Saturday, July 25

दुर्घटना

मुग्लिन-नारायणगढ सडकखण्डमा बस र ट्रक ठोक्किंदा ११ जना घाइते
दुर्घटना, समाचार

मुग्लिन-नारायणगढ सडकखण्डमा बस र ट्रक ठोक्किंदा ११ जना घाइते

नेपालअखबार, चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा ट्रक र बस ठक्कर खाँदा ११ जना घाइते भएका छन् । आज बिहान साढे ७ बजेतिर भरतपुर महानगरपालिका-२९ चौधकिलो पुल नजिकै नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको रा१८ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आँउदै गरेको ना६ख ४९४२ नम्बरको ट्रक ठोक्किएका हुन् । घाइतेहरुलाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए । घाइते सबैको अवस्था सामान्य रहेको पण्डितले बताए । बस चालकको खुट्टा च्यापिएको निकाल्न केही समस्या भएको पण्डितले जानकारी दिए । ठोक्किएका दुवै सवारी साधानलाई क्रेनको सहायताले सडक छेउमा राखेर सडक सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।...
भारतको उत्तराखण्डमा ट्रान्सफर्मर पड्किँदा १५ जनाको मृत्यु
दुर्घटना, विदेश, समाचार

भारतको उत्तराखण्डमा ट्रान्सफर्मर पड्किँदा १५ जनाको मृत्यु

नेपालअखबार, एजेन्सि । भारतको उत्तराखण्डमा ट्रान्सफर्मर पड्किँदा करेन्ट लागेर १५ जनाको मृत्यु भएको छ । भारतको उत्तराखण्ड राज्यमा बुधबार विद्युत् ट्रान्सफर्मर विस्फोट हुँदा एक प्रहरी अधिकारी र तीन होमगार्डसहित कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य छ जना गम्भीर घाइते भएका भारतीय प्रहरीले बताएको छ । उत्तराखण्डको राजधानी देहरादुनबाट करिब २६६ किलोमिटर पूर्वमा पर्ने चमोली जिल्लाको अलकनन्दा नदीमा रहेको पुलमा विद्युत् आपूर्ति गर्न आयोजनास्थलमा राखिएको ट्रान्सफर्मर विस्फोट भएको हो । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको छानबिन गर्न आदेश दिएका छन् ।-(रासस/सिन्ह्वा)...
बंगलादेशको बूढीगंगा नदीमा वाटर बस पल्टिँदा चारको मृत्यु
दुर्घटना, विदेश, समाचार

बंगलादेशको बूढीगंगा नदीमा वाटर बस पल्टिँदा चारको मृत्यु

नेपालअखबार, ढाका । बंगलादेशको ढाका नजिक बूढीगंगा नदीमा रहेको केरानीगञ्जको तेलघाट क्षेत्र नजिक पानी बस पल्टिँदा चार जनाको मृत्यु भएको छ । प्राप्त जानकारीका अनुसार आइतबार राति करिब ८ः१५ बजे ढाकाको सदरघाटबाट तेलघाटतर्फ जाँदै गरेको वाटरबस बालुवाको ढिस्कोमा ठोक्किए पछि उक्त घटना भएको हो । दमकलको तीन वटा युनिट र कोस्ट गार्डको उद्धार टोली घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको थियो । उद्धार कार्य जारी रहेको अधिकारीहरुले जनाएका छन् । ढाका ट्रिब्यूनले फायर सर्भिसका अधिकारीहरूलाई उद्धृत गर्दै भनेको छ कि चार जनाको मृत्यु भएको पुष्टि भएको छ भने घटनाको समयमा जहाजमा रहेका आठ जनालाई उद्धार गरिएको छ। तर, जहाजमा सवार धेरै यात्रु अझै बेपत्ता छन् । उद्धार गरिएका आठ जनामा ​​चार पुरुष, तीन महिला र एक बालबालिका रहेका छन् । सर सलिमुल्लाह मेडिकल कलेज अस्पतालका निर्देशक ब्रिगेडियर जनरल रसिद अन नाबीले मृ...
चितवनको दासढुंगामा बस दुर्घटना
दुर्घटना, समाचार

चितवनको दासढुंगामा बस दुर्घटना

नेपालअखबार, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ दासढुंगामा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार झापाको काँकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रु बस आज बिहान ५:२० बजे आफैं अनियन्त्रित भएर पल्टिँदा बसमा सवार १९ जना घाइते भएका हुन् । दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा ल्याइएको छ । बस चालक पनि घाइते भएर उपचाररत छन् । घाइतेहरुमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको प्रहरीले जनाएको छ । बस सडकबाट झण्डै १० मिटर तल खसेर रुखमा अड्किएको छ र त्रिशूली नदीमा खस्नबाट जोगिएको छ । बसलाई दुर्घटनास्थलबाट बाहिर निकाल्ने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।...
डोटीमा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ घाइते
दुर्घटना, समाचार

डोटीमा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ घाइते

नेपालअखबार, धनगढी । डोटीमा जिल्ला समन्वय समितिको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । बुधबार साँझ आर्दश गाउँपालिका-२ का मौवामा बा१ज ९४३९नम्बरको गाडी दुर्घटना हुँदा सोही ठाउँ बस्ने ६५ वर्षीया हिरा खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार खड्काको घटनास्थलमै मृत्यु भएको हो । गाडीमा सवार आर्दश-५ बस्ने ३५ वर्षीय रवीन्द्र सुनार, वडानम्बर २ बस्ने  ३० वर्षीय टेकबहादुर तिरूवा र चालक  वीरबहादुर खड्का घाइते छन् । उनीहरू जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गाडी सडकबाट करिब ५ मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुलेको छैन् ।...
सोलुखुम्बुको लम्जुरामा मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त
दुर्घटना, समाचार

सोलुखुम्बुको लम्जुरामा मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त

नेपालअखबार, मनाङ। सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर सोलु दुधकुण्ड नगरपालिका–२ र लिखुपिके गाउँपालिकाको सिमानामा पर्ने लम्जुरामा  डाँडामा दुर्घटनाग्रस्त भएको छ । सोलु दुधकुण्ड नगरपालिका–२ का अध्यक्ष ङवाङ ठिले शेर्पाले दुर्घटना भएको पुुष्टि गर्दै थप जानकारी आउन बाँकी रहेको छ । ‘हेलिकप्टर क्षतविक्षत भएको जानकारी आएको छ । अहिले वडामा रहेको प्रहरी टोली घटनास्थलमा पुग्दैछ’, बताए । मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १० मिनेटमा सुर्केबाट उडेको थियो । काठमाडौँको लागि उडेको केही मिनेटमा हेलिकप्टर सम्पर्क विहीन भएको थियो  । हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार छन् । सदरमुकामबाट लम्जुजुरामा पुग्न करिब ४ घण्टा लाग्छ ।...
बैतडीको मेलौलीमा दुर्घटना भएको बसमा ४२ जना सवार रहेको पुष्टि
दुर्घटना, समाचार

बैतडीको मेलौलीमा दुर्घटना भएको बसमा ४२ जना सवार रहेको पुष्टि

नेपालअखबार, बैतडी । बैतडीको मेलौलीमा दुर्घटना भएको  बसमा ४२ जना सवार रहेको पुष्टि भएको छ ।  सोमबार दिउँसो लु२ख २०११ नम्बरको पवनदूत यातायातको बस दुर्घटना हुँदा चालकसहित ४१ जना घाइते भएका छन् भने एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका वडा नं ६ रन्तोलीका २८ वर्षीय उमेश भण्डारीको मृत्यु भएको प्रवक्ता खत्रीले जानकारी दिए । प्रवक्ता खत्रीका अनुसार घाइतेमध्ये २५ जनाको अवस्था गम्भीर छ भने १६ जनाको अवस्था मध्यम छ । घाइते सबैलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको उनले बताए । घाइतेहरुको पहिचान हुन भने बाँकी छ । पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको बस मेलौली–पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका वडा नं ७ स्वाखानी भन्ने स्थानमा दुर्घटनामा परेको हो । बस सडकबाट अन्दाजी चार सय मिटर ...
मकवानपुरमा २ ट्रक ठोक्किंदा आगलागी
दुर्घटना, समाचार, समाज

मकवानपुरमा २ ट्रक ठोक्किंदा आगलागी

नेपालअखबार, मनहरी । मकवानपुरमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । आज बिहान २ बजे दुईवटा ट्रक ठक्किंदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । मनहरी गाउँपालिका-६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्व पश्चिम सडकखण्डमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना६ख ६६६७ नंको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना६ख ६३१ नंको ट्रक एकापसमा ठक्कर खाएका हुन् । ट्रक ठोक्किएपछि दुवै ट्रकमा आगलागी भएको थियो । दुर्घटनामा मृत्यु हुनेमा ना६ख ६६६७ नंको ट्रक चालक जिल्ला चितवन राप्ति ननगरपालिका-८ का २८ वर्षीय रिहान रुम्बा तामाङ, सहचालक गोरखा गण्डकी गाउँपालिका-२ गोर्दीटारका २१ वर्षीय सुमन चेपाङ र ना६ख ६३१ नंको ट्रक सहचालक जिल्ला मकवानपुर मनहरी गाउँपालिका-३ बस्ने वर्ष २० को अमृत प्रजा रहेको कार्कीले बताए । आगलागी भएको सवारी निभाउन हेटौंडाब...
मेक्सिकोमा बस दुर्घटना हुँदा २९ जनाको मृत्यु
दुर्घटना, विदेश, समाचार

मेक्सिकोमा बस दुर्घटना हुँदा २९ जनाको मृत्यु

नेपालअखबार, मेक्सिको सिटी । मेक्सिकोको दक्षिणी राज्य ओक्साकामा बुधबार राति एउटा बस ८० फिट अग्लो खाडलमा खसेको छ । उक्त दुर्घटनामा एक वर्षीय बालकसहित २९ जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । बस मेक्सिको सिटीबाट ओक्साकाको योसुन्दुआ जाँदै थियो। ओक्साका सरकारका महासचिव जेसस रोमेरो लोपेजले म्याग्डालेना पेनास्को गाउँ नजिकै उक्त दुर्घटना भएको बताए। मृत्यु हुनेमा १३ पुरुष, १३ महिला र एक वर्षका बालक रहेका छन् । मृत्यु हुनेको सङ्ख्या बढ्न सक्छ। दुर्घटनाको अनुसन्धान सुरु भइसकेको जिसस रोमेरोले बताए । प्राविधिक गडबडीका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । अल जजिराका अनुसार चालकले बसको नियन्त्रण गुमाएपछि बस खाल्डोमा खसेको हो । यो दुर्घटना भएको सहर पहाडी क्षेत्रमा अवस्थित छ । घुमाउरो सडक र गहिरो खाल्डाहरू छन्। सिभिल प्रोटेक्सनको उद्धार टोलीले घाइतेलाई नजिकैको गाउँमा लग्यो। यहाँ...
भारतको महाराष्ट्रमा एक्सप्रेस बसमा आगलागी, २५ यात्रुको मृत्यु
दुर्घटना, विदेश, समाचार

भारतको महाराष्ट्रमा एक्सप्रेस बसमा आगलागी, २५ यात्रुको मृत्यु

नेपालअखबार, काठमाडाैं । भारतको महाराष्ट्रमा मुम्बई-नागपुर एक्सप्रेसमा गुडिरहेको एक निजी बस शनिबार बिहान दुर्घटनाग्रस्त बनेको छ । दुर्घटनामा २५ जनाको मृत्यु भएको बीबीसी हिन्दीले लेखेको छ । ३३ यात्रु सवार बस नागपुरबाट समृद्धि राजमार्ग हुँदै पुनेतर्फ आइरहेको थियो । गुडिरहेकै बेला टायर पड्किएपछि बस चालकको नियन्त्रण बाहिर गएर एक खम्बामा ठोकिएको थियो । ठक्करको क्रममा डिजेल ट्याङ्की फुटेर आगो लागेको थियो । केही यात्रुले भने बसको सिसा फुटाएर ज्यान बचाएका हुन् । मृतकको पहिचान भइनसकेको भारतीय सञ्चारमाध्यमले खबर लेखेका छन् । दुर्घटना हुनुभन्दा आधा घण्टाअघि खाजाका लागि बस रोकिएको थियो । यसैबीच महाराष्ट्रका मुख्यमन्त्री एकनाथ अभियानले दुर्घटनामा ज्यान गुमाउनेका परिवारजनलाई पाँचपाँच लाख रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेका छन् । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ अभियानले दुखद जताते भएक...