सर्लाही दुर्घटना घाइते नापी कार्यालय सहयोगी घिमिरेको मृत्यु
नेपालअखबार,सर्लाही । सर्लाहीमा दुर्घटनामा घाइते भएका नापी कार्यालय मलंगवाका सहयोगी विनोद घिमिरेको मृत्यु भएको छ।
घिमिरेको उपचारको क्रममा निधन भएको प्रहरीले जानकारी दिएको छ।
सोमबार राति नापी कार्यालयका कर्मचारीहरू चढेको गाडी सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर १०, गम्हरियास्थित चमेली माई मन्दिर नजिकै दुर्घटना भएको थियो।
अधिकृत सहितको टोली सवार बिआर ०६ पिडी ९६४८ नम्बरको भारतीय नम्बर प्लेटको गाडी दुर्घटनामा परेका थियो।
दुर्घटनामा नापी कार्यालय मलङ्गवाका प्रमुख सञ्जय मानन्धरसहित ११ जना घाइते भएका थिए।
दुर्घटनामा सर्लाहीको बागमती नगरपालिका वडा नम्बर ५ का विनोद घिमिरे, महोत्तरीका ३० वर्षीय बैजु यादव र सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ३ का ३५ वर्षीय रामलाल साह घाइते भएका थिए।
नापी अधिकृत श्रेष्ठसहित तीन जनाको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सर्लाही...





