Tuesday, October 28

दुर्घटना

चार सांसद चढेको गाडी दुर्घटना
दुर्घटना, समाचार

चार सांसद चढेको गाडी दुर्घटना

नेपालअखबार,विराटनगर । कोशी प्रदेशका सांसद चढेको गाडी मोरङको कानेपोखरीमा साेमबार दुर्घटनाग्रस्त भएकाे छ । विराटनगर आउँदै गरेको बा ५ च ३५२० नम्बरको राताे कारले सांसद सवार गाडीलाई ठक्कर दिएको हाे । गाडीमा प्रदेश सभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेकाे प्रहरिले जनाएकाे छ ।...
न्युयोर्कको ब्रूकलिन पुलमा मेक्सिकन नौसेनाको जहाज ठोक्कियो
दुर्घटना, विदेश, समाचार

न्युयोर्कको ब्रूकलिन पुलमा मेक्सिकन नौसेनाको जहाज ठोक्कियो

नेपालअखबार,काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित ब्रूकलिन पुलमा मेक्सिकन नौसेनाको जहाज ठोक्किएको छ। शनिबार राति ८:२६ बजे इस्ट नदीको पुलको तल्लो भागमा मेक्सिकन नौसेनाको जहाज ठोक्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। पुलमा ठोक्किएपछि जहाजमा सवा १९ जना घाइते भएको अमेरिकी मिडिया सिएनएनले जनाउको छ। तीमध्ये चार जनाको अवस्था गम्भीर छ। उनीहरू सबैलाई उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको छ। जहाजले ठक्कर दिएपछि पुलमा करिब एक घन्टा सवारी आवागमन अवरूद्ध भएको थियो। निरीक्षण गर्दा पुलमा क्षति नपुगेको भन्ने निश्चित भएपछि यातायात पुनः सुरू भएको छ। उक्त जहाज मेक्सिकोको नौसेना क्याडेटहरूको तालिमका लागि प्रयोग हुने प्रमुख जहाज रहेको भनिएको छ। यो सन् १९८२ मा स्पेनमा बनेको थियो। मेक्सिकोको नौसेनाले पनि जहाज पुलमा ठोक्किएको जानकारी एक्समार्फत दिएको छ। जहाजमा २७७ जना सवार थिए।...
दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
दुर्घटना, समाचार

दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

नेपालअखबार,काठमाडौँ । काठमाडौँस्थित सुन्धारामा दुईवटा मोटरसाइकल एक–आपसमा ठोक्किएर सोमबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । काडमाडौँ महानगरपालिका–२२ स्थित काठमाडौँ मल अगाडि बा ३४ प ४३२० नम्बरको मोटरसाइकल र रा ७ प ८७९५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आज भएको दुर्घटनामा बा ३४ प ४३२० नम्बरको मोटरसाइकल चालक ललितपुर इमाडोल बस्ने तनहुँ आँबुखैरेनीका ४६ वर्षीय सन्तोषकुमार गुरूङको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका सोही मोटरसाइकलमा सवार एक जना र रा ७ प ८७९५ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।...
श्रीलंकामा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु
दुर्घटना, समाचार

श्रीलंकामा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु

नेपालअखबार,काठमाडौं । श्रीलंकामा बौद्ध धर्मावलम्बी चढेको बस दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । १४ जना गम्भीर घाइते भएका छन् । करिब ७० जना सवार उक्त बस मध्य तीर्थस्थल कातारागामाबाट पहाडी क्षेत्र कोटमाले हुँदै कुरुनेगाला शहर जाँदै गर्दा आइतबार बिहान भीरबाट खसेको थियो । दुर्घटनास्थलमा १५ जनाको र अस्पतालमा उपचारको क्रममा ६ जनाको मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । श्रीलंकामा बर्सेनि औसत तीन हजार सवारी दुर्घटना हुने गरेका छन् । श्रीलंकाका सडकहरू संसारमै सबैभन्दा खतरनाक सडकमध्ये पर्दछन् । यसअघि सन् २००५ को अप्रिलमा श्रीलंकाको पोल्गाहावेला शहरको रेलमार्ग पास गर्ने क्रममा एक रेलले ठक्कर दिँदा बसमा सवार ३७ जनाको मृत्यु भएको थियो । यसैगरी सन् २०२१ को मार्चमा पासारा भन्ने स्थानमा बस दुर्घटना हुँदा १३ यात्रु र त्यसका चालकको मृत्यु भएको थियो । अ...
छत्तीसगढमा सडक दुर्घटना, १३ जनाको मृत्यु
दुर्घटना, समाचार

छत्तीसगढमा सडक दुर्घटना, १३ जनाको मृत्यु

नेपालअखबार,नयाँ दिल्ली । भारतको छत्तीसगढ राज्यको राजधानी रायपुरबाट करिब ३० किलोमिटर टाढा रहेको बाङ्गोलीमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । यो दुर्घटना आइतबार राति भएको हो । दुर्घटनामा मृत्यु हुने सबै बच्चाको छठी (बच्चा जन्मिएको छैटौँ दिन मनाइने उत्सव)मा सहभागी भएर फर्किरहेका थिए । ‘खरोराको बाना गाउँमा पारिवारिक समारोहबाट मानिसहरू फर्किरहेका थिए । मृतकहरू सवार गाडी ठुलो ट्रेलरसँग ठोक्कियो । अहिलेसम्म १३ जनाको मृत्यु भएको खबर आएको छ,’जिल्ला कलेक्टर गौरव सिंहले बीबीसीलाई भने । यस दुर्घटनामा एक दर्जनभन्दा बढी गम्भीर घाइते भएका छन् । घाइते सबैलाई रायपुरको सरकारी अस्पतालमा भर्ना गरिएको छ । प्रहरीका अनुसार रायपुरको विधान सभा प्रहरी चौकी क्षेत्रको चटौड गाउँका करिब ५० जना खरोरा प्रहरी चौकी क्षेत्रको बाना गाउँमा पारिवारिक कार्यक्रममा गएका थिए । राति अबेर फर्कने क्रममा यो दुर्घटन...
भारत मध्यप्रदेशमा इनारमा गाडी खस्दा १२ जनाको मृत्यु
दुर्घटना, समाचार

भारत मध्यप्रदेशमा इनारमा गाडी खस्दा १२ जनाको मृत्यु

नेपालअखबार,काठमाडौं । भारतको मध्य प्रदेशमा इनारमा गाडी खस्दा १२ जनाको मृत्यु भएको छ । मध्य प्रदेशको मन्दसौर क्षेत्रमा दुर्घटना भएको हो । मन्दिरतिर जाँदै गरेका भक्तजनहरू दुर्घटनामा परेको त्यहाँको प्रहरीले जनाएको छ । गाडी पहिले मोटरसाइकलसँग ठोक्किएको थियो । त्यसपछि अनियन्त्रित भएर नजिकैको इनारमा खसेको हो । दुर्घटनामा मोटरसाइकल चालकको पनि घटनास्थलमै मृत्यु भएको छ । गाडीमा सवारहरूलाई बचाउन इनारमा हाम फाल्ने एक व्यक्तिको पनि मृत्यु भएको बताइएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा मृत्यु हुनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रत्येक मृतकको परिवारलाई दुई लाख भारतीय रुपैयाँ (लगभग २,३४३ अमेरिकी डलर) आर्थिक क्षतिपूर्ति घोषणा गरेका छन् ।...
शिक्षकहरू चढेको नाइट बस दुर्घटना, १६ जना घाइते
दुर्घटना, समाचार

शिक्षकहरू चढेको नाइट बस दुर्घटना, १६ जना घाइते

नेपालअखबार, काठमाडौं।काठमाडौंबाट झापा आइरहेको नाइट बस दुर्घटना भएको छ। शनिबार बिहान साढे ५ बजे काठमाडौंबाट झापा आउँदै गरेको  प्रदेश १–०१–००१ ख ४२ नम्बरको यात्रुबाहक रात्रिबसझापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीका अनुसार दुर्घटनामा  १६  जना यात्रु घाइते हुनुभएको छ। घाइतेको विर्तामोडस्थित विर्तासिटी हस्पिटल र बिएन्डसी हस्पिटलमा उपचार भइरहेको उहाँले बताउनुभयो। दुर्घटनामा काठमाडौँमा जारी शिक्षक आन्दोलनबाट घर फर्किरहेका १६ जना शिक्षक घाइते भएको घाइतेमध्येका शिक्षक लीलाप्रसाद भण्डारीले जानकारी दिए। जसमध्ये शिक्षक गोपाल खतिवडाको अवस्था चिन्ताजनक रहेको छ। ‘म ड्राइभरको सिट पछाडि नै थिएँ,’ घाइते शिक्षक भण्डारीले भने, ‘अघिदेखि नै गाडी अस्वाभाविक रूपमा हल्लिरहेको थियो। एक्कासि गाड...
ताप्लेजुङ घटनाका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं पठाउने तयारी
दुर्घटना, समाचार

ताप्लेजुङ घटनाका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं पठाउने तयारी

नेपालअखबार,ताप्लेजुङ। एकै परिवारका तीन जना र गाडी चालकसहित चार जनाको ज्यान जाने गरी सोमबार बिहान ताप्लेजुङमा भएको दुर्घटनाका मृतकहरूको शव सदरमुकाम फुङलिङ ल्याइएको छ। फुङलिङ नगरपालिका– १० का वडाध्यक्ष सन्तोष लिम्बुले दिएको जानकारी अनुसार मृतक सबैको शव घटनास्थलभन्दा १२ किलोमिटर दक्षिण सदरमुकाम ल्याइएको हो। ताप्लेजुङको फुङलिङ नगरपालिका-१० स्थित काफ्लेपाटी सडक खण्डमा पाथीभरा दर्शनका लागि जाँदै गरेको बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा मृत्यु भएका तीन जना एकै परिवारका सदस्य हुन्। ताप्लेजुङ प्रहरीका सूचना अधिकारी विवेक बस्नेतका अनुसार झापा भद्रपुर–८ स्थित अस्पताल चोकका  ७० वर्षीय  विनोद पौडेल, उनकी  ६९ वर्षकी श्रीमती सरिता पौडेल, उनीहरूकी  छोरीतर्फकी नातीनी ललितपुर महानगरपालिका–१० की १६ वर्षीया आध्या आचार्यको मृत्यु भएको थियो। गाडी चालक फुङलिङ नगरपालिका–१० का दुर्गा भट्टराईको पनि मृत्यु ...
अमेरिकाको हडसन नदीमा हेलिकोप्टर दुर्घटना
दुर्घटना, विदेश, समाचार

अमेरिकाको हडसन नदीमा हेलिकोप्टर दुर्घटना

नेपालअखबार,काठमाडौं । अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ। एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो। न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन बालबालिका र तीन जना वयस्कको ज्यान गएको छ। उनीहरूको शव निकालिएको छ। हाम्रो समवेदना पीडित परिवारप्रति छ।’ घटनास्थलमै चार जनाको मृत्यु पुष्टि भएको र दुई जनालाई अस्पताल लगिएपछि मृत्यु प्रहरीले जनाएको छ । न्युयोर्क प्रहरीले सामाजिक सञ्जाल एक्समा दुर्घटनाबारे जानकारी दिँदै लेखेको छ, ‘वेस्ट साइड हाईवे र स्प्रिङ स्ट्रिट आसपासको क्षेत्रमा हेलिकोप्टर दुर्घटनाका कारण आपतकालीन सवारीसाधन र ट्राफिकमा ढिल...
काठमाडौंबाट रामेछाप जाँदै गरेको बस रोशीमा दुर्घटना
दुर्घटना, समाचार

काठमाडौंबाट रामेछाप जाँदै गरेको बस रोशीमा दुर्घटना

नेपालअखबार,काभ्रेपलाञ्चोक । काठमाडौंबाट रामेछापको उमाकुण्ड गाउँपालिका बाम्तीभण्डार जाँदै गरेको बस काभ्रेको रोशी गाउँपालिका-९ दाउन्नेस्थित बिपी राजमार्गमा दुर्घटना भएको छ । प्रदेश ३-०१–००६ ख १३३९ नम्बरको बस बिहान साढे ८ बजेतिर सडकबाट चिप्लिएर बाँसको झ्याङमा खसेको छ । दुर्घटनामा ११ जना घाइते भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख इन्सपेक्टर कृष्ण गिरीले जानकारी दिए । घाइतेहरू मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । सबै प्राथमिक स्वास्थ्य केन्द्र मंगलटारमा उपचार भइरहेको इन्सपेक्टर गिरीले बताए । प्रहरी निरिक्षक गिरीका अनुसार बस चिप्लिएर खाँदबारीबाट काठमाडौंतर्फ आउँदै गरेको मे१ख ३३९४ नं को हाइस पनि ठोक्किएको थियो । हाइसका यात्रु भने सकुशल छन् ।बसको चालकलाई इलाका प्रहरी कार्यालय मंगलटारको नियन्त्रणमा लिएको छ ।...