Saturday, September 26

दुर्घटना

सुर्खेतमा दुई वटा गाडी एकापसमा ठोक्किँदा ११ जना घाइते
दुर्घटना, समाचार

सुर्खेतमा दुई वटा गाडी एकापसमा ठोक्किँदा ११ जना घाइते

नेपालअखबार, सुर्खेत । सुर्खेतमा दुई वटा गाडी एक आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् । आइतबार दिउँसो भेरीगंगा नगरपालिका–१३ को पैसठी भन्ने ठाउँमा स्कार्पियो र भ्यान एकापसमा ठोक्किएका थिए । राजधानी वीरेन्द्रनगरबाट नेपालगन्जतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०१७१ नम्बरको स्कार्पियो र विपरीत दिशाबाट आइरहेको भे १ ज ७४३ नम्बरको भ्यान एकापसमा ठोक्किएका थिए । जिल्ला ट्राफिक कार्यालयले दिएको जानकारी अनुसार दुई वटै गाडीमा सवार ११ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर छ । घाइतेहरूको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको छ भने स्कार्पियोका चालक फरार रहेको प्रहरीको भनाइ छ ।...
दाङ बस दुर्घटना मृत्यु हुनेको संख्या १२ पुग्यो
दुर्घटना, समाचार

दाङ बस दुर्घटना मृत्यु हुनेको संख्या १२ पुग्यो

नेपालअखबार, दाङ। दाङको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु हुने मध्येका  ८ जनाको सनाखत भएको छ।मृतक १२  जना मध्ये  दुई जना भारतीय नागरिक सहित ८ जनाको परिचाहन भएको  हो। मृत्यु हुनेहरूमा बाँके जिल्ला बस्ने वर्ष ६० का कुसुम बस्नेत, मकवानपुर बस्ने वर्ष ३९ का सौरभ विष्ट, काठमाडौँ चन्द्रागिरि बस्ने वर्षका ६५ ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका वर्ष ३१ का मुने, जुम्लाका वर्षका ४० मुन बहादुर रावत, बाँकेका वर्ष ३०का रामवरण हरिजन, रुकुमका वर्ष २५ का दीपक कामी, भारत विहारका वर्ष ६७ का जोगेन्द्र रामको सनाखत भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी २३ जना घाइते छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिए। बाँकेको नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस गए राति पुलबाट तल राप्ती नदी...
तनहुँमा जीप पल्टिंदा २ जनाको मृत्यु, १० जना घाइते
दुर्घटना, समाचार

तनहुँमा जीप पल्टिंदा २ जनाको मृत्यु, १० जना घाइते

नेपालअखबार, काठमाडौं । तनहुँको भिमादमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग १ ज ६३५६ नम्बरको जीप भिमाद नगरपालिका-३ सुनाकोट बराथुम्कीस्थित डेढगाउँमा सडकबाट १५० मिटर तल खस्दा घाइते भएका १२ जनामध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार नवलपुरको बौदीकाली गाउँपालिका-२ का ४२ वर्षका रुमबहादुर बिक र सोही ठाउँका ५५ वर्षका जेमलाल दरैको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रमा मृत्यु भएको हो । घाइतेमध्ये ६ जनालाई उपचारका लागि पोखराको गण्डकी अस्पताल पठाइएको छ भने ४ जनाको बेलचौतारामा नै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी मोहनबहादुर खाँणले जानकारी दिए ।...
पोखरामा लेखनाथ महोत्सवको गेटमा बस दुर्घटना
दुर्घटना, समाचार

पोखरामा लेखनाथ महोत्सवको गेटमा बस दुर्घटना

नेपालअखबार,पोखरा । पोखरामा चलिरहेको लेखनाथ महोत्सव स्थलको गेट नजिकै बसको ठक्करले एक जनाको मृत्यु भएको छ । बस अनियन्त्रित भएर महोत्सव स्थल नजिकै फुटपाथमा व्यापार गरिरहेका व्यापारीलाई ठक्कर दिएको हो । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
जिप दुर्घटनामा चालकको मृत्यु, एक जना घाइते
दुर्घटना, समाचार

जिप दुर्घटनामा चालकको मृत्यु, एक जना घाइते

नेपालअखबार,बाजुरा। बाजुरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। गएराति साढे १२ बजे बाजुराको गौमुल गाउँपालिका-६ घटमुनामा से १ ज ९८९ नम्बरको बोलेरो जिप सडकबाट ६०/७० मिटर तल खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका इन्स्पेक्टर किशोरसिंह ऐरीले जानकारी दिए। मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका ६ घर भएका जीप धनी अन्दाजी ३८ वर्षीय देवेन्द्र नाथ छन्। उनको घटनास्थलमै मृत्यु भएको हो। जिपमा दुई जना मात्रै सवार थिए। दुर्घटनामा परी जिपमा सवार जय मालिका यातायात प्रालिका ‘काउन्टर प्रमुख’ मदन रोकाया घाइते भएका छन्। उनको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको इन्स्पेक्टर ऐरीले जानकारी दिए। कच्ची बाटो र घुम्ति सडक भएकाले गाडी अनियन्त्रित भएकाले जिप दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। दुर्घटनबारे थप अनुसन्धान भइरहेको इन्स्पेक्टर ऐरीले जानकारी दिए।...
जिप दुर्घटनामा चालकसहित ५ जना घाइते
दुर्घटना, समाचार

जिप दुर्घटनामा चालकसहित ५ जना घाइते

नेपालअखबार, तनहुँ । तनहुँमा भएको जिप दुर्घटनामा चालकसहित ५ जना घाइते भएका छन् । मंगलबार बिहान आबुखैरेनी गाउँपालिका वडा नम्बर ४ पावर हावस स्थित पृथ्वी राजमार्ग सडक खण्डमा बा १७ च ७९६० नम्बरको बोलेरो जीप सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको हो । आबुखैरेनी तर्फबाट मुग्लीङ तर्फ जाँदै गरेको सो जिपमा सवार घाइतेहरुलाई ईलाका प्रहरी कार्यालय आबुखैरेनी र नेपाली सेना समेतको संयुक्त टोलीले उद्दार अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइतेमा जिप चालक कैलालीका दयाराम रानासहित यात्रुहरु  सुर्खेतका थानेश्वर भट्टराई, निबस खत्री, दार्चुलाका राकेश भट्ट र कैलालीका खगेन्द्रराज पनेरु रहेका छन् । घाइतेमध्ये ४ जनाको स्थानीय अस्पतालका साथै १ जनाको भरतपुरमा उपचार भइरहेको छ  ।...
कारको ठक्करले पोखरामा २ पैदल यात्रीको मृत्यु
दुर्घटना, समाचार

कारको ठक्करले पोखरामा २ पैदल यात्रीको मृत्यु

नेपालअखबार,पाेखरा। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ५ प्रस्याङमा कारको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ । गएराति करिब १ बजेतिर बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको बा१३च ३७२१ नम्बरको कारले सिद्धार्थ बैंक अगाडि ठक्कर दिंदा पोखरा महानगरपालिका-३ नदीपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्याल र अन्दाजी ३५ वर्षीय देखिने पुरुषको मृत्यु भएको हो । उनीहरुलाई वडा प्रहरी कार्यालय बैदामको टोलीले उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल गण्डकी पठाएकोमा डाक्टरहरुले मृत घोषणा गरेका थिए । कार चालक फरार रहेकाले खोजी कार्य जारी छ । कारलाई भने वडा प्रहरी कार्यालय बैदामको नियन्त्रणमा छ ।...
पश्चिम तान्जानियामा ट्रक र बस ठोक्किँदा ८ जनाको मृत्यु, ६ जना घाइते
दुर्घटना, विदेश, समाचार

पश्चिम तान्जानियामा ट्रक र बस ठोक्किँदा ८ जनाको मृत्यु, ६ जना घाइते

नेपालअखबार, एजेन्सि। पश्चिमी तान्जानियाको किगोमा क्षेत्रमा शनिबार साँझ एउटा मिनी बस र ट्रक ठोक्किँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् । किगोमा क्षेत्रीय आयुक्त फिलेमोन माउन्गुले किगोनामा पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार साँझ ५ बजे सो दुर्घटना भएको हो । स्थानीय समय अनुसार शनिबार किबोन्डो जिल्लाको मुम्कुग्वा गाउँमा किबोन्डो–काकोन्को राजमार्गमा गुडिरहेको मिनी बसका चालकले नियन्त्रण गुमाएपछि सो दुर्घटना भएको हो ।...
ट्रयाक्टर दुर्घटनामा श्रीमान्-श्रीमतीसहित पाँच जनाको मृत्यु
दुर्घटना, समाचार

ट्रयाक्टर दुर्घटनामा श्रीमान्-श्रीमतीसहित पाँच जनाको मृत्यु

नेपालअखबार, जाजरकोट । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । आठबीसकोट–१० पिरिकोट भित्री सडकखण्डको वडा नं ८ स्थित घर्तीगाउँ जाँदै गरेको रा१द १४ नम्बरको ट्रयाक्टर घुम्ती मोड्न खोज्दा दुर्घटना भएको हो  । ट्रयाक्टरमा जस्तापाता रहेको जनाइएको छ । दुर्घटनामा परी आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया लुकीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबीसकोटका प्रहरी निरीक्षक नवीन मरासिनीले जानकारी दिए । यस्तै दुर्घटनामा सोही वडाको डाँडा भन्ने स्थानका ४८ वर्षीय धनराम सार्की, ५२ वर्षीय भर्दर सार्की र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबीसकोटले निकालेको विज्ञप्तिमा जनाइएको छ   । विज्ञप्तिका अनुसार सो दुर्घटना गए राति १० बजे भएको कार्यालयले जनाएको छ ।  विज्ञप्तिका अनुसार...
भक्तपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
दुर्घटना, समाचार, समाज

भक्तपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

नेपालअखबार,  काठमाडौं । भक्तपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक काभ्रेको रोशी गाउँपालिका-१० घर भई गठ्ठाघर बस्ने २३ वर्षीय विशाल मैनाली रहेका छन् । मैनाली चढेको बा९२प ५५३१ नम्बरको स्कुटरलाई शुक्रबार राति पौने ११ बजे मध्यपुरथिमि नगरपालिका-२ स्थित सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र अगाडि बा४ख २३४७ नम्बरको टिपरले ठक्कर दिएको थियो । टिपरको ठक्करबाट गम्भीर भएका राति ११ बजेर २१ मिनेट जाँदा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।टिपर चालक धादिङका सुरेश तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।...