Friday, February 20

दुर्घटना

बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते
दुर्घटना, समाचार

बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते

नेपालअखबार,महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–११ खयरमारामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । खयरमाराबाट काठमाडौँ जाँदै गरेको ना६ख १४६४ नम्बरको यात्रुबाहक बस आज बिहान खयरमारास्थित लक्ष्मीनारायण मावि नजिकै दुर्घटना भएको हो । दुर्घटनामा पैदलयात्री बर्दिबास–१० का ८० वर्षीय चुल्हाई चौधरीको घटनास्थलमै र सर्लाहीको ईश्वरपुर–१२ का १० वर्षीय प्रवेश खड्काको उपचारको क्रममा मृत्यु भएको  इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक विकास बमले जानकारी दिए । दुर्घनामा बसमा सवार ४० जनाभन्दा बढी घाइते भएका र सबैको बर्दिवासस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताए ।...
चुरियामाईमा नेपाली सेनाकाे ट्रक दुर्घटना, ४ जना घाइते
दुर्घटना, समाचार

चुरियामाईमा नेपाली सेनाकाे ट्रक दुर्घटना, ४ जना घाइते

नेपालअखबार,हेटाैंडा । हेटाैंडा उपमहानगरपालिका-१५ चुरियामाईमा नेपाली सेनाकाे ट्रक दुर्घटना भएकाे छ । दुर्घटनामा परी ४ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ । ४ जना घाइते भएकाे र उनीहरूलाई उपचारका लागि हेटाैंडा अस्पताल पठाईएकाे प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । प्रहरीकाे टाेली घटनास्थलतर्फ जाँदै गरेकाले थप विववरण आउन बाँकी रहेकाे उनले बताए ।...
गुजरातमा रोपवेको केबल भाँचिदा ६ जनाको मृत्यु
दुर्घटना, विदेश, समाचार

गुजरातमा रोपवेको केबल भाँचिदा ६ जनाको मृत्यु

नेपालअखबार,नयाँ दिल्ली । भारतको गुजरात राज्यको पञ्चमहल जिल्लाको पावागढ यात्रा मार्गमा रोपवेको केबल भाँचिदा ६ जनाको मृत्यु भएको छ । यो घटना शनिबार दिउँसो ३ बजेतिर भएको भन्दै बीबीसी हिन्दीले आइतबार सामाचार छापेको छ । सामान बोकेको लिफ्ट दुर्घटनाग्रस्त भएको पञ्चमहलका आवासीय अतिरिक्त कलेक्टर जेजे पटेलले बताए । यसका कारण छ जनाको मृत्यु भएको बताइएको छ । घटनाको अनुसन्धान भइरहेको पनि पटेलले बताए । निर्माण सामग्री बोकेको ट्रलीको तार भाँचिँदा दुर्घटना भएको बीबीसी गुजराती सेवा संवाददाता दक्षेश शाहले बताएका छन् । सामान बोकेको रोपवे भक्तजनहरूको आवतजावत गर्ने रोपवेभन्दा फरक हुन्छ । दुर्घटनापछि, अर्को सूचना जारी नभएसम्म भक्तजनहरूको लागि पनि रोपवे सेवा बन्द गरिएको छ । शाहका अनुसार, ‘सामान मर्मतका लागि लैजाँदै गर्दा रोपवेको तार भाँचियो र क्याबिन तल खस्यो । क्याबिनको भग्नावशेष तल तालमा खसेको छ ।’ पा...
दाङबाट रोल्पा जाँदै गरेको जिप दुर्घटना
दुर्घटना, समाचार, समाज

दाङबाट रोल्पा जाँदै गरेको जिप दुर्घटना

नेपालअखबार,दाङ।  दाङको घोराहीबाट रोल्पा जाँदै गरेको यात्रुबाहक गाडी दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन्। तीमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रोल्पाको माडी गाँउपालिका – १ आरलनेटाका ४२ वर्षीय तिलराम खत्री, माडी–३ दारेकाटनाका ५५ वर्षीय कमल वली, सोही ठाउँकी–६० वर्षीया कौशिला वली, परिवर्तन गाउँपालिका–३ बागमाराकी २५ वर्षीया पवित्रा रोका मगरको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले बताए त्यस्तै, माडी गाउँपािलका–२ घर्ती गाउँस्थित स्मृति हस्पिटलमा माडी– ३ तालाबाङकी २६ वर्षीया रेजिना रामिजाल, सोही ठाउँकी १४ वर्षीया पूर्णकला विक, १७ वर्षीया शर्मिला विक,  १८ वर्षीया एलिशा घर्ती मगर,  १७ वर्षीय  मनोज विक, १४ वर्षीय नविन विक, माडी– ५ भावाङका २० वर्षीय  विवेक घर्ती मगर र चालक रोल्पा नगरपालिका – ७ दाङवाङका २७ व...
जनकपुरमा रेल र कार ठोक्किए, केही समय रेल सेवा अवरुद्ध
दुर्घटना, समाचार

जनकपुरमा रेल र कार ठोक्किए, केही समय रेल सेवा अवरुद्ध

नेपालअखबार, धनुषा । जनकपुरधाम उपमहानगरपालिका-९ ब्रह्मपुरीस्थित थापा चोक नजिक आज बिहान रेल र एक कार एकापसमा ठोक्किएर दुर्घटना भएको छ ।बागमती प्रदेश०१-०२५च १२९० नम्बरको कार बिहान ८ः३० बजे महोत्तरीको पिपराढी स्टेशनबाट जनकपुरधामतर्फ आउँदै गरेको नेपाल रेल्वेको रेलसँग ठोक्किएको हो । दुर्घटना रेलमार्ग नजिकैको ‘क्रसिङ एरिया’मा भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बरुणबहादुर सिंहले जानकारी दिए । स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार रेलले कारलाई ठक्कर दिँदा ठूलो आवाज आएको थियो । कारमा तीन जना सवार थिए । उनीहरुलाई सामान्य चोटपटक लागेको छ भने कारमा ठूलो क्षति पुगेको छ  । दुर्घटनापछि केही समय रेल सेवा अवरुद्ध भएको जनाइएको छ भने सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता सिंहले जानकारी दिए ।...
बस र स्कुटर ठोक्किँदा स्कुटरमा सवार दुवैको मृत्यु
दुर्घटना, समाचार

बस र स्कुटर ठोक्किँदा स्कुटरमा सवार दुवैको मृत्यु

नेपालअखबार, सुनसरी। सुनसरीको इटहरी उपमहानगरपालिका–२० को इटहरी–धरान सडकखण्डस्थित पानीपिया जङ्गलमा आज स्कुटर र बस एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। इटहरीबाट धरानतर्फ आउँदै गरेको प्रदेश  १–०२–००२ ख ०४५५ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको को २२ प २१२५ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक झापाको विर्तामोड नगरपालिका–५ का सुजन विक र पछाडि सवार सुरज विक गम्भीर घाइते भएका थिए। घाइते दुवैको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा दिउसो १२:३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए। बस चालक उदयपुरको बेलका नगरपालिका–३ का प्रेम मगरलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
यमनमा आप्रवासी बोकेको डुङ्गा डुब्दा ६८ जनाको मृत्यु
दुर्घटना, विदेश, समाचार

यमनमा आप्रवासी बोकेको डुङ्गा डुब्दा ६८ जनाको मृत्यु

नेपालअखबार,दुबई । यमनमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा कम्तीमा ६८ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घको आप्रवासनमामिला हेर्ने निकायले सोमबार जनाएको छ । राष्ट्रसङ्घीय निकायका अनुसार डुङ्गामा अधिकांश इथियोपियालीहरू थिए भने डुङ्गा डुबेपछि दर्जनौँ अझै बेपत्ता छन् ।हालसम्म डुङ्गामा सवार १५७ मध्ये ६८ जनाको मृत्यु हुनुका साथै १२ जनालाई  उद्धार गरिएको तथा बेपत्ताहरूको खोजीकार्य जारी रहेको अन्तराष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) अभियानका देशीय निर्देशक अब्दुसाट्टोर एसोभलाई उदृत गर्दै एएफपीले जनाएको छ । यसअघि आइतवार दक्षिणी यमनको अब्यान प्रान्तको सुरक्षा स्रोतहरूले आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुदाँ २७ जनाको मृत्यु भएको जनाएका थिए । सन् २०१४ देखि यमनमा चलिरहेको युद्धको कारण आप्रवासन समस्या बढेको जनाइएको छ । हजारौँले खाडी देशहरूमा पुग्ने आशामा जिबूटीबाट यमनसम्मको ‘पूर्वी मार्ग’ रेड सी...
सवारी दुर्घटनामा उदयपुरमा १ जनाको मृत्यु
दुर्घटना, समाचार

सवारी दुर्घटनामा उदयपुरमा १ जनाको मृत्यु

नेपालअखबार,उदयपुर । आज बिहान ६ बजे  उदयपुरगढी गाउँपालिका–७ अधेरीमा काठमाडौँबाट इटहरी तर्फ जाँदै गरेको ट्रक आफैँ अनियन्त्रित सडकमा पल्टिदा एक जनाको मृत्यु भएको छ । प्र १–०२–००१ ख ९२६० नम्बरको  ट्रक आफै अनियन्त्रित भई  सडक साइडमा पल्टी दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका–४ बगाहा बस्ने वर्ष ३५ का जीवन विकको मृत्यु भएको हो । शरीरको विभिन्न भागमा चोटपटक लागेको अवस्था जिल्ला अस्पताल उदयपुर ल्याइएकोमा उपचारको क्रममा बिहान ७ः१० बजे अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन । उक्त घटनास्थलमा प्रहरी अधिकृतसहितको टोली खटिई थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।...
गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
दुर्घटना, समाचार, समाज

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नेपालअखबार,चितवन ।  पूर्व पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ शान्ति चोकमा सागसब्जी बोक्ने बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक कालिका नगरपालिका–२ का ३५ वर्षीय मुकुन्द कँडेल छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार गए राती १२:३० बजे खैरहनी बाट टाँडीतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ च०५१० नम्बरको सागसब्जी बोक्ने बोलेरोले जनकपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बा प्र ०३–००१ख३३६५ नम्बर (रात्रिबस) लाई ओभरटेक गर्ने क्रममा टाँडीबाट खैरेहनीतर्फ जाँदै गरेको बा प्र ०६–००१प ३५०९  नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। बोलेरोको ठक्करबाट घाइते मोटरसाइकल चालक कँडेलको उपचारका क्रममा भरतपुर अस्पतालमा राती १:१९ बजे मृत्यु भएको हो। बोलेरो र चालक प्रहरीको नियन्त्रणमा रहेको उहाँले जानकारी दिए।...
रुकुम पश्चिममा भेरी नदीमा टिपर खस्यो, ३ जना बेपत्ता
दुर्घटना, समाचार

रुकुम पश्चिममा भेरी नदीमा टिपर खस्यो, ३ जना बेपत्ता

नेपालअखबार, काँक्रेविहार (सुर्खेत) । रुकुम पश्चिममा टिपर भेरी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् ।  मंगलबार राति  टिपर भेरी नदीमा खसेको हो । जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको रा१क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट नगरपालिका-१४ पिपलचौरस्थित भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायव निरीक्षक (सइ) शिउकुमार चौधरीले जानकारी दिए । सइ  चौधरीका अनुसार टिपरमा चालकसहित तीन जना सवार रहेका थिए । उनीहरुको अवस्था अज्ञात रहेको छ । बेपत्ताको खोजीका लागि रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गरिएको सइ चौधरीले बताए । भेरी नदीमा पानीको मात्रा अत्यधिक भएकाले खोजी गर्न कठिनाइ भइरहेको उनको भनाइ छ । बेपत्ता भएकाहरुको नाम, ठेगाना खुलेको छैन । दुर्घटना भएको टिपर भेरी करिडोरको काम गर्दै आएको यती विल्डर्सको हो ।...