोरोना पोजेटिभ देखिएको हो । स्वास्थ्य निर्देशनालय गण्डकीले उहाँमा कोरोना पोजेटिभ देखिएको जनाएको छ । उहाँको शुक्रबार नै धार्मिक परम्परा अनुसार पोखरा स्थित रामघाटमा दाह संस्कार गरिएको थियो  । उहाँलाई अन्तिम श्रद्धाञ्जली दिन गण्डकी प्रदेशका सांसद रामजी बराल (जीवन), सांसद राजिव पहारी, माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्ण बहादुर गुरुङ, उपाध्यक्ष कृष्ण कुमारी पौडेल दवाडी, पर्यटन व्यवसायीहरु लगाएत सयौं  शुभचिन्तकहरु रामघाट पुग्नुभएको मृतकका आफन्तले जानकारी दिनुभयो । अस्पताल प्रशासनले नमूना लिइसकेपछि त्यसको रिपोर्ट नआउँदै पर...
चितवनमा कोरोनाबाट थप एक जनाको मृत्यु, ८७ संक्रमित थपिए
प्रदेश ३, समाचार, स्वास्थ्य

चितवनमा कोरोनाबाट थप एक जनाको मृत्यु, ८७ संक्रमित थपिए

नेपाल अखबार, चितवन। चितवनमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ भने ८७ संक्रमित थपिएका छन्। अस्पतालले प्रेस विज्ञप्ति प्रकाशन गरी दिएको जानकारीअनुसार कोरोना संक्रमणबाट शुक्रबार साँझ ७ बजे चितवनको राप्ती नगरपालिका-५ बस्ने ६१ वर्षीय पुरुषको मृत्यु भएको हो। याे शुक्रबा दिउँसाे स्वास्थ्य मन्त्रालयले  पछिल्लाे २४ घण्टा काे जानकारी दिएपछिकाे घटना हाे। यही भदाै २४ गते संक्रमण पुष्टि भएका उनमा उच्च ज्वोरो, खोकी र श्वासप्रश्वाशका समस्या थिए। भदाै २५ देखि काेभिड  आईसीयूमा भर्ना गरिएका उनकाे स्वास्थ्य अवस्था थप जटिल हुदैँ गएपछि भेन्टिलेटर पनि प्रयाेग गरिएकाे थियाे। तर सबै उपाय अपनाउँदा पनि निमोनियाँका कारण उनकाे मृत्यु भएकाे चिकित्सकले बताएका छन्। साथै साेही अस्पतालकाे प्रयाेगशालामा गरिएकाे पीसीआर परीक्षणका क्रममा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालकी प्रमुख डा. नीतु अधिकारी...
ललितपुरमा आज बिहान भक्तपुरका कोरोना संक्रमितको मृत्यु
समाचार, स्वास्थ्य

ललितपुरमा आज बिहान भक्तपुरका कोरोना संक्रमितको मृत्यु

नेपाल अखबार,ललितपुर । ललितपुरस्थित मेघा अस्पतालमा आज (शनिबार) बिहान भक्तपुरका कोरोना संक्रमितको मृत्यु भएको छ। ललितपुर स्वास्थ्य कार्यालयले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारीअनुसार बिहान ७ः४० बजे ३८ वर्षीय पुरुषकाे मृत्यु भएको हो। उनी हिजो मात्रै अस्पताल भर्ना भएका थिए।
बुटवलको कोरोना अस्पतालमा थप एक संक्रमित पुरुषको मृत्यु
समाचार, स्वास्थ्य

बुटवलको कोरोना अस्पतालमा थप एक संक्रमित पुरुषको मृत्यु

नेपाल अखबार, बुटवल ।  लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देहीका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका ५ का ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । अस्पतालमा यही भदौ १४ गते भर्ना भएका ती पुरुषमा स्वासप्रश्वास र ज्वरोको समस्या रहेको थियो हल कोरोना विशेष अस्पतालमा १६ जनाको आइसीयूमा र १ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छन् । भने उनको मृत्युसगै अस्पतालमा मृत्यु हुने संख्या १२ पुगेको छ । शव व्यवस्थपानको तयारी भईरहेको जनाएको छ ।...
एक बृद्धको पोखरामा उपचारको क्रममा आज विहान मृत्यु
Uncategorized, प्रदेश ४, समाचार, स्वास्थ्य

एक बृद्धको पोखरामा उपचारको क्रममा आज विहान मृत्यु

नेपाल अखबार, पाेखरा। स्याङ्जाका कोरोना संक्रमित एक बृद्धको पोखरामा उपचारको क्रममा आज विहान मृत्यु भएको छ । गत भदौ २४ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भई सघन उपचार कक्षमा उपचाररत स्याङ्जा पुतलीबजार नगरपालिका–१ का ८५ वर्षीय पुरुषको आज विहान मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए । सो अस्पतालमा हालसम्म उपचारका क्रममा १० जना सङ्क्रमितको मृत्यु भएको जनाइएको छ । यस सँगै  गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २३  पुगेको छ । Fa...
काठमाडौंमा २४ घण्टामा मात्रै ६९६ जनामा संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

काठमाडौंमा २४ घण्टामा मात्रै ६९६ जनामा संक्रमण पुष्टि

नेपाल अखबार, , काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमित तीव्र गतिमा फैलिन थालेको तथ्यांकले देखाएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार बितेको २४ घण्टामा मात्रै ६९६ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन यतिधेरै संक्रमित पुष्टि भएको यो नयाँ रेकर्ड हो । यसअघि बिहीबार उपत्यकामा ५७२ जनामा संक्रमण पुष्टि भएको थियो । शुक्रबार थप बढेर ६९६ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार आज काठमाडौंमा मात्रै ६२० जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुर र भक्तपुरमा ३८–३८ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३ सातायता निषेधाज्ञा जारी रहेपनि संक्रमितको संख्या भने झन् झन् बढ्दो क्रममै रहेको हो । बिहीबारदेखि काठमाडौंमा निषेधाज्ञा खुकुलो बनाइएको थियो । उपत्यकामा कोरोना संक्रमितको संख्या साढे १० हजार नाघेको छ ।...
कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु
समाचार, स्वास्थ्य

कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

नेपाल अखबार, पाेखरा। नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ५ जना मृत्यु भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ५ जना संक्रमितको मृत्यु भएको बताए। आज एक महिला र ४ पुरुष गरी पाँच जनाको कोरोना संक्रमणबाट मृतयु भएको हो। मृत्यु हुनेमा मोरङकी ४० वर्षीया महिला र महोत्तरीका ६५, धनुषाका ४५, काठमाडाैका ७० र नवलपरासीका ५५ वर्षीय पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२२ पुगेको छ।...
केन्द्रीय कारागारका ४ कैदीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि
प्रशासन, समाचार, स्वास्थ्य

केन्द्रीय कारागारका ४ कैदीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडौं । काठमाडौंको केन्द्रीय कारागारमा मृत्यु भएका थप ४ जना कैदीमा कोरोना संक्रमण पुष्टि भएका छन् । भदौ १६ गते मृत्यु भएका ३ जना र भदौ १९ गते मृत्यु भएका १ जनाको कोरोना संक्रमण पुष्टि भएको जेलर लक्ष्मी बास्कोटाले जानकारी दिए । केन्द्रीय कारागारमा रहेका कैदीबन्दीमध्ये ४ जनाको भदौ १६ गते मृत्यु भएको थियो । तीमध्ये एक जनाको मृत्युअघि नै कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएका ४ जनामध्ये २ जना जबर्जस्ती करणी र २ जना कर्तव्य ज्यान मुद्धामा सजाय भोगिरहेका थिए । उनीहरु सबै केन्द्रीय कारागारकै अस्पतालमा उपचाररत थिए ।...
नेपालमा एकैदिन १४ सय ५४ कोरोना संक्रमित थपिए
समाचार, स्वास्थ्य

नेपालमा एकैदिन १४ सय ५४ कोरोना संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए। यो नेपालमा एकै दिन संक्रमित हुनेमध्येको अहिलेसम्मकै उच्च संख्या हो। प्रवक्ता गौतमका अनुसार नेपालमा आज सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ रहेको छ। आज १० हजार ७०१ जनाको पीसीआर परीक्षण गरिएको छ।  योसँगै नेपालमा ८ लाख २१ हजार १८६ पीसीआर परीक्षण भएको छ। त्यस्तै ६ हजार ७८ जना क्वारेन्टिनमा रहेका छन्। पछिल्लो २४ घण्टामा थप ९७२ जना कोरोना संक्रमित निको भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ। यो कुल संक्रमितको ७१ प्रतिशत हो।...
पछिल्लो २४ घण्टामा १ महिला र ४ पुरुषको कोरोनाबाट मृत्यु
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा १ महिला र ४ पुरुषको कोरोनाबाट मृत्यु

नेपाल अखबार, पाेखरा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ महिला र ४ पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा मात्रै एकमहिला सहित ३ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।  काठमाडौंमा ५५ वर्षीया महिला, ५९ र ८३ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । यस्तै चितवनमा ६२ वर्षीय पुरुष र कपिलवस्तुमा २९ वर्षीय पुरुषको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय १७ पुगेको छ । यस्तै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५० हजार नाघेको छ । आज थप १ हजार २ सय ४६ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको हो । आज ११ हजार १ सय ४४ वटा पीसीआर परीक्षण भएको छ । काठमाडौंमा मात्रै आज ४ सय ९५, ललितपुरमा ४३ र भक्तपुरमा ३४ जनामा संक्रमण देखिएको छ ।...