Saturday, September 26

दुर्घटना

मेक्सिकोमा चर्चको छाना खस्दा सात जनाको मृत्यु, ३० जना पुरिएको आशङ्का
दुर्घटना, विदेश, समाचार

मेक्सिकोमा चर्चको छाना खस्दा सात जनाको मृत्यु, ३० जना पुरिएको आशङ्का

नेपालअखबार, एजेन्सि। मेक्सिकोमा एउटा चर्चको छाना खस्दा सात जनाको मृत्यु भएको छ । यस्तै, भग्नावशेषमा अझै ३० जना फसेको खबर छ । यसमा केही बालबालिका पनि पुरिएको आशङ्का छ । मानिसलाई बाहिर निकाल्ने काम तीव्र गतिमा भइरहेको छ । स्थानीय सञ्चारमाध्यमले दश जनालाई भग्नावशेषबाट निकालेर अस्पताल लगिएको जनाएको छ । यो दुर्घटना सिउदेद मदेरोमा भएको थियो । यहाँ सान्ता क्रुज चर्चको छत खस्यो । तटीय प्रान्त तामौलिपासका प्रहरीले छाना खस्दा चर्चमा भएको सामूहिक प्रार्थना सभामा करिब १०० जना उपस्थित रहेको बताएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका तस्बिरमा मानिसहरूले भग्नावशेष हटाउने कोसिस गरिरहेको देखिएको छ । तस्बिरमा चर्च नजिकै आपत्कालीन सेवासँग सम्बन्धित व्यक्ति र गाडी देखिएको छ । भग्नावशेषमा पुरिएका मानिसको आवाज सुन्न आसपासको क्षेत्रमा शान्ति कायम राख्न अधिकारीले निर्देशन दिएको छ ।...
पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना
दुर्घटना, समाचार

पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

नेपालअखबार, दाङ। दाङमा यात्रुवाहक बस दुर्घटना भएको छ। सोमबार बिहान ५ बजे पोखराबाट सुर्खेत जाँदै गरेको ग १ ख ८४८५ नम्बरको बस पूर्वपश्चिम राजमार्गस्थित लमही नगरपालिका-४ बनगाउँस्थित बबई सोता पुलबाट खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्याल दाङका डिएसपी जनक मल्लले जानकारी दिए। १६ यात्रु सवार बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खस्दा १४ यात्रु घाइते भएका छन्। घाइतेहरुको लमहीमा उपचार भइरहेको डिएसपी मल्लले जानकारी दिए। बसमा सवार अन्य दुइ जना सकुशल रहेको प्रहरीले जानकारी दिएको छ।...
दोभानमा भेटियो खोलाले बगाएको जिप, एक मृत फेला, दुईजना अझै बेपत्ता
दुर्घटना, समाचार

दोभानमा भेटियो खोलाले बगाएको जिप, एक मृत फेला, दुईजना अझै बेपत्ता

नेपालअखबार, पर्वत। पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादी खोलामा आएको बाढीले बगाएको जिप फेला परेको छ। कुश्मा नगरपालिका–८ को मोदी खोला र तमादी खोलाको दोभानमा हिलोमा पुरिएको अवस्थामा जिप फेला परेको हो। जिपसँगै एक जना यात्रु मृत भेटिएका छन् । मृतकको सनाखत भने भइसकेको छैन। जिपमा सवार रहेका अन्य दुई यात्रुको अवस्था भने अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए। बेपत्ता यात्रुको खोजी जारी रहेको उनले बताए। बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ६२१३ नम्बरको जिप साँझ साढे ६ बजेतिर बाढीले बगाउँदा तीनजनासहित बेपत्ता भएको थिए। डिएसपी भुषालका अनुसार बागलुङबाट छुटेको ग १ च ६२१३ नम्बरको जिपमा एक जना यात्रु बागलुङबाटै आएका थिए। बाँकी दुई जना बाटोबाट चढेका डिसपी भुषालले बताए। चालकलाई प्रहरीले उद्धार गरी नियन्त्रणमा राखे...
सल्यानमा जीप दुर्घटना हुँदा दुईको मृत्यु
दुर्घटना, समाचार

सल्यानमा जीप दुर्घटना हुँदा दुईको मृत्यु

नेपालअखबार, दाङ। सल्यानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। शुक्रबार बेलुकी छत्रेश्वरी गाउँपालिकाबाट शारदा नगरपालिका १२ कागखोला तर्फ जाँदै गरेको लु १ ज १८६१ नम्बरको जीप छत्रेश्वरी-५ लेखपोखरामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा शारदा नगरपालिका–१५ माल्नेटाकी ४५ वर्षीया मुना सेजवाल र शारदा नगरपालिका–१२ की ७६ वर्षीया धुर्बी बोहरा छन्। दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि अस्पताल लैँजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी नवीन कार्कीले जानकारी दिए। दुर्घटनामा परी १४ जना घाइते भएका छन्। घाइतेमध्ये शारदा – १५ की ५७ बर्षीया पेमला भण्डारीलाई सुर्खेतमा थप उपचारका लागि पठाइएको डिएसपी कार्कीले जानकारी दिए। अन्य १३ जना घाइतेको जिल्लाका बिभिन्न अस्पतालहरुमा उपचार जारी रहेको प्रहरीले बताएको छ। उनीहरू मेला हेर...
सिन्धुलीमा गाडी दुर्घटना हुँदा १० जना घाइते
दुर्घटना, समाचार

सिन्धुलीमा गाडी दुर्घटना हुँदा १० जना घाइते

नेपालअखबार, काठमाडौं । बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर ३ बोहोरेटार नजिक भ्यान दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१ ज ००६२ नम्बरको इलेक्ट्रिक गाडी आज बिहान ७ः५० बजेतिर सडक किनारको नालीमा पल्टिएको थियो । दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ६ बस्ने ४६ वर्षीय निरकुमार चालिसे, कमलामाई नगरपालिका ५ बस्ने ४६ वर्षीया कमला घिमिरे, कमलामाई नगरपालिका वडा नं. १ बस्ने ३४ वर्षीय मुकुन्द थापा, सोही स्थानका ४१ वर्षीय भुवन थापा घाइते भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक चिरन्जीवी दाहालले जानकारी दिए । यसैगरी सिन्धुलीकै कमलामाई नगरपालिका वडानम्बर ४ बस्ने ४० वर्षीया बबिता देवकोटा, वडा नं. ६ बस्ने ४६ वर्षीय विष्णु ढकाल र उनको ११ वर्षीय छोरा निश्चल तथा कमलामाई नगरपालिका ६ का ४० वर्षीय सरोज थापा ...
काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना
दुर्घटना, समाचार

काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

नेपालअखबार, दाङ । दाङमा बस दुर्घटनामा परी १५ जना घाइते भएका छन् । काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश-०२-००१ ख- ०३६२ नम्बरको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गको लमही-९ अमिलियामा मंगलबार बिहान करिब साढे ६ बजेतिर दुर्घटना भएको हो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी जनकबहादुर मल्लले जानकारी दिए । अन्य पाँच जनाको अवस्था मध्यम रहेको छ भने केही सामान्य घाइते भएका छन् । बाँकी यात्रु सकुशल रहेको प्रवक्ता मल्लले बताए  । बसमा करिब ३०/३५ जना सवार रहेको सवार थिए । दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ ।...
सल्यानमा तरकारी बोकेको जीप दुर्घटना
दुर्घटना, समाचार

सल्यानमा तरकारी बोकेको जीप दुर्घटना

नेपालअखबार, सल्यान । सल्यानमा सोमबार बिहान तरकारी बोकेको जीप दुर्घटनामा परेको छ । दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । रोल्पाबाट दाङको तुलसीपुर जाँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जीप बिहान सवा ६ बजेतिर सल्यान कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक सेतापैरामा दुर्घटनामा परेको हो । मृतकको पहिचान हुन भने सकिरकेको छैन । घटनामा तीन जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि दाङ पठाउने तयारी भइरहेको छ । जीप सडकबाट साढे तीन सय मिटर तल खसेको सल्यान प्रहरीले जनाएको छ ।...
बाँके बस दुर्घटनामा ज्यान गुमाउने सातै जनाको सनाखत
दुर्घटना, समाचार, समाज

बाँके बस दुर्घटनामा ज्यान गुमाउने सातै जनाको सनाखत

नेपालअखबार, बाँके। बाँकेको राप्तीसोनारी गाउँपालिका-८ शम्शेरगञ्जमा शुक्रबार बेलुका भएको बस दुर्घटनामा मृत्यु हुने सातै जनाको सनाखत भएको छ। शुक्रबार बेलुका साढे ९ बजे दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस शुक्रबार बेलुका साढे ९ बजे बाँकेको राप्तीसोनारी गाउँपालिका-८ शमशेरगञ्जमा सडकमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकसँग ठोक्किँदा चालकसहित सात जनाको मृत्यु भएको थियो। बाँकेका डिएसपी नारायण डाँगीका अनुसार मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका-९ का ५० वर्षीय काशीराम थारू, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारू, ६५ वर्षीय चानुराम थारू छन्। बसका चालक  बर्दियाको ठाकुरबाबा-८ का  ५५ वर्षीय जुगबहादुर चन्दको सहचालक बर्दियाको बारबार्दिया नगरपालिका -७ का ३४ बसन्त कार्कीको पनि मृत्यु भएको छ। डिएसपी डाँगीका अनुसार बसमा ४१ यात्रु सवार थिए। उनीह...
पेप्सीकोलामा चार वटा सवारीसाधन ठोक्किँदा १४ जना घाइते
दुर्घटना, समाचार

पेप्सीकोलामा चार वटा सवारीसाधन ठोक्किँदा १४ जना घाइते

नेपालअखबार, काठमाडाैं। काठमाडौंको पेप्सीकोलामा चार वटा सवारीसाधन ठोक्किँदा १४ जना घाइते भएका छन्। आइतबार बिहान साढे ७ बजे काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला छाप्रोस्थित सडकखण्डमा दुर्घटना हुँदा १४ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए। जडिबुटीबाट पेप्सीकोला जाँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसाय संघको बा ३ ख ४८४८ नम्बरको बसले विपरीतबाट आउँदै गरेको बा ६ च ५३४२ नम्बरको बोलेरो गाडीलाई ठक्कर दिएको थियो। त्यसपछि बा.प्र.०२-०३७ प ५३११ नम्बरको स्कुटर र बा.प्र.०२-०४१ प ४८३८ नम्बरको मोटरसाइकल पनि ठोक्किएको थियो। दुर्घटनामा घाइतेहरूमध्ये ८ जना पुरूषको मदरल्यान्ड अस्पतालमा उपचार भइरहेको छ। सिभिल अस्पतालमा चार महिला र दुई जना पुरूषको उपचार भइरहेको छ। बस चालक रामेछाप लिखुतामाकोशी गाउँपालिका-२ घर भई पेप्सिकोला बस्ने २४ वर्षीय जनक राउतलाई प्रहरीले ...
पाल्पामा स्कर्पियोमाथि पहिरो खस्दा ५ जना घाइते
दुर्घटना, समाचार

पाल्पामा स्कर्पियोमाथि पहिरो खस्दा ५ जना घाइते

नेपालअखबार, बुटवल । पाल्पाको जोर्तेमा गुडिरहेको स्कर्पियोमाथि पहिरो खसेको छ । गुल्मीदेखि बुटवलतर्फ आउँदै गरेको लु१ज ४६०० नम्बरको स्कर्पियोमाथि जोर्तेको उकालोमा पहिरो खसेको हो । घटनामा जीपमा सवार  पाँच जना घाइते भएका छन् । पहिरोमा च्यापिएका तीन जनालाई अझैसम्म पनि बहिर निकाल्न नसकिएको र निकाल्ने प्रयास भैरहेको स्थानीयको भनाइ छ  । घटनाबारे थप विवरण आउन बाँकी छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको जनाएको छ ।...