Sunday, July 12

स्वास्थ्य

मुलुकभर १०२ पत्रकारमा कोरोना संक्रमण
समाचार, स्वास्थ्य

मुलुकभर १०२ पत्रकारमा कोरोना संक्रमण

नेपाल अखबार, काठमाडाैं। नेपालमा अहिलेसम्म १०२ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका १०२ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको नेपाल पत्रकार महासंघले जनाएको छ। महासंघका अनुसार तीमध्ये सबैभन्दा बढी प्रदेश २ मा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। प्रदेश १ मा १७, बागमती प्रदेशमा २६, गण्डकी प्रदेशमा १५, प्रदेश ५ मा १२ र कर्णाली प्रदेशमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको महासंघका सचिव प्रकाश थापाले जानकारी दिए। संक्रमितमध्ये केही निको भइसकेका छन् भने केही उपचाररत अवस्थामा रहेको उनको भनाइ छ। कार्यस्थलमा गई खटिने पत्रकार, फोटो पत्रकारमा बढी संक्रमण देखिएको छ। महासंघका महासचिव रमेश विष्टले संक्रमित भएर आइसोलेसनमा बस्दा पनि पत्रकारले कामलाई भने निरन्तरता दिएको बताए। महासंघले महामारीको विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील ...
आज थपिए ११ सय ७० जना कोरोना संक्रमित
समाचार, स्वास्थ्य

आज थपिए ११ सय ७० जना कोरोना संक्रमित

नेपाल अखबार, पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार १७० जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १५ हजार ३९३ रहेको छ। प्रवक्ता गौतमका अनुसार देशभर संस्थागत आइसोलेसनमा ८ हजार ११८ जना रहेका छन्। आज थप १० हजार ८७८ पीसीआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा थप ८७९ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ।...
क्याप्टेन विजय लामालाई कोराना संक्रमण
समाचार, स्वास्थ्य

क्याप्टेन विजय लामालाई कोराना संक्रमण

नेपाल अखबार, काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई दिनअघि शान्ति सैनिकको टोलीलाई सुडान पुर्‍याएर फर्किएका उनले आइतबार स्वाब दिएका थिए । आइतबार उनको रिर्पोट पोजेटिभ आएको नेपाल एयरलाइन्सका एक वरिष्ठ अधिकारीले जानकारी दिए । अहिले उनी सोल्टी होटेलमा छन् । उद्धार उडान शुरु भएसँगै नेपाल एयरलाइन्सले आफ्ना कर्मचारीलाई सोल्टीमै क्वारेन्टिनमा राख्दै आएको छ । यसअघि पनि नेपाल एयरलाइन्सका एक दर्जन उडान कर्मचारीमा कोरोना देखिएको थियो । क्याप्टेन लामासँगै ककपिटमा रहेका अर्का क्पाप्टेनसमेत संक्रमित भएका छन् । दुबै जना सोल्टीको आइसोलेसनमा रहेको कम्पनीले जनाएको छ ।...
ब्राजिलमा कोभिड संक्रमणबाट १ लाख ३१ हजारभन्दा बढीको मृत्यु
विश्व, स्वास्थ्य

ब्राजिलमा कोभिड संक्रमणबाट १ लाख ३१ हजारभन्दा बढीको मृत्यु

नेपाल अखबार, एजेन्सी । ब्राजिलमा सोमबार बिहानसम्म कोरोना भाइरसका सङ्क्रमणबाट १ लाख ३१ हजार ६२५ जनाको ज्यान गएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको  छ  । सो मन्त्रालयका अनुसार यहाँ गएको हप्तादिनमा मात्र ४ हजार जनाको ज्यान गएको छ । उक्त मन्त्रालयकाअनुसार यहाँ यो संक्रमणबाट गएको २४ घन्टामा ४१५ जनाको ज्यान गएको छ । यो सँगै यहाँ १ लाख ३१ हजार ६२५ जनाको ज्यान गएको हो । ब्राजिलमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या करिब ४३ लाखभन्दा बढी पुगेका छन् । सोमबारसम्मको तथ्यांकअनुसार यहाँको कोभिड १९ का संक्रमितहरुको जम्मा संख्या ४३ लाख ३० हजार ४६४ जना पुगेको बताइएको हो । गएको २४ घन्टा यता यहाँ यो सङ्क्रमणका करिब १५ हजार जना नयाँ संक्रमित भेटिएको पनि यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो । यहाँका ३५ लाखभन्दा बढी नागरिक निको भएर घर फर्किएका छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी सङ्क्रमित हुनेमा...
कोरोनाको सबैभन्दा तीब्र वृद्धि अब भारतमा भाइरहेको छः डब्ल्यूएचओ
विश्व, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

कोरोनाको सबैभन्दा तीब्र वृद्धि अब भारतमा भाइरहेको छः डब्ल्यूएचओ

नेपाल अखबार, एजेन्सि। पछिल्लो २४ घण्टामा विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणको ३ लाख ७ हजार ९ सय ३० नयाँ मामिला दर्ता गरेको छ । कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै भारत, अमेरिका र ब्राजिलमा वृद्धि भइरहेको छ । विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार शनिबार भारतमा कोरोनाका ९४ हजार ३ सय ७२ नयाँ संक्रमित दर्ता गरिएको छ जबकी अमेरिकामा ४५ हजार ५ सय २३ र ब्राजिलमा ४३ हजार ७ सय १८ नयाँ संक्रमित फेला परेका छन् । यस्तै, अमेरिका र भारत दुबै देशमा १ हजार भन्दा बढीको कोभिड–१९ का कारण मृत्यु भएको छ । रिपोर्टमा पछिल्लो २४ घण्टामा ब्राजिलमा ८ सय ७४ को महामारीमा मृत्यु भएको छ । स्वास्थ्य एजेन्सीले पछिल्लो २४ घण्टामा ५ हजार पाँच सयभन्दा बढीको कोभिड–१९ का कारण मृत्यु भएको बताएको छ । यससँगै संसारभरी यो महामारीका कारण मृत्यु हुनेको संख्या बढेर ९ लाख १७ हजार ४ सय १७ पुगेको छ । संगठनका अनुसार संसारमा हालसम्...
गण्डकी प्रदेशमा थप २० जनामा कोरोना पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना पुष्टि

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा  सोमबार बिहान थप २० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले तनहुँका ११ जना र गोरखाका ९ जना गरी  प्रदेशका थप २० जनामा कोरोना भाइरस देखिएको बताएकाे छ । निर्देशनालयका अनुसार तनहुँ ऋषिङ गाउँपालिकाका  २, ३, ४, ५, ६ र ८ वडाका १९ देखि ५२ वर्ष उमेर समुहका ११  पुरुष तथा गोरखाको गोरखा १३ का ५२ वर्षीय पुरुष तथा २९ वर्षीया महिला र पालुङटारका  १५ वर्षीया बालिका तथा १३ देखि ५५ वर्ष उमेर समुहका ६  पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले बताएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ११ पुगेको छ ।...
पोखरामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी सहित १७ संक्रमित , थप एक जना मृत्यु
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखरामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी सहित १७ संक्रमित , थप एक जना मृत्यु

नेपाल अखबार, पोखरा । पोखरामा आज विहान १७ कोरोना संक्रमित थपिएका छन् । त्यसैगरी बाग्लुङमा दुई जना गरेर गण्डकी प्रदेशमा १९ जना थपिएका छन् । वडा नं ४ र १७ मा कार्यरत सात जना प्रहरीलाई संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यसैगरी पोखरा महानगरपालिका अन्तर्गत कार्यरत पोखरा–८ का २१ वर्षीय महिला स्वास्थ्यकर्मीमा समेत संक्रमण पुष्टि भएको जनाइको छ । पोखराका अन्य संक्रमित क्वारेन्टिनमा बसेका हुन् । हालसम्म प्रदेशमा संक्रमित दुई हजार ९९१ पुगेको छ । त्यसैगरी गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुने एक जना थपिएका छन् । नवलपरासीको मध्यविन्दु नगरपालिका–१२ का ६० वर्षीय पुरुषको लुम्विनी अस्पतालमा उपचारको क्रममा मृत्यु छ । उनी निमोनिया र श्वासप्रश्वास सम्वन्धी समस्याबाट समेत पीडित थिए । उनको भदौ २६ गते मृत्यु भएको थियो । हालसम्म प्रदेशमा मृत्यु हुनेको संख्या २८ पुगेको छ।...
रगतमा भएको भिटामिन ‘डी’को आधारमा स्वास्थ्यसम्बन्धी भविष्यवाणी गर्न सकिने
समाचार, स्वास्थ्य

रगतमा भएको भिटामिन ‘डी’को आधारमा स्वास्थ्यसम्बन्धी भविष्यवाणी गर्न सकिने

नेपाल अखबार, काठमाडाैं। रगतमा रहेको भिटामिन ‘डी’ को तहका आधारमा स्वास्थ्यको भविष्यवाणी गर्न सकिने एक अध्ययनले निश्कर्ष निकालेको छ। अध्ययनकर्ताहरुले भिटामिन ‘डी’ को आधारमा कुनै पनि प्राणीको मृत्युको पुर्वानुमान गर्न सकिने समेत दावी गरेका हुन्। स्वास्थ्यमा आउने भावी चुनौतीलाई पनि भिटामिन ‘डी’को अध्ययनबाट थाहा पाउन सकिने अध्ययनकर्ताहरुको भनाइ छ। ‘भावी स्वास्थ्य अवस्था र स्वास्थ्य चुनौतीलाई रगतमा रहेको भिटामिन ‘डी’को अवस्थाका आधारमा भन्न सकिन्छ’ अध्ययन प्रतिवेदनमा लेखिएको छ । भिटामिन ‘डी’को अध्ययनले कुनै पनि व्यक्तिको स्वास्थ्य अवस्थाका बारेमा थप अध्ययन अनुसन्धान गर्न र विवरणहरु पत्ता लगाउन पनि सघाउन पुर्याउने अध्ययनकर्ताहरुले बताएका छन्। बेल्जियमको युनिभर्सिटी हस्पिटल्स लेउभेनका डा. लिन एन्टोनिओको टोलीले भिटामिन ‘डी’ र स्वास्थ्यको पुर्वानुमानका बारेमा अध्ययन गरेको हो। अध्ययनमा ४० देखि ७९ बर...
कोरोना संक्रमणबाट तीन महिलासहित ९ जनाको मृत्यु
समाचार, स्वास्थ्य

कोरोना संक्रमणबाट तीन महिलासहित ९ जनाको मृत्यु

नेपाल अखबार, पाेखरा। नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको हो। मृत्यु हुनेमा ३ महिला र पुरुष ६ जना रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको छ।
काठमाडौँमा थपिए ५९७ कोरोना संक्रमित
समाचार, स्वास्थ्य

काठमाडौँमा थपिए ५९७ कोरोना संक्रमित

नेपालअखबार,  काठमाडौँ। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार उपत्यकाका तीन जिल्लामा थप ५९७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। मन्त्रालयका अनुसार उपत्यकका काठमाडाैमा ४८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ जनाका कोरोना संक्रमण पुष्टि भएको हो। काठमाडौँ उपत्यकामा शनिबार ४३१ जनामा कोरोना पुष्टि भएको थियो।...