Monday, December 22

हाइलाइट-समाचार

अगामी २०८३को हज यात्रा अझै व्यवस्थित, मर्यादित,मितव्ययी बनाउन प्रयासरत रहने :अध्यक्ष मोख्तार अहमद
समाचार, समाज, हाइलाइट-समाचार

अगामी २०८३को हज यात्रा अझै व्यवस्थित, मर्यादित,मितव्ययी बनाउन प्रयासरत रहने :अध्यक्ष मोख्तार अहमद

नेपालअखबार, काठमाडौं। नेपालबाट हज यात्रा जान चाहनेका लागि अगामी २०८३को हज यात्रा अझै व्यवस्थित, मर्यादित र हाजीहरुका निम्ति सक्दो सुविधा सहित बनाउन प्रयासरत रहने अध्यक्ष मोख्तार अहमदले बताउनु भयो । हजयात्राको क्रममा आवस र मोअल्लिमको खर्च विगतमा भन्दा यस वर्ष रु दुई सय सउदी रियाल कम गरिएको अध्यक्ष अहमदले जान्कारी दिनु भयो । वर्तमान अवस्थामा विश्वमा नै महंगी बढ्दै गएको भएता पनि जति सक्दो कमदरमा हजयात्रा सफल पार्न लागि परेको बताउदै विगतमा आवासका लागि रु २५५० सउदी रियाल लिएको थियो भने यसपटक रु २४५०  सउदी रियालमा मात्रै सम्झौता गरिएको छ । मोअल्लिमसंग गत बर्ष रु २४५० सउदी रियालमा यसवर्ष रु२३५० सउदी रियालमा मात्रै सम्झौता भएकोगरिएको छ । मोअल्लिमसंग गत बर्ष भन्दा 100 सउदी रियाल कम गराएर एग्रिमेन्ट गरेको र मिना क्याम्पमा नेपाली हाजीहरु सधैं D लेभेलको सुबिधा पाउने गरेकोमा यस बर्ष D+ लेभेलको पाउने...
राज्यले ध्यान नदिदा अर्बौको घाटा हुँदैछ हामी युवाहरुले सचेत  हुन आवश्यक छ:  युवा नेता प्रवीण पौडेल
कर्पोरेट, समाचार, हाइलाइट-समाचार

राज्यले ध्यान नदिदा अर्बौको घाटा हुँदैछ हामी युवाहरुले सचेत हुन आवश्यक छ: युवा नेता प्रवीण पौडेल

नेपालअखबार,काठमाडौँ ।नेपालमै गाडी कम्पनी स्थापना गर्ने हो भने खर्बौँ रुपैयाँ लगानी भइसकेका सवारीसाधनलाई पुनः प्रयोग गर्न सकिन्छ। तर यस विषयमा सरकार किन मौन छ भन्ने प्रश्न गम्भीर छ। राज्यले समयमा आवश्यक नीति लिन नसकेकै कारण हरेक वर्ष प्रयोगयोग्य गाडीहरू कवाडीको भाउमा फालिँदै आएकाछन्, जसले गर्दा नेपाली जनताको रगत–पसिना बालुवामा पानी खनाएझैँ खेर गइरहेको पौडेलले बताए।   नेताहरूको असंवेदनशीलता र तिनै नेतालाई मूल भ्रष्टाचारी भन्दै प्रचार गरेर संगठित रूपमा भ्रष्टाचार गर्न चतुर केही देशद्रोही कर्मचारीहरूको कारण मुलुकको अर्थतन्त्र दिनप्रतिदिन खस्कँदै गएको उनले बताए। साथै, देशले सरकारी सेवामा रहेका सम्पूर्ण नेपालीको ग्रीन कार्ड तथा सोसम्बन्धी प्रक्रिया सम्बन्धित देशको दूतावासबाटै सुरु गर्नुपर्ने र उनीहरूको सम्पत्तिको कडाइका साथ छानबिन गर्नुपर्ने आवश्यकता रहेको पनि पौडेलले बताए। य...
जनकपुरमा नेकपाको मधेस प्रदेशस्तरीय एकता सन्देश सभा
राजनीति, समाचार, हाइलाइट-समाचार

जनकपुरमा नेकपाको मधेस प्रदेशस्तरीय एकता सन्देश सभा

नेपालअखबार,जनकपुर । नेपाली कम्युनिस्ट पार्टीले शनिबार जनकपुरमा एकता सन्देश सभा गरिरहेको छ। एकताको सन्देशका लागि सातै प्रदेशमा सभा गरिरहेको नेकपाले शनिबार मधेस प्रदेश स्तरीय सन्देश जनकपुरमा गरेको हो। सभामा नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', सह-संयोजक माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरू सहभागी छन्। सभामा ठूलै संख्यामा नागरिक र कार्यकर्ताको उपस्थिती छ। तस्बिरहरूः ...
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त भन्छन्- चुनाव गराउन सबै हिसाबमा तयार छौं
प्रशासन, समाचार, हाइलाइट-समाचार

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त भन्छन्- चुनाव गराउन सबै हिसाबमा तयार छौं

नेपालअखबार,काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोग सबै हिसाबले तयारीमा रहेको बताएका छन्। निर्वाचनको दिन आउन अब ९० दिन बाँकी रहेको अवस्थामा राष्ट्रिय समाचार समिति (रासस)सँग कुरा गर्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले नेपाल सरकारले आयोगको मागबमोजिम आवश्यक सबै प्रबन्ध गरेको अवस्था र आयोगले कार्यतालिका तथा कार्यक्रम प्रकाशन गरी सोही अनुसार काम भइरहेकाले निर्वाचनको वातावरण थप सुनिश्चित भएको बताएका हुन्। उनले प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको राजनीतिक दल, नेपाल सरकारका सम्बन्धित मन्त्री र सुरक्षा निकायका प्रमुखहरुसँगको छलफलमा आयोगले निर्वाचनका  लागि आयोग तत्पर रहेको स्पष्ट राखेको बताए। ‘हामीलाई बजेटको केही अपर्याप्तता थियो । अर्थ मन्त्रालयले माग वा खर्च हुने आधारमा थप रकम पनि निकासा...
पार्टीलाई गतिशील बनाउन संकल्प गरेर अघि बढ्न आग्रह : माधव नेपाल
राजनीति, समाचार, हाइलाइट-समाचार

पार्टीलाई गतिशील बनाउन संकल्प गरेर अघि बढ्न आग्रह : माधव नेपाल

नेपालअखबार, विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी चरित्रसँग राष्ट्र र राष्ट्रियता रक्षाका लागि कम्युनिस्ट पार्टीबीच एकता भएको बताएका छन् । विराटनगरमा आयोजित नेकपाको सन्देशसभालाई सम्बोधन गर्दै उनले जनताको पीरमर्कालाई सम्बोधन गर्दै सबै किसिमको विकृति अन्त्यका लागि नयाँ सोच बोकेर अघि बढेको बताए । उनले राम्रा काममा गौरबबोध र कमजोरीलाई सुधार गर्ने संकल्प गर्न पनि आग्रह गरे । उनले पार्टीलाई गतिशील बनाउन संकल्प गरेर अघि बढ्न आग्रह गरे । उनले आउने चुनावबाट देश बनाउने पार्टी ठूलो शक्ति बन्ने अभियानमा जुट्न पनि आग्रह गरे ।...
प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिमा मुस्लिम समुदाय आक्रोशित
समाचार, समाज, हाइलाइट-समाचार

प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिमा मुस्लिम समुदाय आक्रोशित

नेपालअखबार,काठमाडौं। लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गर्ने क्रममा प्रधानमन्त्री सुशीला कार्कीले मुस्लिम समुदायबारे व्यक्त गरेको धारणा व्यापक आलोचनामा परेको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय भएकै प्रधानमन्त्रीले मुस्लिम देश र समुदायलाई संकीर्ण, महिला अधिकार नदिने र पुरातनपन्थी व्यवहारसँग जोडेर दिएको टिप्पणी मुस्लिम अगुवाहरूले असंवेदनशील र तथ्यहीन भन्दै आपत्ति जनाएका छन्। प्रधानमन्त्रीले आफूले देखेका उदाहरणको आधारमा कतिपय मुस्लिम देशमा महिलालाई शिक्षादेखि स्वतन्त्रता नदिएको भनाइ राखेकी थिइन्, तर यो टिप्पणी सामाजिक सद्भाव बिगार्ने र पुरै समुदायलाई दोषारोपण गर्ने प्रकृतिको भएको मुस्लिम प्रतिनिधिहरूको आरोप छ।  प्रधानमन्त्रीले उदाहरणको रूपमा उल्लेख गरेका देशहरूको वास्तविकता आफूले वर्णन गरेजस्तो नभएको वक्ताहरूले  प्रष्ट्याउँदै दक्षिण एसियाका नेपाल, भारत, बाङ्लादेश ल...
समाजसेवी अजिजुर रहमान सहित विभिन्न पार्टी परित्याग गरि मुस्लिम युवाहरु नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश
राजनीति, समाचार, हाइलाइट-समाचार

समाजसेवी अजिजुर रहमान सहित विभिन्न पार्टी परित्याग गरि मुस्लिम युवाहरु नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

नेपालअखबार, काठमाडौं । समाजसेवी अजिजुर रहमान सहित विभिन्न पार्टी परित्याग गरि चार दर्जन भन्दा बढिले मुस्लिम समुदायका युवाहरु नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेको छन् । नेपाली कम्युनिस्ट  पार्टीका सह संयोजक एवं पुर्व प्रधानमन्त्री  माधवकुमार नेपालले  प्रवेश गराउनु भएको छ। सह संयोजक नेपालले सम्पुर्ण नव प्रवेसीहरुलाई स्वागत गर्दै यो पार्टी सबै नेपालीहरुको पार्टी रहेको बताउनु भयो । जमियते अहले हदिसका महासचिव एवं समाजसेवी मौलाना अजिजुर रहमान सहित अब्दुल कलाम आजाद , इन्जिनियर मजरुल हक, मौलाना हबिबुललाह,मौलाना अबदुल हननान, मौलाना मनजीबुललाह,ताज मोहम्मद, लगायत चार दर्जन भन्दा बढिले विभिन्न पार्टी परित्याग गरि नेपाली कम्युनिस्ट पार्टीमा प्रवेस गरेका छन् ।...
सिमाना कुर्न बसेको ‘चिमाङ’ गाउँ
समाचार, समाज, हाइलाइट-समाचार

सिमाना कुर्न बसेको ‘चिमाङ’ गाउँ

नेपालअखबार, मुस्ताङ । झण्डै पाँच सय वर्षअघि यहाँको घरपझोङ–५ ठिनीमा राजा थर्कोचेनले शासन चलाएका थिए । मुस्ताङको पान्डाखोलादेखि तल्लो भूभाग चिमाङ र चोखोपानी खोलासम्म राजा थर्कोचेनको राज्य थियो । राजा थर्कोचेनको राज्य सुरक्षाका लागि बसाइलिएको बस्ती हो मुस्ताङको घरपझोङ–१ चिमाङ गाउँ । राजा थर्कोचेनले त्यस समय ठिनी गाउँमा रहेको तीन गाउँले थकाली समुदायमध्येको एक ध्याकल फोपे समूहलाई आफ्नो राज्यको सिमाना कुर्न र त्यहाँको रेखदेखका लागि बस्ती बसालेका थिए भन्ने भनाइ छ । समुद्री सतहको करिब तीन हजार मिटरभन्दा माथि उचाइको भिरालो स्थान चाखोपानी खोलाको भिरको थुम्कोमा सिमाना कुर्न बस्ती बसालेको चिमाङ गाउँका अगुवा इन्द्रप्रसाद थकाली बताउँछन् । सुरुआती चरणमा यहाँ सिमाना रक्षाका लागि ठिनी गाउँबाट ध्याकल फोपे समूहलाई बस्ती बसालेर स्थानान्तरण गरेको अगुवा उनको भनाइ छ । त्यस समय यहाँ बस्ती बसालेर सिमान...
तस्बिरमा हेर्नुहोस् युद्धविराम पछि गाजा पट्टीको अवस्था
विश्व, समाचार, समाज, हाइलाइट-समाचार

तस्बिरमा हेर्नुहोस् युद्धविराम पछि गाजा पट्टीको अवस्था

नेपालअखबार, रफाह । हमास र इजरायल बीचको युद्धविराम पछि, गाजाका मानिसहरू आफ्नो घर फर्किरहेका छन् र चाहिने सरसामानहरू जम्मा गर्न हतारिइरहेका छन् । सहायता सामग्री बोकेका ट्रकहरू गाजामा आइपुगेका छन् । सहायता एजेन्सीहरूले यस्ता ट्रकको संख्या बढाउन अनुरोध गरेका छन् । शान्ति सम्झौता पछि, हमासले दुई वर्ष अघि इजरायलबाट बन्धक बनाएर ल्याइएका २० जना जीवित बन्धकहरू इजरायललाई सुम्पिसकेको छ । मृत बन्धकहरूको सबै शव फिर्ता भइसकेको छैन । इजरायलले हमासलाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै बन्धकहरूको अवशेष फिर्ता गर्न ढिलाइ गरिरहेको बताएको छ । यद्यपि, वार्तामा संलग्न कूटनीतिक स्रोतहरूका अनुसार, हमासले बन्धकहरूको शव फिर्ता गर्न अवरोध गर्ने इजरायलको आरोपलाई अस्वीकार गरेको छ । बुधबार हमासले चार बन्धकहरूको शव फिर्ता ग‍रेको थियो । जसमध्ये एक शव बन्धकको नभएको इजरायलले भनेको छ । अवशेषहरूमध्ये एउटा...
गाजा युद्धविरामको स्वागत गर्दै बगदादमा प्रदर्शन
राजनीति, विश्व, समाचार, हाइलाइट-समाचार

गाजा युद्धविरामको स्वागत गर्दै बगदादमा प्रदर्शन

नेपालअखबार,काठमाडौं । प्यालेस्टाइनको गाजा क्षेत्रमा युद्धविराम गर्ने इजरायल र हमास बीच भएको सम्झौताको इराकी नागरिकहरुले समेत समर्थन गरेका छन् । युद्धविरामको समर्थन गर्दै इराकको राजधानी बगदादमा प्रदर्शन भएको हो । प्रदर्शनमा सयौं इराकी नागरिकहरु सहभागी भएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । प्रदर्शनमा सहभागीहरूले अन्तर्राष्ट्रिय समुदायलाई प्यालेस्टिनी जनताको साथमा उभिन आह्वान गरेका छन् । प्यालेस्टिनी जनतालाई तत्काल अत्यावश्यक खाना र औषधि पुर्‍याउन जोड दिएका छन् । इजिप्ट, कतार, टर्की र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा तीन दिनको गहन वार्तापछि हमास र इजरायल बिहीवार युद्धविराम सम्झौता भएको थियो । इजरायली सेनाले शुक्रवार युद्धविराम लागू भएको घोषणा गर्‍यो ।युद्ध रोकिएसँगै प्यालेस्टिनीहरु आफ्नो घर भएको ठाउँमा फर्किरहेका छन् । भग्नावशेष पन्छाएर शव खोज्ने काम पनि सुरु गरिएको बी...