Sunday, October 18

दुर्घटना

ट्रक र भारतीय कन्टेनर ठोक्किँदा दुवै गाडीका चालकको मृत्यु
दुर्घटना, समाचार

ट्रक र भारतीय कन्टेनर ठोक्किँदा दुवै गाडीका चालकको मृत्यु

नेपालअखबार, चितवन । चितवनको भरतपुर महानगरपालिका–१ भतेरी जंगलमा ट्रक र भारतीय कन्टेनर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। नारायणघाट–मुग्लिन सडकको भतेरीमा बिहान सवा ६ बजेतिर मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ५९९६ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको डीडी ०१ एल ९१६१ नम्बरको भारतीय कन्टेनर ठोक्किएका थिए। दुर्घटनामा भारतीय कन्टेनरका चालक भारतको उत्तर प्रदेश बस्ने २४ वर्षीय  हेहताव आलम र ट्रकका चालक पर्साको वीरगञ्ज–२४ वस्ने अन्दाजी ४० वर्षका प्रमोद पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले जानकारी दिए। उनीहरु दुवैको उपचारकाक्रममा मृत्यु भएको हो। भारतीय कन्टेनरका सहचालक भारतको गोरखपुर बस्ने २२ वर्षीय सावन अहमदको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको डिएसपी रिजालले बताए।...
विमान दुर्घटनाका कारण विमानस्थल बन्द
दुर्घटना, प्रशासन, समाचार

विमान दुर्घटनाका कारण विमानस्थल बन्द

नेपालअखबार, काठमाडौँ । सौर्य एयरलाइन्सको विमान बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने बित्तिकै दुर्घटना भएपछि उडान र अवतरण प्रभावित भएको छ । सोही अनुसार ढाकाबाट काठमाडौँ आउँदै गरेको विमान बंगलादेश एयरलाइन्सको बीबीसी ३७१ विमान सिमराको आकाशमा होल्ड भएर ‘डाइभर्ट’ गरिएको छ । यस्तै थाइ एयरवेजको विमान भारतीय आकाशमा ‘होल्ड’ भएको छ । बिहार राज्यको सितामढी क्षेत्रको आकाशमा थाइ एयरवेजको टीजी ३१९ विमान होल्ड भएको हो । सो विमान बैंककबाट काठमाडौँ आउँदै गरेको अवस्थामा बिचमै होल्ड हुन पुगेको हो । यस्तै मलेसियाबाट काठमाडौँ आउँदै गरेको मलेसियन एयरको विमान पनि भारतीय आकाशमै होल्ड भएर दिल्लीतर्फ डाइभर्ट गरिएको छ ।...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना
दुर्घटना, समाचार, समाज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

नेपालअखबार, काठमाडौँ । बुधवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा १९ जना रहेको खुलेको छ । चालक दलका सदस्य र यात्रुसहित विमानमा १९ जना रहेको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । बुधवार बिहान काठमाडौँबाट पोखरा उड्ने क्रममा ग्राउन्ड छाड्नेवित्तिकै ९ एन एएमई विमान दुर्घटना भएको थियो । विमानका क्याप्टेन मनिष शाक्य रहेको बताइएको छ । क्याप्टेन शाक्यको उद्दार गरी उपचारका लागि अस्पताल लगिएको छ । विमान पुरै आगजनी भएको छ । उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।...
पोखरामा आज बिहान सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु
दुर्घटना, समाचार

पोखरामा आज बिहान सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

नेपालअखबार, पोखरा। पोखरामा आज बिहान सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका-६ का २६ वर्षीय ईश्वर परियार छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान करिब पौने ६ बजेको समयमा दुर्घटना भएको थियो । ग ३ च ३४५७ नं. को हाइलक्स गाडी र ग ११ प ९१ नं को मोटरसाइकल एकअर्कामा ठोक्किँदा मोटरसाइकलमा सवार परियार घाइते भएका थिए । उचारका लागि गण्डकी मेडिकल कलेजमा पठाए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । हाइलक्स चालक बर्दिया ठाकुरबाबा नगरपालिका-८ स्थायी घर भई हाल पोखरा बस्ने ३० वर्षीय सुशिल दहितलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ ।...
बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा १५ जना घाइते
दुर्घटना, समाचार

बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा १५ जना घाइते

नेपालअखबार, नारायणगढ । चितवनको नारायणगढ– मुग्लिङ सडकअन्तर्गत पर्ने भतेरीमा बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालकानुसार आज दिउँसो भरतपुर महानगरपालिका–२९ मा पर्ने भतेरीमा नारायणघाटबाट पोखरा जाँदै गरेको ग२ख १४०१ नंको बस सोही दिशाबाट जाँदै गरेको ना७ख ५४९१ नंको पेट्रोल बोकेको ट्याङ्करको पछाडि  ठोक्किँदा  बसमा सवार १५ यात्री घाइते भएका हुन् । घाइतेलाई उपचारका लागि चितवनको भरतपुर अस्पताल,  चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा लगिएको प्रवक्ता रिजालले बताए । घाइतेमध्ये एकजना गम्भीर  र अन्यको अवस्था मध्यम रहेको छ ।...
‘कण्डक्टर’ले बस चलाउँदा
दुर्घटना, समाचार

‘कण्डक्टर’ले बस चलाउँदा

नेपालअखबार,झापा ।  झापाको कनकाई नगरपालिका–२ स्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका वडा नम्बर ५ का ४१ वर्षीय लक्ष्मीप्रसाद सुब्बा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए। सोमबार बेलुका कनकाई–२ पवित्रा पेट्रोलपम्प नजिक पूर्वपश्चिम राजमार्गमा विराटनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३४२३ नम्बरको बसले बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको को १९प ६२८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। कण्डक्टरले बस चलाउँदा दुर्घटना भएको बसका चालक र सहचालकले प्रहरी समक्ष बयान दिएका छन् । उक्त दुर्घटनामा सुब्बाको दाहिने खुट्टा भाचिएको थियो भने टाउको र छातीमा चोट गम्भीर चोट लागेको थियो। घाइते उनको उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा राति ८ बजे मृत्यु भएको...
ट्याक्टर दुर्घटनामा चालकको मृत्यु, दुई घाइते
दुर्घटना, समाचार

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु, दुई घाइते

नेपालअखबार, सुर्खेत । ट्याक्टर दुर्घटनामा परी सुर्खेतका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत चिङ्गाड गाउँपालिकाका २७ वर्षीय वीर परियार रहेका छन् । उनी ट्याक्टरका चालक हुन् । आइतबार बेलुका कालिकोटको रास्कोट नगरपालिका–५, आरसिपी बजार नजिकै फुकोट –तर्फ जाँदै गरेको भे २ त २६१२ नम्बरको ट्याक्टर सडकदेखि अन्दाजी एक सय मिटर तल खसेको थियो । प्रदेश ट्राफिक कार्यालयका अनुसार सवारी दुर्घटनामा चालक सहित तीन जना व्यक्ति घाइते भएका थिए । उनीहरूको कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा उपचारको क्रममा चालक परियारको सोमबार बिहान मृत्यु भएको हो । घाइते हुनेमा कालिकोट रास्कोट नगरपालिका–५ का २२ वर्षीय प्रकाश तिरुवा, २२ वर्षीय नम सार्की रहेका छन् । उनीहरूको प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।...
ट्रयाक्टर दुर्घटनामा बालकको मृत्यु, दुईजना घाइते
दुर्घटना, समाचार

ट्रयाक्टर दुर्घटनामा बालकको मृत्यु, दुईजना घाइते

नेपालअखबार, काठमाडौं । तम्घास–सिमलटारी सडकखण्डअन्तर्गत छल्दीबाट तम्घासतर्फ आउँदै गरेको लु४त २४६५ नम्बरको ट्रयाक्टर रेसुंगा नगरपालिका–४ रायढुंगामा दुर्घटना हुँदा छ वर्षीय बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका अनुसार दुर्घटनामा मालिका गाउँपालिका–२ का छ वर्षीय शिव विकको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि गुल्मी अस्पताल ल्याउनेबित्तिकै अस्पतालले मृत घोषणा गरेको थियो। दुर्घटनामा ट्याक्टर चालक गुल्मीको धुर्कोट गाउँपालिक–५ बस्तुका  २६ वर्षीय दीपक गोतामे र सहचालक बागलुङ बडिगाड गाउँपालिकाका १९ वर्षीय राजकुमार विक घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि पाल्पा पठाइएको छ।...
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
दुर्घटना, समाचार

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नेपालअखबार, काठमाडौँ । कञ्चनपुरमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१८ बस्ने २९ वर्षीय सन्जिप चौधरीको मृत्यु रहेका छन्। शुक्रबार  राति १०:३० बजे बेदकोट नगरपालिका–७ स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको सुदूरपश्चिम प्रदेश ०२–००३ प ६९७० नम्बरको मोटरसाइकललाई से १ त ३३६८ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउने बित्तिकै चिकित्सकले चेकजाँच गरी मृत घोषणा गरेको कञ्चनपुर प्रहरीले जनाएको छ। सो घटनामा मोटरसाइकलमा पछाडि सवार बेदकोट नगरपालिका–८ बस्ने २७ वर्षीय मनोज चौधरी घाइते भएका छन्। उनको नवजीवन...
ट्रक चालकको हत्या भएको घटनामा थप दुई जना प्रकाउ
दुर्घटना, समाचार

ट्रक चालकको हत्या भएको घटनामा थप दुई जना प्रकाउ

नेपालअखबार,  बैतडी। बैतडीमा ट्रक चालकको हत्यामा थप दुई जना प्रकाउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीले ५१ वर्षीय वीरभान विष्टको हत्यामा संलग्न रहेको आरोपमा बुधबार पाटन नगरपालिका -६ का २६ वर्षीय आशिक पहरीलाई प्रकाउ गरेको हो। यस्तै मंगलबार सोही ठाउँका ३८ वर्षीय भरतमोहन विष्टलाई पनि वीरभानकै हत्यामा संलग्न रहेको आरोपमा प्रकाउ गरेको थियो। पाटन-६ का वीरभान असार १ गते रातिदेखि बेपत्ता थिए। उनको  सोमबार स्थानीय घाङ्ल खोलामा हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। मृतकका परिवारले पाँच जनाविरूद्व किटानी जाहेरी दिएका थिए। प्रहरीले उनको शव फेला परेकै दिन सोही ठाउँकी शिक्षकसमेत रहेकी ३६ वर्षीय भागरथी विष्टलाई प्रकाउ गरेको थियो। शिक्षिकासंगै सोही दिन पाटन नगरपालिका-१ का १९ वर्षीय राजेन्द्र भट्टराई र १७ वर्षीय किशोर भट्टराईलाई पक्राउ गरिएको थियो। घटनाको मुख्य योजनाकार भागर...