Friday, September 25

दुर्घटना

मोटरसाइकल दुर्घटनामा प्रहरीका असई र सहायक हवलदारको मृत्यु
दुर्घटना, समाचार

मोटरसाइकल दुर्घटनामा प्रहरीका असई र सहायक हवलदारको मृत्यु

नेपालअखबार,।सिन्धुली सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षक (असई) र सहायक हवलदारको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे सिन्धुलीको फिकल गाउँपालिका-५ झगडेवेसीस्थित भित्री सडकमा दुई प्रहरी सवार प्रदेश ३-०२-००१ ब ४७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा असई रविन्द्र कुमार ठाकुर र सहायक हवलदार सूर्यकुमार श्रेष्ठ गम्भीर घाइते भएका थिए। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रहरी निरीक्षक केशव कुमार कटुवालका अनुसार गम्भीर घाइते भएका उनीहरूलाई खुर्कोटस्थित सुनकोशी सामुदायिक अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याउनेबित्तिकै असई ठाकुरलाई चिकित्सकले मृत घोषणा गरेका थिए। सहायक हवलदारलाई भने हेलिकप्टरबाट काठमाडौं ल्याइ प्रहरी अस्पताल पुर्‍याइएकोमा उनलाई पनि चिकित्सकले मृत घोषणा गरेको इन्सपेक्टर कटुवालले जानकारी दिए। आइतबार अपराह्न उनीहरू गस्ती गरेर प्रहरी चौकी रत्नाव...
नासिकमा भारतीय वायुसेनाको लडाकु विमान दुघर्टनाग्रस्त
दुर्घटना, विदेश, समाचार

नासिकमा भारतीय वायुसेनाको लडाकु विमान दुघर्टनाग्रस्त

नेपालअखबार, नयाँ दिल्ली । भारतीय वायुसेनाको सुखोई लडाकु विमान मंगलबार दुर्घटनाग्रस्त भएको छ । दुर्घटना महाराष्ट्रको नासिकमा भएको हो । दुर्घटनाग्रस्त विमान सुखोई एसयू–३० एमकेआई भएको र यसका पाइलट र को–पाइलट सकुशल निस्किन सकेको नासिक रेन्जका विशेष महानिरीक्षक डीआर करालेले बताए । विमान शिरसगाउँ गाउँ नजिकैको खेतमा दुर्घटना भएको थियो । विमानलाई विङ कमाण्डर बोकिल र उनका सेकेन्ड इन कमान्ड विश्वास उडाइरहेका थिए । दुवै पाइलटलाई सामान्य चोटपटक लागेको बताइएको छ । उनीहरूलाई एचएएल अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनापछि विमानमा आगो लागेको थियो । आगो  निभाइएको बताइएको छ । सुखोई एसयु–३० एमके आईलाई भारतीय वायुसेनाको सबैभन्दा शक्तिशाली विमान मानिन्छ । भारतीय वायुसेनासँग २७२ थान सक्रिय सुखोई एसयू–३० एमकेआई विमान छ । दुई जना पाइलट बस्न मिल्ने यस विमानमा दुई ओटा इन्जिन छ । यी मध्ये केही विमानलाई सुपर...
तनहुँमा ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
दुर्घटना, समाचार, समाज

तनहुँमा ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नेपालअखबार,तनहुँ। तनहुँमा ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। सोमबार दिउँसो २ बजेतिर व्यास नगरपालिका वडा नम्बर १ स्थित पृथ्वी राजमार्गमा दमौली तर्फ जाँदै गरेको मोटरसाइकललाई सडक निर्माण गर्न पानी हाल्दै गरेको ट्यांकरले ठक्कर दिएको हो। बागमती प्रदेश ०१-००१ अ य ००३९ नम्बरको ट्यांकरले ग १९ ब ८३०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दिलिपकुमार हुमागाईंले जानकारी दिए। दुर्घटनामा मोटरसाइकल चालक व्यास नगरपालिका वडा नम्बर १२ बस्ने २९ वर्षीय प्रविन कैनीको मृत्यु भएको हो। उनी दमौलीतर्फ जाँदै थिए। ट्यांकरको ठक्करपछि गम्भीर घाइते भएका कैनीलाई उपचारका लागि अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। दुर्घटनापछि राजमार्ग अवरूद्ध बनेको छ। प्रहरीले राजमार्ग खुलाउने प्रयास गरिरहेको छ।...
जम्मुमा बस दुर्घटना, २१ जनाको मृत्यु
दुर्घटना, समाचार

जम्मुमा बस दुर्घटना, २१ जनाको मृत्यु

नेपालअखबार, काठमाडौँ ।जम्मु । भारतको जम्मुमा बस दुर्घटना भएको छ । त्यहाँको पूंछको अखनूरमा टूंगी मोड क्षेत्रमा यात्रु भरिभराउ रहेको एक बस भिरबाट खसेको हो । सो दुर्घटनामा अहिलेसम्म २१ जनाको मृत्यु भएको बताइएको छ । बसमा करिब ७५ जना यात्रु सवार थिए । अरू ४० यात्रु घाइते भएका छन् । यीमध्ये २० जनालाई जीएमसी जम्मुमा रिफर गरिएको छ । प्रहरी र स्थानीय बासिन्दाहरूले बचाउ अभियान चलाइरहेका छन् । भिरबाट उद्धार गरिएका घाइतेहरूको अखनूर उपजिल्ला अस्पतालमा उपचार भइरहेको बताइएको छ । गम्भीर घाइतेहरूलाई जम्मु मेडिकल कलेज पठाइएको छ । बसको नम्बर प्लेट उत्तर प्रदेशको भएको बताइएको छ । बस बिवखोडी धामतर्फ गइरहेको थियो ।...
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
दुर्घटना, समाचार

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

नेपालअखबार,दाङ । दाङ र रुपन्देहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दाङको तुल्सीपुर उपमहानगरपालिका-९ अटोभिलेजस्थित सडकमा रा.१ क ५९६ नम्बरको ट्रकको ठक्करबाट सोही उपमहानगरपालिका-९ बेलुवा घर भएका ३८ वर्षीय सेफ अलि खानको आइतबार बिहान मृत्यु भएको छ । सोही ठाउँस्थित आफ्नै इलेक्ट्रोनिक पसल अगाडि ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको  छ । यता रूपन्देहीको सैनामैना नगरपालिका-१  बर्माचोकस्थित सडकमा लु.१ ख ७४०९ नम्बरको माइक्रो बस र लु.९ प ९५२४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक कपिलवस्तु बाणगंगा नगरपालिका-२ पिपरा बस्ने ७० वर्षीय शिवलाल पोख्रेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक...
जिप र माइक्रोबस ठोक्किंदा ८ चिनियाँ नागरिक घाइते
दुर्घटना, समाचार

जिप र माइक्रोबस ठोक्किंदा ८ चिनियाँ नागरिक घाइते

नेपालअखबार, पोखरा । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । शहीदचोकबाट मुस्ताङचोक तर्फ जाँदै गरेको बा १३ च ५१३७ नम्बरको स्कार्पियो जिप र ड्याम साइडबाट रत्नचोक तर्फ जाँदै गरेको हाइस माइक्रोबस आज बिहान ४ः४० बजे राष्ट्रक बैंक चोकमा ठोक्किएका थिए । दुर्घटनामा माइक्रोबसमा सवार १३ जना चिनियाँ नागरिकहरुमध्ये ८ जना घाइते भएका हुन् । घाइतेहरुको अवस्था मध्यम रहेको र उनीहरुलाई गण्डकी मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ । स्कार्पियो चालक धादिङको नेत्रावती–१ बोराङ बस्ने ४३ वर्षीय राज कुमार अधिकारी र माइक्रो बस चालक पोखरा–९ पृथ्वीचोक बस्ने ४१ वर्षीय तुल बहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार स्कार्पियोमा चालकमात्र थिए । दुर्घटनामा पार्किङमा रोकिराखेको बा २१ प ११५२ नम्बरको स्कुटर र श्याम सुन्दर बरालको घ...
त्रिशुलीमा ट्याक्सी खस्दा मृत्यु भएका पाँचै जनाको परिचय खुल्यो
दुर्घटना, समाचार

त्रिशुलीमा ट्याक्सी खस्दा मृत्यु भएका पाँचै जनाको परिचय खुल्यो

नेपालअखबार, काठमाडाैं । त्रिशुलीमा यात्रुवाहक ट्याक्सी खसेर दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको परिचय खुलेको छ। काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान ७ बजे चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खसेको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले ट्याक्सीमा चालकसहित ६ जना सवार रहेकोमा दुर्घटनामा पाँच जनाको मृत्यु भएको र एक जना बेपत्ता रहेको जानकारी दिए। मृत्यु हुनेमा ट्याक्सी चालक गोरखाको गोरखा नगरपालिका-७ का ३५ वर्षीय अर्जुन शिर्मल, ट्याक्सीमा सवार सोही वडाका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अन्जना रोकाय र ९ वर्षीय आगमन नगरकोटी छन्। सोही वडाका १८ वर्षीय दिवस रोकाय बेपत्ता छन्। उनको खोजीका लागि दुर्घटनास्थलमा टोली खटिइरहेको डिएसी भण्डारीले जानकारी दिए।  पाँ...
अछाममा ट्याक्टर दुर्घटना हुदा५ को मृत्यु
दुर्घटना, समाचार, समाज

अछाममा ट्याक्टर दुर्घटना हुदा५ को मृत्यु

नेपालअखबार, अछाम। अछाममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी सन्तोष पाठकका अनुसार सोमबार बिहान पौने १० बजे मेल्लेख गाउँपालिका वडा नम्बर ७ मा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो। सु-प्र-०१००२ च ४९७९ नम्बरको ट्याक्टर अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको थियो। दुर्घटनामा तीन जना घाइते छन्। उनीहरूलाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको छ। ‘पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ, तीन जनाको उपचारका लागि अस्पताल पठाइएको छ,’ उनले भने।  मृतकको सनाखत गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। ट्याक्टर साँफेबगरतर्फ जाँदै थियो।...
तनहुँमा पर्यटक बस दुर्घटना हुँदा ६ जना घाइते
दुर्घटना, समाचार, समाज

तनहुँमा पर्यटक बस दुर्घटना हुँदा ६ जना घाइते

नेपालअखबार, तनहुँ। तनहुँमा पर्यटक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। पोखराबाट काठमाडौं आउँदै गरेको बा १ प ११३९ नम्बरको पर्यटक बस आज बिहान साढे ६ बजे तनहुँको म्याग्दे गाउँपालिका-६ शेराटारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा दुर्घटना हुँदा ६ जना चिनियाँ नागरिक घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाणका अनुसार घाइतेहरूमा चिनियाँ नागरिकहरू ६८ वर्षीय छुचेङ, ६७ वर्षीय साओ मेङ, ५० वर्षीया सुन ली, ७० वर्षीय लियो या छिङ, ६२ वर्षीय वाङ यइ दोङ र ५७ वर्षीया हुछिआओ ली छन्। उनीहरूको जिपि कोइराला श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचार भइरहेको डिएसपी खाणले जानकारी दिए। उक्त बसमा २६ यात्रु सवार थिए। बसका चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी खाणले जानकारी दिए ।...
उदयपुरमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्याे
दुर्घटना, समाचार

उदयपुरमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्याे

नेपालअखबार, विराटनगर । उदयपुरमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । उदयपुरको बेलका नगरपालिका– ७ मेनामैनीमा बोलेर गाडी बिहीबार बिहान दुर्घटना भएको थियो । दुर्घटनामा परी सात जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा ९ जना घाईते भएको प्रहरीले बताएको छ । सुनसरीको धरानबाट भोजपुरको घोडेटार तर्फ जाँदै गरेको को १ ज २५९३ नम्बरको बोलेरो आज बिहान ११ बजेको समयमा मैनामैनीमा सडकबाट अन्दाजी ४०० मिटर तल खसेको थियो । दुर्घटनामा बोलेरोमा सवार रहेका ७ जनाको घटनास्थलमा र १ जनाको उपचारको क्रममा धरानको वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीका अनुसार हतुवागढी गाउँपालिका–२ का ४० वर्षीय सवारी चालक मानबहादुर बस्नेत, गाडीमा सवार हतुवागढी गाउँपालिका– २ की ७० वर्षीया पर्वतमाया राई, २३ वर्षीय च...