Sunday, July 12

स्वास्थ्य

मृत्यु र संक्रमण : विश्वका सबै देशलाई पछि पार्दै भारत, कस्तो छ पछिल्लो अवस्था?
विश्व, स्वास्थ्य

मृत्यु र संक्रमण : विश्वका सबै देशलाई पछि पार्दै भारत, कस्तो छ पछिल्लो अवस्था?

नेपाल अखबार, एजेन्सि। पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणको कारण विश्वमै सबैभन्दा धेरै मृत्यु भारतमा भएको छ। संक्रमणदर पनि त्यहाँ विश्मै सबैभन्दा उच्च देखिएको छ। वर्ल्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणका कारण एक हजार ६६ जनाले ज्यान गुमाएका छन्। यस बीचमा त्यहाँ ८७ हजार एक सय १५ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितको यो संख्या भारतमा एकै दिन पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा उच्च हो। पछिल्लो २४ घण्टामा अमेरिकामा नौ सय ८६, ब्राजिलमा आठ सय ५५, मेक्सिकोमा पाँच सय १३, कोलम्बियामा दुई सय ७०, अर्जेन्टिनामा दुई सय ६२, रुसमा एक सय २१, दक्षिण अफ्रिकामा एक सय १५, स्पेनमा एक सय ८४, इरानमा एक सय १८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्। पछिल्लो २४ घण्टामा अमेरिकामा ५३ हजार भन्दा धेरै, ब्राजिलमा ४५ हजार भन्दा धेरै, अर्जेन्टिनामा १० हजार भन्दा धेरै, कोलम्बियामा आठ हजार भन्दा ...
कोरोनाविरुद्धको खोप अर्को वर्षको मध्यपछि मात्र बजारमा उपलब्ध हुन्छः डब्लूएचओ
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

कोरोनाविरुद्धको खोप अर्को वर्षको मध्यपछि मात्र बजारमा उपलब्ध हुन्छः डब्लूएचओ

नेपाल अखबार, एजेन्सि। विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोभिड १९ विरुद्धको खोप निस्केपछि पनि आगामी वर्ष सन् २०२१ को मध्यसम्ममा मात्र उपलब्ध हुन सक्ने बताएको छ। विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिकले यो खोप आइसकेपछि पनि ठूलो मात्रामा बजारमा आउनका लागि कम्तीमा पनि आगामी वर्षको मध्यसम्म लाग्नसक्ने बताएका हुन्। डब्लूएचओका प्रमुख वैज्ञानिक सोउम्य स्वामीनाथनले शुक्रबार पत्रकार सम्मेलनका क्रममा यस्तो जानकारी दिएका हुन्। उनले सो पत्रकार सम्मेलनका क्रममा भनेका थिए,‘मलाई लाग्छ यो खोप बजारमाा आइसक्नका लागि अर्को वर्ष अर्थात् सन् २०२१ को मध्यपछि मात्र सम्भव हुनसक्छ।’ त्यस समयमा खोप बजारमा आउने र त्यसपछि विश्वका विभिन्न देशहरुमा पनि पुग्न सक्ने देखिएको भन्दै उनले त्यसपछि विभिन्न देशहरुमा त्यहाँका नागरिकलाई खोप लगाउन सकिने बताए। उनले उक्त खोपको पछिल्लो लट अर्थात् तेस्रो तहमा हुन लागेको ट्रायल यसै व...
कोभिड-१९,शब ब्यवस्थापन र बुटवल घटना
विचार, साहित्य \कला, स्वास्थ्य, हाइलाइट-समाचार

कोभिड-१९,शब ब्यवस्थापन र बुटवल घटना

 रहमतुल्ला मिया , गाेर्खा । कोभिड-१९,शब ब्यवस्थापन र बुटवल घटना चिनको उहान प्रान्तबाट शुरु भएको कोभिड-१९ हाल विश्वका २१७ देश सङ्गै नेपालमा पनि यसको प्रभाव दिनानुदिन बढ्दै गएको छ।चैत बैशाख तिर सरल रुपमा देखिएता पनि अहिले एकदमै कडा र सकृय अवस्थामा देखिएको छ। यसलाइ सबै मिलेर नियन्त्रण गर्न सकिएन भने भयावह स्थिती पनि आउन सक्छ।अहिलेनै अस्पतालका वार्ड,आइसियु भरिभराउ छन भने सरकार योजनाबद्द रुपमा प्रस्तुत हुन सकिरहेको छैन। कोरोनाको विशेषता तथा यसबाट बच्न बचाउनका लागि विभिन्न देशका विभिन्न बिज्ञहरुले भिन्नाभिन्नै कुराहरु गरिरहेता पनि ३ वटा कुरामा भने सबै सहमत रहेका छन। १.सामाजिक दुरि कायम गर्ने। २.मास्कको प्रयोग गर्ने। ३.साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने। नेपालमा अझै पनि अधिकांस मानिसहरु कोरोनालाइ हेपिरहेका छन,हल्का रुपमा लिइ ठूलो भुल गरिरहेका छन। तसर्थ WHO का नियमहरु कडाइका साथ पालन...
कर्मचारीलाई कोरोना देखिएपछि टोखा नगरपालिका भोलिबाट बन्द हुने
प्रशासन, समाचार, स्वास्थ्य

कर्मचारीलाई कोरोना देखिएपछि टोखा नगरपालिका भोलिबाट बन्द हुने

नेपाल अखबार, काठमाडौं । टोखा नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द गरिने भएको नगरपालिकाले जनाएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा अवस्थित टोखामा पछिल्लो समय कर्मचारीलाई समेत कोरोना संक्रमण देखिएपछि भदौ २१ देखि भदौ २६ गतेसम्म नगरपालिका बन्द गर्न लागिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले नगरपालिकामा कार्यरत केही कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको र अरु कर्मचारीलाई संक्रमण फैलन नदिन १ हप्ताका लागि कार्यालय बन्द गर्न लागेको जानकारी दिएका छन् । कार्यालय बन्द रहेपनि कोरोना नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि काम निरन्तर रुपमा सञ्चालन हुने प्रशासकीय अधिकृत पौडेलले बताए । टोखामा शुक्रबारसम्म २ सय ५७ कोरोना संक्रमित देखिएका छन् । जसमध्ये ९४ जना डिस्चार्ज र १ सय ६० जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये १ सय...
गण्डकी प्रदेशमा थप ८९ जना कोरोना संक्रमित
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थप ८९ जना कोरोना संक्रमित

नेपालअखबार, पाेखरा। गण्डकी प्रदेशमा आज मात्र ८९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । त्यसैगरी प्रदेशको नवलपरासी एउटै जिल्लामा ४१ थपिएका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार दिउसो ३ः३० बजेसम्मको अद्यावधिक विवरण अनुसार कास्कीमा १७, गोर्खामा २२, नवलपरासीमा ४१, बाग्लुङमा एक, मनाङमा एक, लमजुङमा तीन, स्याङ्जामा दुई तथा तनहुँमा दई जना छन् । हालसम्म गण्डकी प्रदेशमा संक्रमित दुई हजार ४०३ पुगेको छ ।...
कोरोनाबाट थप १४ जनाकाे मृत्यु
समाचार, स्वास्थ्य

कोरोनाबाट थप १४ जनाकाे मृत्यु

नेपाल अखबार, पाेखरा। पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप १४ जनाकाे मृत्यु भएकाे छ । मृतकमा महिला ४ र पुरुष १० जना रहेका छन् ।  शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १४ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २७१ पुगेको जानकारी दिए । यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १३ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा महिला ४६४ र पुरुष ८९५  रहेका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको उनले बताए । यस्तै काडमाडौं काठमाडौं उपत्यकामा मात्रै ४५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । भने पछिल्लो २४ घण्टामा १,३५४ जना निको भएका छन् । हालसम्म कुल निको हुनेको संख्या २५,५६१ पुगेको छ।...
देशभर थप १३५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

देशभर थप १३५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। पछिल्लो २४ घण्टामा देशभर थप १३ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा महिला ४६४ र पुरुष ८९५  रहेका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यस्तै काडमाडौं काठमाडौं उपत्यकामा मात्रै ४५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गौतमले काठमाडौंमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यसअघि बिहीबार उपत्यकामा ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ७०४ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा १० हजार ९४२ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ४६२ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा १,३५४ जना निको भएका छन् भने कुल निको हुनेको संख्या २५,५६१ पुगेको छ।...
काठमाडौंमा थप ४५४ जनामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

काठमाडौंमा थप ४५४ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकमा थप ४५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यसअघि बिहीबार उपत्यकामा ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ७०४ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा १० हजार ९४२ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ४६२ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १३ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।...
चितवनमा एकैदिन थपिए ७४ कोरोना संक्रमित
समाचार, स्वास्थ्य

चितवनमा एकैदिन थपिए ७४ कोरोना संक्रमित

नेपाल अखबार, चितवन । चितवनमा एकैदिन ७४ जना कोरोना संक्रमित थपिएका छन् । भरतपुर कोभिड प्रयोगशाला र चितवन मेडिकल कलेज कोभिड प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा चितवनका मात्रै ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भरतपुर कोभिड प्रयोगशालामा थप १७ जना र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ५६ जना रहेका छन् । यस्तै, राप्ती नगरपालिकाका ९, खैरहनी नगरपालिकाका ४, रत्ननगर नगरपालिकाका ३ र कालिका नगरपालिकाका २ जनामा छन् । संक्रमितहरु एक वर्षदेखि ७४ वर्ष उमेरसम्मका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको निषेधाज्ञाको आज अन्तिम दिन यति धेरै संख्यामा चितवनमा संक्रमित फेला परेका हुन् । जिल्लामा संक्रमितको संख्या झण्डै ९ सय पुगेको छ ।...
पर्सा र बारामा ४५ जनामा कोरोना
प्रदेश २, समाचार, स्वास्थ्य

पर्सा र बारामा ४५ जनामा कोरोना

इफान अलि, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालस्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साका २६ जना र बाराका १९ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितहरु सुरक्षाकर्मी र बैंकका कर्मचारीसमेत छन् । बिहीबार प्रयोगशालामा ५ सय ८४ जनाको पीसीआर परीक्षण गरिएकोमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए । १८ देखि ४५ वर्ष उमेर समूहका संक्रमितहरुमध्ये १० जना महिला छन् । संक्रमितमध्ये २९ जनाको सिटि भ्यालु २४ र २४ भन्दा कम छ । भने १६ जनाको सिटि भ्यालु २५ भन्दा बढी छ । चौरसियाका अनुसार सिटि भ्यालु २४ आउनुलाई कडा संक्रमण मानिन्छ भने २५ भन्दा बढी सिटि भ्यालु भएको अवस्थामा कमजोर संक्रमण हुन्छ । वीरगञ्जमा मात्रै १९ जनामा संक्रमण पुष्टि भएको छ । नबिल बैंकमा कार्यरत ५ ज...